Sunday, May 29, 2016

शरिफको मुटुको सफल शल्यक्रियाका लागि मोदीको शुभकामना

१५ जेठ, नयाँ दिल्ली ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफको यही मे ३१ मा हुने ओपन हार्ट सर्जरीको सफलताका लागि शुभकामना दिएका छन् ।

भाजपाले पत्रकारलाई बाँढ्यो मोदीका सर्टिफिकेटmode

शनिबार ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानी प्रधानमन्त्री शरिफ बेलायत मुटुको उपचारको सफलता एवम् शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएका हुन् ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा असिफले शुक्रबार प्रधानमन्त्री शरिफको आगामी मङ्गलबार बेलायतमा ओपन हार्ट सर्जरी गरिन लागेको बताएका थिए ।

उनलाई मुटुको शल्यक्रियाका लागि बेलायत जान पाकिस्तानी डाक्टरले सल्लाह दिएका थिए ।

ओलीका आक्रामक २ कदम र मोदीका सम्भावित २ कदम

उपचारपछि प्रधानमन्त्री शरिफ करिब एक साटा बेलायती अस्पतालमा रहने छन् ।

पाकिस्तानी प्रधानमन्त्री शरिफकी छोरी मरियम नवाजले आफ्ना पिताको ओपन हार्ट सर्जरी बेलायतमा हुने पुष्टि गरेका छन् । रासस÷पीटीआइ
nepaliheadlines



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog