Sunday, May 29, 2016

साहित्यकार सिलवालले नयाँ बानेश्वरस्थित घरमै आत्महत्या गरे

काठमाडौँ, १६ जेठ । बगर फाउन्डेसनका संस्थापक अध्यक्ष साहित्यकार नकुल सिलवालले आफ्नै निवासमा आत्महत्याको प्रयास गर्दा परिवारजनले भेटी उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको छ ।hatea
बिहान करिब ७ बजे कोठामा एक्लै भएका बेला सिलवालले आत्महत्याको प्रयास गरेपछि परिवारले थाहा पाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
सिलवालको शव अहिले परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको वृत्तका प्रहरी सहायक निरीक्षक रामविनय सिंहले जानकारी दिए ।
विसं २०१९ मा सिन्धुपाल्चोकको सेलाङ गाविसमा जन्मनुभएका साहित्यकार सिलवालले २०३९ सालमा बगर फाउन्डेसन खोली नेपाली साहित्यिक कृतिको प्रकाशन र ‘बगर‘ र ‘नदी‘ पत्रिका सम्पादन गर्दै आएका थिए ।
उहाँका कथा, निबन्ध, उपन्यास, लेख, कविता सङ्ग्रहलगायत एक दर्जन पुस्तक प्रकाशन भएको छिमेकी एकराज आचार्यले बताए।
साहित्यकार सिलवालले विभिन्न विधाका पाँच दर्जन कृतिको सम्पादन समेत गरेका छन् । हाल ओमकारमार्ग, शान्तिनगर नयाँ बानेश्वरमा बस्दै आउनुभएका उनका श्रीमती र दुई छोरा छन् । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog