Tuesday, June 14, 2016

विवाहित महिलाले यी सात काम गर्नु हुँदैन

धार्मिक कुराहरुमा सबैलाई विश्वास लाग्दैन । तर कतिपय कुराहरु यस्ता हुन्छन्, परिवार सुखमा ठूलो मद्दत गर्छ । परिवारमा सुख तथा शान्ति कायम राख्नका लागि महाभारतमा द्रोपदीले भगवान कृष्णकी पत्नी सत्यसभालाई केही महत्वपूर्ण कुराहरु बताएकी थिइन् ।
कुनै पनि स्त्री आफ्नो श्रीमानलाई सधैं नै खुशी राख्न चाहन्छ । त्यसका लागि द्रौपदीले सत्यभामालाई केही महत्वपूर्ण कुरा बताएकी थिइन् ।

थाहा पाइराख्नुस्– विवाहित महिलाले कुन कुन काम गर्नु हुँदैन ?

bihit
१) श्रीमानलाई आफ्नो बशमा राख्ने काम कुनै पनि महिलाले गर्नु हुँदैन । कुनै पनि महिलाले श्रीमानलाई आफ्नो बशमा पार्न तन्त्रमन्त्र, औषधि आदिको उपयोग गर्न खोज्छ भने त्यसो नगर्नुुस् । यसो गरेको आफ्नो श्रीमानले थाहा पायो भने सम्बन्ध विग्रन सक्छ ।

२) जो समझदारी महिला छ, ऊ आफ्नो परिवारको सबै सम्बन्धको पूरा जानकारी राख्छ । किनकी एउटा मात्रै सम्बन्ध विर्सिएमा पारिवारिक सम्बन्ध बिग्रन सक्छ ।

३) सुखी वैवाहिक जीवनका लागि खराब चरित्र भएका महिलाहरुबाट टाढा रहनुपर्छ । खराब आचरण भएका महिलासँगको मित्रताले आफ्नो जीवनमा दुःख मात्र बढ्ने गर्छ ।

४) कुनै पनि विवाहित महिलाले कसैलाई अपमान हुने कुनै पनि कुरा भन्नु हुँदैन । द्रौपदीले आफूले पाण्डव परिवारको सबै सदस्यलाई सम्मान गर्ने गरेको महाभारतमा उल्लेख छ ।

५) कुनै पनि कामको लागि अल्छि मान्नु हुँदैन । जुनसुकै काम होस्, पूरा समय लगाएर काम गर्नुपर्छ । यसो गरेमा पतिपत्नीकोबीचमा प्रेम रहिरहन्छ ।

६) महिलाहरु बारंबार ढोकाको अगाडि बारम्बार उभिने गर्नु हुँदैन । यस्ता महिलाको छबि समाजमा खराब हुन्छ ।

७) महिलाले रिस पाल्नु हुँदैन । आफ्नो रिसलाई नियन्त्रणमा राख्नुपर्छ । रिसले गर्दा ठूला ठूला समस्याहरु उत्पन्न हुन जान्छ । त्यसकारण रिसलाई टाढा राख्नुस् । परका ब्यक्तिहरुको स्वार्थी कुराहरु पनि कहिलै गर्नु हुँदैन ।khabardabali



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog