Saturday, June 4, 2016

नेमार र काकाले कोपा अमेरिका नखेल्ने

काठमाडौंः ब्राजिलका चर्चित स्ट्राईकर नेमारले अमेरिकामा शनिबारबाट शुरु कोपा अमेरिका फुटबल प्रतियोगिता नखेल्ने भएका छन् ।

नौ पटक उपाधि जित्दै दौडमा रहेको ब्राजिलबाट उनीसँगै राफिन्हा र अर्का चर्चित स्ट्राईकर काकाले पनि कोपा अमेरिका गुमाएका छन् ।

नेमारले अगस्टमा हुन लागेको रियो ओलम्पिकमा प्रतिस्पर्धाको तयारीका लागि कोपा अमेरिका फुटबल प्रतियोगितामा सहभागिता नजनाएका हुन् ।nakelna
उनकै क्लब बार्सिलोनाका खेलाडी २३ वर्षीय राफिन्हाले पनि घाइते भएका कारण कोपा अमेरिका गुमाएका छन् । ३४ वर्षीय स्ट्राईकर काका पनि उपचारका क्रममा रहेकाले कोपा अमेरिका खेल्ने छैनन् ।

पाँच पटकको विश्वबिजेता ब्राजिलले सन् २००७ यता कोपा अमेरिकाको उपाधि उचाल्न सकेको छैन । ब्राजिलले ग्रुप ए को खेलमा आइतबार इक्वेडरसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकै पुरानो कोपा अमेरिका फुटबल प्रतियोगिताको सतवार्षिकीको अमेरिकामा जारी प्रतियोगितामा यो पटक १६ वटा दक्षिण अमेरिकी देशले प्रतिस्पर्धा गरिरहेका छन् ।

अमेरिकाले पहिलो पटक आयोजना गरिरहेको यो प्रतियोगितामा अघिल्लो प्रतियोगिताको साविक विजेता चिली र उपविजेता अर्जेन्टिनाले मंगलबार प्रतियोगिता अन्तरर्गत आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

आजै भएको खेलमा कोलम्बियाले आयोजक अमेरिकालाई २–० ले स्तब्ध पार्दै सुखद सुरुवात गरेको छ ।

अघिल्लो सालको विश्वकप र कोपा अमेरिका गुमाएका अर्जेन्टाइन स्ट्राईकर लियोनेल मेस्सी देशलाई १४ औं पटक कोपा अमेरिकाको उपाधि दिलाउने योजनामा छन् ।

अर्कातिर १५ पटक उपाधि उचालिसकेको उरुग्वे पनि लुइस स्वारेज र एडिन्सन काभानी जस्ता खेलाडीको साथमा १६ औं पटक कोपा अमेरिकाको उपाधि उचाल्ने दाउमा छ ।

सतवार्षिकीको अवसरमा यो पटक कोपा अमेरिकामा दक्षिण अमेरिका भन्दा बाहिरका ४ वटा देश थपिएको छ ।

सहभागी देशहरु
समूह एः अमेरिका, कोलम्बिया, कोस्टारिका र पाराग्वे
समूह बीः ब्राजिल, इक्वेडोर, हाइटी र पेरु
समूह सीः मेक्सिको, उरुग्वे, जमैका र भेनेजुएला
समूह डीः अर्जेन्टिना, चिली, पनामा र बोलिभिया
annapurnapost

Continue Reading…

मधेसी मोर्चा बिच नै झडप ,चार जना घाइते

आइतबार, २३ जेठ
काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादबबीच जग्गाको कम्पाउन्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन् ।
झडपमा परेर टाउकोमा चोट लागेका राधेश्याम रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरमले जनाएइको छ ।jhagada
झडपमा परी बृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन् । जंगीलाल राय सर्लाही क्षेत्र नं ५ बाट तमलोपाका निर्वाचित संसाद हुन् ।
प्रहरीले तमलोपा सांसद रायबाट एक थान बाह्र बोर बन्दुक बरामद गरेको छ ।
सांसद जंगीलाल रायले सर्वोच्च अदालतले गरेको फैसलाअनुसार जग्गा छुट्याएर आफ्नो कम्पाउन्ड लगाउने क्रममा झडप भएको बताए । आजको नेपाल समाचारपत्रमा समाचार छ।
nepalsandesh

Continue Reading…

स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गर्नु पर्छ : प्रधानमन्त्री

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी ओलीले विश्व वातावरण दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गर्नु आजको पुस्ताको कर्तव्य भएको बताउनुभएको छ ।
विश्व वातावरण दिवसको अवसरमा दिनु भएको सन्देशमा प्रधानमन्त्री ओलीले भावी पुस्ताका लागि नभई नहुने हाम्रा अमूल्य र विशिष्ट जीवजन्तु, स्वच्छ, स्वस्थकर तथा मनोरम वातावरण र जीवनको पर्याय वनलाई सम्पूर्ण शक्ति लगाई संरक्षण र सम्बद्र्धन गर्न प्रण गर्ने दिनका रुपमा दिवसलाई लिँदै नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको स्मरण गराउनुभयो ।garnu
“नेपालजस्तो अल्पविकसित मुलुकमा वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउन निकै चुनौतीपूर्ण छ । तदनुरुप वातावरण संरक्षण, दिगो व्यवस्थापन र विकासलाई एकैसाथ अघि बढाउने क्रममा यदाकदा समस्यासमेत देखापर्ने गरेको छ ।”
प्रधानमन्त्रीले भन्नुभएको छ– “यति हुँदाहुँदै हाम्रा विकासका लक्ष्य पूरा गर्न, स्रोत र साधनको दिगो तथा अधिकतम प्रयोग गर्न नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको स्मरण गर्दछु ।”
उहाँले वातावरण संरक्षण तथा व्यवस्थापन एउटा बहुआयामिक र अन्तरक्षेत्रगत विषय भएको हुनाले यसको संरक्षण र समुचित व्यवस्थापनका लागि सम्बन्धित सबै निकायले आ–आफ्ना योजना तथा कार्यक्रममा यससम्बन्धी विषय समावेश गर्दै अघि बढ्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीले मानवमात्रको हितका लागि प्राकृतिक स्रोतको प्रयोग गर्दा भावी पुस्ताको स्रोतमाथिको अधिकारलाई समेत ख्याल गरीे बुद्धिमतापूर्ण उपयोग गर्नु नै आजको आवश्यकता हो भन्नुभएको छ । रासस
dainiknepal

Continue Reading…

धनीको सूचीबाट शेष घले ‘नकआउट’

सिड्नी । एनआरएनका अध्यक्ष समेत रहेका नेपाली मुलका अष्ट्रेलियन नागरिक शेष घले धनीहरूको सूचीबाट यस वर्ष बाहिरिएका छन् । घले १००औँ ५ नम्बरमा धेकेलिएका हुन् ।
शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनी व्यक्तिहरूको एक सयौँको सूचीमा परेका थिए ।
अघिल्लो वर्ष शेष र जमुना ९९औं स्थानमा थिए । गत वर्ष ५ सय २८ मिलियन अष्ट्रेलियन डलर सम्पति रहेको घले दम्पत्तीको सम्पत्तिमा भने कमी आएको छैन ।bata
सन् २०१५ को धनीहरुको सूचीबाट ६ स्थान तल झर्दा पनि घले दम्पतीको सम्पति यो वर्ष करिब ५८ मिलियन अष्ट्रेलियन डलरले बढेको छ । यो वृद्धिसँगै शेष घले र जमुना गुरुङको कुल सम्पति ५ सय ८६ मिलियन पुगेको द अष्ट्रेलियन फाइनान्सियल रिभ्यू (एएफआर)ले प्रकाशित गरेको छ ।
बीआरडब्लू रिच २०० को सूची फेयरफ्याक्स मिडियाले प्रकाशित गर्ने ‘बिजनेस रिभ्यू विक्ली’ मा प्रत्येक वर्षको मे वा जुन महिनामा प्रकाशित हुने गरेकोमा बीआरडब्लूको प्रकाशन बन्द भएपछि फेयरफ्याक्सले नै प्रकाशित गर्ने अष्ट्रेलियाको लोकप्रिय आर्थिक दैनिक एएफआरले प्रकाशित गर्ने गरेको छ ।
dainiknepal

Continue Reading…

चट्याङ लागेर एक महिलाको मृत्यु

दाङ, २३ जेठ । दाङमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मानपुर गाविस–३ मज्गै निवासी ५५ वर्षीया मनकुमारी कुमाल रहेकी छन् । शनिबार साँझ मानपुरको वैशपुर भन्ने स्थानमा गाई चराउँदै गरेकी कुमाललाई चट्याङ लागेको थियो ।chag
चट्याङबाट घाइते भएकी कुमालको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रासस
dainiknepal

Continue Reading…

भारत-अमेरिका एमालेविरुद्ध देखिए : ओली

जेठ २३ काठमाडौं–प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका रहेको खुलासा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी समिति बैठकमा बोल्दै ओलीले यस्तो खुलासा गरेका हुन् ।
उनले यस्तो अवस्थामा पार्टीको आन्तरिक एकता र देशमा रहेका सबै राजनीतिक दलहरूलाई समेत साथ लिएर अगाडि बढ्नुपर्नेमा जोड दिएको स्रोतले बतायो। ‘अहिले राष्ट्रियता संकटमा छ, भारत र अमेरिकासमेत एमाले र सरकारविरुद्ध देखा पर्दैछन् । यस्तो अवस्थामा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाएर सहमतिसाथ अगाडि बढ्नुपर्छ ।

diyaa
मलाई एक पैसा पनि भ्रष्टाचार गर्नु छैन, मर्दा मर्दै बाचेको छु देशको लागि केही गर्छुः प्रधानमन्त्री ओली
यसलाई असर पार्ने गरी कमरेडहरूबाट आएका भनाइले हामीलाई बालियो बनाउँदैन,’ ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो । बैठकले समेत यसलाई घुमाउरो पाराले पुष्टि गर्ने गरी औपचारिक निर्णय गरेको जारी विज्ञप्तिबाट प्रस्ट हुन्छ । बैठकले देशको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै दलहरूलाई आग्रह गरेको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीले पार्टीभित्रको एकतालाई बलियो बनाएर अगाडि जानसमेत बैठकमा आग्रह गरेका थिए । बैठकमा बोल्दै स्थायी समितिका केही सदस्यले माओवादी केन्द्रबीच भएको भनिएको भद्र सहमतिको विषय के हो भनी पार्टीका वरिष्ठ नेताहरूसँग समेत स्पष्टीकरण माग गरेका थिए । उनीहरूले प्रधानमन्त्री र यसमा सहभागी नेताहरूले प्रस्ट पार्नुपर्ने माग गरेका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Continue Reading…

नौ सेनाको तालिमका क्रममा टेक्सासमा मृत्युः अमेरिकी सेना

वासिङ्टन, २३ जेठ । अमेरिकी सेनाले आफ्ना नौ जना अधिकारीको तालिमका क्रममा टेक्सासमा बाढीमा परी मृत्यु भएको पुष्टि गर्दै छानबिन सुरु गरेको बताएको छ ।senako
शनिबार सिङ्गापुरमा, सुरक्षा सम्मेलन सकिएपछि पत्रकारसँगको कुराकानीमा अमेरिकी रक्षामन्त्री एस्टन कार्टरले तालिमका लागि हिँडेका सेना चढेको गाडी नदीमा पल्टिँदा नौ जना सेनाको मृत्यु भएको र यसबारे छानबिन सुरु गरिएको बताउनुभयो ।
सेनाले चार जवानको मृत अवस्थामा शुक्रबार उद्धार गरेको छ भने अन्य नदीमा हराएका पाँच सैनिक अधिकारीको शवलाई बिहीबार नै उद्धार गरिएको थियो ।
नदीबाट जीवित उद्धार गरिएका तीन सैनिक अधिकारीको स्वास्थ्यस्थिति स्थिर रहेको अमेरिकी सेनाका मेजर जनरल जोन उवेतीले बताउनुभयो ।
अमेरिकाको उत्तरपश्चिमस्थित हस्टन सहरबाट ३२० किलोमिटर टाढा रहेको फर्टहुड सैनिक शिविरबाट तालिमका लागि हिँडेका सैनिक अधिकारीको दुई दिनअघिको दुर्घटनामा मृत्यु भएको हो । एएफपी
dainiknepal

Continue Reading…

जिका भाइरस प्रकोपबारे अध्ययन गर्न विज्ञलाई फेरि ब्राजिल पठाइने

वासिङ्टन, २३ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) प्रमुख मार्गरेट चाङले विज्ञहरुको समूहलाई ब्राजिल पठाई ब्राजिलको रियो द जेनरियोमा गृष्मकालीन ओलम्पिक गर्न सकिने अवस्था भए नभएको बारे अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको छ ।
जिका भाइरसप्रति संवेदनशील बन्दै गृष्मकालीन ओलम्पिक खेलको समय वा स्थान परिवर्तन गर्न १५० चिकित्सक सहित केही वैज्ञानिक तथा विश्व समुदायबाट व्यक्त चासोलाई मध्यनजर गर्दै उक्त टेलीलाई ब्राजिल पठाइएको हो ।
जिका भाइरसबाट बढी प्रभावित ब्राजिलको दोस्रो सहरमा खेलको आयोजना गर्नु गैरजिम्मेवार र अविवेकी निर्णय हुने जनाउँदै विश्वभरका १५० जना डाक्टर, वैज्ञानिक तथा अनुसन्धाताद्वारा हस्ताक्षरित डब्लूएचओलाई सम्बोधन गरिएको खुला पत्रमा मे २७ गते आगामी अगस्टमा ब्राजिलको रियो दि जेनेरियोमा हुने भनिएको ओलम्पिक खेललाई स्थानान्तरण गरिनुपर्ने वा समयमा परिवर्तन गर्न अनुरोध गरेका थिए ।patauneaजिका भाइरस प्रकोपबारे अध्ययन गर्न विज्ञलाई फेरि ब्राजिल पठाइने
उनीहरूले रियो ओलम्पिक स्थानान्तरण नगरिएमा यसबाट अहिलेसम्म जिका भाइरसबाट प्रभावित नबनेका अफ्रिका तथा दक्षिण एसियाली मुलुकका गरिब जनतालाई असर गर्ने जनाएका थिए ।
डब्लुएचओले वरिष्ठ वैज्ञानिक तथा चिकित्सकको टोलीलाई यसअघि चारपटक अध्ययनका लागि त्यहाँ पठाइएको छ । उनीहरुको अध्ययनले जिका भाइरसका कारण ओलम्पिकको समय वा स्थान सार्नुपर्ने आवश्यकता नदेखिएको बताएका थिए ।
डब्लुएचओका महानिर्देशक चाङले विज्ञबाट आएको चासोपछि अमेरिकी सिनेटर जिनी शहिनलाई पत्र लेखी जिका भाइरसको वर्तमान अवस्था र यसबाट खेलाडी र दर्शकमा पर्नसक्ने स्वास्थ्य खतराबारे अध्ययन गरी प्रतिवेदन बुझाउन अनुरोध गर्नुभएको हो । शाहिनले चाङको पत्रलाई शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो ।
वर्तमान अन्तर्राष्ट्रिय चासोप्रति मध्यनजर गर्दै जिका आपतकालीन समितिलाई स्वास्थ्य खतराको स्थितिबारे अध्ययन गरी गृष्मकालीन ओलम्पिक ब्राजिलको राजधानीमा आयोजना गर्नुहुने वा नहुने निचोड निकाल्न आग्रह गरेको चाङले बताउनुभयोे ।
ब्राजिलमा सन् २०१५ देखि अहिलेसम्म करिब एक हजार ५०० शिशु लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने जिका भाइरसबाट सङ्क्रमित भएका पछिल्लो तथ्याङ्क छ । एएफपी
dainiknepal

Continue Reading…

किन बढ्दैछन् अपराधका घटना ?

