संघीय गठबन्धनले वीरगञ्जमा सभा गर्दै, महन्थ ठाकुर नजाने
काठमाडौं, १६ जेठ । मधेसी मोर्चासहितका दल आवद्ध संघीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन सकेर आजदेखि उपत्यका बाहिर संघर्ष गर्दैछ ।
संघीय गठबन्धनले आज वीरगञ्जमा आमसभा गर्दैछ । आमसभालाई सम्बोधन गर्न गठबन्धनका अधिकांश शीर्ष नेताहरू वीरगञ् ज प्रस्थान गरेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भने वीरगञ्ज जाने सम्भावना निक्कै कम छ । स्वास्थ्यका कारण ठाकुर वीरगञ्ज नजाने बताइएको छ ।
वीरगञ्जको आमसभालाई उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, ओम गुरुङसहितका नेताहरूले सम्बोधन गर्ने संघीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले जानकारी दिनुभयो ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाका अनुसार वीरगञ्जको कार्यक्रमपछि भोलि सोमबार पोखरामा आमसभा हुनेछ । पोखराको आमसभाबाट अर्को चरणको कार्यक्रम घोषणा हुनेछ ।
dainiknepal