ट्राफिक प्रहरीको यस्तो अनुमान जरिवाना बढाएकोले चालक अनुशासित हुन थाले
गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरित सवारी चलाउने १ हजार ६ सय १७ चालक कारबाहीमा परे । नागरिक दैनिकमा समाचार छ।ट्राफिक प्रहरीको यस्तो अनुमान जरिवाना बढाएकोले चालक अनुशासित हुन थाले
तर त्यसको ठिक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा ४ सय ६० जना चालक मात्र कारबाहीमा परे ।
एक दिनमै उपत्यकाका सडकमा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने संख्या झन्डै चार गुणा घट्नु एउटै कारण हो, नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना वृद्धि । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले पनि नियम मिच्ने चालक सख्या तीन गुणाले घटेको देखाउँछ।
news24nepaltv