काठमाडौं, २३ जेठ । केही साताअघि वीरगन्जको भेडियाहीस्थित मसानघाटनजिकैको सिगहा नदीमा चोपलेर सविता देवीले दुई छोरीको हत्या गरिन् । सविताले परिवारको मानसिक यातना सहन नसकेर यस्तो अपराध गर्न पुगिन् ।
तराईका केही जिल्लामा छोरी जन्मिएपछि ‘अभिशाप’का रूपमा लिइन्छ अझै पनि । दाइजो प्रथा उन्मूलन भइसक्दा पनि ‘तिलकु माग्न छाडेका छैनन् केटा पक्षले ।gatana
त्यस्तै, गत वैशाख १४ गते बागलुङको बोहोरागाउँमा दुई बालबालिका जलेको अवस्थामा मृत फेला परे । अनुसन्धान गर्दै जाँदा दुई बच्चाको आमासँग अनैतिक सम्बन्ध राख्दै आएका गाउँकै देवर पर्ने भीमबहादुर भण्डारीले घाँटी थिचेर मारी गोठमा आगो लगाइदिएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
सन्तबहादुर घर्तीकी पत्नी कमलासँग अनैतिक सम्बन्ध राख्दै आएका भण्डारीले आफ्नो गोपनीयता भंग हुने र कमलाले बच्चा छाडेर विवाह गर्न नमानेपछि दुई बच्चालाई घरमा कोही नभएको मौका छोपेर घाँटी थिची हत्या गरेका थिए ।
गएको वैशाखमै बाबुले १७ वर्षीया छोरीमाथि पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भयो । ललितपुरको यो घटनामा यौनपिपासु बाबुको डेढ वर्षदेखि सिकार हुँदै आएकी तामाङ थरकी ती किशोरीले प्रहरीसमक्ष उजुरी दिने हिम्मत गरिन् ।
गत चैतमा रसुवाको यार्सा गाविसमा बोक्सो आरोप लगाउँदै ५५ वर्षीय वृद्ध तुलु थिङलाई जिउँदै गाडेर मारियो । गाउँका एक व्यक्ति मरेपछि तुलुले भेदेर मरेको भन्दै उनीमाथि गाउँलेबाट आक्रमण भएको थियो ।
अन्धविश्वासले जरा गाडेको यार्सा गाविसमा तुलु अनाहकमा मारिनु ज्यादै दर्दनाक घटना थियो । यी घटना समाजका प्रतिनिधि घटनामात्रै हुन् । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका अनुसार २०७२ मा मात्रै मुलुकभर प्रहरीमा एक हजार ३८ वटा बलात्कारका घटना दर्ता भएका थिए ।
त्यसैगरी चार सय ९७ वटा बलात्कार प्रयास र २४ वटा बोक्सीको आरोप लगाइएका घटना प्रहरी कार्यालयमा दर्ता भएका थिए । २०७१ मा नौ सय १० वटामात्रै बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए ।
बलात्कार प्रयासका तीन सय ५० वटा र बोक्सी आरोपमा १९ वटा घटना प्रहरीमा दर्ता भएका थिए । २०७० मा बलात्कारका ६ सय ७६ वटा, बलात्कार प्रयासका तीन सय नौवटा र बोक्सीका १७ वटा घटना प्रहरीमा दर्ता भएका थिए ।
विभागका अनुसार २०६९ मा पाँच सय ५७ वटा बलात्कारका, बलात्कार प्रयासका दुई सय ४४ वटा र बोक्सी आरोपका २३ वटा घटना प्रहरीमा दर्ता भएका थिए ।
समाजशास्त्री डा उद्धव प्याकुरेल यी घटनालाई दुई पक्षबाट केलाएर विश्लेषण गर्नुपर्ने बताउँछन् । उनले भने, ‘अझै पनि केही समाजमा छोरी प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन, पुरातनवादी सोच हाबी छ। सरकार र स्थानीय प्रशासनले समाजलाई चेतनशील बनाउन जुन भूमिका खेल्नुपर्ने हो त्यो सकेका छैनन्। घटनाहरू पहिले पनि नभएका होइनन्, पहिला लुक्थ्यो तर अहिले सामाजिक जागरणले पनि बाहिर आएका छन्, त्यसलाई सकारात्मक रूपमा पनि लिनुपर्छ।’
उनले पारिवारिक एवं सामाजिक यातनाबाट बाहिर ल्याउन नसक्नुमा पीडित आफैं पनि जकडिएको समाजसँग डराउनु र चेतना अभिवृद्धि नभएका कारण रहेको बताए । ‘दाइजो र बोक्सी प्रथा उन्मूलन भए पनि अनकन्टार समाजमा चेतना दिन नसक्नु राज्यको कमजोरी हो, व्यक्ति आफैं सचेत हुनेभन्दा पनि उसलाई हिंसाजन्य घटना बाहिर ल्याएमा सम्बन्धित व्यक्ति वा समाजमाथि कारबाही हुन्छ भन्ने भान राज्यले दिन सक्नुपर्छ, जुन सकिरहेको छैन’, समाजशास्त्री प्याकुरेलले भने ।
दाईजोमा दुई लाख नपुगेको भन्दै वीरगन्जमै गत जेठ ८ गते एक महिलाको हत्या गरेको आरोपमा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
वीरगन्जको मूर्ली बगैंचामा राधादेवी साहको दाहिजोकै निहुँमा पति र ससुराले कुटेर मारेको भन्दै आफन्तले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।
प्रहरी प्रवक्ता डीआईजी माधवप्रसाद जोशी तथ्यांकमा घटना वृद्धि भएको देखिए पनि अहिले मात्रै यस्ता घटना भएको भन्नेमा अस्वीकार गछन् । ‘मुलुकी ऐन बन्नुअगाडि पनि सामाजिक अन्धविश्वास र कुरीतिका घटना नभएको होइन, फरक यतिमात्रै हो, अहिले समाज अझ बढी चेतनशील हुँदै गयो, सूचना प्रविधिको विकास भयो र प्रहरी सक्रियता बढेकाले समाजभित्र लुकेका घटनाहरू सार्वजनिक भएका हुन्’, उनले भने ।
डीआईजी जोशी व्यक्तिहरू बिस्तारै विलासिता र भौतिकवादतर्फ उन्मुख भएकाले छोरी बलात्कृत गर्ने, बच्चा बलात्कृत हुने, परपुरुषसँग भाग्न बच्चाको माया नगर्ने, दाइजोको निहुँमा हत्या गर्नेजस्ता घटना भएका हुने गरेको बताउँछन् । उनले यस्ता घटना हुन नदिन प्रहरी सक्रिय भएर लागेको बताए ।
dainiknepal

Continue Reading…

प्रचण्डपुत्र प्रकाशले शानकै लागि हतियार राख्ने अनुमतिका लागि आवेदन दिए

काठमाण्डु, २३ जेठ– सर्वाधिक बलियो सुरक्षा घेराभित्र रहने शीर्ष नेपाली नेता हुन् प्रचण्ड । तर त्यति मजबुत सुरक्षा धेराभत्रि रहँदासमेत उनका पुत्र प्रकाशले चाहिँ आफूलाई सुरक्षित महसुस गर्न सकेका रहेनछन् । त्यसको पुष्टि गर्छ, ६ महिना अघि प्रकाशले जिल्ला प्रशासन कार्यालयमा निजी सुरक्षा कालागि हातहतियार आयात गरी राख्न पाउनका लागि दिएको वादेनदले ।diya
गृहमन्त्रालय स्रोतका अनुसार शक्तिबहादुर बस्नेत गृहमन्त्री भएको दुई महिनापछि प्रकाशले हतियारका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा आवेदन दिएका थिए । तर पटक पटक प्रयास गर्दा पनि हतियार राख्ने उनको चाहना पूरा भएको छैन । सुरक्षा थ्रेट भएको कारण देखाउँदै प्रकाशले दुईवटा बन्दुकको इजाजत लिन चाहेका खुलासा भएको छ । नेपाल साप्ताहिबाट

Continue Reading…

शेरबहादुर र खुमबहादुरबीच कहाँ कुरा विग्रियो ?

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेता खुमबहादुर खड्का चिढिएका छन् ।
गत फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन महत्वपूर्ण भूमिका खेलेका खड्का धोका दिएको भन्दै देउवासँग चिढिएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।deba
खड्काले देउवाबाट धोका भएको बताएलगत्तै महाधिवेशन अघि भएको भद्र सहमति कार्यान्वयन गर्न ढिलो भएको भन्दै खड्का निकट नेताहरु असन्तुष्ट भएका छन् ।
कांग्रेसको महाधिवेशनअघि नै देउवा सभापतिमा विजयी भए खड्कालाई उपसभापतिमा मनोनयान गर्ने पस्ट सहमति भएको उनीहरुको भनाइ छ ।
तर, देउवानिकट नेताहरु भने महाधिवेशनपछि खड्कालाई उपसभापति बनाउन परिस्थिति त्यति सहज र अनुकुल नभएको बताउँछन् ।
त्यसैले खड्कालाई उपसभापतिमा मनोनयन गर्ने सम्भावना कम हुँदै गएको देउवा निकट नेताहरुको भनाइ छ ।
देउवा निकट नेताहरु परिस्थितिले पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई उपसभापति मनोनयन गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको बताउन थालेका छन् ।
dainiknepal

Continue Reading…

एमालेले ‘प्रचण्ड’लाई यसकारण प्रधानमन्त्री बन्न नदिने

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका रहेको खुलासा गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी समिति बैठकमा बोल्दै ओलीले यस्तो खुलासा गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।nadinea
उनले यस्तो अवस्थामा पार्टीको आन्तरिक एकता र देशमा रहेका सबै राजनीतिक दलहरूलाई समेत साथ लिएर अगाडि बढ्नुपर्नेमा जोड दिएको स्रोतले बतायो । ‘अहिले राष्ट्रियता संकटमा छ, भारत र अमेरिकासमेत एमाले र सरकारविरुद्ध देखा पर्दैछन् । यस्तो अवस्थामा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाएर सहमतिसाथ अगाडि बढ्नुपर्छ ।
यसलाई असर पार्ने गरी कमरेडहरूबाट आएका भनाइले हामीलाई बालियो बनाउँदैन’, ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो ।
बैठकले समेत यसलाई घुमाउरो पाराले पुष्टि गर्ने गरी औपचारिक निर्णय गरेको जारी विज्ञप्तिबाट प्रस्ट हुन्छ ।
बैठकले देशको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै दलहरूलाई आग्रह गरेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीले पार्टीभित्रको एकतालाई बलियो बनाएर अगाडि जानसमेत बैठकमा आग्रह गरेका थिए ।
बैठकमा बोल्दै स्थायी समितिका केही सदस्यले माओवादी केन्द्रबीच भएको भनिएको भद्र सहमतिको विषय के हो भनी पार्टीका वरिष्ठ नेताहरूसँग समेत स्पष्टीकरण माग गरेका थिए ।
उनीहरूले प्रधानमन्त्री र यसमा सहभागी नेताहरूले प्रस्ट पार्नुपर्ने माग गरेका थिए ।
प्रधानमन्त्रीले पनि त्यस्तो कुनै सहमति नभएको भन्दै बैठकमा आश्वस्त पारेका थिए ।
उनले छलफलमा ११ बुँदा र १२ बुँदा आएको भए पनि त्यसलाई हटाएर नौ बुँदामा झारिएको र बाहिर आएभन्दा कुनै अर्को सहमति नभएको दाबी गरेका थिए ।
उनले आफूले यस्तो सहमति गर्नैपरेको अवस्थामा पार्टीका शीर्ष नेतासँग छलफल गरेरमात्र निर्णय गर्ने बताएका थिए ।
dainiknepal

Continue Reading…

कार्यकर्ता फकाउने प्रचण्डका यी हुन नयाँ सुत्र

काठमाडौं, २३ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हौसिएर धेरै माथि पुग्दा पार्टी कमजोर बनेर तल झरेको बताएका छन् ।
माओवादी केन्द्रले शनिबार महोत्तरीको बर्दिवासमा गरेको दुई नम्बर प्रदेशस्तरीय एकता भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू बिग्रिँदा पार्टी कमजोर बनेको बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘शान्ति प्रक्रियामा आएपछि मैले परिस्थितिको सही आँकलन गर्न सकिनछु, म आफैँ बिग्रिएछु, साथीहरूले पनि प्रचण्डपथ भन्दै मलाई आवश्यकताभन्दा धेरै माथि पुर्‍याएर बिगार्ने काम गरेछन’, उनले भने, ‘दोस्रो संविधान सभाको निर्वाचनपछि मैले आफू बिग्रिएको छ्यांग थाहा पाएँ, अहिले सच्चिने प्रयास गर्दै छु ।’parchann
माओवादी पार्टी कमजोर बन्नुमा आफू प्रमुख जिम्मेवार रहेको भन्दै प्रचण्डले विगतको गल्तीबाट अब पाठ सिकेको बताए। उनले अब पार्टीलाई सुदृढ बनाएर लैजानेसमेत बताए ।
‘मधेसलाई धोका दिादा पार्टी कमजोर’
कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादवले प्रचण्डले मधेसलाई धोका दिँदा पार्टी कमजोर बनेको आरोप लगाए । नेपालको आन्तरिक एकताविना राष्ट्रियता मजबुद नहुने भन्दै उनले मुलुकको आन्तरिक एकता मजबुद पार्न पहाड र मधेसका उत्पीडित समुदाय मिल्नुपर्नेमा जोड दिए । त्यही आवश्यकतालाई महसुस गरेर नै अहिले छरिएर रहेका माओवादीबीच एकता भएको उनको भनाइ थियो ।
माओवादी विभाजित हुँदा राष्ट्रियता कमजोर
प्रचण्डले नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन र श्रमजीवी वर्गको हितका लागि छरिएर रहेका माओवादी शक्तिबीच एकता भएको स्पष्ट पारे । माओवादी विभाजित हुँदा नेपालको राष्ट्रियता नै कमजोर बनेकाले मिल्नुपरेको प्रचण्डको भनाइ थियो ।
मधेस आन्दोलनका नाममा राष्ट्रियता कमजोर
मधेस आन्दोलनका नाममा नेपालको राष्ट्रियतालाई कमजोर पार्ने खेल भइरहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसप्रति सजग हुन मधेसी नागरिकलाई आग्रहसमेत गरे । मधेस आन्दोलनको नेतृत्व मधेसका सामन्त, दलाल र जमिन्दारले गरेको आरोप लगाउँदै प्रचण्डले उनीहरूबाट बहुसंख्यक श्रमजीवी मधेसी नागरिकको हित हुन नसक्ने बताए ।
dainiknepal

Continue Reading…

तमलोपा र संघीय फोरमका नेताहरूबीच यसरी भयो कुटाकुट

सर्लाही, २३ जेठ । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादवबीच जग्गाको कम्पाउण्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन् ।kut
झडपमा परेर टाउकोमा चोट लागेका रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरमले जनाएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
झडपमा परी वृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन् ।
राय सर्लाही क्षेत्र नम्बर ५ बाट तमलोपाका निर्वाचित सभासद हुन् । प्रहरीले रायको साथबाट एक थान १२ बोर बन्दुक बरामद गरेको छ ।
dainiknepal

Continue Reading…

धुलिखेलमा पूर्वराजा ज्ञानेन्द्रको गम्भीर छलफल, दलका शीर्ष नेताहरु पनि पुगे

काठमाडौं, जेठ । पछिल्लो समय निकै सक्रिय रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार दिनभरी काभ्रेको धुलिखेलमा राजसंस्था पुनर्स्थापनाका विषयमा गम्भीर छलफल गरेका छन् ।
पूर्वराजा शाहको छलफलमा सहभागी एक नेताका अनुसार धुलिखेलको हिमालयन रिसोर्टमा पूर्वराजा देशका केही शीर्ष नेताका प्रतिनिधिबीच छलफल भएको हो । छलफल अहिले पनि जारी रहेको छ ।puge
‘राजसंस्थालाई स्पेस (ठाउँ) दिन र हिन्दू राष्ट्र बनाउने विषयमा कांग्रेस, एमाले र एमाओवादी करिब करिब नजिक छन्’ स्रोतले भन्यो– ‘स्पेस दिने भनेको सेरेमोनियल राजा बनाउने हो । जसले संविधान मान्छ । संविधानको तल रहन्छ ।’
छलफलमा सहभागी ती नेताका अनुसार प्रमुख तीन दलको सहमतिमा हिन्दू राष्ट्र पनि बनाउने र जसको लागि पूर्वराजा शाहले देशैभरी अभियान चलाउने समझदारी भएको छ ।
यो सहमतिअनुसार अबको केही समयभित्रै देशमा राजसंस्था फर्किने र देश हिन्दू राष्ट्र बन्ने लगभग निश्चित भइसकेको ती नेताको दाबी छ ।
यसअघि पूर्वराजा शाहले भर्खरै मात्र नुवाकोटदेखि पूर्वी नेपालसम्मको भ्रमण गरेका थिए ।
यसअघि हिन्दू युवा संघ नेपालका अध्यक्ष विकास ठाकुरले पनि २०७३ सालको मध्य सम्म नेपाल हिन्दू राष्ट्र घोषणा भइसक्ने र राजा फर्किने दाबी गरेका थिए । जून अहिलेका क्रियाकलापसँग मेल खाइरहेको छ ।
dainiknepal

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ २३ गते आइतबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । पढाइलेखाइको क्षेत्रमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ, विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

अचलसम्पत्ति वा पैतृक धनको कारोबारबाट सामान्य लाभ लिन सकिने छ, तर श्रमको मूल्याङ्कन हुन नसक्दा निराशा हुनेछ । आम्दानीका मार्गहरू देखिने छन्, तर खट्ने अनुकूलता नहुनाले दिक्क लाग्नेछ । थोरबहुत आय भए पनि खर्चको मात्रा बढ्न सक्छ । शत्रुबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

दान पुण्यका कार्यतर्फ मन आकर्षित हुनेछ, तर त्यसलाई कार्यान्वयन गर्न विलम्ब गरेमा भाग्यबलमा कमी आउन सक्छ । दूरदराजमा रहेको कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरमा पारिवारिक समस्या र अस्वस्थता देखा पर्न सक्छन् । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

प्रणय र रोमान्सतर्फ मानसिक झुकाव बढ्नाले काम गर्न जाँगर चल्नेछैन, शरीरमा आलस्यले डेरा जमाउने समय छ । घुमघाम, भेटघाट र मनोरञ्जनका लागि समय निकाल्न धौधौ हुनेछ । नचाहेको र नौलो ठाउँको यात्राको सम्भावना छ । प्रेमी÷प्रेमिका र पतिपत्नीका बीचमा सम्बन्धमा चिसोपन आउन सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्नेछन् । जीवनसाथी र बालबच्चासितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ ।बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

एकाबिहानै विगतमा गरेको परिश्रमको प्रतिफल नपाउनाले मन खिन्न हुनसक्छ । रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक चिन्तनप्रति मन आकर्षित हुनेछ, आजको चिन्तन र उपाय फलदायी हुनेछ । बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, पाचनप्रणालीमा बिग्रन सक्छ । जीवनसाथीसित ठाकठुक पर्नसक्छ । बौद्धिकता र ज्ञानगुनको क्षेत्रमा समेत राम्रो छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

संसदबाट शिक्षा विधेयक पारित, अब एसएलसी परीक्षा दिन नपर्ने (पूर्ण पाठसहित)

काठमाडौं, २२ जेठ । व्यवस्थापिका–संसद्ले शिक्षा (आठौँ संशोधन) विधेयक-२०७२ लाई आज सर्वसम्मतले पारित गरेको छ ।
बैठकमा सभामुख ओनसरी घर्तीले उक्त विधेयकलाई पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
यसअघि बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको प्रतिवेदनसहितको उक्त विधेयक, २०७२ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद केशवप्रसाद बडालले शिक्षा क्षेत्रमा सहकारीलाई काम गर्न नदिने गरी बन्देज गरिएको गुनासो गर्दै यो संविधान विपरीत भएको बताउनुभयो ।pad
सांसद चूडामणि जङ्गली विश्वकर्माले विधेयकमा गरिब विपन्न उत्पीडित समुदायलाई उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन र समाजमा विद्यमान छुवाछूत कुप्रथालाई शिक्षाका माध्यमबाट हटाउने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
सांसद प्रेम सुवालले विद्यार्थीले बीचमा अध्ययन छोड्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै शिक्षा विधेयक अझ परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो । सांसद बद्रीप्रसाद पाण्डेले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न विधेयकले व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सांसदहरु गीता क्षेत्री, धनीराम पौडेल, गणेशसिंह ठगुन्ना र रामेश्वर फुयाँलले शिक्षामा रुपान्तरणको आवश्यकता रहेको हुँदा सोहीअनुसार विधेयकमा थप व्यवस्था गर्नुपर्ने बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा तत्काल नगरी नहुने विषयवस्तुलाई समिटिएको यो विधेयक राष्ट्रको आवश्यकता हो भन्नुभयो । मन्त्री पोखरेलले शिक्षासम्बन्धी मौलिक हकले व्यवस्था गरेको विषयलाई विधेयकले समेटेको जानकारी दिँदै शिक्षा क्षेत्रको सुधारका लागि विधेयक पारित गरिदिन आग्रह गर्नुभएको थियो ।
ससंद्को अर्काे बैठक आगामी असार १ गते बिहान ११ बजे बस्नेछ ।
विधेयकमा के–के छ नयाँ कुरा
आज पारित भएको विधेयकबाट प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्मलाई विद्यालय तह भएको छ । लामो समयसम्म अस्थायी सेवा गरेका शिक्षकहरूले पनि आकर्षक सुविधासहित बिदा हुने विकल्प पाएका छन् ।
अब कक्षा ८ सम्म आधारभूत शिक्षा र कक्षा ९ देखि १२ लाई माध्यमिक शिक्षा हुने भएको छ । कक्षा १० को अन्तिममा हुदै आएको प्रवेशिका (एसएलसी) परीक्षाको पनि अन्त्य भएको छ ।
१२ कक्षाको अन्तिममा मात्रै अहिलेको एसएलसीजस्तो अर्को परीक्षा हुनेछ । अब राष्ट्रिय परीक्षा बोर्ड हुनेछ । बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्नेछ ।
विधेयकमा अस्थायी शिक्षकलाई सेवा सुविधा लिएर अवकाश दिने या प्रतियोगितामा सहभागी हुन पाउने गरी दुवै विकल्प खुला राखिएको छ । संविधान जारी हुनु भन्दा अघिल्लो दिनसम्म अस्थायी भएका शिक्षकले विकल्प रोज्न पाउनेछन । शिक्षा मन्त्रालयका अनुसार यो विकल्प रोज्न पाउनेमा १७ हजार अस्थायी शिक्षक छन् । ५ वर्षदेखि १० वर्षसम्म अस्थायी सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको आधा महिनाको तलब पाउनेछन ।
त्यस्तै १० वर्षदेखि १५ वर्षसम्म काम गरेका शिक्षकले एक महिना बराबरको र १५ वर्षभन्दा बढी काम गरेका शिक्षकले डेढ महिना बराबरको रकम पाउने भएका छन । अवकाश छाडेर प्रतियोगिता रोज्ने अस्थायी शिक्षकले कुनै सुविधा पाउने छैनन् । रासस
dainiknepal

Continue Reading…

केन्द्रीय सह संयोजकसहित सीके राउतका ११ जना कार्यकर्ता पक्राउ

परासी, २२ जेठ । नवलपरासी प्रहरीले स्वतन्त्र मधेश गठबन्धनका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
सदरमुकाम परासीस्थित बुद्धचोकमा एक कार्यक्रम गरिरहेका बेला गठबन्धनका केन्द्रीय सहसंयोजक कैलाश महत्तोसहितका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।parkau
गत जेठ ८ गते लुम्बिनीमा बुद्धजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पक्राउ परेका आफना कार्यकर्ताको रिहाईको अवसरमा रिहा भएका कार्यकर्तालाई स्वागत कार्यक्रम गरिरहेका बेला प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको गठबन्धनका सचिव रुदल हरिजनले बताउनुभयो ।
आफूहरुले शान्तिपुर्ण ढङ्ग बाट कार्यक्रम गर्न लागेका बेला प्रहरीले हस्तक्षेप गरी उनिहरुलाई नियन्त्रणमा लिएको गठबन्धनले आरोप लगाएको छ ।
पकाउ पर्नेमा केन्द्रिय सह सँयोजक कैलास महतो, प्रबक्ता अब्दुल खान, नवलपरासीका सँयोजक मदन यादव, सह सँयोजक बाल गोविन्द चौधरी, रुपन्देही अध्यक्ष भुपेन्द्र यादव, बाँके जिल्ला अध्यक्ष ईरफान शेष लगायत ११ जना रहेका छन् ।
प्रशासनलाई जानकारी नदिई कार्यक्रम गरेकाले सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
dainiknepal

Continue Reading…

रायमाझी आफ्नै अध्यक्ष ‘प्रचण्ड’विरुद्ध यसरी उत्रिए मैदानमा

काठमाडौं, २२ जेठ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले राष्ट्रिय सहमति नहुँदासम्म केपी ओली नेतृत्वकै सरकार रहने दावी गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले संविधान कार्यान्वयन र मुलुकको समृद्धिकोलागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको स्पष्टपार्दै बहुमतको सरकारको विकल्पमा बहुमतकै सरकार ल्याउँदा मुलुकमा अस्थिरता हुने धारणा राख्नुभयो ।pardan
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तनका लागि भित्रभित्रै तयारी गरिरहेका बेला रायमाझीको यस्तो अभिव्यक्ति आएको छ । रायमाझीको अभिव्यक्तिले दाहाललाई झट्का लाग्न सक्छ ।
नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहनुभएका उपप्रधानमन्त्री रायमाझीले भन्नुभयो, ‘अहिले सरकार परिवर्तनभन्दा पनि राष्ट्रिय सहमतिको सरकारको कुरा महत्वपूर्ण हो । सरकार परिवर्तनको माहौल बनिसकेको छैन । यो सरकारले काम गर्न सकेन भन्ने आरोप पनि लागेको छैन । त्यसैले अहिले सरकार परिवर्तन गर्न भन्दा पनि सहमति कायम गर्न छलफल गर्नु पर्छ ।’
उहाँले राष्ट्रिय सहमतिको सरकार निर्माण भनेको सबैलाई सरकारमा सहभागि गराउने विषय भएकोले सहमतिको सरकारको बन्ने अवस्थामा आफू जस्तो सुकै कम्परमाईज गर्न पनि तयार रहेको बताउनुभयो ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले देशको नेतृत्व गर्न नसक्ने दावी गर्दै भट्टराईले माओवादीको इतिहास छाडेर राम्रो कम नगरेको बताउनुभयो । ‘अभिष्ट पूरा गर्ने गरी कसैले आफू पनि नयाँ शक्तिमा जान लागेको भनि अफवाह फैलाएका हुन्’, रायमाझीले भन्नुभयो, ‘म माओवादी केन्द्रभित्रै रहेर रुपान्तरण गर्ने पक्षमा छु ।’
dainiknepal

Continue Reading…

‘एसएलसी पनि पास नगरेका प्रम ओलीले ज्ञान र विज्ञानको कुरा गर्न सुहाउँदैन’

भक्तपुर, २२ जेठ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनपढ’ भन्दै आलोचना गरेका छन् ।
शनिबार नयाँ शक्ति नेपाल चागुँनारायण नगरपरिषदले भक्तपुरको छालिङमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले एसएलसी पनि पास गरेका ओलीले धेरै कुरा गर्न सुहाउँदैन् ।
‘१४ वर्ष जेल बसेका तर, कक्षा १० पनि पास नगरेका प्रधानमन्त्री ओलीले ज्ञान र विज्ञानको कुरा गर्न सुहाएन् र सुहाउँदैन,’ उनले भने ।ramrom
यसैबीच शनिबारै काभ्रेको बनेपामा नयाँ शक्तिले गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले प्रचण्डलाई ‘खान्न खान्न भन्ने तर, लोकाचार खान पाए माना चार’ गरेको आरोप लगाए ।
उनले देशमा स्थायी सरकार आवश्यक रहेको औल्याउँदै वर्तमान सरकारका ढल्न दिनुहुन्न् भनेका छन् । पूर्व प्रधानमन्त्री बाबुरामले संविधान संशोधनमा जोड दिँदै सरकार फेरबदल हुने संस्कार अन्त्यका लागि पनि तत्काल संविधानमा संशोधन आवश्यकता रहेको जिकिर गरे ।
अहिले आएको बजेट प्रचारमुखी भएको आरोप लगाउँदै उनले देशको आर्थिक समृद्धिका लागि उत्पादनमुखी कार्यक्रम ल्याउन नसकेकाले बजेटले जनता लाभाम्वित हुन् नसक्ने स्पष्ट पारे ।
देशको आर्थिक समृद्धि, विकास र रोजगारलाई केन्द्रीत रहेर नयाँ शक्ति नेपाल अगाडी बढ्ने उनले जानकारी दिए । लोकतान्त्रिक युगमा नेपालको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकतालाई पुर्ति गर्न नयाँ शक्ति अभियान खोलिएको बाबुरामले स्पष्ट पारे ।
फोटोः हेमराज ढकालबाट ।
dainiknepal

Continue Reading…

पूर्व युवराज्ञीले दिईन् कडा चेतावनी, भन्छिन् “देश लुट्न र ठग्न पाउनुपर्छ भन्नेलाई सरकारले छोड्नुहुन्न “

काठमाडौं।पूर्व युवराज्ञी हिमानीले देशमा जथाभावी भैरहने बन्द हड्ताल लुट र ठगि विरुद्द आवाज उठाएकी छिन् ।
देशमा कुनै न कुनै रुपमा लुट, ठगि भैरहेको र त्यसमा वर्तमान सरकार रमिते बनिरहेको भन्दै आफ्नो फेसबुक मार्फत त्यस विरुद्द आवाज उठाएकी छिन् ।hundai

अझ लुट्न ठग्न र अपराध गर्न पाउनुपर्छ भन्दै आन्दोलन गर्नेहरुलाई सरकारले माफी दिईरहेको प्रति उनले कडा आक्रोश व्यक्त गरेकी छिन् ।
उनी आफ्नो फेसबुक वालमा लेख्छिन्,”विश्वमा नेपाल मात्र एक त्यस्तो देश होला जहाँ लुट्न, ठग्न लगायतका अपराध गर्न पनि पाउँनै पर्छ भनि आन्दोलन र बन्दै हुन्छन् र सरकार केबल हेरिरहन्छ । ”

Continue Reading…

भारतमा एक सांसदले नेपालीमा सपथ खाएपछि भारतभर हंगामा

जेष्ठ २१, २०७३- सबैतिर भाषागत मान्यता र पहिचानको लडाईं चलिरहेका बेला भर्खरै राज्यसभाको चुनाव सम्पन्न आसाम राज्यका माननीयहरुले नेपाली, संस्कृत, आसमिज र बोडा भाषामा ओहोदाको सपथ लिएर राज्यदेखि केन्द्रसम्म समाचारमा छाएका छन् ।
भारतको आसाम राज्य विधानसभा सदस्य सभासद गणेश कुमार लिम्वुले नेपाली भाषामा सपथ लिएका छन् भने अंगुरलता देकाले संस्कृत भाषामा ओहोदाको सपथ लिएकी छन् ।sath
आसाममा चर्चित नायिकाको परिचय बनाएकी देका गत वर्ष मात्रै भारतीय जनता पार्टी प्रवेश गरेकी हुन् । देकाले बुधबार पदीय ओहोदाको सपथ खाएकी हुन् । नेपाली र संस्कृतमा सपथ लिने दुवैजना विधायक भारतीय जनता पार्टीसम्बद्ध छन् ।
‘मेरो मातृभाषा आसामी हो तर संस्कृत सबै भाषाको मातृभाषा हो,’ ३० वर्षीया विधायक अंगुरलताले भनिन्, ‘संस्कृत भाषामा सपथ लिएर मैलै संस्कृत भाषालाई महत्व मात्र दिएको होइन कि नयाँ पुस्तालाई यो पुरानो, धनी र वैज्ञानिक भाषाको महत्वबारे बुझाउन खोजेकी हुँ ।’
उनीसँगै अन्य दुई सभासदले पनि संस्कृत भाषामा सपथ लिएका थिए । त्यसैगरी, विधायक लिम्बूले आफूले आफ्नै मातृभाषा नेपालीमा सपथ लिन चाहेको स्पष्ट पारे ।
यसैगरी, आसाम राज्यमा मात्रै १३ जना विधायकले बंगाली भाषामा, ११ ले बोडो, ५ जनाले अंग्रेजी र ९१ जनाले आसामी भाषामा सपथ लिएका छन् । समाजशास्त्रीय जानकारले यो भाषिक विविधताको सपथलाई भारतीय जनता पार्टीको राष्ट्रियतालाई पुनर्भाषित गर्ने र समावेशी समाज निर्माण गर्ने योजनाको एक अंश भएको बताएका छन् ।
भारतमा धेरै समीक्षकले यो कदमको स्वागत गरेका छन् । आसाम राज्य विधानसभामा १ सय २६ कुल सिट रहेकोमा भारतीय जनता पार्टीले ८६ सिटमा विजय हासिल गरेर बहुमतको हैसियत बनाएको छ ।
८ वर्षअघि नेपालमा समेत तत्कालिन उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा पद तथा गोपनियताको सपथ लिने हुँदा उनी विवादको घेरामा परेका थिए कान्तिपुरमा खबर छ ।
सपथको बहुभाषा
आसामिज-९१
वंगाली-१३
वोडो-११
अंग्रेजी-५
संस्कृत-३
हिन्दी-२
नेपाली-१

Continue Reading…

ज्ञानेन्द्र शाहको भविष्य हेर्ने महिला ज्योतिषी

२०७३ जेष्ठ २२ शनिबार

तासबाट भविष्य
पूर्वराजा ज्ञानेन्द्र शाह दुवै हात बाँधेर, दाँत नदेखिने गरी मुस्कुराइरहेका थिए । पूर्वयुवराज्ञी हिमानी रातो हाइनेक र रातै कोटमा आकर्षक देखिएकी थिइन् । हिमानीको दाहिनेतिर छोरी पूर्णिका प्रसन्न मुडमा उभिएकी थिइन्, देब्रेतिरचाहिँ श्वेता राजगरिया बसेकी छन् । गत मे २ का दिन श्वेता राजगरियाको फेसबुक वालमा यस्तोे फोटो पोस्ट गरिएको थियो ।

राजपरिवारका सदस्यसँग बसेको श्वेताको यो फोटोले मेरो ध्यान खिच्यो । श्वेता कार्डबाट क्लाइन्टको भविष्य हेर्छिन् । यो उनको प्रोफेसन हो । ‘ट्यारोट कार्ड रिडर’ (कार्डबाट भविष्यवाणी गर्ने) श्वेतालाई अझ नजिकबाटै चिन्न मन लागेर आयो त्यो उनको फेसबुक पोस्टले ।mahila

श्वेतालाई पूर्वराजासँगको उनको भेटबारे सोधेको थिएँ । उनलाई निर्मल निवासमा बोलाएर ट्यारोट हेरिएको रहेछ । त्यसबाहेक व्यक्तिगत कुरा सेयर गर्न नमिल्ने भन्दै श्वेताले ‘उहाँहरूको सबै राम्रो छ’ मात्रै भनिन् । उनले ‘पूर्वराजाको भविष्य हेरे“’ भनिन् तर के छ उनको भविष्य, त्योचाहिँ भनिनन् ।
…
सानैदेखि ज्योतिषशास्त्रको पुस्तक खोजीखोजी पढ्ने बानी थियो ट्यारोट रिडर श्वेता राजगरियाको । राशिफलमा पनि उत्तिकै चासो लिन्थिन् । मानिसको अनुहार पढ्ने सोख थियो । त्यही चाहनालाई करिअरमा बदल्ने चुनौती उनले मोलेकी हुन् ।

लगभग आठ वर्षदेखि ट्यारोट कार्ड रिडरका रूपमा काम गर्दै आएकी श्वेताको आत्मविश्वासक निकै लोभलाग्दो छ । पाँच वर्षदेखि उनले नक्साल भाटभटेनीमा आफ्नो कार्यालय स्थापना गरेकी छन् । त्यहाँ बेलुकी ४ देखी ६ बजेसम्म उनी मानिसको भविष्यवाणी गर्छिन् कार्डबाट ।
…
भारतको राजस्थानमा मारवाडी परिवारमा जन्मिएकी श्वेताका पिता व्यवसायी हुन् । व्यवसाय गर्ने सिलसिलामा उनको परिवार नेपालमा बसेको हो । नेपालमा बसे पनि श्वेताले आफ्नो पढाइ दिल्ली र कलकत्ताबाट पूरा गरेकी हुन् । उनले ज्योतिषशास्त्रमा स्नातकोत्तर गरेकी छन् । यही कोर्सभित्र फेस रिडिङ (अनुहार पढ्ने), पाम रिडिङ (हात हेरेर भविष्य भन्नसक्ने) र वास्तुशास्त्रलगायतका कोर्स गरेकी छन् ।

जम्मा ७८ वटा कार्डबाट उनी मानिसका भविष्य हेर्छिन् । ‘बाइसवटा मुख्य कार्ड हुन्छन् जसले मानिसको जीवन र स्थितिलाई चित्रण गर्छ’, श्वेताले भनिन्, ‘अन्य कार्ड सामान्य खालका हुन्छन् । यी सबै कार्डको फरक सवालका फरक अर्थ लाग्छन् ।’

ट्यारोट रिडरका रूपमा पहिचान बनाउन प्रयासरत श्वेता आफूलाई समस्या र समाधान बोध गराइदिने एउटा ‘माध्यम’मात्र भएको बताउँछिन् । उनले देखेकी छन्— सबै मानिसको जीवन केही न केही समस्याले घेरिएको हुन्छ । समयमै समाधान खोजिएन भने घुमिफिरी समस्या वरिपरि आइरहन्छन् । ‘समस्यामा परेकालाई सही मार्गनिर्देशन गर्ने काम गर्छु’, उनी भन्छिन् ।

