Tuesday, June 14, 2016

मधेशले संविधान नमाने कसैले लागु गर्न सक्दैन – बार अध्यक्ष केसी

काठमाडौं, ३२ जेठ । कानुन व्यवसायीहरुको छाता संगठबन नेपाल बार एसोसिएनका अध्यक्ष शेर बहादुर केशीले संविधान कार्यान्वयनका लागू संघीय गठबन्धनले उठाएको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
बार अध्यक्ष केशी सहित कानून व्यायवासीहरुको टोली मंगलबार खुला मञ्च पुगेर गठबन्धनको अनसनप्रति ऐक्यबद्वता एवं समर्थन जनाएको छ ।sakdainan
‘यो संविधानलाई मधेशी जनजाति समुदायले अस्वीकार गरिसकेका छन्’– अनसनप्रति ऐक्यबद्धता जाहेर गर्दै बार अध्यक्ष केशीले भने,– ‘मधेश जनताले मानेनन् भने सरकारले यो संविधान लागू गर्न सक्दैन ।’
नयाँ संविधानको कार्यान्वयनको लागि सरकारले वार्ता र संवाद मार्फत् यथासीघ्र गठबन्धनले अघि सारेको माग सम्बोधन गर्न बार अध्यक्ष केशीले सरकारसँग माग गरे ।
‘गठबन्धनको माग सम्बोधन गर्न ढिलाई भयो, सरकारले सुनुवाई गर्न जति उपेक्षा गर्यो, संविधानको कार्यान्वयन त्यति नै चुनौतिपूर्ण बन्दै जानेछ’– बारका अध्यक्ष केशीले भने ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog