Tuesday, June 14, 2016

ओलीले प्रचण्डलाई सोधे- हामीले सात महिनामै छाड्नुपर्ने, तपाईंहरू २० महिना खाने ?’

१ असार, काठमाडौं ।

‘१ सय ८२ सिट ल्याउने हामीले सात महिनामै छाड्नुपर्ने, ८० सिट ल्याउने तपाईंहरू २० महिना खाने ?’ ‘अबको सात महिना नै भए पनि हामीलाई दिनूस् । त्यसपछि फेरि तपाईंहरू लैजानूस्, भैहाल्यो नि !’

‘त्यसो भए यो सरकारलाई कम्तीमा नीति तथा कार्यक्रम र बजेट ल्याउन दिऊँ ।’

‘मलाई नातिनातिना हेरेर मर्ने रहर होइन । नीति–कार्यक्रम र बजेट ल्याएर जाने रहरभन्दा पनि देशलाई यसरी अगाडि बढाउँदा हुन्छ कि भनेर हो । तपाईंहरूले फरक हिसाबले सोचिसक्नुभएको छ भने जाँदा हुन्छ ।’bharn

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको प्रमुख टेको तत्कालीन एकीकृत नेकपा माओवादी (हाल नेकपा माओवादी केन्द्र) साथमा नरहने करिब पक्का भयो । तैपनि, माओवादीलाई निकट भविष्यमै सत्ता सुम्पने आश्वासनका साथै मन्द धम्कीको प्रयोग एमालेले अन्तिमसम्म गरिरह्यो । माथिको संवाद २४ वैशाखमा एमालेसँगको सहकार्य तत्काल नतोड्ने गरी एमाले–माओवादीबीचको नौ बुँदे सहमतिमा सही गर्नुअघिको हो ।

करिश्मालाई अमेरिकाबाट छोरीले सोधिन्- आमा राष्ट्रिय बेइज्जत गरेउ रे !

संविधान जारी भएदेखि ०७४ माघसम्म सत्ता सहयात्रा गर्ने, नेतृत्व पालैपालो लिने र शक्तिमा सम्मानजनक साझेदारी गर्ने समझदारी अनुरूप चलेका यी दुई दलबीच सातौँ महिनामै एकाएक गडबडी पैदा भयो, २२ वैशाखमा माओवादी पदाधिकारी बैठकबाट आफ्नै नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय सार्वजनिक गरेसँगै । यो गडबडीको धक्का सबैभन्दा बढी एमाले, त्यसमा पनि प्रधानमन्त्री ओलीलाई नै लाग्यो । न्यूनतम २८ महिना सहकार्य गर्ने, संक्रमणकालीन न्यायका संयन्त्रलाई सक्रिय बनाई द्वन्द्वकालीन मुद्दा सुल्झाउने अनि सत्ता हस्तान्तरण गर्ने भित्री समझदारी एकाएक संकटमा परेपछि एमालेले माओवादी नेतृत्वलाई फकाउनुपरेको थियो । यही क्रममा एमालेले आफू पूर्ववत् सहमतिमा अडिग रहेको र बेला भएपछि सत्ता हस्तान्तरण गर्न तयार रहेको वचन दिनुपर्‍यो । माओवादी जसरी एकाएक विभिन्डिएको थियो, त्यसरी नै एकाएक सत्तासाझेदारीलाई निरन्तरता दिने निर्णयमा पुग्यो ।

कानेखुसीमा के भयो ?
२७ वैशाखमा राष्ट्रपति विद्या भण्डारीले संसद्मा सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । १५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य दिए । त्यसलगत्तै फेरि सुरु भयो, नयाँ सरकारको बहस । एमाओवादी नेताहरूले एमाले नेतृत्वसँग नौ बुँदे लिखित सहमतिसँगै थप तीन बुँदे भद्र सहमति भएको भन्दै सत्ता हस्तान्तरणको माग गर्न थाले । त्यसमा एमालेकै दुई नेता माधव नेपाल र झलनाथ खनालले सही थापेपछि ओली सरकार फेरि धरमरमा पर्‍यो ।

वर्षमानको खल्तीमा ६ सयको नाम, प्रचण्डलाई छैन जानकारी

२३ जेठ बिहान प्रधानमन्त्री ओली र प्रचण्डबीच करिब एक घन्टा गोप्य वार्ता भयो । त्यसयता प्रचण्डको प्रस्तुति फेरि लचिलो भएको छ । प्रधानमन्त्री ओलीसँगको भेटपछि त्यस्तो के अचूक बुटीले काम गर्‍यो, जसबाट प्रचण्ड एकाएक पछि हट्दै प्रधानमन्त्री बन्ने रहर नभएको, राजनीतिक स्थायित्व चाहिनेजस्ता आदर्श वाक्य दोहोर्‍याउन थालेका छन् ?

त्यसयताका एमाले स्थायी कमिटी बैठकहरूमा ओलीले प्रचण्डसँगको वार्ताको विषयवस्तुबारे केही बताएका छैनन् । प्रचण्डले भने आफूनिकट नेताहरूलाई ओलीसँग भएको मौखिक समझदारीको ‘ब्रिफिङ’ सुनाएका थिए । माओवादी केन्द्रका एक नेताका अनुसार एमाले–माओवादी गठबन्धन तत्काल नतोड्ने, कम्तीमा एउटा निर्वाचनसम्म भए पनि चुनावी सहकार्य गरेर जानेलगायत विषय छन् । यही कुरा एमाले नेताहरू भने नयाँ नभई, पुरानै सहमतिको पुन:ताजगी भन्न रुचाउँछन् । ओलीनिकट एमाले नेता शंकर पोखरेल भन्छन्, “वामपन्थीबीचको सहकार्य पछिसम्म जारी राख्न सकिन्छ भन्नेमा सैद्धान्तिक सहमति छ । कसरी, कुन रूपमा भन्ने छलफल भएको छैन । अहिलेको सहकार्यलाई उपलब्धिपूर्ण बनाउन सकिएको अवस्थामा त्यो सम्भावना बढेर जाने निश्चित छ ।”

प्रचण्डको छटपटी
प्रचण्डले ओलीमाथि दबाब बढाउँदै लैजानेमा शंका छैन । कारण हो, माओवादीभित्रैका असन्तुष्ट नेताहरूको सन्तुष्टि र आफ्ना मन्त्रीहरूको आडभरोसा । किनभने, हालका माओवादी मन्त्रीहरू ओलीले सीडीओ सरुवामा समेत चासो देखाएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । चीन जाँदा आपूर्तिमन्त्री छुटेको प्रसंग पुरानो भए पनि बेलाबेला ब्यूँतिने गर्छ । विदेश जाँदा बृहत् संरचनाको नेतृत्व गरिरहेका कृषि विकास मन्त्री हरिबोल गजुरेल स्वदेश फर्किंदा आफ्नै मन्त्रालयमा पशुपन्छी विकास मन्त्रालयको बोर्ड टाँगिएको देखेपछि झसंग भएका थिए । पछिल्लोपल्ट किसानलाई पेन्सन कार्यक्रम बजेटबाटै छुटेपछि गजुरेल थप आक्रोशित छन् । यद्यपि, गृहमन्त्री शक्ति बस्नेत, वनमन्त्री अग्नि सापकोटाहरू तत्कालै सत्ता परिवर्तनको पक्षमा छैनन् ।

उता, यो सरकार गठन भएको पहिलो दिनबाटै विरोधमा रहेका नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग कृष्णबहादुर महरा पनि मिसिन पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा दिल्लीमै रहेका बेला महरा पनि दक्षिण यात्रा गरेर फर्केपछि सक्रिय भएको आशंका एमालेको छ । यो सरकारविरुद्ध तिनै महरा र देउवालाई दिल्लीका सरकारी–गैरसरकारी दूतहरूसँग भेटघाटको सूत्रधार बनेको आरोपमा ओली सरकारले त्यहाँस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता नै बोलाइसकेको छ ।

प्रचण्डलाई सरकारबाट बाहिरिन ओलीको चुनौती

अहिले त प्रचण्डलाई सरकारको भन्दा पार्टीको पिरलो बढी छ । द्वन्द्वकालीन मुद्दाप्रति संवेदनशील रहेको र तिनलाई सल्टाउन आफू अग्रसर भइरहेको देखाएरै उनी टुक्रिएर गएका माओवादीका स–साना घटकलाई मूलधारमा समाहित गर्न सफल भएका छन् । उनीहरूको पुनरागमनले उनलाई अर्को के सहजता थपेको छ भने पार्टीमा फर्कनेहरू कोही पनि सांसद छैनन् र सत्ता परिवर्तनका लागि जोडबल तीमध्ये कसैको पनि छैन । बरू रामबहादुर थापालाई दोस्रो वरीयतामा राख्नुपर्ने दबाब व्यवस्थापन गर्ने क्रममा नारायणकाजी श्रेष्ठ थप चिढिने जोखिम छ । त्यसैले प्रचण्ड तत्काल सत्ता परिवर्तनको खेललाई तामेलीमा राखी तीनमहिने कार्ययोजना बनाएर पार्टी पुन:गठनको अभियान चलाउने तरखरमा छन् ।

अहिलेकै अवस्थामा प्रचण्ड एक्लै निर्वाचन लड्ने मन:स्थितिमा छैनन् । एक्लै लड्नुपर्ने अवस्था आयो भने बरू निर्वाचन नै नहोस् भन्ने पक्षमा छन् । ओली र प्रचण्डबीच वर्तमान गठबन्धनलाई लामै समय टिकाउने समझदारी भएको कुरा घुमाउरो शैलीमै सही, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि स्वीकार गर्छन् । यद्यपि, ओलीमाथि दबाब सिर्जना गर्नु प्रचण्डलाई किन पनि बाध्यता छ भने कार्यकर्ता तहमा एमालेभन्दा भिन्न देखिनु छ । मधेसवादी दललगायत अन्य असन्तुष्ट समूहसामु ओलीभन्दा उदार र प्रगतिशील आफू रहेको स्थापित गर्नु छ । यो सरकारले भूकम्पपछिको पुन:निर्माण गर्न नसकेको दोषबाट आफू अलग हुनु छ । यसभन्दा पनि महत्त्वपूर्ण पक्ष के भने प्रचण्ड स्वयंले भित्रभित्रै आफू प्रधानमन्त्री भएको सपना देख्न थालिसकेका छन् र त्यो कहिलेकाहीँ सार्वजनिक भाषणमै व्यक्त गर्न पुग्छन् । त्यसैले आफू प्रधानमन्त्री भएपछि भूकम्पपीडितलाई पाँच लाख रुपियाँका दरले अनुदान दिने आश्वासन पनि दिएका छन्।

नेपाल म्यागजिनबाट साभार अंश- सम्पादक nepaliheadlines

Continue Reading…

टर्कीले पहिलो पटक पुटिनलाई लेख्यो पत्र

१असार, अङ्कारा (टर्की) ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आफ्ना रसियाली समकक्षी भ्लादिभिर पुटिनलाई एक पत्र लेख्दै रसियाको राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरेको टर्कीका सरकारी अधिकारीले मङ्गलबार बताएका छन् ।

विश्वको ८ महंगो सम्बन्ध बिच्छेदpartra

रसियासँगको तनाव रहेकै बेला टर्कीका राष्ट्रपति एर्डोगान तथा प्रधानमन्त्री विनाली इल्दीरिमले आफ्ना समकक्षीलाई पठाएका शुभकामना दुई देशबीचको सम्बन्ध सुधार प्रयासको थालनी हुने स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

यसबारे प्रतिक्रिया जनाउदै टर्कीका सरकारी अधिकारीले बताए, “हामीले राष्ट्रपति एर्डोगान र प्रधानमन्त्री विनाली यल्दीरिमले रसियाली समकक्षीलाई शुभकामना पत्र पठाएको भनी उल्लेख गर्दै सञ्चारमाध्यममा आएका समाचारको पुष्टि गर्न चाहन्छौं ।”

टर्कीले रसियाली विमानलाई टर्की र सिरियाको सीमाक्षेत्रमा घुमिरहेको पाएपछि विमानलाई बारम्बार सचेत गराइँदासमेत अटेर गरेपछि सन् २०१५ को नोभेम्बर ५ मा खसालेको बताएको थियो ।

देशको सेवा गर्न राजनीतिमा होमिएँ : करिश्मा मानन्धर

तर रसियाले आफ्नो विमान टर्कीको सिमानामा नपुगेको र टर्कीले कसैको उक्साहटमा विमानमाथि आक्रमण गरेको पटकपटक दाबी गर्दै आएको छ । टर्कीले रसियाली विमान खसालेसँगै दुई देशबीचको सम्बन्धमा सङ्कट देखा परेको थियो ।

विमानलाई टर्कीले आक्रमण गरी खसालेपछि आएको दुई देशबीचको सङ्कट कम गर्ने उद्देश्यका साथ टर्कीका राष्ट्रपति एर्डोगानले फ्रान्सको पेरिसमा भएको जलवायु सम्मेलनको सिलसिलामा प्रत्यक्ष भेटगरी कुराकानी गर्न चाहेको बताए पनि रसियाली राष्ट्रपतिले यसलाई त्यतिवेला अस्वीकार गरेको थियो ।

गएको शुक्रबार अङ्कारास्थित रसियाली राजदूतावासमा राष्ट्रिय दिवसका अवसरमा आयोजित मन्त्रालयस्तरीय स्वागत कार्यक्रममा भने टर्कीले सहभागिता जनाएको थिएन ।

रसियाले जुन १२ लाई राष्ट्रिय दिवसका रुपमा मनाउने गर्छ । रासस÷एएफपी nepaliheadlines

Continue Reading…

नयाँ शक्ति घोषणापछि प्रचण्डको पहिलो प्रतिक्रिया : नयाँ शक्ति दोस्रो काँग्रेस

असार १

काठमाडौं–नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाललाई दोस्रो काँग्रेस भएको आरोप लगाएका छन् । डा.भट्टराईको नेतृत्वमा जेठ ३० मा औपचारिक रुपमा पार्टी घोषणापछि नयाँ शक्तिमाथि आएको प्रचण्डको यो पहिलो अभिव्यक्ति हो ।naya

रातोपाटीसँगको विशेष कुराकानीमा प्रचण्डले बाबुरामले असम्भव प्रयास गरेको पनि दावी गरे । ‘बामपन्थी कम्यूनिष्टहरुको काम गर्ने एउटा धार छ । उनीहरुको एउटा विचार छ । संघर्षको एउटा तरिका छ । वर्ग आधार छ । उहाँले तदाकथित लोकतान्त्रिक भनेर प्रयोग गर्न खोजेको लोकतान्त्रिक भनेको दक्षिणपन्थ भनेको हो उहाँले दक्षिणपन्थ र बामपन्थलाई एक ठाउँमा राख्ने भनेको असंभव हो ।’ प्रचण्डले भनेका छन्, ‘त्यसैले उहाँ असंभव प्रयास गरेर सफल हुनुहुन्न । उहाँले बाम चाहिँ कम्यूनिष्टहरुलाई भ्रममा राख्न प्रयोग गर्नुभएको हो, तर सार चाहिँ उहाँको कांग्रेस नै हो । हुन खोजेको उहाँ दोस्रो कांग्रेस हो ।’

रंगशालामा प्रधानमन्त्री एमाले अध्यक्ष ओलीले नयाँ शक्तिले एमालेबाहेक अरुलाई धक्का दिने भनि दिएको अभिव्यक्तिलाई प्रचण्डले ओलीको आंतकित मानसिकताका रुपमा ब्याख्या गरेका छन् । प्रचण्डले नयाँ शक्तिबाट माओवादीलाई नभई काँग्रेस एमालेलाई चुनौति हुने बताए ।

‘बाबुरामजीले जून वर्ग समूदायलाई लिएर समृद्धिको कुरा गर्नुभएको छ । त्यो भनेको कांग्रेस र एमालेको समानान्तर ढंगले पार्टी बनाउने प्रयास हो । तपाई वैचारिक भन्नुस् वा मान्छे पात्रहरु हेर्नुहुन्छ भने पनि के देख्नुहुन्छ भन्दा धक्का एमालेलाई नै सबैलाई बढी पुग्छ । उहाँले दिने धक्का कांग्रेसलाई हो, एमालेलाई हो । माओवादीलाई हुन्छ कि भनेर मानिसहरुलाई परेको छ, विलकुल गलत हो । ’ प्रचण्डले भने, ‘नयाँ शक्तिकले माओवादी विचार र आन्दोलनमा कुनै क्षति पुर्याउँदैन । क्षति पुर्याउँछ भने एमाले र कांग्रेसलाई । समानान्तर पार्टी उहाँले त्यो लाईनका लागि बनाउँदै हुनुहुन्छ । त्यही अनुसार चुनाव जित्ने आधार बनाउँदै हुनुहुन्छ । ओलीजीले रंगशालामा जे टिप्पणी गर्नुभयो । मलाई लाग्छ ओलीजी आतंकित भएर गरेको टिप्पणी हो त्यो ।’ratopati

Continue Reading…

यि हुन्, अनुहारका अनावश्यक रौं हटाउने घरेलु उपाय

-जौको पिठोमा कागतीको रस र मह बराबर मात्रामा मिसाउने।

– सबैलाई एकैठाउँ राम्रोसँग घोलेर पेस्ट तयार पार्ने।

– यसरी तयार भएको स्क्रबलाई अनावश्क रौँ भएको ठाउँ (जस्तो कि ओठमाथिको भाग)मा रब गर्ने।

– रौँ आएको दिशाको उल्टोपट्टिबाट रब गर्ने।hataunea

– एकछिन रब गरेपछि रौँ आएको ठाउँमा बढी पर्नेगरी पेस्टलाई अनुहारभरि लगाउँदा पूरै अनुहारमा चमक आउँछ।

– १५ मिनेटपछि मनतातो पानीले मुख धुने।

– मुख धोएपछि पुछपाछ पारेर फेस क्रिम अथवा म्वाइस्चराइजर लगाउने।

– सातामा दुई अथवा तीनपटक यसरी स्क्रब गर्नुभयो भने महिना दिनभित्रमा अनुहारको अनावश्यक रौँ हटेको महसुस गर्न सक्नुहुन्छ।

Continue Reading…

चीनमा नेपालको बेइजत : उच्चस्तरीय सम्मेलनमा पूर्वमन्त्रीका छोरा

काठमाडौं । एसियाली मुलुकका नीति र योजनाकारको उच्चस्तरीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङद्वारा प्रस्तुत ‘वन बेल्ट वन रोड’ सम्बन्धी नीतिमा नेपालको तर्फबाट फर्जी मानिसले प्रतिनिधित्व गर्दै टिकाटिप्पणी समेत गरेका छन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ – चीनजस्तो विश्वकै दोस्रो ठूलो आर्थिक साम्राज्यद्वारा आयोजित एसियाली मुलुकका नीति र योजनाकारको उच्चस्तरीय सम्मेलनमा नेपालबाट गलत हैसियत र पद राखेर गएका नक्कली व्यक्तित्वले प्रतिनिधित्व गर्नु मुलुककै लागि लज्जास्पद विषय बनेको छ ।chinn

बेइजिङमा आयोजित सो ‘थिंकट्यांक’ सम्मेलन नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन विशिष्ट अतिथि रहेको छैटौं दक्षिण र दक्षिण पूर्व एसियाली व्यापार मेलाको साइड लाइन सम्मेलन हो । यस्तो महत्वपूर्ण कार्यक्रममा गलत ढंगले प्रवेश गरी चिनियाँ राष्ट्रपतिको प्रस्तुतीमा निर्धक्क टिप्पणीसमेत गर्ने नेपाली पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका कान्छा छोरा नीरजनाथ पाण्डे हुन् ।

नीरज नेपालमा रहँदा चिनियाँ भाषासमेत जानेकाले चिनियाँ पर्यटकका लागि पर्यटक पथप्रदर्शकका रुपमा काम गर्ने स्रोतले बताएको छ ।khabardabali

Continue Reading…

गुडिरहेको मोटरसाइकलमा चुन्नी घाँटीमा बेरिँदा कोपिलाको ज्यान ग¥यो

तम्घास (गुल्मी), १ असार । गुडिरहेको मोटरसाइकलमा चुन्नी घाँटीमा बेरिँदा एक महिलाको ज्यान गएको छ ।
मङ्गलबार बेलुकी लु४प ७८२६ नंको मोटरसाइकलमा चढेर हस्तीचौरबाट सिर्सेनीतर्फ जाँदै गरेको अवस्थामा वस्तु–१, डुकुसीमा पुग्दा गुल्मी वाग्ला–२ की २७ वर्षीया कोपिला गिरीको घाँटीमा रहेकोे चुन्नी अचानक मोटरसाइकलको जन्जिरमा बेरिँदा उनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।ayo
शवपरीक्षणका लागि अहिले जिल्ला अस्पतालमा राखिएको तथा मोटरसाइकलसहित चालक सूर्यबहादुर दर्जीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।news24nepaltv

Continue Reading…

कांग्रेसको बैठक बस्दै, सरकारलाई घेराउ गर्ने तयारी

काठमाडौं, १ असार । मुलुकको पछिल्लो अवस्था र संसद बैठकमा आफूहरूको प्रस्तुतिलगायतका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।bastai
अहिले केही समयपछि बानेश्वरमा बस्ने बैठकमा संसद बैठकमा कांग्रेसको प्रस्तुतिका विषयमा छलफल हुने मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
‘आजदेखि सदन चल्दैछ’, उहाँले भन्नुभयो, ‘संसद नियमावली छैन । भूकम्प प्राधिकरणले काम गर्न सकेको छैन । महँगीले जनता पीडित भएका छन् यी विषयहरूमा छलफल हुनेछ ।’
कांग्रेसले सरकारले काम गर्न नसकेको भनेर सदनमा जोडदार रुपमा आवाज उठाउने यसअघि जनाइ सकेको छ ।
dainiknepal

Continue Reading…

अनुदानको नाममा पार्टीका सहकारीमा करोडौं रुपैयाँ वितरण गर्ने तयारी

काठमाडौं । सीधै पैसा दिए भ्रष्टचार ठहर हुने देखिएकपछि अहिले कृषि विकास मन्त्रालयले तीन ठूला राजनीतिक दलका किसान संगठनको मातहतमा सञ्चालित सहकारीहरुलाई घुमाउरो परिकाले करोडौं रकम वितरण गर्न लागको छ ।garnea

आजको बुधबार साप्ताहिकमा खबर छ – आर्थिक वर्ष सकिनै लाग्दा मन्त्रालयले एमाले नेपाली कांग्रेस र माओवादी केन्द्र निकटका सहकारीलाई करिव २ करोड ५० लाख रुपैयाँ अनुदानको नाममा दिन लागेको हो ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेल मन्त्री रहेको उक्त मन्त्रालयले कृषिसँग सम्बिन्धित संघसंस्था र सहकारीहरुलाई करोडौं रकम वितरण गर्न लागेको हो । गत वैशाख २७ गते मन्त्रालयद्धारा सूचना निकाली राष्ट्रिय स्तरका कृषि सहकारी तथा कृषि संस्थाहरुलाई मात्र उक्त अनुदान रकम उपलब्ध गराउने बेहोरा सार्वजनिक गरेको थियो ।
khabardabali

Continue Reading…

भारतबाट भित्रिएको गोलभेंडामा घातक कीरा

असार १

काठमाडौं–खुला सीमाना र कडाइका साथ सीमा क्षेत्रमा प्लान्ट क्वारेन्टाइन परीक्षण भारतको महाराष्ट्र र कर्नाटकबाट यो कीरा प्रवेश गरेको हुन सक्ने अध्ययनमा खटिएका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले जानकारी दिएका छन् ।

टुटा अवसोल्युटा (टीयूटीए एबीएसयूएलयूटीए) वैज्ञानिक नाम भएको यो कीराले गोलभेंडा खेतीमा विश्वभर विध्वंश मचाइसकेको छ। निकै घातक मानिने यो कीरा यसअघि दक्षिण अमेरिका, अफ्रिका, मोरक्को, टयुनेसिया, फ्रान्स, इटली, अल्जेरिया, आल्वानिया, बुल्गेरिया, नेदरल्यान्ड, पोर्चुगल, इजरायल, हंगेरी, सुडान र इथोपियामा यो कीरा भेटिएको थियो ।kira

यस्तै सेनेगल, युरोप, इराक, टर्की, स्पेन, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र भारतमा यो कीराको प्रकोप देखिएको थियो । पछिल्लो समय भारतको महाराष्ट्र र कर्णाटकको विभिन्न क्षेत्रमा महामारीका रूपमा फैलिएको थियो ।

नार्कको किट विज्ञान महाशाखाका प्रमुख डा.प्रेमनिधि शर्माका अनुसार भारतको महाराष्ट्र र कर्नाटकबाट राजधानी वरिपरीका क्षेत्रमा तरकारी र तरकारी जन्य वस्तु आयात हुने भएकाले विभिन्न प्रकारका कन्टेनरमार्फत यो कीरा उपत्यका क्षेत्रमा भित्रिएको अनुमान छ ।

उनका अनुसार गोलभेंडाको अध्ययन गर्ने क्रममा यही जेठ महिनामा उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रे जिल्लामा यो कीराको प्रकोप भेटिएको छ। यो कीरालाई पुतली समूहको गेलिचिडायी परिवारमा वर्गीकरण गरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।ratopati

Continue Reading…

चीनमा देखिएको यो चर्तिकला

असार १
काठमाडौं–एसियाली मुलुकका नीति र योजनाकारको उच्चस्तरीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङद्वारा पैस्तुत ‘वन बेल्ट वन रोड’ सम्बन्धी नीतिमा नेपालको तर्फबाट फर्जी मानिसले प्रतिनिधित्व गर्दै टिकाटिप्पणी समेत गरेका छन् ।

चीनजस्तो विश्वकै दोस्रो ठूलो आर्थिक साम्राज्यद्वारा आयोजित एसियाली मुलुकका नीति र योजनाकारको उच्चस्तरीय सम्मेलनमा नेपालबाट गलत हैसियत र पद राखेर गएका नक्कली व्यक्तित्वले प्रतिनिधित्व गर्नु मुलुककै लागि लज्जास्पद विषय बनेको छ ।

बेइजिङमा आयोजित सो ‘थंकट्यांक’ सम्मेलन नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन विशिष्ट अतिथि रहेको छैटौं दक्षिण र दक्षिण पूर्व एसियाली व्यापार मेलाको साइड लाइन सम्मेलन हो ।chin

यस्तो महत्वपूर्ण कार्यक्रममा गलत ढंगले प्रवेश गरी चिनियाँ राष्ट्रपतिको प्रस्तुतीमा निर्धक्क टिप्पणीसमेत गर्ने नेपाली पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका कान्छा छोरा नीरजनाथ पाण्डे र चितवनका कांग्रेस नेता चाउएनलाई श्रेष्ठ हुन् ।

नीरज नेपालमा रहँदा चिनियाँ भाषासमेत जानेकाले चिनियाँ पर्यटकका लागि पर्यटक पथप्रदर्शकका रुपमा काम गर्ने स्रोतले बताएको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।ratopati

Continue Reading…

फेसबुकमा झुत्तिने किशोर/किशोरीका लागि दुःखद खबर

असार १
काठमाडौं–पढ्ने उमेरमा सामाजिक संजालमा झुत्तिने किशोर÷किशोरीका लागि दुःखदको खबर छ, हुँदाहुँदा अब बिहेका नाममा पनि ठगी सुरु भयो ।

प्रहरीको हपराध महाशाखामा परेको एउटा उजुरीले भन्छ, ‘ठिटाठिटी हो, फेसबुक हैन, बाबुआमाले भनेको मान !’

काठमाडौंमा बसेर अध्ययनसँगै रोजगारी गरिरहेकी शर्मिला (नाम परिवर्तन) को भेट सामाजिक संजालमार्फत संगमसँग भयो ।

संगम आफू अध्ययनको सिलसिलामा बेलायतमा रहेको बताउँथे । वर्षदिन अघि संगमले पठाएको फ्रेन्ड रिक्वेष्ट स्वीकार गरेपछि दुई जनाको च्याट सुरु भयो ।kharbar

यो च्याट यति गहिरियो कि उनीहरु अब यसलाई वैवाहिक जीवनमा परिवर्तन गर्ने सुरसारमा थिए ।

यद्यपी, दुवैको भेट हालसम्म भएको थिएन । फेसबुकबाट झाँगिएको प्रेम यति गहिरिँदै गयो कि संगमले नै विवाहको प्रस्ताव गरे । दुवै जना विवाह गर्न राजी भए ।

कुराकानकिो सिलसिलामा, संगकले युकेबाट शर्मिलालाई गिफ्ट पठाइदिने बताए । प्रेमीको यस्तो प्रस्ताव सुनेसँगै उनी दंग मात्र परिनन्, आफ्नो पूरा ठेगाना म्यासेज गरिन् ।

संगमले पठाइदिन लागेको सामानको सूचीमा थियो, आइफोन सिक्स, गहना र केही मिठाई । ‘ल मैले सामान पार्सल गरेर पठाइदिएँ है,’ संगकले च्च्याटमा लेखेका थिए ।

प्रेमीको गिफ्ट पाउन शर्मिला आत्तुर थिइन् । दिन बित्यो, साता बित्यो तर गिफ्ट आएन ।

उताबाट संगमले भने गिफ्ट पाएनौ भनेर सोधी नै रहे । ‘एक दिन उनको मोबाइल एक अपरिचित नम्बरबाट फोन आयो । फोन भारतबाट एक युवकले गरेका थिए ।

युकेबाट तपाईंको साथीले पठाएको सामान इन्डियाको एयरपोर्टमा आएर अल्झिएको छ । केही समस्या पर्यो । कर तिर्नुपर्ने भयो । केही रकमको आवश्यकता छ,’ उसले भन्यो ।

उनले त्यो कुरा संगमलाई सुनाइन् । प्रेमीले पठाएको गिफ्ट पाउने आश कसलाई पो नहोला र ? उनले फोनमा त्यो केटाले भनेझैं ३० हजार रुपैयाँ भारत पठाइन् ।

अबको केही दिनमा तपाईंको सामान स्थानमा आइपुग्छ उसले भन्यो । तर, त्यही अहँ सामान आएन । केही दिनपछि फेरी त्यही केटाले फोन गर्यो । फेरी त्यही समस्या देखायो र फेरी उनले २५ हजार रुपैयाँ माग्यो । गिफ्टको लोधमा उनले पैसाको जोहो गरी फेरी पैसा पठाइन् । तर, अहँ सामान अझै आउन ।

त्यसपछि झसंग हुने पालो आयो केटीको । आफू ठगिएको महसुस गर्दै टेकुस्थित महानगरीय अपराध महाशाखामा पुगिन् । महाशाखाका डिएसपी पशुपति राय भन्दै थिए यो ठगीको नयाँ शैली हो ।

उनी ठगिइन् । उनी मात्र होइन पछिल्लो समय फेसबुकको माध्यमबाट यसरी ठगिएर उजुरी दिने क्रम बढेको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।ratopati

Continue Reading…

मोर्चा वार्तातिर, गठबन्धनको अाक्रोश

१ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि पत्राचार गरेपछि संघीय गठबन्धनमा विवाद भएको छ। मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दल वार्ताको पक्षमा छन् ।

संघीय समाजवादी फोरमले भने गठबन्धनलाई सम्बोधन नगरेसम्म वार्तामा नबस्ने बताउँदै आएको छ। मधेसी मोर्चामा आबद्ध तमलोपा, सद्भावना पार्टी, संघीय सद्भावना, तमसपा, रामसपा वार्तामा बस्ने पक्षमा छन् । ती दलका नेताहरूले गम्भीर र संवेदनशील भएर सरकारले पत्र पठाएकाले टुटेको वार्ता जोड्नुपर्ने बताएका छन् ।bhart
तमलोपाका महमन्त्री जितेन्द्र सोनलले सरकारको पछिल्लो पत्रलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले भने, ‘मोर्चासँग विगतको वार्ता जहाँ अड्किएको हो, त्यहीँबाट सुरु गर्न अर्थात् वार्ताको निरन्तरताका लागि सरकारले बोलाएकाले सकारात्मक रूपमा लिनुपर्छ।’

मोर्चाको बैठक बसेर सरकारलाई औपचारिक धारणा पठाउने सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले बताए । सरकार गम्भीर देखिएकाले टुटेको संवादलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ छ । मोर्चाका सात दलसहित संघीय गठबन्धनमा २९ दल छन् ।

६ दलबाहेकका दलका नेताले मोर्चालाई मात्र सरकारले पत्राचार गरेकाले वार्तामा नजाने बताएका छन् । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले संघीय गठबन्धनलाई वार्तामा नबोलाएकाले सरकारको नियत सफा नदेखिएको बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

दलित बालबालिकालाई तलवबाट शैक्षिक सामाग्री

काठमाडौं, १ असार । मधेसी युथ थिङ्क ट्याङ्कका अध्यक्ष डा विनय पञ्जियारले तराई–मधेसका अति पिछडिएका समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । डा. पञ्जियारले गत शुक्रबार धनुषा जिल्लाको कुवा रामपुर ग्राममा शैक्षिक सामग्रीहरु वितरण गरेका हुन् ।dati
अध्यक्ष डा पञ्जियार काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्जमा इन्टर्नसिप गरिरहेका छन् । उनले इन्टर्नसिपको आफ्नो पहिलो महिनाको तलबबाट दलित समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
कुवा रामपुर ग्रामका खत्वे समुदायका बालबालिकाहरुलाई कापी, कलम, शिशाकमल, इरेजर, कटर लगायत शैक्षिक सामग्रीहरु वितरण गरेका छन् ।
डा पञ्जियारले मधेसका पिछडिएका वर्गहरुलाई साथसाथै शिक्षालगायतका हरेक क्षेत्रमा पहुँच बढाउनका लागि आफूले यो अभियान चलाएको बताए । उनले पिछडिएका मधेसका दलित जनजातिहरुलाई आश्वासन होइन साथ चाहिएको बताए ।
कार्यक्रममा थिङ्क ट्याङ्कका प्रशान्त अर्जुन झा, मो रियाज साफी र दलित अधिकारकर्मी रामु महराको पनि सभागिता थियो ।
dainiknepal

Continue Reading…

तीन दिनभित्र एसएलसीको नतिजा आउने

असार १

एसएलसी परीक्षा सुरु भएको ८३ वर्षपछि यो परीक्षाफल अन्तिम
काठमाडौं–परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ । लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको पनिकाले यहि असार २ वा ३ गतेभित्र नतिजा प्रकाशित गर्ने भएको छ ।bhanda

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले सकभर २ नभए ३ गते भित्र परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बताए ।

परीक्षा सञ्चालन समितिको बैठकमा नियन्त्रक काप्रीले २ वा ३ गतेभित्र परीक्षाफल प्रकाशति गर्ने जानकारी गराएका थिए । एसएलसी परीक्षा सुरु भएको ८३ वर्षपछि यो परीक्षाफल अन्तिम हुनेछ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
ratopati

Continue Reading…

प्लस टु पढेका विद्यार्थीले विदेश जान कति खर्च गर्छन् ?

काठमाडौं, १ असार । यो आर्थिक वर्षको वैशाखसम्म ३१ हजार जनाले विदेश पढ्न जान शिक्षा मन्त्रालयबाट अनुमति पत्र लिएका छन् ।
बर्सेनि यो संख्या बढ्दो छ। स्वदेशमा राजनीतिक अस्थिरता, पढाइमा अनियमितता, रोजगारी समस्याजस्ता कारण शिक्षाका लागि विदेशिने क्रम बढेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।garchan
२०६८–०६९ देखि २०७२–०७३ वैशाखसम्म ७० हजारभन्दा बढी मुलुकमा एक लाख १७ हजार पाँच सय ७४ विद्यार्थी मन्त्रालयबाट अनुमति पत्र लिएका छन् ।
विदेश अध्ययनमा एक जनाले सरदर १५ लाख खर्च गर्छन् । परामर्श दाता संस्थाले जानकारी दिएअनुसार तीमध्ये ८० प्रतिशत प्लस टु सकाएका विद्यार्थी छन् ।
यसअनुसार वर्षमा २४ हजारभन्दा बढी प्लस टु सकाएका विद्यार्थी विदेशिन्छन् ।
प्यस टु सकाउने सरदर १ लाख २० हजारमध्ये २४ हजार बाहिरिँदा २० प्रतिशत विद्यार्थी विदेश अध्ययन गर्न जाने गरेको देखिन्छ ।
यसको लागत विश्लेषण गर्दा पाँच वर्षमा एक खर्ब ७६ अर्ब ३६ करोड १० लाख स्वदेशी पुँजी बाहिरिएको छ ।
यो रकम सरकारले आउँदो आर्थिक वर्षका लागि छुट्याएको शिक्षाको बजेटभन्दा ६० अर्ब बढी हो ।
dainiknepal

Continue Reading…

गृहमन्त्री बस्नेतले क–कसलाई भेट्न अस्वीकार ?

काठमाडौं, १ असार सर्वोच्च अदालतको आदेशअनुसार दुई महिनाअघि बढुवा भएका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कामविहीन भएका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले पदस्थापन गर्न नसक्दा एआइजीहरू यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलबरसिंह थापा कामविहीन भएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सरकारको निर्देशन गृहद्वारा बेवास्ताlaii
बढुवा भएकै दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाउँदै चार एआइजीलाई पदस्थापन गर्न निर्देशन दिएको थियो । मुख्यसचिव डा. सोमलाल सुवेदीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भन्दै गृहसचिवलाई गत २६ चैतमै पत्र पठाएका थिए । उनले गृह मन्त्रालयकै प्रस्तावममोजिम मन्त्रिपरिषद्ले निर्णय गरेकाले सोअनुसार गर्न गराउन पत्राचार गरेका थिए ।
गृहमन्त्री र आईजिपी नै पदस्थापनमा उदासीन
स्रोतका अनुसार गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल दुवै एआइजीको पदस्थापनर्को पक्षमा छैनन् । गृह प्रवक्ता यादवप्रसाद कोइराला भने एआइजीहरूलाई जिम्मेवारी दिन दरबन्दीको अभाव रहेको बताउँछन् । ‘अहिले कुनै दरबन्दी नै छैन, दरबन्दी सिर्जना भएपछि काम पाउनुहुन्छ होला,’ कोइरालाले भने । एआइजीको विशेष दरबन्दी सिर्जना गर्न गृह मन्त्रालयले गरेको पहलका बारेमा आफूलाई कुनै जानकारी नभएको उनले बताए ।
चारवटा दरबन्दी सिर्जना गरियो, तर पदस्थापना गरिएन
मन्त्रिपरिषद्ले २९ साउन २०७१ देखि लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक पदको चारवटा विशेष दरबन्दी सिर्जना गर्ने र सोही दरबन्दीमा बढुवा भएकाको पदस्थापन गर्ने निर्णय गरेको थियो । तर, दुई महिना बितिसक्दा पनि गृहले पदस्थापनको गृहकार्य अघि बढाउन सकेको छैन ।
गृहमन्त्रीद्वारा भेट्न अस्वीकार
चारैजना एआइजीले गृहसचिव मलेगोलाई पटक–पटक भेटेर पदस्थापन गर्न आग्रह गर्दै आएका छन् । तर, उनले कुनै सुनुवाइ नगरेको एआईजीहरू बताउँछन् । आफूहरू अन्यायमा परेकाले पदस्थापन गर्नुपर्ने मागसहित उनीहरूले धेरै पटक गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई भेट्ने प्रयास गरे पनि उनले भेट दिन इन्कार गर्दै आइरहेका छन् ।
dainiknepal

Continue Reading…

नेटवर्किङ व्यवसायलाई कानुन बनाएर थप कडा गरिँदै

काठमाडौं, १ असार । सरकारले नेटवर्किङ व्यवसायलाई बैधता दिएपनि पिरामिड शैलीमा यस्तो व्यवसाय गर्न नपाउने व्यवस्था गर्ने भएको छ ।
सदस्य संख्या बढाउँदै पिरामिड आकारमा सञ्जाल विस्तार गरी बस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले ठगी गरेपछि सरकारले कानुन बनाएरै यस्तो व्यवसायमा प्रतिबन्ध लगाएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।kada
वाणिज्य मन्त्रालयले तयार गरेको बस्तु तथा सेवा प्रत्यक्ष बिक्री एेनमा यस्तो व्यवस्था गरिएको छ ।
सर्वोच्च अदालतले ६ वर्षअघि नै नेटवर्किङ व्यवसायसम्बन्धी कानुन बनाउन सरकारलाई आदेश दिएको थियो ।
संविधानबमोजिम कुनै पेसा व्यवसाय गर्न रोक्न नमिल्ने भएकाले नेटवर्किङ व्यवसायलाई भने बैधता दिइने भएको छ ।
सोही बमोजिम नेटवर्किङको ठगी रोक्न तथा नियमन गर्न ऐन तयार पारिएको वाणिज्य मन्त्रालयले जनाएको छ ।
वाणिज्य मन्त्रालयका कानुन उपसचिव श्रीरामजी दर्नाइका अनुसार नयाँ कानुनले नेटवर्किङ व्यवसाय गर्न पाइने व्यवस्था गरेको छ ।
युनिटी लाइफ इन्टरनेश्नल, हर्वो इन्टरनेशनल, गोलक्वेस्ट, क्रिस्टल भिजन लिमिटेडलगायतले पिरामिड आकारको व्यवसाय सञ्चालन गरी नेपालीलाई ठगी गरेपछि सरकारले प्रतिबन्ध लगाएइको थियो ।
युनिटी लाइफ र हर्बो इन्टरनेसनलका सञ्चालकलाई पक्राउ गरी कारबाही भइसकेको छ ।
dainiknepal

Continue Reading…

नेपाल पहिलो पटक राष्ट्र संघको उपाध्यक्षमा निर्वाचित, ६२ वर्षपछि सफलता

काठमाडौँ, संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल पनि निर्वाचित भएको छ ।
सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर २०१७ सम्म कायम रहनेछ । यो चयनसँगै नेपाल महासभाको महासमितिको कार्यकारीणी समितिको सदस्य हुनेछ ।slta
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार नेपालले राष्ट्रसङ्घमा सन् १९५५ मा प्रवेश पाएपछि पहिलो पटक सो पदमा निर्वाचित भएको हो । नेपालको यो प्रवेशले राष्ट्र सङ्घसँग प्रत्यक्ष रुपमा कार्य गर्ने अवसर प्राप्त हुनुका साथै आगामी दिनमा नेपालको सकारात्मक भूमिका बढाउन पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।
राष्ट्रसङ्घीय प्रणालीमा नेपालको सक्रिय र प्रभावकारी प्रतिनिधित्व रहने र न्युयोर्कमा विभिन्न सन्धिका निकायहरु, स्थायी मिसनमा यस क्षेत्रका राष्ट्रका तर्फबाट निर्वाचित सदस्यका रुपमा रहनेछ । राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत दुर्गाप्रसाद भट्टराई हाल विशेष राजनीतिक र गैरउपनिवेशिक समितिको अध्यक्ष समेत हुनुहुन्छ ।
राष्ट्रसङ्घको प्रणाली र विभिन्न सन्धिसम्बन्धी निकायमा नेपालको स्थायी नियोगले खेलेको भूमिकाले नेपाललाई सो अवसर दिलाएको हो । रासस
dainiknepal

Continue Reading…

अाजकाे राशिफल / २०७३ आषाढ ०१ गते बुधबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

दिउँसोसम्म आनन्द र खुसीको वातावरण प्राप्त हुनेछ । त्यसपछि गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना छ । मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बेलुका तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ, तर विजय प्राप्त हुनेछ । झैझगडा, किचलो र विवादमा सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

दिनको सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनेछ । खर्च वृद्धि हुने समय छ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो संकेत छ । बोलीमा मिठास आउने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

मिश्रित प्रभाव प्राप्त हुने भए पनि आजको दिन सकारात्मक छैन । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्र्न पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने कर्मसिद्धिको समय छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यक्षेत्रमा समेत राम्रो छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

मधेशले संविधान नमाने कसैले लागु गर्न सक्दैन – बार अध्यक्ष केसी

काठमाडौं, ३२ जेठ । कानुन व्यवसायीहरुको छाता संगठबन नेपाल बार एसोसिएनका अध्यक्ष शेर बहादुर केशीले संविधान कार्यान्वयनका लागू संघीय गठबन्धनले उठाएको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
बार अध्यक्ष केशी सहित कानून व्यायवासीहरुको टोली मंगलबार खुला मञ्च पुगेर गठबन्धनको अनसनप्रति ऐक्यबद्वता एवं समर्थन जनाएको छ ।sakdainan
‘यो संविधानलाई मधेशी जनजाति समुदायले अस्वीकार गरिसकेका छन्’– अनसनप्रति ऐक्यबद्धता जाहेर गर्दै बार अध्यक्ष केशीले भने,– ‘मधेश जनताले मानेनन् भने सरकारले यो संविधान लागू गर्न सक्दैन ।’
नयाँ संविधानको कार्यान्वयनको लागि सरकारले वार्ता र संवाद मार्फत् यथासीघ्र गठबन्धनले अघि सारेको माग सम्बोधन गर्न बार अध्यक्ष केशीले सरकारसँग माग गरे ।
‘गठबन्धनको माग सम्बोधन गर्न ढिलाई भयो, सरकारले सुनुवाई गर्न जति उपेक्षा गर्यो, संविधानको कार्यान्वयन त्यति नै चुनौतिपूर्ण बन्दै जानेछ’– बारका अध्यक्ष केशीले भने ।
dainiknepal

Continue Reading…

१० जना चिनियाँ नागरिकलाई भारत छोड्न मोदी सरकारको निर्देशन

काठमाडौं, ३२ जेठ । भारत सरकारले १० जना चिनियाँ नागरिकलाई तीन दिनभित्र देश आदेश दिएको छ ।
नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको निर्देशनमा ओडिशा राज्य सरकारले त्यहाँ कार्यरत १९ चिनियाँ नागरिकमध्ये १० जनालाई तीन दिनभित्र देश छाड्न निर्देशन दिएको हो ।mode
बीबीसी हिन्दीका अनुसार सुरक्षा संवेदनशीलताको कारण र सुराकी गरिरहेको आशंकामा भारतले चिनियाँ नागरिकलाई देशबाटै निकाल्ने फैसला गरेको हो ।
गृह सचिव असित त्रिपाठीले चिनियाँ नागरिकले भारतविरुद्ध सुराकी गरिरहेको संकेत मिलेको र सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै देश छाड्न निर्देशन दिइएको बताए ।
देश छोड्न भनिएका चिनियाँ नागरिक अडानी समूहको कम्पनीमा काम गरिरहेका थिए । उनीहरुले विजनेस भिसामा भारत आएका थिए ।
(बीबीसी हिन्दीको सहयोगमा)
dainiknepal

Continue Reading…

चक्रपथभित्रका सबै सडक कालोपत्रे गर्न निर्देशन

काठमाडौँ, ३२ जेठ । व्यवस्थापिका–संसद्को विकास समितिले काठमाडौँ उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीव्र गतिमा अगाडि बढाउन र सरकारको नीति तथा कार्यक्रमअनुसार एक वर्षभित्र कालोपत्रे गरिसक्न निर्देशन दिएको छ ।
समितिले आजको बैठकमा भएको छलफलपछि चक्रपथ भित्रका सबै सडक एक वर्षभित्र कालोपत्र गर्न सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, काठमाडौँ महानगरपालिका र सडक विभागलाई निर्देशन दिएको हो ।gardai
बैठकमा उपत्यकाको सडक विस्तार कार्यअन्तर्गत निर्देशित जग्गा विस्तार कार्यक्रम, जनसहभागिता क्षतिपूर्ति, मुआब्जा समेतको कार्यप्रणाली र उपत्यकाका चक्रपथभित्रका सबै सडक स्तरोन्नति गर्ने सम्बन्धमा सरोकारवाला निकायबीच छलफल भएको थियो ।
सरकारको नीति तथा कार्यक्रममा काठमाडौँ उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीव्रगतिमा अगाडि बढाइने र उपत्यकामा चक्रपथ भित्रका सबै सडक एक वर्षभित्र कालोपत्र गरिने उल्लेख थियो ।
समिति सभापति रवीन्द्र अधिकारीले काठमाडौँ उपत्यका सडक विस्तार कार्यक्रमअन्तर्गत कुनै पनि क्षेत्रमा सडक विस्तार गरिँदा कुन कुन क्षेत्र कुन निकायको कार्यक्षेत्रभित्र पर्दछन् र ती क्षेत्रमा यस वर्षभित्र कुन कुन सडक मर्मत तथा विस्तार हँुदैछन् ती कुरा सम्बन्धित क्षेत्रका उपभोक्ता वा बासिन्दालाई सूचित गर्नसमेत निर्देशन दिनुभयो ।
बैठकमा सांसदले चक्रपथ भित्रका भित्री सडक विस्तार तथा निर्माण कार्य समयमा नै सम्पन्न हुन नसक्दा र निर्माण सामग्री अव्यवस्थित रुपमा सडक छेउमा थुपारेर राख्दा आवागमन महिनौँसम्म अवरुद्ध भएको, भत्काइएको वर्षौंसम्म पनि कार्य सम्पन्न नहुँदा सर्वसाधारणले हिलो र धुलोबाट सास्ती बेहोर्नु परिरहेको र धेरै दुर्घटनासमेत हुने गरेको गुनासो गर्नुभएको थियो ।
सडक विस्तार तथा निर्माण कार्यको जिम्मा लिने निर्माण व्यवसायीलाई कावु बाहिरको परिस्थितिमा बाहेक समयमा कार्य सम्पन्न नगर्नेलाई कालोसूचीमा राखी कारबाही अगाडि बढाउन र समयमा नै गुणस्तरीय कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृतसमेत गर्ने व्यवस्था कडाइका साथ अवलम्बन गर्न समितिले सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
समितिले उपत्यकाको सडक विस्तार तथा स्तरोन्नति गर्दा खानेपानी, ढल, टेलिफोन, विद्युत्सम्बन्धी सम्पूर्ण कार्य एकै ठाउँबाट समन्वय गर्ने संयन्त्रको निर्माण गरी कार्यक्रम अगाडि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । रासस
dainiknepal

Continue Reading…

राजधानीको कालीमाटीमा भीषण आगलागी, एक नेपाली र ८ भारतीय घाइते

काठमाडौँ, ३२ जेठ । काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित कपिल डङ्गोलको जस्ताको टहरामा आज ग्यास चुहिएर आगलागी हुँदा नौजना घाइते भएका छन् ।maaa
डङ्गोलको जस्ताको टहरामा भारत मोतीहारी घर भएका ३० वर्षीय विरु पण्डितले सञ्चालन गरेको पानीपुरी बनाउने पसलमा विहान ९ बजे ग्यास चुहिएर आगलागी हुँदा सुरेन्द्र बलामी, विरु पण्डित, रोहित कुमार, लक्ष्मी साह, उमेश पण्डित, राकेश सिंह, अनमोल सिंहलगायत घाइते भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
स्थानीय, प्रहरी र सेनाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।
घाइते मध्ये एक नेपाली र अन्य भारतीय रहेका छन् । घाइतेलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ । रासस
dainiknepal

Continue Reading…

नेपालमा सबैका लागि शिक्षासम्बन्धी रणनीति तयार गर्न राष्ट्रसङ्घको आग्रह

काठमाडौँ, ३२ जेठ । संयुक्त राष्ट्रसङ्घको बालअधिकार समितिले नेपाल सरकारलाई सबैका लागि शिक्षाको सुनिश्चितता गर्न उपयुक्त लगानीको रणनीति तयार गर्नुपर्ने सुझाव दिएको छ ।
गत महिना नेपालले समितिमा पेस गरेको बालअधिकारसम्बन्धी राष्ट्रिय प्रगति प्रतिवेदनमाथि समितिले शिक्षामा घट्दो लगानीका साथै निजी शिक्षाले निम्त्याएको सामाजिक तथा आर्थिक विभेद र त्यसले शैक्षिक गुणस्तरमा पारेको प्रभावप्रति सचेततापूर्वक चासो देखाउँदै उक्त सुझाव दिएको हो ।agraa
यसैगरी, समितिले संविधानले प्रत्याभूत गरेको विभेदरहित निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी प्रावधानलाई सुनिश्चित गर्न प्रारम्भिक बालविकास तथा उपयुक्त शैक्षिक लगानीेको रणनीतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नका लागि अनुकूलको कानुन बनाउनुपर्नेमा जोड दिएको छ ।
शिक्षामा समता र सामाजिक न्यायलाई ओझेल पार्दै वर्गीय खाडललाई निम्त्याउने सम्भावना बोकेको निजी विद्यालयकोे गम्भीरतापूर्वक नियमन गरी भर्ना प्रक्रियामा पारदर्शिता र विविधता तथा निजी विद्यालयमा बालमैत्री शैक्षिक वातावरण निर्माण गर्न तथा निजी विद्यालयले उठाउने अदृश्य शुल्कको अनुगमनमा समेत जोड दिनृुपर्ने जनाएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै समितिको उक्त सुझावको स्वागत गरेको छ ।
एनसिई नेपालका अध्यक्ष राजकुमार गन्धर्वले आफूहरुले विगत लामो समयदेखि शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्ने, सार्वजनिक शिक्षाको सुदृढीकरणका साथै सामाजिक एकरुपता कायम गर्न निजी विद्यालयको अनुगमन गर्नुपर्ने र सामुदायिक विद्यालयको स्तरोन्नतिमा सरकार आफैँ क्रियाशील हुनुपर्ने विषयमा वकालत गर्दै आइरहेको जानकारी दिँदै समितिको उक्त सुझाव उपयुक्त रहेको बताउनुभयो । रासस
dainiknepal

Continue Reading…

यि हुन् तपार्इको शरीरको दुखार्इलार्इ सजिलै कम गर्ने जडिबुटी

बेतलौरी जरा, वनकपास गाना, दारेगिठोको बोक्रा, सिन्कौली, अरणी जराको बोक्रा, ठुलो औषधी, रुख हड्चुर, काउलोको बोक्रा, मेदा काठ, खयर, बज्रबल्ली, पाषाणभेद, कमरी (चिलाउनेको रुखमा भएको),hun हिमाली खयर, मुसली, वर्षगाँठे, रथ, विरथ, नरसाग जरा, अर्पुजरा, जिभक बरको बोक्रा वा नयाँ जरा, वावियो (वनकसी) जरा इत्यादि दर्दनाश गर्ने खालका जडिवुटिहरुलाइ चुर्ण बनाएर १-२ चम्चा दिनमा २-३ पटक सेवन गर्नाले शरिरको सम्पुर्ण दुखाईमा लाभ गर्दछ ।

Continue Reading…

भारतले नेपालमा विकासको राजनीति होस् भन्ने चाँहेको छ: भारतीय राजदूत रे

भैरहवा, जेठ ३२ । भारतीय सरकारको आर्थिक सहयोगमा निर्मित प्रतिमान निमा मेमोरियल हेल्थ इन्सीच्युटको भवनको एक कार्यक्रमकाबीच मंगलबार उद्घाटन भएको छ ।
भारत सरकारबाट प्राप्त ३ करोड ७५ लाख ६२ हजार ८ सय ७१ रुपैयाको लागतमा निर्मित उक्त भवनको नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री दीपक बोहरा र नेपालका लागी भारतीय राजदुत रन्जीत रे ले संयुक्त रुपमा गरेका हुन् ।garea

२२ कोठा भएको २ तल्ले हल सहितको भवनमा ६ वटा कक्षा कोठा, ३ शिक्षक कोठा, ३ प्रशासन कोठा, ६ वटा प्रयोगशाला कोठा, १ लाइबेरी र ३ वटा अन्य कोठा रहेका छन् । ११ हजार ४ सय ७२ दशमलब ७५ वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त भवन राष्ट्रिय भवन संहिता अनुरुप भूकम्प प्रतिरोधात्मक शैलीमा तयार गरिएको भवनमा निर्माणमा संलग्न प्राविधिकले जनाएका छन् ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बोहराले दक्ष जनशक्ति उत्पादन गर्ने प्राविधीक शिक्षालयमा सरकारले जोड दिइरहेको बताउदैं प्रतिमान नीमा दक्ष जनशक्ति उत्पादन गर्ने व्यवसायीक प्रतिष्ठानको उद्घाटन गर्न पाउदा खुसी लागेको बताए । मन्त्री बोहराले विदेशमा जाने वा स्वदेशमा बस्ने सबै दक्ष भए मुलुक समृद्ध हुने विश्वास व्यक्त गरे ।

सोही अवसरमा नेपालका लागी भारतीय राजदूत रन्जीत रे ले भारतीय सरकार नेपालको आर्थिक समृद्धिको लागी सधै हातेमालो गर्न तयार भएको बताए । राजदुत रे ले भारतले नेपालमा विकासको राजनीतिको अपेक्षा गरेको पनि बताए ।
प्रतिमान नीमा मेमोरियल हेल्थ इन्सीच्युटका संरक्षक डा. आलोक बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसदह अब्दुल रज्जाक, इस्तियाक अहमद खा र रुपन्देहीका विभिन्न कार्यालय, संघसंस्था र राजनैतिक दलका प्रमुखको सहभागिता रहेको थियो ।
सो इन्सीच्युटमा हाल ल्याब टेक्नीसियन र एसीसटेन्टको अध्ययन अध्यापन भइरहेकोछ । अबको शैक्षिक सत्रदेखी फार्मेसी, फरेस्टी र रेडियोग्राफीको पनि पढाइ शुरु हुने इन्सीच्युटका प्रबन्ध निर्देशक धर्मबहादुर केसीले जनाए ।
dainiknepal

Continue Reading…

प्रधानमन्त्री ओलीले गरे अहिलेसम्मका प्रधानमन्त्रीले नगरेको काम!

काठमाडौं, ३२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
विमानस्थलमा विदेश जाने र स्वदेश फर्किने यात्रुले सास्ती खेप्नुपरेको गुनासो बढेपछि प्रधानमन्त्री ओली छड्केमा आफै गएका हुन् ।ioli
अर्थ मन्त्री विष्णु पौडेल, पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल र पर्यटन राज्यमन्त्री बलबहादुर महतसहित विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय टर्मिनल भवनमा रहेका सबै सरकारी एजेन्सीको काम तथा अध्यागमन, भन्सार कार्यालयका कर्मचारीहरुको पनि कामकारवाहीको निरीक्षण गर्दै जानकारी लिएका थिए ।
झण्डै एक घण्टा विमानस्थल निरीक्षण गरेका प्रधानमन्त्रीले कर्मचारीलाई यात्रुको सेवामा ढिलासुस्ती नगर्न निर्देशन दिए ।
विमानस्थलका निमित्त प्रमुख भोला गुरागाईंले प्रधानमन्त्री ओली आकस्मिक निरीक्षणमा आएको जानकारी दिए ।
उनले भने- ‘पहिलोपटक विमानस्थल निरीक्षण गर्न प्रधानमन्त्री नै आउनुभयो । अहिलेसम्म छड्केमा कुनै प्रधानमन्त्री आउनुभएको थिएन्, पर्यटनमन्त्रीहरु आउने गर्थे । उहाँ (ओली) नै बिना जानकारी पहिलोपटक आउनुभयो ।’
नयाँ नयाँ काम गर्न खोजिरहेका प्रधानमन्त्री ओली विमानस्थलको छड्केमा आफै आएको देखेर कर्मचारीहरु चकित परेका छन् ।

dainiknepal

Continue Reading…

‘वैदेशिक रोजगारको विकृति अन्त्य गर्न राजनीतिक दलको क्रियाशिलता आवश्यक’

काठमाडौँ, ३२ जेठ । वैदेशिक रोजगारको विकृति अन्त्य गर्न राजनीतिक दलहरुको क्रियाशीलता आवश्यक रहेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
मानवअधिकारका लागि जनमञ्च ९पिपुल फोरम०ले आयोजना गरेको ‘वैदेशिक रोजगार ऐन–२०६४ मा समयानुकुल परिमार्जन’ विषयमा राजनीतिक दलसँगको अन्तक्र्रिया कार्यक्रमका वक्ताले दलहरुले कार्यकर्तालाई सुरक्षित वैदेशिक रोजगारीको बारेमा प्रशिक्षण र छलफलजस्ता कार्यक्रम चलाउनुपर्ने सुझाव दिए । वैदेशिक रोजगार ऐन संशोधन गर्दा वैदेशिक रोजगारीमा जाने कामदारको हितलाई प्राथमिकता दिनुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।roj
हाल वैदेशिक रोजगार विभागलाई अनुसन्धान, अभियोजन र मुद्दा दर्ता गर्ने सबै अधिकार दिँदा त्यसको दुरुपयोग भएको बताउँदै नयाँ ऐन बन्दा त्यसलाई सच्याउनुपर्ने उहाँहरुको भनाइ छ । श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले मन्त्रालयले कार्यदल बनाएर ऐन संशोधनको काम अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सांसद डा।राजन भट्टराई, लक्ष्मी राईलगायतले विद्यामान ऐनमा देखिएको अस्पष्टता र कमजोरीलाई नयाँ ऐनमा सच्याएर कामदारमैत्री बनाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
कार्यक्रममा जनमञ्चका सल्लाहकार एवम् अधिवक्ता सोम लुइँटेलले ऐन संशोधनका विषयमा प्रस्तुत गरेको कार्यपत्रमा वैदेशिक रोजगार संस्था सञ्चालकको मापदण्ड तोक्नुपर्ने, शाखा कार्यालय जिल्लामा राख्न पाउने तर एजेन्ट राख्न नपाउने व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगार संस्था सञ्चालनका लागि धरौटी रकम बढाइ कम्तीमा रु एक करोड बनाउनुपर्ने उल्लेख छ ।
कामदारको मागपत्र कूटनीतिक नियोगबाट मात्रै प्रमाणित गर्ने व्यवस्था गर्नुपर्ने, बैंकिङ माध्यमबाट मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गर्नुपर्ने, विभागको रोहबरमा रोजगार करार गर्नुपर्ने, बिमा र कल्याणकारी रकम एउटै निकायबाट हुनुपर्ने, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नाम परिवर्तन गरी त्यसलाई स्वायत्त निकायका रुपमा स्थापना गर्नुपर्ने, वैदेशिक रोजगारको ठगीमा अनुसन्धान गर्न प्रहरीलाई अधिकार दिनुपर्ने जस्ता विषय कार्यपत्रमा समावेश छ ।
कार्यपत्रमाथि विभिन्न राजनीतिक दलका प्रतिनिधिले आफ्नो धारणा राख्दै सुरक्षित आप्रवासन र रोजगारीकाबारे विद्यालयस्तरकै पाठ्यक्रममा समावेश गर्नुपर्ने, द्विपक्षीय श्रम सम्झौता गरेर मात्रै रोजगारीका लागि मुलुक खुला गर्नुपर्नेलगायतका सुझाव दिएका छन् । रासस
dainiknepal

Continue Reading…

गोरखा सीमामा दुईको मृत्यु

३२ जेठ, मलेखु (धादिङ)।
गोरखासँग सीमा जोडिएको स्थानमा एक जनाले नदीमा हामफालेर र एक जना टेलिकमको टावरबाट लडेर आज मृत्यु भएको छ ।

धादिङ जिल्लासँगै जोडिएको गोरखाको आरुघाट बजारमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्ने क्रममा खसेर एक प्राविधिक कामदारको मृत्यु भएको छ ।17
हुवावे कम्पनीबाट बिग्रेको मोबाइल टावरका उपकरणसहित मर्मतका लागि आएका अनिल ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ । गोरखाको आरुचनौटे– १ को आरुघाट बजारमा रहेको टावरमा खराबी आएपछि राजधानीदेखि मर्मतका लागि आएका ताम्राकार टावरबाट खसेर गम्भीर घाइते भएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी सीमा क्षेत्रमा रहेको बूढीगण्डकीमा रहेको पुलबाट हामफालेर ताप्ले गाविस– ७ का ७६ वर्षीय डिल्लीराम भट्टको हामफालेर मृत्यु भएको हो । रासस
nepaliheadlines

Continue Reading…

मह जोडी बने धुर्मुस-सुन्तली फाउण्डेशनको संस्थापक सल्लाहकार

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) धुर्मुस सुन्तली फाउण्डेशनको संस्थापक सल्लाहकार हुनुभएको छ ।
फाउण्डेशनले गरेको प्रस्ताव मह जोडीले सहर्ष स्वीकार गरेपछि उहाँहरुलाई संस्थापक सल्लाहकारमा नियुक्त गरिएको हो । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सामाजिक काम गर्नका लागि भूकम्प पश्चात फाउण्डेशन स्थापना गरेका थिए ।saha
एउटा हाँस्य कलाकारले फाउण्डेशनमार्फत निकै राम्रो काम गरिरहेकाले संस्थापक सल्लाहकारको प्रस्ताव स्वीकार गरेको मह जोडीले बताएका छन् । गिरान्चौर एकीकृत बस्तीका घरहरु नेपाली मौलिकता झल्किने गरी घर बनाउन उहाँहरुले सुझाव दिनुभएको छ । सल्लाह दिनुभन्दा, काम गरेर देखाउनु ठूलो कुरा भएको भन्दै हाँस्य कलाकारबाटै भएको सामाजिक कामको मह जोडीले प्रशंसा गर्नुभयो ।

हाँस्य क्षेत्रका विशिष्ठ व्यक्तिले फाउण्डेशनको प्रस्ताव स्वीकार गरेकोमा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले आभार व्यक्त गरेका छन् । मह जोडीको अनुभव र उपयुक्त सल्लाहले नै आफुहरुलाई अघि बढ्न प्रेरीत गर्ने उनको भनाई छ । आफुहरु मह जोडीबाटै प्रभावित भएर हाँस्य क्षेत्रमा प्रवेश गरेकाले उहाँहरुको दिएको सल्लाह अनुसार नै अघि बढ्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।
युरोप भ्रमण गरेर केहि दिन अघि स्वदेश फर्किएका मह जोडीले बेल्जीयमबाट कमल भारती र साबित्रा गिरीको परिवारले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि पठाएको ८ सय ५० युरो (१ लाख रुपैँया भन्दा बढी) सहयोग पनि धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन् ।
यस्तै, फाउण्डेशनले सुरु गरेको गिरान्चौर एकिकृत बस्ती निर्माण तथा पर्यटन प्रर्वद्धन परियोजनाको सल्लाहकारमा भने लिलामणी पौडेल, डा. स्वर्णीम वाग्ले, रबिन्द्र मिश्र, डा.गोविन्द पोख्रेल, दिनेश थपलीया रहेका छन् ।
dainiknepal

Continue Reading…

दश स्थानमा पेट्रोलियम पदार्थको उत्खनन कार्य जारी,दश वर्षभित्र सबै युवा जनशक्तिलाई रोजगारी

भक्तपुर, उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले अबको कार्यभार आर्थिक समृद्धि भएकाले सबै राजनीतिक दलले एक भएर अगाडि बढे आर्थिक रुपान्तरण सम्भव रहेको बताउनुभएको छ ।

10दश स्थानमा पेट्रोलियम पदार्थको उत्खनन कार्य जारी,दश वर्षभित्र सबै युवा जनशक्तिलाई रोजगारी
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले
देशको प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी सबै युवालाई रोजगारी दिइने बताउनुभयो ।

उहाँले आगामी दश वर्षभित्र सबै युवा जनशक्तिलाई रोजगारी दिएर युवा जनशक्ति बिदेसिन रोक्दै यहाँका युवाले बनाएका सामान विदेश निर्यात गरिने बताउनुभयो । दैलेखबाट सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खननसँगै नेपालको १० स्थानमा पेट्रोलियम पदार्थको उत्खनन जारी रहेको जानकारी उहाँले दिनुभयो । रासस
news24nepaltv

Continue Reading…

पूर्व राजपरिवारको रत्न मन्दिर पर्यटकका लागि खुला गरिने

पोखरा, ३२ जेठ । फेवाताल किनारमा रहेको पूर्वराजपरिवारको दरबार रत्न मन्दिर असारको दोस्रो सातादेखि पर्यटकका लागि खुला गरिने भएको छ ।garinea
नेपाल ट्रष्टको कार्यालयले गत वैशाख ८ गते रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेसँगै त्यहाँ पर्यटकलाई प्रवेश गराउन अत्यावश्यकीय पूर्वाधार निर्माणलाई तीव्रता दिएको थियो । नेपाल ट्रष्टको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायका अनुसार पर्यटकका लागि शौचालय, सिसि क्यामेरा जडान, टिकट घर जस्ता पूर्वाधार निर्माण प्रक्रिया अघि बढाएको छ ।
“आगामी असारको दोस्रो सातादेखि रत्न मन्दिर सर्वसाधारणले अवलोकन गर्न पाउने गरी व्यस्थापनको तयारी गरेका छौं,” उहाँले भन्नुभयो– “पूर्वाधार निर्माणका साथै प्रवेश टिकट छपाउने काम भइरहेको छ ।” ट्रष्टले रत्न मन्दिर अवलोकन गर्नका लागि विदेशी पर्यटकका लागि रु एक हजार, नेपाली नगरिकका लागि रु एक सय र ज्येष्ठ नागरिक एवम् विद्यार्थीका लागि रु ५० टिकट दर कायम गरेको छ ।
फेवातालको किनारमा प्यागोडा शैलीमा बनाइएको उक्त दरवारको भित्री संरचना ढुङ्गामा कँुदिएका आकर्षक कलाले सजाइएको छ । फेवातालसहित रानीवनको संरक्षण समेतको लक्ष्य राखी तत्कालीन राजा महेन्द्रले उक्त क्षेत्रका स्थानीयवासीसँग २०१३ सालमा जग्गा किनेर २०१६ सालमा रानी रत्नको नाममा यो दरबार निर्माण गरेका थिए । विगतमा पूर्वराजाहरुको पोखरा भ्रमणका क्रममा बस्ने गरिएको सो दरबार नेपाली कलाकृति झल्काउने संरचनाले युक्त रहेका कारण प्राचीन कलाकृतिको अवलोकनका लागि समेत बहुउपयोगी हुने विश्वास गरिएको छ ।
ऐतिहासिक सम्पदाका रुपमा रहेको सो दरबार पर्यटकका लागि खुला गरिनु महत्वपूर्ण कुरा भएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई बताउनुहुन्छ । पर्यावरणीय संरक्षणका साथै फेवातालको जलाधार क्षेत्र संरक्षण गर्नु अपरिहार्य भएको र रत्न मन्दिर नजिकैको हिमा गृहलाई विदेशी राष्ट्र प्रमुखहरूको नेपाल भ्रमणको समयका लागि आवास गृहका साथै राष्ट्रको उच्चस्तरीय बैठक कक्षका रुपमा विकास गर्न उपयुक्त हुने उहाँको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा पर्यटकको बसाइँ लम्ब्याउन मन्दिर खुला गरिनु जरुरी भएको बताउनुहुन्छ । सरकारले गणतन्त्र स्थापनालगत्तै पूर्वराजा र राजपरिवारको नाममा रहेका चलअचल सम्पत्तिलाई आफ्नो मातहतमा ल्याउने क्रममा रत्न मन्दिरलाई पनि नेपाल ट्रष्टअन्तर्गत समेटेको थियो । रासस
dainiknepal

Continue Reading…

परीक्षाफल प्रकाशित

३२ जेठ, काठमाडौं ।
त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ असोज तथा मङ्सिर/पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ चारवर्षीय स्नातक तह (बिबिएस) प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
parche

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादा विपरीत काम गर्ने परीक्षा क्रमाङ्क, ७०१५०४०८, ७०१९०२५९, ७०३९०२८०, ७२६२००४३, ७२७८०२७७, ७३९६००९५, ७७५४००७३ र ७०८४६०००९ का परीक्षार्थीलाई २०७३ सालसम्म दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको कार्यालयले जनाएको छ ।

Continue Reading…

मृगौला रोगका मुख्य पाँच कारणहरु

जेठ ३२ । विभिन्न कारणले मानिसको मृगौलामा रोग लाग्न सक्दछ । मुख्यगरि मृगौला रोग लाग्नका कारणहरु यस प्रकार रहेका छन् –
mirgola
१. मधुमेह

डायबिटिज क्रोनिक मृगौला रोग हुने सबैभन्दा मुख्य कारण हो । डायबिटिजले मृगौलाको कार्यलाई बिस्तारै कम गरिदिन्छ । सुगरको उच्च मात्राले मृगौलाको रक्तवाहिनी नलीलाई असर पु¥याउँछ र क्रोनिक मृगौला रोगको कारण बन्छ ।

२. हाइपरटेन्सन

क्रोनिक मृगौलाको समस्या हुने एउटा कारण उच्च रक्तचाप पनि हो, जसलाई हाइपरटेन्सन पनि भनिन्छ । उच्च रक्तचापले मृगौलाको कार्यलाई असर पार्छ । मृगौलाको समस्या अन्य कारणले देखिएपनि हाइपरटेन्सनले यसलाई अझ बढी खराब पार्छ ।

३. मृगौलाको साँघुरिएको धमनी

मृगौलाको धमनीले यसको कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । साथै यसले मृगौलामा रगत प्रवाहमा पनि सहयोग पुर्याउँछ, यदि यो धमनी अवरुद्ध भएमा रगत प्रवाह हुन सक्दैन र समस्या बढ्छ ।

४. जन्मजात समस्या
जन्मजात समस्याले मुत्रमार्गमा बाधा उत्पन्न गराउँछ, यसबाट कैयौं समस्या उत्पन्न हुनसक्छन्, जसले मृगौलालाई असर पार्छ । यद्यपि गर्भमै रहेका बेला यो समस्या फेला पारेमा शल्यचिकित्साद्वारा ठीक गर्न सकिन्छ ।

५. लागुऔषध तथा विषाक्त पदार्थ

लागुऔषध तथा लामोसमयसम्म औषधि सेवनले मृगौलालाई असर पुग्न सक्छ । आवश्यकभन्दा बढी स्टेराइडल एन्टी इन्फ्लेमेटरी ड्रग्सको प्रयोग र स्ट्रीट ड्रग्सको प्रयोगले किड्नीलाई बढी असर पुर्याउँछ । श्रोत-स्वास्थ्यखबर

Continue Reading…

मोबाइल सिरानी मुनी राखेर सुत्ने बानी छ ? जान्नुहोस् के हुन्छ सिरानी मुनी मोवाइल राखेर सुत्दा !

सुत्ने बेला आफ्नो मोवाइल सिरानीमुनी घुसार्ने वानी अधिकाम्शको हुन्छ । यो गलत हो । किनकी मोबाइलबाट निस्किएका कयौ हानिकारक विकिरणहरू खासगरी (900 MHz radiofrequency) मानव शरीरमा धेरै किसिमका रोगहरु उत्पन्न गराउन सक्छ। त्यस मध्य पनि मोबाइल फ़ोनबाट निस्कने माइक्रोवेव विकिरणलाई स्वास्थ्यमा धेरै प्रतिकूल प्रभाव पर्ने मानिएको छ। विभिन्न स्वस्थ्य अनुसन्धान हरुले दवागरे अनुरूप मोबाइल बाट निस्कने विकिरणले सम्भवतः उच्च रक्तचाप, टाउको दुखाइ, ब्रेन ट्यूमरस अलजाईमर्स र कैंसर सम्म पनि गराउन सक्दछ।mobile
फिनलैंडका वैज्ञानिक दारियूस लेसजेकजिन्सकी ले गरेको अनुसन्धानमा बताए अनुरूप मोबाइल फोन को विकिरणसंग संपर्कमा आउने मानव कोषहरुको स्वरुप बदलिनुका साथ(साथै अन्य क्रियात्मक परिवर्तन पनि भएको पाईएको छ। त्यसै गारी साईखेड़कर नामका भारतीय वैज्ञानिकले गरेको अनुसन्धानमा पाइए अनुरूप मोबाइल विकिरणको प्रयोगले परीक्षित प्राणीहरुको मस्तिस्कमा एंटीऑक्सीडेंट एंजाइम र नॉन एन्जिमेटिक एंटीऑक्सीडेंटको स्तरमा परिवर्तन पाईएको र लिपिड पेरोक्सीडेशन बढेको पाइएको छ। उक्त प्राणीहरूको ब्रेन को हिस्टोलोजीकल स्टडीले हिप्पोकैम्पस, सबहिप्पोकैम्पस र सेरिब्रल करतेष्का मस्तिष्ककोषहरू पनि विगठित भई मारेको पाइएको थियो।
news24nepaltv

Continue Reading…

शरीरको अनावश्यक बोसो घटाउने ६ वटा खाने कुराको बारेमा जान्नुहोस्

डिसीनेपाल डटकम – पेट लाग्ने गरी मटाउनु सायदकै कसैको रहर हुन्छ । तर पनि नचाहँदा नचाहँदै हाम्रो पेटमा बोसोको मात्रा बढिरहेको हुन्छ । विशेष गरेर युवतीहरुलाई बढेको पेटले धेरै सताउने गर्दछ । आफूलाई मन पर्ने पहिरनमा सजिन नपाउँदा स्लिम फिगरको अगाडि मोटी युवतीहरु लज्जा महसुश गर्दछन् ।
कतिपयले केमिकलयुक्त प्रोडक्टलाई पनि प्रयोग गरिरहेका हुन्छन् । तर स्लिम बन्ने चक्करमा त्यस्ता औषधीहरु स्वास्थ्यको लागि खतरनाक पनि सावित हुने गर्दछन् । आज हामी शरीरको अनावश्यक बोसो घटाउने प्राकृतिक घरेलु उपायको बारेमा जानकारी दिनेछौँ ।12

१. लसुन
लसुनलाई प्राकृतिक एन्टी बायोटिकको रुपमा लिइन्छ जसले शरीरमा सुगरको मात्रालाई नियन्त्रण गर्ने काम गर्छ । यसले शरीरमा बोसो जम्न नदिने हर्मोनलाई सक्रिय बनाउँछ । त्यसैले आफ्नो खानपिनमा लसुनको प्रयोग गर्नुहोस् ।

२. ग्रीन टी
पछिल्लो केही वर्षमा ग्रीन टी निकै लोकप्रिय बनेको छ । ग्रीन टीमा शरीरमा भएको अनावश्यक बोसोलाई कम गर्ने गुण रहेको हुन्छ ।

३.केरा
केरामा पोटाशियम पाईन्छ जसले वजन कम गर्न मद्दत गर्दछ । त्यसैले फलफूलमा केरालाई आफ्नो खानामा सामेल गर्नुहोस् ।

४.पुदिना
पुदिनाको केही पातलाई एक कप पानीमा उमालेर पिउने गर्नुहोस् जसले तपाईको शरीरको अनावश्यक बोसो घटाउने गर्दछ ।

५.दालचिनी
छोटो समयमा नै शरीरको बोसो कम गर्न दालचिनी रामवाण हुने गर्दछ । विहानको खाजा खानु अगाडि र बेलुका सुत्नु अगाडि दालचिनीको धुलो राखेको एक कप पानी पिउन गर्नुहोस् ।

६.स्याउ
सायद तपाईलाई थाहा नहुनसक्छ दैनिक एउटा स्याउ सेवन गर्नाले शरीरको बोसो घट्ने गर्दछ । स्याउमा पाईने पोटाशियमले निकै लामो समयसम्म भोक लाग्न दिँदैन जसले वजन कम गर्न सहयोगी हुन्छ ।

Continue Reading…

वास्तु शास्त्र भन्छ- घरमा यी ६ वस्तु राख्नुस् धनको अभाव हुँदैन

अधिकाँश परिवारमा कमाइ भएपनि घरमा धनको अभाव रहन्छ । घरमा पैसाको अभावले तनाव पैदा गर्छ । कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हात लाग्दैन ।
यस्तो वास्तु दोषका कारण हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु शास्त्रका अनुसार घरमा केही बस्तुलाई राख्दा धनको अभाव हुँदैन ।

घरमा राख्नुस् यी ६ कुरा धनको अभाव हुँदैनःmanincha

१- माटोको घडा
घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् ।
२- घरको दक्षिण- पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन ।
३- घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अभाव दुर हुन्छ ।

४- घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभाव हुन दिँदैन ।

५- घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अभाव हुन दिँदैन ।
६- वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अभाव हुन दिँदैन ।

Continue Reading…

जब आमाले ज्वाइँलाई बिहे गरेर घर भित्र्याइन्

जेठ ३२ | एजेन्सी
बिहारको मध्यपूरा जिल्लामा रहेको एक गाउँमा अनौठो घटना बाहिर आएको छ । एक महिलाले आफ्नो छोरीको पति (ज्वाइँ)सँग प्रेम गर्न पुगिन् । उनीहरुको प्रेमकथा यहाँ नै टुंगिएन, यसलाई अगाडि बढाउँदै विवाह समेत गरे । सासु र ज्वाइँ बनेर घरबाट निक्लेला दुवै पति–पत्नी बनेर घर फर्के । यो देखेर छोरी बेहोस नै बनिन् ।

आशा देवीले केही वर्षअघि आफ्नो छोरीको धुमधामसँग विवाह गराएकी थिइन् । तर, अहिले उनले आफै ज्वाइँसँग पूर्णियामा रहेको अदालतमा विवाह गरिन् ।aama

बिरामी स्याहार्दा बस्यो प्रेम

विवाहको केही दिनपछि आशा देवीका ज्वाइँ सुरज बिरामी भए । उनी बिरामी भएको खबरपछि उनलाई स्याहार सुसार गर्न उनी त्यहाँ पुगिन् । यही दौरन दुवैबीच प्रेम बस्यो ।

त्यसपछि दुवैबीच घण्टौ फोनमा कुराकानी हुन थाल्यो । सुरजका ससुरा दिल्लीमा काम गर्ने हुँदा उनी आशा देवीलाई भेट्न पनि बारम्बर गईराख्थे । अब उनले आफ्नो पत्नीलाई घरमा छाडेर ससुरालीमा बस्न पुगेका छन् ।

यसमा गाउँमा पंचायतमा राखिएको थियो । तर, पंचायतले प्रेम बसेको हो भने दुवैलाई सँगै बस्न अनुमति दिए । पंचायतको निर्णयबाट दुवै खुसी छन् ।ratopati

Continue Reading…

विवाहित महिलाले यी सात काम गर्नु हुँदैन

धार्मिक कुराहरुमा सबैलाई विश्वास लाग्दैन । तर कतिपय कुराहरु यस्ता हुन्छन्, परिवार सुखमा ठूलो मद्दत गर्छ । परिवारमा सुख तथा शान्ति कायम राख्नका लागि महाभारतमा द्रोपदीले भगवान कृष्णकी पत्नी सत्यसभालाई केही महत्वपूर्ण कुराहरु बताएकी थिइन् ।
कुनै पनि स्त्री आफ्नो श्रीमानलाई सधैं नै खुशी राख्न चाहन्छ । त्यसका लागि द्रौपदीले सत्यभामालाई केही महत्वपूर्ण कुरा बताएकी थिइन् ।

थाहा पाइराख्नुस्– विवाहित महिलाले कुन कुन काम गर्नु हुँदैन ?

bihit
१) श्रीमानलाई आफ्नो बशमा राख्ने काम कुनै पनि महिलाले गर्नु हुँदैन । कुनै पनि महिलाले श्रीमानलाई आफ्नो बशमा पार्न तन्त्रमन्त्र, औषधि आदिको उपयोग गर्न खोज्छ भने त्यसो नगर्नुुस् । यसो गरेको आफ्नो श्रीमानले थाहा पायो भने सम्बन्ध विग्रन सक्छ ।

२) जो समझदारी महिला छ, ऊ आफ्नो परिवारको सबै सम्बन्धको पूरा जानकारी राख्छ । किनकी एउटा मात्रै सम्बन्ध विर्सिएमा पारिवारिक सम्बन्ध बिग्रन सक्छ ।

३) सुखी वैवाहिक जीवनका लागि खराब चरित्र भएका महिलाहरुबाट टाढा रहनुपर्छ । खराब आचरण भएका महिलासँगको मित्रताले आफ्नो जीवनमा दुःख मात्र बढ्ने गर्छ ।

४) कुनै पनि विवाहित महिलाले कसैलाई अपमान हुने कुनै पनि कुरा भन्नु हुँदैन । द्रौपदीले आफूले पाण्डव परिवारको सबै सदस्यलाई सम्मान गर्ने गरेको महाभारतमा उल्लेख छ ।

५) कुनै पनि कामको लागि अल्छि मान्नु हुँदैन । जुनसुकै काम होस्, पूरा समय लगाएर काम गर्नुपर्छ । यसो गरेमा पतिपत्नीकोबीचमा प्रेम रहिरहन्छ ।

६) महिलाहरु बारंबार ढोकाको अगाडि बारम्बार उभिने गर्नु हुँदैन । यस्ता महिलाको छबि समाजमा खराब हुन्छ ।

७) महिलाले रिस पाल्नु हुँदैन । आफ्नो रिसलाई नियन्त्रणमा राख्नुपर्छ । रिसले गर्दा ठूला ठूला समस्याहरु उत्पन्न हुन जान्छ । त्यसकारण रिसलाई टाढा राख्नुस् । परका ब्यक्तिहरुको स्वार्थी कुराहरु पनि कहिलै गर्नु हुँदैन ।khabardabali

Continue Reading…

काठमाडौं मेडिकल कलेजको चार तलामाथिबाट हामफालेर आत्महत्या

काठमाडौँ, ३२ जेठ । काठमाडौं मेडिकल कजेलको चार तलामाथिबाट हाम फालेर एक पुरुषले आत्महत्या गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–७ चावहिल बस्ने ५२ बर्षीय गोपीकृष्ण बास्ताकोटीले चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
सोमबार विहान घरबाट मर्निङ्ग वाक जान्छु भनि निस्कीएकोमा उनी केमसी सिनामंगलको ४ तला माथी गई जुत्ता खोलेर माथीबाट जमिनमा हाम फाल्दा गम्भीर घाइते भएकोले सोही अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भेटियो गज्जबको सुसाइड नोटःdos

सुसाइड नोटको एक अंश ।
चार तलामाथिबाट हाम फालेर आत्महत्या गरेका बास्ताकोटीको खल्ती चेक गर्दा प्रहरीले दायाँ र बायाँ खल्तीबाट दुई टुक्रा सुसाइड नोट फेला पारेको छ ।
जसमा लेखिएको छ– ‘अस्पतालसँग क्षतिपूर्ति नमाग्नु । कसैलाई दोष नदिनु, लाश बुझ्नका लागी यो नम्बरमा फोन गरिदिनु ।’ उनले सुसाइट नोटमा आफ्नो भाई राजु बस्ताकोटीको नम्बर लेखेका थिए ।
फर्निचर व्यापारी बास्ताकोटीले आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
dainiknepal

Continue Reading…

चाइनिज पेस्तोल र गोलीसहित चार जना पक्राउ, १ राउण्ड हवाई फायर

डोल्पा, ३२ जेठ । डोल्पामा चाइनिज पेस्तोलसहित प्रहरीले चार जनालाई पक्राउ परेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार शहरतारा–३ बस्ने २२ बर्षीय दावा बुढा, दाङ लक्ष्मिपुर–६ बस्ने ३३ बर्षीय किशोर घर्ती मगर, रोल्पा जमकोट–४ बस्ने ३७ बर्षीय जय बहादुर घर्ति मगर र रोल्पा कुरेली–५ बस्ने ३५ बर्षीय अमर बहादुर रोकायलाई प्रहरीले चाईनिज पेस्तोल २ थान, सोको गोली १० थान ,म्याग्जिन २ थान, र बुद्धको मुर्ति १ थानसहित पक्राउ गरेको हो ।chinaa
यार्सागुम्बा संकलन सुरक्षार्थ थार्कापाटन क्षेत्रमा खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त हतियार, गोली तथा मुर्ती सहित पक्राउ गरेको हो ।
थार्का–१ थार्का गाउँ बनगुम्बा भन्ने स्थानबाट जेठ २८ गते बुद्धको मुर्ति चोरी भएको थियो । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड हवाई फायर समेत गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal

Continue Reading…

गुण्डा समूहको आक्रमणमा चार घाइते

असुरक्षित बन्दै जामुनगाछी
विराटनगरः पुरानो रिसिईवी मिलाउन भन्दै बोलाएर गुण्डा समूहले आक्रमण गर्दा विराटनगर ५ जामुनगाछीमा सोमबार साँझ चारजना घाइते भएका छन् ।

खुकुरी र छुरा प्रहार हुँदा विराटनगर ६ का २२ वर्षीय आकाश घिमिरे, विराटनगर ३ बरगाछीका २२ वर्षीय राम नेपाल, २२ वर्षीय लक्ष्मण नेपाल र २० वर्षीय शरद फूयाँल घाइते भएका हुन् ।8

उनीहरुको ढाँड लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । घाइते सबैको लाइफगार्ड अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते सबै खतरा मुक्त रहेको अस्पतालले जनाएको छ । खुकुरी हानाहान हुन थालेपछि आतंकित बनेका स्थानीय बासिन्दाबीच भागदौड मच्चिएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले विराटनगर ३ का १८ वर्षीय अमन गुरुङ र विराटनगर ५ का २८ वर्षीय केवल बोहोरा लगायत अपराधिक पृष्ठभूमी भएका ८÷१० जनाको समूहले खुकुरी र छुरा प्रहार गरेको बताए ।

गुरुङ र बोहोरालाई पक्राउ गरिए पनि घटनामा संलग्न रहेका अन्य युवा फरार छन् । फरारको खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ‘पुरानो रिसिईवी मिलाउन भन्दै बोलाएर आक्रमण गरिएको रहेछ,’ डिएसपी थापाले भने, ‘पुरानो रिसिईवीलाई लिएर थप विवाद भएको र त्यही विवाद उग्र बन्दै गएपछि एउटा समूहले धारिलो हतियार प्रयोग गरेर आक्रमण गरेको पाइयो ।’

प्रहरीका अनुसार रिसिईवीका कारण दुई युवा समूहबीच पटक पटक झडप हुँदै आएको थियो । डिएसपी थापाले भने, ‘पुरानो रिसिईवी र दुई समूहबीचको पटक पटकको झडप तथा मनमुटावको परिणामका रुपमा प्रहरीले यो घटनालाई लिएको छ ।’

उनका अनुसार उनीहरुबीचमा कस्तो खालको रिसिईवी थियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलमा तत्काल नै प्रहरी पुगेका कारण ठूलो क्षति भने हुन नपाएको उनले बताए ।

घाइते मध्येका राम नेपालले भने, ‘एउटै ठाउँमा बसोबास गरेर रिसिईवी राख्न नहुने भन्दै मिलेर अघि बढ्नु पर्छ भनेर बोलाइयो । त्यहाँ पुग्दा एक्कासि आक्रमण भयो ।’ उनका अनुसार सामान्य विषयमा केही पहिलेदेखि रिसिईवी थियो ।

घटनालाई कांग्रेसको तरुण दल र एमालेको युथ फोर्सबीचको झडप भनेर बाहिर ल्याइएको भन्दै आपत्ती जनाइएको छ । ‘युवाहरुको आन्तरिक विवादबाट भएको घटनालाई लिएर दलका मातृ संगठनको नाम जोडिनु आपत्तीजनक छ,’ युथ फोर्स मोरङका प्रमुख पर्वतराज निरौलाले भने, ‘घटनामा संलग्न कोही पनि राजनीतिक दलका भातृ संगठनमा आवद्ध छैनन् ।’
निरौलाले समाजमा हुने यस्ता अपराधिक घटना नियन्त्रण गर्न प्रहरी प्रशासनलाई सहयोग गर्ने काम भइरहेको बताए ।

स्थानीय बासिन्दाले विराटनगर ५ र ६ मा पर्ने जामुनगाछी सुरक्षाका दृष्टिले अतिनै संवेदनशील बन्दै गएको गुनासो गरेका छन् । आफ्नो बर्चश्व जमाउन खोज्ने गुण्डा समूहबीच बेलाबेलामा झगडा र लफडा हुँदा ठूलै समस्या आइपर्ने गरेको स्थानीयको भनाइ छ ।

‘दैनिक जसो हुने झगडा र लफडा नियन्त्रणमा प्रहरीले चासो नदिँदा र सुरक्षा प्रदान गर्न नसक्दा यहाँ प्राय घटनाहरु भइरहेका हुन्छन्,’ एक स्थानीयले भने । लागूऔषध प्रयोगकर्ता र गुण्डा समूहले झैझगडा गर्ने स्थलका रुपमा जामुनगाछीलाई प्रयोग गर्दा सुरक्षा संवेदनशीलता बढेको प्रहरीको ठम्याई छ ।

यस अघि पनि पटक पटक जामुनगाछीमा लागूऔषध प्रयोगकर्ता र गुण्डा समूहबीच दोहोरो झडप हुँदै आएको थियो । लागूऔषध तथा मदिरा सेवन गरेर गुण्डा समूहले आतंक सिर्जना गर्दा पनि प्रहरीले घटनामा संलग्नलाई कारवाहीका लागि चासो नदिएको गुनासो स्थानीयको छ ।

स्कुल, मठ मन्दिर लगायतका सार्वजनिक स्थलमा आक्रमण गर्ने र व्यक्तिका घरमा ढुँगामुढा गर्ने सम्मका गतिविधी हुने गरेका छन् । तर, प्रहरीले घटनामा संलगन कसैलाई पनि कारवाही भने अघि बढाएको छैन् ।

‘प्रहरीले राम्ररी सुरक्षा प्रदान गर्न सकेको भए यस्तो घटनानै हुने थिएन,’ एक स्थानीयले भने, ‘शान्ति सुरक्षा प्रदान गर्ने सवालमा प्रहरीले चासो दिइरहेको छैन ।’ डीएसपी थापाले जामुनगाछीमा हुने गरेको गुण्डा आतंक नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको बताए ।

उनले समाजलाई आतंकित पार्ने हिसावले हुने गरेका गुण्डा गर्दी नियन्त्रणमा प्रहरीले कुनै पनि कसूर बाँकी नराख्ने बताए ।
annapurnapost

Continue Reading…

काठमाडौंमा जसले आफन्तलाई फोन गरेर संसार छाडे

काठमाडौं, ३२ जेठ । आफू विकास बैंकमा सहायक महाप्रबन्धक, श्रीमती सोही बैंकको शाखा प्रबन्धक । काँडाघारीमा घर । एक छोरासहितको सुखी परिवार । राम्रो जागिर, घर र सन्तान, आम नेपालीको ठूलो सपना हो ।7 देव विकास बैंकका सहायक महाप्रबन्धक किरण घिमिरेसँग यी सबै कुरा थिए । तर, पनि उनको जीवन खुसी थिएन । केही समयदेखि डिप्रेसनमा थिए उनी ।
डिप्रेसनको औषधीसमेत सेवन गर्दै आएका थिए । सबै कुरा भएर पनि उनको जीवन खुसी थिएन । त्यसैले गत २६ जेठमा उनले आफन्त विनितामणी उपाध्ययलाई फोन गरेर भने, ‘म यो संसार छाड्दैछु, अलबिदा !’त्यसपछि उनको मोबाइल स्वीच अफ भयो । उपाध्यय हतार–हतार घरमा पुग्दा उनको कोठामा चुकुल लगाएको थियो । चुकुल फुटाएर हेर्दा उनी झुण्डिरहेका थिए । आफन्तलाई फोन गरी आफू आत्महत्या गर्न लागेको जानकारी दिएर घिमिरेले बुधबार बिहान आफ्नै घरमा आत्महत्या गरेका हुन् । दृष्टि साप्ताहिकमा खबर छ ।
dainiknepal

Continue Reading…

भारत सरकारद्धारा १० चीनियाँ नागरिकलाई भारत छाड्न आदेश

काठमाडौं । भारतको ओडिसा सरकारले १० चिनियाँ नगरिकलाइृय भारत छाड्न आदेश दिएको छ । अडानी समूहको एक कम्पनिमा कार्यरत चिनियाँ नागरिकहरुलाई भारत छाड्न आदेश दिइएको हो ।bhart
चिनियाँ नागरिकहरुलाई भारत छाड्न १७ जून अर्थात् साउन ३ गतेसम्मको समय दिइएको बीबीसीले जनाएको छ ।ओडिशाका गृह सचिव असित त्रिपाठीका अनुसार यो आदेश भारतको केन्द्र सरकारको निर्देशनअनुसार दिइएको हो किनकी चिनियाँ नागरिक कार्यरत स्थान ‘व्हीलर आइल्याण्ड’ अर्थात् एपीजे अब्दुल कलाम टापूको नजिकै छ, जसलाई भारतको संवेदनशील सुरक्षा प्रतिष्ठान मानिन्छ । भद्रकभन्दा १५ किलोमिटर टाढा रहेको यस टापुबाट आकाश, अग्नि, धनुष र पृथ्वी जस्ता मिसाइलको प्रक्षेपण गरिन्छ ।
भारत सरकारका अनुसार अडानी ग्रुपको धर्ना पोर्ट कम्पनिको विस्तारीकरण परियोजनामा १९ जना चिनियाँ नागरिकहरु काम गरिरहेका छन् । उनीहरु सबै व्यावसायीक भिसामा भारत आएका हुन् जबकी कामदारको भिसा हुनुपर्दथ्यो ।
गृहसचिव त्रिपाठीले पत्रकारहरुसँग भने चिनियाँ नागरिकहरुलाई भारत छाड्ने आदेश भद्रक प्रही अधीक्षक निहार रञ्जन दासमार्फत् पठाइएको छ ।
दासका अनुसार भारत छाड्न आदेश दिइएकामध्ये दुई चिनियाँ नागरिकहरु सम्पर्कविहीन छन् । उनीहरुको खोजी जारी रहे पनि कुनै सुराक नपाइएको प्रहरीको भनाइ छ ।
भारतीय अधिकारीका अनुसार जुन कम्पनीमा चिनियाँ कामदारहरुले काम गरिरहेका छन् सो कम्पनि थाइल्याण्डको हो । सो कम्पनि भारतमा अडानी ग्रुपका लागि काम गरिरहेको छ ।khabardabali

Continue Reading…

ओली सरकार काँग्रेसले हटाउँछु भनेर हट्ने र राख्छु भनेर रहने होइनः पौडेल

३२ जेठ, चितवन ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई सत्ताको भन्दा व्यवस्थाको चिन्ता रहेको बताएका छन् ।

उनले सरकारमा जानुभन्दा संविधानको कार्यान्वयनको सवाल काँग्रेसको पहिलो चिन्ताको विषय भएको बताए । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले लामो समयदेखि स्थिर सरकार हुन नसकेका कारण अब संविधान कार्यान्वयन गर्दै स्थिर सरकार निर्माण गर्नेतर्फ काँग्रेस लाग्ने बताए।

diyo
उनले संविधान कार्यान्वयन गर्न सरकारमा जानुपर्छ भन्ने छैन भन्दै भने “कानुन संसद्ले बनाउने हो, काँग्रेस संसद्मा छ, त्यहीँ बसेर कानुन निर्माण गर्दै संविधान कार्यान्वयनमा लाग्छौँ ।”

उनले केपी ओली नेतृत्वको सरकार रहन्छ रहँदैन भन्ने कुरा सरकारमा रहेका घटकको कुरा भएको बताउँदै भने, “काँग्रेसले हटाउँछु भनेर हट्ने र राख्छु भनेर रहने होइन, त्यो घटकमा जबसम्म तालमेल रहन्छ तबसम्म केपी ओली नेतृत्वको सरकार रहन्छ ।”

नेता पौडेलले काँग्रेस स्थानीय निर्वाचन गर्ने पक्षमा रहेको बताउँदै भने “संविधानमा उल्लेख गरिएको स्थानीय निर्वाचनका संरचना निर्माण गरेर स्थानीय निर्वाचन गराउनुपर्छ ।” उनले गाउँ विकास समितिको नभै गाउँपालिका र नगरपालिकाको निर्वाचन गर्नुपर्ने बताए ।
मधेसवादी दललाई सहमतिमा नल्याई स्थानीय निर्वाचन गर्न कठिन हुने बताउँदै नेता पौडेलले मधेसवादी दलसँग गम्भीररुपमा वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताए ।
नेता पौडेलले काँग्रेसका भ्रातृ सङ्गठनको निर्वाचन भदौ–असोजसम्ममा सम्पन्न हुनुपर्ने पनि बताए । उनले भने “अब भ्रातृ सङ्गठनको निर्वाचन स्थगित हुँदैन, तोकिएको मितिमा नै सम्पन्न हुन्छ ।” रासस
nepaliheadlines

Continue Reading…

महतो नेपाल आए लगत्तै वार्ता- अनिल झा

३२ जेठ, काठमाडौं ।

नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाले अहिलेको सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताका लागि पठाएको पत्र स्वागतयोग्य रहेको बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा आज रासससँग कुराकानी गर्दै झाले सो कुरा बताएका हुन् ।

6
झाले सरकारले पठाएको पत्र एकदमै सकारात्मक भएका कारण अब मोर्चाको बैठक बसेर कहिले वार्ता गर्ने त्यो टुङ्गो लाग्ने बताए ।
मोर्चा कै एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बाहिर भएका कारण मोर्चाको बैठक बस्न नसकेको बताउदै झाले महतो आउने बित्तिकै बैठक बसेर कहिले सरकारसँग वार्ता गर्ने टुङ्गो लगाउने बताए । राससnepaliheadlines

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog