Tuesday, June 14, 2016

चीनमा देखिएको यो चर्तिकला

असार १
काठमाडौं–एसियाली मुलुकका नीति र योजनाकारको उच्चस्तरीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङद्वारा पैस्तुत ‘वन बेल्ट वन रोड’ सम्बन्धी नीतिमा नेपालको तर्फबाट फर्जी मानिसले प्रतिनिधित्व गर्दै टिकाटिप्पणी समेत गरेका छन् ।

चीनजस्तो विश्वकै दोस्रो ठूलो आर्थिक साम्राज्यद्वारा आयोजित एसियाली मुलुकका नीति र योजनाकारको उच्चस्तरीय सम्मेलनमा नेपालबाट गलत हैसियत र पद राखेर गएका नक्कली व्यक्तित्वले प्रतिनिधित्व गर्नु मुलुककै लागि लज्जास्पद विषय बनेको छ ।

बेइजिङमा आयोजित सो ‘थंकट्यांक’ सम्मेलन नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन विशिष्ट अतिथि रहेको छैटौं दक्षिण र दक्षिण पूर्व एसियाली व्यापार मेलाको साइड लाइन सम्मेलन हो ।chin

यस्तो महत्वपूर्ण कार्यक्रममा गलत ढंगले प्रवेश गरी चिनियाँ राष्ट्रपतिको प्रस्तुतीमा निर्धक्क टिप्पणीसमेत गर्ने नेपाली पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका कान्छा छोरा नीरजनाथ पाण्डे र चितवनका कांग्रेस नेता चाउएनलाई श्रेष्ठ हुन् ।

नीरज नेपालमा रहँदा चिनियाँ भाषासमेत जानेकाले चिनियाँ पर्यटकका लागि पर्यटक पथप्रदर्शकका रुपमा काम गर्ने स्रोतले बताएको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।ratopati



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog