Sunday, May 29, 2016

राजधानीमै ‘विप्लव’ माओवादीमा दर्जनौं युवा प्रवेश

काठमाडौं, १६ जेठ । आफ्ना राजनीतिक गतिविधिलाई गोप्य रुपमा सञ्चालन गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले विभिन्न दलमा आवद्ध तीन दर्जन बढी युवालाई भित्र्याएको छ ।bipal
काठमाडौंको गोप्य स्थानमा भएको विशेष कार्यक्रममार्फत महासचिव ‘विप्लव’ले ३५ जना युवाहरूलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
शनिबार भएको सो कार्यक्रममा ‘विप्लव’ले मुलुकका लागि लड्ने सच्च माओवादी पार्टी आफूहरू मात्रै रहेको दाबी गर्नुभएको स्रोतले जनाएको छ ।
‘विप्लव’ माओवादीमा कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा (माओवादी क्रान्तिकारी) का युवाहरू प्रवेश गरेका हुन् ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog