Sunday, May 29, 2016

ओली सरकारको बजेटमा बाबुराम भन्छन्- केही पपुलिस्ट, केही विकासमुखीको खिचडी!

काठमाडौं, १६ जेठ । नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटलाई परम्पराकै निरन्तरता भनेका छन् ।lekha
बजेटमाथि सामाजिक सञ्जाल फेसबुकबाटै टिप्पणी गर्दै बाबुरामले संविधानसभाबाट संविधान निर्माणपछि आर्थिक क्रान्तिको प्रस्थानविन्दू बन्नुपर्ने बजेटले केही नयाँ कुरा गर्न खोजे पनि यो मूलतः परम्पराकै निरन्तरता भएको उल्लेख गरेका छन् ।
बाबुरामले अगाडि भनेका छन्- ‘अर्थात् केही पपुलिष्ट केही विकासमुखीको खिचडी! शायद यो अस्थीर संसदीय राजनीतिको वाध्यता हो । यसले अमुक पार्टीलाई केही लाभ दिन सक्छ तर समग्र देशको तीव्र आर्थिक विकासको आवश्यकता पूर्ति गर्दैन् ।’
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog