Tuesday, June 14, 2016

दलित बालबालिकालाई तलवबाट शैक्षिक सामाग्री

काठमाडौं, १ असार । मधेसी युथ थिङ्क ट्याङ्कका अध्यक्ष डा विनय पञ्जियारले तराई–मधेसका अति पिछडिएका समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । डा. पञ्जियारले गत शुक्रबार धनुषा जिल्लाको कुवा रामपुर ग्राममा शैक्षिक सामग्रीहरु वितरण गरेका हुन् ।dati
अध्यक्ष डा पञ्जियार काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्जमा इन्टर्नसिप गरिरहेका छन् । उनले इन्टर्नसिपको आफ्नो पहिलो महिनाको तलबबाट दलित समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
कुवा रामपुर ग्रामका खत्वे समुदायका बालबालिकाहरुलाई कापी, कलम, शिशाकमल, इरेजर, कटर लगायत शैक्षिक सामग्रीहरु वितरण गरेका छन् ।
डा पञ्जियारले मधेसका पिछडिएका वर्गहरुलाई साथसाथै शिक्षालगायतका हरेक क्षेत्रमा पहुँच बढाउनका लागि आफूले यो अभियान चलाएको बताए । उनले पिछडिएका मधेसका दलित जनजातिहरुलाई आश्वासन होइन साथ चाहिएको बताए ।
कार्यक्रममा थिङ्क ट्याङ्कका प्रशान्त अर्जुन झा, मो रियाज साफी र दलित अधिकारकर्मी रामु महराको पनि सभागिता थियो ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog