Tuesday, June 14, 2016

भारतले नेपालमा विकासको राजनीति होस् भन्ने चाँहेको छ: भारतीय राजदूत रे

भैरहवा, जेठ ३२ । भारतीय सरकारको आर्थिक सहयोगमा निर्मित प्रतिमान निमा मेमोरियल हेल्थ इन्सीच्युटको भवनको एक कार्यक्रमकाबीच मंगलबार उद्घाटन भएको छ ।
भारत सरकारबाट प्राप्त ३ करोड ७५ लाख ६२ हजार ८ सय ७१ रुपैयाको लागतमा निर्मित उक्त भवनको नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री दीपक बोहरा र नेपालका लागी भारतीय राजदुत रन्जीत रे ले संयुक्त रुपमा गरेका हुन् ।garea

२२ कोठा भएको २ तल्ले हल सहितको भवनमा ६ वटा कक्षा कोठा, ३ शिक्षक कोठा, ३ प्रशासन कोठा, ६ वटा प्रयोगशाला कोठा, १ लाइबेरी र ३ वटा अन्य कोठा रहेका छन् । ११ हजार ४ सय ७२ दशमलब ७५ वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त भवन राष्ट्रिय भवन संहिता अनुरुप भूकम्प प्रतिरोधात्मक शैलीमा तयार गरिएको भवनमा निर्माणमा संलग्न प्राविधिकले जनाएका छन् ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बोहराले दक्ष जनशक्ति उत्पादन गर्ने प्राविधीक शिक्षालयमा सरकारले जोड दिइरहेको बताउदैं प्रतिमान नीमा दक्ष जनशक्ति उत्पादन गर्ने व्यवसायीक प्रतिष्ठानको उद्घाटन गर्न पाउदा खुसी लागेको बताए । मन्त्री बोहराले विदेशमा जाने वा स्वदेशमा बस्ने सबै दक्ष भए मुलुक समृद्ध हुने विश्वास व्यक्त गरे ।

सोही अवसरमा नेपालका लागी भारतीय राजदूत रन्जीत रे ले भारतीय सरकार नेपालको आर्थिक समृद्धिको लागी सधै हातेमालो गर्न तयार भएको बताए । राजदुत रे ले भारतले नेपालमा विकासको राजनीतिको अपेक्षा गरेको पनि बताए ।
प्रतिमान नीमा मेमोरियल हेल्थ इन्सीच्युटका संरक्षक डा. आलोक बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसदह अब्दुल रज्जाक, इस्तियाक अहमद खा र रुपन्देहीका विभिन्न कार्यालय, संघसंस्था र राजनैतिक दलका प्रमुखको सहभागिता रहेको थियो ।
सो इन्सीच्युटमा हाल ल्याब टेक्नीसियन र एसीसटेन्टको अध्ययन अध्यापन भइरहेकोछ । अबको शैक्षिक सत्रदेखी फार्मेसी, फरेस्टी र रेडियोग्राफीको पनि पढाइ शुरु हुने इन्सीच्युटका प्रबन्ध निर्देशक धर्मबहादुर केसीले जनाए ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog