चाइनिज पेस्तोल र गोलीसहित चार जना पक्राउ, १ राउण्ड हवाई फायर
डोल्पा, ३२ जेठ । डोल्पामा चाइनिज पेस्तोलसहित प्रहरीले चार जनालाई पक्राउ परेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार शहरतारा–३ बस्ने २२ बर्षीय दावा बुढा, दाङ लक्ष्मिपुर–६ बस्ने ३३ बर्षीय किशोर घर्ती मगर, रोल्पा जमकोट–४ बस्ने ३७ बर्षीय जय बहादुर घर्ति मगर र रोल्पा कुरेली–५ बस्ने ३५ बर्षीय अमर बहादुर रोकायलाई प्रहरीले चाईनिज पेस्तोल २ थान, सोको गोली १० थान ,म्याग्जिन २ थान, र बुद्धको मुर्ति १ थानसहित पक्राउ गरेको हो ।
यार्सागुम्बा संकलन सुरक्षार्थ थार्कापाटन क्षेत्रमा खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त हतियार, गोली तथा मुर्ती सहित पक्राउ गरेको हो ।
थार्का–१ थार्का गाउँ बनगुम्बा भन्ने स्थानबाट जेठ २८ गते बुद्धको मुर्ति चोरी भएको थियो । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड हवाई फायर समेत गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal