Saturday, June 4, 2016

केन्द्रीय सह संयोजकसहित सीके राउतका ११ जना कार्यकर्ता पक्राउ

परासी, २२ जेठ । नवलपरासी प्रहरीले स्वतन्त्र मधेश गठबन्धनका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
सदरमुकाम परासीस्थित बुद्धचोकमा एक कार्यक्रम गरिरहेका बेला गठबन्धनका केन्द्रीय सहसंयोजक कैलाश महत्तोसहितका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।parkau
गत जेठ ८ गते लुम्बिनीमा बुद्धजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पक्राउ परेका आफना कार्यकर्ताको रिहाईको अवसरमा रिहा भएका कार्यकर्तालाई स्वागत कार्यक्रम गरिरहेका बेला प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको गठबन्धनका सचिव रुदल हरिजनले बताउनुभयो ।
आफूहरुले शान्तिपुर्ण ढङ्ग बाट कार्यक्रम गर्न लागेका बेला प्रहरीले हस्तक्षेप गरी उनिहरुलाई नियन्त्रणमा लिएको गठबन्धनले आरोप लगाएको छ ।
पकाउ पर्नेमा केन्द्रिय सह सँयोजक कैलास महतो, प्रबक्ता अब्दुल खान, नवलपरासीका सँयोजक मदन यादव, सह सँयोजक बाल गोविन्द चौधरी, रुपन्देही अध्यक्ष भुपेन्द्र यादव, बाँके जिल्ला अध्यक्ष ईरफान शेष लगायत ११ जना रहेका छन् ।
प्रशासनलाई जानकारी नदिई कार्यक्रम गरेकाले सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog