कांग्रेसको बैठक बस्दै, सरकारलाई घेराउ गर्ने तयारी
काठमाडौं, १ असार । मुलुकको पछिल्लो अवस्था र संसद बैठकमा आफूहरूको प्रस्तुतिलगायतका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।
अहिले केही समयपछि बानेश्वरमा बस्ने बैठकमा संसद बैठकमा कांग्रेसको प्रस्तुतिका विषयमा छलफल हुने मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
‘आजदेखि सदन चल्दैछ’, उहाँले भन्नुभयो, ‘संसद नियमावली छैन । भूकम्प प्राधिकरणले काम गर्न सकेको छैन । महँगीले जनता पीडित भएका छन् यी विषयहरूमा छलफल हुनेछ ।’
कांग्रेसले सरकारले काम गर्न नसकेको भनेर सदनमा जोडदार रुपमा आवाज उठाउने यसअघि जनाइ सकेको छ ।
dainiknepal