भाटभटेनीको उनको कार्यालयमा उनलाई भेट्न आउनेहरू प्रायः एकै खाले समस्या लिएर आइपुग्छन्— पारिवारिक, शिक्षा, प्रेम, वैवाहिक जीवन, स्वास्थ्य, करिअर, व्यापार–व्यवसाय आदिमा सम्बन्धित । उनले मानिसहरू समाधान खोज्न निकै आतुर भएको देखेकी छन् । ‘उनीहरू जान्न चाहन्छन्— स्वास्थ्य कस्तो हुन्छ ? यो केटो वा केटीसँग विवाह गरौं कि नगरौं, केमा लगानी गर्दा राम्रो होला ? विदेश जाने कि नजाने ? गइहाले कुन देश फाप्छ ? आदि आदि’, उनी भन्छिन्, ‘तर सबैको स्वभाव एकैखाले हँदैन, उनीहरूको स्वभाव पढेर समाधानको उपाय बताउँछु ।’

विभिन्न क्षेत्रका क्लाइन्टमाझ चर्चित छिन् श्वेता । उनलाई सही मार्गनिर्देशकको रूपमा मान्दै आएकामा व्यापारी, बैंकका कर्मचारी, दूतावासका कर्मचारी, एनजीओ, आईएनजीओकर्मी, सेलिब्रेटीदेखि सामान्य मानिससम्म छन् । उनलाई अमेरिकी दूतावास, यूएन कार्यालयबाट पनि ट्यारोट हेर्नका लागि निमन्त्रणा आएको थियो । त्यहाँ पुगेर पनि उनले ट्यारोट हेरिसकेकी छन् । उनका कतिपय क्लाइन्ट प्रत्येक महिना ट्यारोट हेर्न आउँछन् । अनेक सरसल्लाह माग्छन् । ट्यारोट रिडिङ नेपालका लागि नौलो पेसा हो । विशेषगरी अमेरिका र युरोपका मुलुकमा ट्यारोट रिडिङ प्रचलित रहेको श्वेता बताउँछिन् ।
…
उनले ‘द हिमालयन टाइम्स’मा सेलिब्रेटीको ट्यारोट जीवन हेर्दै आएकी छन् । पछिल्लो अंकमा नायक विनय श्रेष्ठको ट्यारोट हेरेकी थिइन् । त्यस्तै, ‘भाउ’ र ‘सीईओ’ म्याग्जिनमा पनि उनी राशिफल लेख्छिन् । उनी टीभी सोमा पनि काम गर्ने तयारीमा छिन् ।

रेडियोमा पनि भविष्यबारे भन्छिन् । उनको अनुभवमा सेलिब्रेटीको बाहिरी पहिचान ‘वाउ’ भन्नेखाले हुन्छ तर भित्र धेरै समस्या हुन्छन् । भन्छिन्, ‘सबैको जीवनमा धेरै उतारचढाव आएका हुन्छन् । ट्यारोटले एउटा गाइडलाइन तय गरिदिन्छ ।’

कसैको ट्यारोट हेर्र्नुअघि श्वेता ती कार्डलाई तीनपटक फिट्न लगाउँछिन् । जसले कार्ड फिट्छ ती कार्डमा उसैको इनर्जी सञ्चारित हुन्छ भन्ने मान्यता छ उनको । ‘व्यक्तिको इनर्जीअनुसार नै उसको भविष्य निर्धारण गर्न सकिन्छ । त्यो व्यक्ति कति सकारात्मक वा नकारात्मक छ, आफैंले छानेको कार्डले निर्धारण गर्छ’, उनले भनिन् ।

यस कामको पारि श्रमिक उनले तोकेकी छैनन् र माग्ने गरेकी छैनन् । तर, मानिसहरू पैसा दिएर जान्छन् । जसले जति दिए पनि समस्या छैन । भन्छिन्, ‘जुन काम गर्दा मलाई आत्मसन्तुष्टि मिल्छ त्यसमा कुनै पश्चात्ताप हुँदैन रहेछ । मेरो लगाव यसैमा छ ।’

उनलाई धेरैको प्रश्न थियो, ‘एस्ट्रोलोजी’ अध्ययन गर्ने समयमा के ज्योतिषशास्त्र पढेको ? तर, उनलाई यसैमा करिअर बनाउने रहर थियो । उनी भन्छिन्, ‘सबैजना डाक्टर, इन्जिनियर हुनुपर्छ भने छैन । मेहनत गर्नुपर्छ । सबै क्षेत्रमा राम्रो गर्न सकिन्छ ।’
annapurnapost

Continue Reading…

श्रीमतीको हत्या गरेर श्रीमानले शवसँग सेक्स गरेपछि…

एजेन्सी । मायाप्रेम, विहे र यौनसम्बन्धका कारणले निम्तिएको एउटा अनौठो घटना सार्वजनिक भएको छ ।
घटना भारतको राजधानी नयाँदिल्लीस्थित निहाल विहारको हो । जहाँ एक पुरुषले मदिराको नशामा पत्नीको हत्या गरेर एउटा घिनलाग्दो कर्तुत गरेका छन् जसले प्रहरीको पनि होस उडेको छ । अवैध सम्बन्धको चक्करमा पहिला महिलाको हत्या गरे । त्यसपछि पनि उनको यौन तृष्णा नमेटिएपछि पत्नीको शवसँग रातभरी सेक्स गरिरहे ।pachin
दिल्लीको बककरवला बस्ने २१ वर्षीय मोनिकाको यूपी बुलन्दशहरका २५ वर्षीय प्रदीपसँग प्रेम बस्यो । दुबैबीच ६ महिनासँग माया प्रेमको सम्बन्ध चल्यो । त्यसपछि परिवारको सहमतिमा उत्तर प्रदेशको गंगा घाटमा दुबै सात फेरा लगाएर विहे गरे । तर, यो सम्बन्ध धेरै लामोसमय सम्म टिक्न सकेन् । र पति प्रदीपले मदिराको नशामा पत्नीलाई पर्खाल ढोक्काएर हत्या गरे ।
उनी रगतले लतपतिएर वेहोस हुँदै जमिनमा खसिन् । प्रदीपले रगतले भरिएको उनको अनुहार पानीले धोए । त्यसपछि उनलाई विस्तरामा लगेर गए । र शवसँग लगातार सेक्स गरेर यौन तृष्णा मेटाउन थाले । उनी रातभर पत्नीसँग सुतेका पनि थिए । विहान निद्रा खुल्दा शवलाई कोठामै छाडेर फरार भए ।
यस्तो छ घटनाको खास कारणः

प्राप्त जानकारी अनुसार विहेपछि केही दिन त प्रदीपले मोनिकालाई गाउँमै राखे । तर, मनले नमानेपछि पत्नीलाई दिल्ली लगे । दिल्लीको निहाल विहारमा भाडाको डेरामा बस्न थाले । साथै सानो तिनो काम गर्न थाले । तर, मोनिका खुला (स्वतन्त्र) स्वभावकी थिइन् । जसले प्रदीपको मनमा शंका बढ्यो कि उनकी पत्नीको दोस्ती अरु युवकहरुसँग भइरहेछ ।
फेरि यो कुरालाई लिएर प्रदीप र मोनिकाबीच दिनदिनै झगडा हुन थाल्यो । दुबैको झगडाले उनका आसपासका छिमेकी पनि हैरान हुन थाले । तर, छिमेकीहरुलाई के थाहा कि प्रदीप यस्तो घिनलग्दो कर्तुत गर्नसक्छन् ? घटना भएको राति प्रदीपले आफू पनि रक्सी पिए र पत्नीलाई पनि पिलाए । फेरि दुबैबीच झगडा सुरु भयो । डेरामा बस्ने अन्य छिमेकीहरुले घरबेटी बेलाएर झगडा शान्त गराए । तर, सबै जना गइसकेपछि श्रीमतीको टाउको कोठाको भित्तामा ठोकेर हत्या गरे ।
प्रहरी भन्छ– अभियुक्त पति प्रदीपले घटना स्वीकार गरेका छन् । मोनिकाको पोस्टमार्टमको रिपोर्टले शवसँग सेक्स गरेको खुलासा गरेको हो । पक्राउ परेका प्रदीपमाथि थप अनुसन्धान जारी छ ।
(भारतीय सञ्चार माध्यमको सहयोगमा)
dainiknepal

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog