Sunday, May 29, 2016

मनिषाका आफन्त र गाउँलेले प्रशासन कार्यालय घेराउ गरे

परासी, १६ जेठ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्ति मगरकी बहिनी मनिषाको आत्महत्या नभई हत्या नै भएको भन्दै उनका आफन्त र गाउँलेहरुले हत्यारालाई कारवाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय नवलपरासी घेराउ गरेका छन् ।
घटनाको प्रकृत्ति हेर्दा मनिषाको आत्महत्या नभई हत्या नै भएको गाउँलेहरुले दाबी गरेका छन् । आत्महत्या भनेर हत्यारालाई उन्मुक्ति दिन खोजिएको भन्दै आज मनिषाका आफ्न्त र उनको गाउँ बर्दघाट पन्चनगरवासीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै प्रशासन अगाडि नाराबाजी गरेका हुन् ।gerau

मनिषाको हत्या आंशकमा पक्राउ परेका उनका प्रेमी आशिषलाई कुनै दबाबमा नपरी प्रभावकारी अनुसन्धान गरि छुटकारा नपाओस, हत्या गर्नेले हदैसम्मको कारवाहि पाओस र पीडितले क्षतिपुर्तिसहितको न्याय पाउनुपर्छ भन्ने उद्देश्यले गाउँलेहरुले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई ध्यानाकर्षण गराएको पन्चनगरका बद्री सुवेदीले बताउनुभयो ।

गाउँलेहरुले अनुसन्धान छिटो र प्रभावकारी गर्न माग गरेका छन् । अनुसन्धानमा पत्ता लागेका कुरा सार्वजनिक गर्न पनि उनीहरुले माग गरेका छन् । उल्लेख्य संख्यामा आएका गाउँलेहरुले नवलपरासीमा श्रृंखलावद्ध रुपमा यस्ता घटना बढिरहेको भन्दै अबदेखि अन्य महिलाहरु पीडित हुन नपाउने गरि सुरक्षा योजना प्रभावकरी बनाउन पनि प्रशासनलाई आग्रह गरिएको स्थानीयवासी सुवेदीले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले घटनाको निष्पक्ष छानविन भईरहेको भन्दै दोषी ठहरीय कडा कारवाही हुने भन्दै आश्वस्त पार्नुभएको थियो ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog