Tuesday, June 14, 2016

नयाँ शक्ति घोषणापछि प्रचण्डको पहिलो प्रतिक्रिया : नयाँ शक्ति दोस्रो काँग्रेस

असार १

काठमाडौं–नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाललाई दोस्रो काँग्रेस भएको आरोप लगाएका छन् । डा.भट्टराईको नेतृत्वमा जेठ ३० मा औपचारिक रुपमा पार्टी घोषणापछि नयाँ शक्तिमाथि आएको प्रचण्डको यो पहिलो अभिव्यक्ति हो ।naya

रातोपाटीसँगको विशेष कुराकानीमा प्रचण्डले बाबुरामले असम्भव प्रयास गरेको पनि दावी गरे । ‘बामपन्थी कम्यूनिष्टहरुको काम गर्ने एउटा धार छ । उनीहरुको एउटा विचार छ । संघर्षको एउटा तरिका छ । वर्ग आधार छ । उहाँले तदाकथित लोकतान्त्रिक भनेर प्रयोग गर्न खोजेको लोकतान्त्रिक भनेको दक्षिणपन्थ भनेको हो उहाँले दक्षिणपन्थ र बामपन्थलाई एक ठाउँमा राख्ने भनेको असंभव हो ।’ प्रचण्डले भनेका छन्, ‘त्यसैले उहाँ असंभव प्रयास गरेर सफल हुनुहुन्न । उहाँले बाम चाहिँ कम्यूनिष्टहरुलाई भ्रममा राख्न प्रयोग गर्नुभएको हो, तर सार चाहिँ उहाँको कांग्रेस नै हो । हुन खोजेको उहाँ दोस्रो कांग्रेस हो ।’

रंगशालामा प्रधानमन्त्री एमाले अध्यक्ष ओलीले नयाँ शक्तिले एमालेबाहेक अरुलाई धक्का दिने भनि दिएको अभिव्यक्तिलाई प्रचण्डले ओलीको आंतकित मानसिकताका रुपमा ब्याख्या गरेका छन् । प्रचण्डले नयाँ शक्तिबाट माओवादीलाई नभई काँग्रेस एमालेलाई चुनौति हुने बताए ।

‘बाबुरामजीले जून वर्ग समूदायलाई लिएर समृद्धिको कुरा गर्नुभएको छ । त्यो भनेको कांग्रेस र एमालेको समानान्तर ढंगले पार्टी बनाउने प्रयास हो । तपाई वैचारिक भन्नुस् वा मान्छे पात्रहरु हेर्नुहुन्छ भने पनि के देख्नुहुन्छ भन्दा धक्का एमालेलाई नै सबैलाई बढी पुग्छ । उहाँले दिने धक्का कांग्रेसलाई हो, एमालेलाई हो । माओवादीलाई हुन्छ कि भनेर मानिसहरुलाई परेको छ, विलकुल गलत हो । ’ प्रचण्डले भने, ‘नयाँ शक्तिकले माओवादी विचार र आन्दोलनमा कुनै क्षति पुर्याउँदैन । क्षति पुर्याउँछ भने एमाले र कांग्रेसलाई । समानान्तर पार्टी उहाँले त्यो लाईनका लागि बनाउँदै हुनुहुन्छ । त्यही अनुसार चुनाव जित्ने आधार बनाउँदै हुनुहुन्छ । ओलीजीले रंगशालामा जे टिप्पणी गर्नुभयो । मलाई लाग्छ ओलीजी आतंकित भएर गरेको टिप्पणी हो त्यो ।’ratopati



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog