Sunday, May 29, 2016

मनिषाकी प्रेमी ‘आशिष’ले झुट बोले नबोलेको पोलीग्राफ जाँच्न गरिने

नवलपरासी । फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रुद्रनारायण चौधरी ‘आशिष’को पोलीग्राफ गरिने भएको छ ।

आशिष प्रेमी हुन् र, उनले हत्या गरेको आशंकासहित अनुसन्धान भइरहेको छ । तर, उनले भने घटना भएको रात मनिषा र आफ्नो झगडा भएको तर, हत्या नगरेको दाबी गरेका छन् ।garenea
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीका अनुसार तिलकपुरका २२ वर्षीय आशिषलाई आइतबार पोलीग्राफ (प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा हुने) गरिने भएकाले घटनाबारे थप तथ्य आउने छ ।

मनीषाको शव परीक्षण प्रतिवेदन पनि आइतबार नै आउँदैछ । सत्र वर्षीया मनीषा नवलपरासीको बर्दघाट– ८ पञ्चनगर, भानुनगर गाउँस्थित आफ्नै निवासमा बिहीबार बिहान मृतावस्थामा फेला परेकी थिइन् ।

प्रहरीले अभियुक्त चौधरी सहित अन्य एक जनालाई समेत नियन्त्रणमा लिए पनि अन्य एक जनाको नाम सार्वजनिक गरेको छैन ।news24nepaltv



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog