Saturday, June 4, 2016

कार्यकर्ता फकाउने प्रचण्डका यी हुन नयाँ सुत्र

काठमाडौं, २३ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हौसिएर धेरै माथि पुग्दा पार्टी कमजोर बनेर तल झरेको बताएका छन् ।
माओवादी केन्द्रले शनिबार महोत्तरीको बर्दिवासमा गरेको दुई नम्बर प्रदेशस्तरीय एकता भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू बिग्रिँदा पार्टी कमजोर बनेको बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘शान्ति प्रक्रियामा आएपछि मैले परिस्थितिको सही आँकलन गर्न सकिनछु, म आफैँ बिग्रिएछु, साथीहरूले पनि प्रचण्डपथ भन्दै मलाई आवश्यकताभन्दा धेरै माथि पुर्‍याएर बिगार्ने काम गरेछन’, उनले भने, ‘दोस्रो संविधान सभाको निर्वाचनपछि मैले आफू बिग्रिएको छ्यांग थाहा पाएँ, अहिले सच्चिने प्रयास गर्दै छु ।’parchann
माओवादी पार्टी कमजोर बन्नुमा आफू प्रमुख जिम्मेवार रहेको भन्दै प्रचण्डले विगतको गल्तीबाट अब पाठ सिकेको बताए। उनले अब पार्टीलाई सुदृढ बनाएर लैजानेसमेत बताए ।
‘मधेसलाई धोका दिादा पार्टी कमजोर’
कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादवले प्रचण्डले मधेसलाई धोका दिँदा पार्टी कमजोर बनेको आरोप लगाए । नेपालको आन्तरिक एकताविना राष्ट्रियता मजबुद नहुने भन्दै उनले मुलुकको आन्तरिक एकता मजबुद पार्न पहाड र मधेसका उत्पीडित समुदाय मिल्नुपर्नेमा जोड दिए । त्यही आवश्यकतालाई महसुस गरेर नै अहिले छरिएर रहेका माओवादीबीच एकता भएको उनको भनाइ थियो ।
माओवादी विभाजित हुँदा राष्ट्रियता कमजोर
प्रचण्डले नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन र श्रमजीवी वर्गको हितका लागि छरिएर रहेका माओवादी शक्तिबीच एकता भएको स्पष्ट पारे । माओवादी विभाजित हुँदा नेपालको राष्ट्रियता नै कमजोर बनेकाले मिल्नुपरेको प्रचण्डको भनाइ थियो ।
मधेस आन्दोलनका नाममा राष्ट्रियता कमजोर
मधेस आन्दोलनका नाममा नेपालको राष्ट्रियतालाई कमजोर पार्ने खेल भइरहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसप्रति सजग हुन मधेसी नागरिकलाई आग्रहसमेत गरे । मधेस आन्दोलनको नेतृत्व मधेसका सामन्त, दलाल र जमिन्दारले गरेको आरोप लगाउँदै प्रचण्डले उनीहरूबाट बहुसंख्यक श्रमजीवी मधेसी नागरिकको हित हुन नसक्ने बताए ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog