Friday, June 10, 2016

कोमल ओलिले गरीन उनको आगामी गितको भाका सार्बजनिक, अबको भाका पोइ चाहीयो भनेर गित गाउने लास्टै चोटी हो

कोमल वली नेपाली लोक गित क्षेत्र कि चर्चित गायिका हुन । उनको बाझो खेतमा,मलमल किरी ,चरि चुच्चे च,माया बस्यो जिरी बजारमा,बिहे भा छैन,पोइल जान पाम जस्ता गितहरु लाइ श्रोताले धेरै रुचाएको पाइन्छ ।अहीले सम्म अबिबाहीत रहेकी कोमलले बिशेश गरी गित मार्फत बिबाह तर्फ गरेको संकेतलाइ श्रोताले रुचाएका छन ।garin

आउदो तिजको अबसरमा पनि उनले बिबाह कै सन्दर्भमा नयाँ गित आफ्ना फ्यान हरुलाइ उपहार दिने तयारी गरी रहेको न्युज ट्वान्टीफोर टेलिभिजनको कार्यव्रmम ६ प्रस्न मार्फत बताएकी छिन । ६ प्रस्न कार्यव्रmममा अन्तरबार्ता दिदै गायिका ओलिले अब उनको आउन लागेको गितको भाका पोइ चाहीयो भनेर गित गाउने लास्टै चोटी हो.. रहेको बताइन । यो गित पहीलो पटक गायिका ओलिले पशुपति शर्मा संग मिलेर गाउने तयारी पनि गरी रहेकी छिन । आफ्ना पहीलेका गितहरु जत्तीनै दर्शक र श्रोताले यो गितलाइ पनि मन पराउनेमा ढुक्क रहेको पनि उनले बताइन ।news24nepaltv

Continue Reading…

२२ हजार ७८६ डलरसहित पाँच पक्राउ

चितवन, २९ जेठ । चितवन प्रहरीले २२ हजार ७८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ ।
चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार उनीहरुलाई काठमाडौँबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो ।bhana
पक्राउ पर्नेमा म्याग्दी बाबियाचौर–५ का २८ वर्षीय नवीन क्षेत्री, म्याग्दी अर्मन गाविस–५ का २८ वर्षीय शेरबहादुर रोका, म्याग्दीकै बीमाका २० वर्षीय बादल जुग्जाली, सोही जिल्लाको ओखरबोट गाविस–५ बस्ने २२ वर्षीय मनोज बूढा र सोही ठाउँका ३३ वर्षीय मनोज भण्डारीलाई पक्राउ गरिएको कुँवरले बताउनुभयो ।
उहाँका अनुसार डलर बोकेर हिँड्न स्वीकृति चाहिनेमा कुनै पनि कागजपत्र नभेटिएकाले पक्राउ गरिएको छ । जेठ २७ गते पक्राउ परेका उनीहरुलाई अहिले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । रासस
dainiknepal

Continue Reading…

अमेरिकाबाट नेपाल दमकल तथा एम्बुलेन्स पठाइने

वाशिंगटन डिसी । नेसनल डेवलपमेन्ट इन्सटिट्युट (आईडिआई) को पहलमा भर्जिनियामा फेयरफ्याक्स अग्नि नियन्त्रण तथा उद्धार समूहसंग गत जुन ९ तारिख नेपालमा आयोजना हुने एक्सप्लोर हिमालयज कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको मूख्य उदेश्य भनेको युद्धमा घाइते तथा अपांग भएका पन्ध्र वटा नायक योद्धा सैनिकहरुलाई नेपालको पैदल यात्रामा लैजानु रहेको छ । यस कार्यक्रमले अपांग बारेमा जनचेतना जगाउनुको साथै सामाजिक उत्तरदायित्व बारे केन्द्रित रहनु पनि रहेको आयोजकले बताएका छन् ।amerika
उक्त अन्तरक्रिया कार्यक्रममा एक्सप्लोर हिमालयजले अग्नि नियन्त्रकको बारेमा प्रकाश परेको थियो भने कसरी जोखिम घटाउने तथा उद्धार गर्न सकिन्छ भन्ने बारेमा जानकारी गरायो ।
अन्तर्राष्ट्रिय विकास संस्था (आईडिआई)का संस्थापक सुमन तिम्सिनाले कार्यक्रम बारे बिस्तृत जानकारी गराए भने कार्यक्रममा सोरवे फाउनडेसन,अप्रेसन नमस्ते तथा फोर सिजन ट्रावल्सले पनि यात्रा आदि इत्यादि बारेमा जानकारी दिएको थियो ।
उक्त कार्यक्रममा नेपालका लागि पूर्व अमेरिकन राजदूत स्कट एच डेलिसीले घाइते योद्धा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेपालको लागि हाल सम्म १० वटा दमकल तथा २ वटा एम्बुलेन्स संकलन गरि सकिएको जानकारी दिइएको छ ।
उक्त दमकल तथा बिरामी बाहक यान (एम्बुलेन्स) डिसेम्बर २०१६ सम्म नेपाललाई हस्तान्तरण गरिने भएको छ ।
उनले आफ्नो भनाई राख्दै विभिन्न संघ तथा संस्थाको सहयोगबाट सम्भव भएकोले काठमाडौँमा विश्व स्तरीय उच्च अग्नि नियन्त्रक तथा उद्धार केन्द्र बनाउने योजना रहेको बताए ।
सुमन तिम्सिनाले कार्यक्रम संचालन गरेका थिए भने उनले फेयर फ्याक्स अग्नि नियन्त्रण तथा उद्धार समुह संग काधमा काँध मिलाएर काम गर्न चाहेको बताए ।
कार्यक्रममा ३ वटा संक्षिप्त वृतचित्र प्रदर्शन गरिएको थियो भने उक्त कार्यक्रममा आईडिआई का परशु नेपाल ,संचारकर्मी राम चन्द्र खरेल ,राजिव लामिछाने ,देशराज संयोक लगायत २५ जना अग्नि नियन्त्रकको उपस्थिति रहेको थियो ।
आईडिआई ले जून महिना भित्र वाशिंगटन डिसी ,शिकागो, इन्डीयना ,ओहायो ,बोस्टन तथा न्युयोर्कमा सूचनात्मक कार्यक्रम तय गरेको छ ।
dainiknepal

Continue Reading…

दहेज हटाऊ बेटी बचाऊ’ भन्दै युवाहरु सडकमा ओर्लिए

काठमाडौं, २९ जेठ । ‘दहेज हटाऊ बेटी बचाऊ’ भन्दै युवाहरु सडकमा ओर्लिएका छन् ।
जेठ ७ गते दाइजोको निहुँमा लामो पारिवारिक प्रताडना पछि ‘हत्या गरिएकी’ भनिएकी वीरगन्जका सुवास शाहकी पत्नीको रहस्यमय मृत्युलाई लिएर प्रहरीले समेत अनुसन्धानमा आनकानी गरेपछि आक्रोशित बनेका युवा विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा खबरदारी जुलुस निकालेका हुन् ।bhandai

‘हत्यारालाई कारबाही गर, महिला न्याय सुनिश्चित गर, प्रहरीले अनुसन्धान गर, दाइजो प्रथा अन्त्य गर, पीडितलाई न्याय दे’ जस्ता विभिन्न प्ले कार्ड र ब्यानर मुनि करिब ३०० विद्यार्थीहरुले विरोध जुलुस निकालेको जुलुसका सहभागी समुद्र तिमिल्सिनाले जानकारी दिए ।
सामाजिक अभियन्ता सुवास यादवको नेतृत्वमा मधेसबाट काठमाडौं आई बसेका विभिन्न पेसा व्यवसाय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु जुलुसमा सहभागी थिए ।
dainiknepal

Continue Reading…

यी हुन् अर्चनाका सबैभन्दा ठूला फ्यान, अध्यक्ष पद जोगाउनै समस्या

काठमाडौं, २९ जेठ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्र क्षेत्रमा गर्न नहुने कार्य गरेर बिबादमा आएको आरोप लाग्न थालेको छ । राईले व्यक्तिगत स्वार्थलाई ध्यानमा राखेर काम गर्ने गरेको आरोप छ ।
दर्त नभएका फिल्म शूटिङ गर्न दिनुदेखि पटकथामा हस्तक्षेप गरेर अध्यक्ष राई बिबादमा आएको स्रोतले जनाएको छ । उनले ‘बिजुली मिसिन’ नामक फिल्मलाई शूटिङ भएको झन्डै एक महिनापछि दर्ता गराइ दिएका छन् ।
फिल्म निर्माण पक्षले मोटो रकम दिएपछि अध्यक्ष राईले फिल्म दर्ता गराईदिएको आरोप छ । ‘दर्ता नै नभइ छायाँकन भएको फिल्म बिजुली मिसिनलाई एक महिनापछि दर्ता गरिएको छ’, फिल्मका एकजना निर्देशकले भने, ‘कानुन विपरीतका कार्य गर्ने अधिकारी राजकुमार राईलाई कसले दियो ?’hun
कांग्रेसको सरकारका पालामा मीनेन्द्र रिजाललालाई चाकडी बजाएर विकास बोर्डको अध्यक्ष पद पड्काएका राईलाई निर्माता संघमा पनि बिबादित व्यक्तिका रुपमा लिने गरिएको छ ।
अध्यक्ष राईको गलत चर्तिकलाको निर्माता संघमा खुलेरै बिरोध भइरहेको छ । आफ्नो धेरै बिरोध हुन थालेपछि अध्यक्ष राईले केही आफू निकट निर्देशक, कलाकार र निर्मातालाई काखी च्यापेर हिँड्न थालेका छन् ।
यतिसम्मकी अध्यक्ष राई आजका पोर्नस्टार बन्दै हिँड्छु भन्ने अर्चना पनेरुको ठूलो फ्यान बन्न पुगेका छन् । अर्चन पनेरु सहभागी हुने कार्यक्रममा ठीक समयमा पुगेर पूरै समय बिताउने गरेको अध्यक्ष राईको चालामाला ठीक छैन भनेर टिकाटिप्पणी हुन थालेको छ । अध्यक्ष राईले अर्चनका नाङ्गा तस्बिरहरूको पनि प्रशंसा गर्न थालेका छन् ।
उनका यस्तै गलत क्रियाकपालका कारण केही कलाकारले विकास बोर्डबाट राजीनामा माग गर्न थालेका छन् । सानो स्वरमा बामपन्थी कलाकार, निर्देशक र निर्माताहरूले अध्यक्ष राईको राजीनामाको कुरा उठाउन थालेका हुन् ।
dainiknepal

Continue Reading…

नेपाली सेनाले धुन्चेमा भूकम्पपीडितका सामूहिक आवासको निर्माण गर्दै

धुन्चे (रसुवा) । भूकम्पपीडितका लागि नेपाली सेनाले निर्माण गर्न लागेको सामूहिक आवासको निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ ।

हाकु गाविसबाट विस्थापित भई धुन्चे सदरमुकामको इमरुङ क्षेत्र त्रिशूली नदी छेउमा बसोबास गर्दै आएका विस्थापित परिवारालई सहज बासस्थान दिलाउन लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नाराप्रणदल सहयोग गरेको हो ।

bhanda
रसुवा नागरिक समाजका अनुसार सेनाका जनशक्ति अहोरात्र सामूहिक भवन निर्माणमा खटिरहेको र आवासको साथै महिला र पुरुषक लागि छुट्टाछुट्टै शौचालय, स्नानगृहसमेत निर्माण गरेका छन् ।

भूकम्पपीडितका लागि नेपाली सेनाले निर्माण गर्दै गरेको सामूहिक आवासबाट यस क्षेत्रमा बस्ने विस्थापित परिवारले प्रशंसा व्यक्त गरेका छन् ।

आगामी असार १० गतेभित्र २० परिवारका लागि प्रिफेम मोडेलको सामूहिक आवास निर्माण सम्पन्न गरी सम्बन्धित निकायलाई बुझाइसक्ने जनाइएको छ । नवनिर्मित सामूहिक आवासका आसपासमा फूल बिरुवा रोप्ने व्यवस्था मिलाइ स्वच्छ वातावारणको नमुना देखाउने समेत सेनाले छ ।

यस्तै नेपाली सेना नारायणदल गणले स्याफ्रबेँसी इलाका क्षेत्रमा आठ परिवारका लागि सामूहिक आवास निर्माण गरिरहेको बताइएको छ ।news24nepaltv

Continue Reading…

राष्ट्रपति भण्डारी र पूर्वराष्ट्रपति डा. यादवबीच पारिवारिक नाता !

डा.रामवरण यादव र विद्या भण्डारी दुवैले आफ्नो नाममा कीर्तिमान राखेका छन् । यादव नेपालको पहिलो राष्ट्रपति हुन् भने भण्डारी पहिलो महिला राष्ट्रपति । कांग्रेसबाट राजनीति सुरु गरेका यादवले पार्टी पदाधिकारी भएर सक्रिय पार्टी राजनीति टुंगो लगाए भने भण्डारी पनि एमालेको उपाध्यक्ष भएर सक्रिय राजनीतिबाट अलग भएकी छन् । सैद्धान्तिक रूपमा अलग विचार बोक्ने भए पनि भण्डारी र यादवबीच पारिवारिक नाता जोडिँदै छ । यादवकी भतिजी किरण यादवका छोरा र राष्ट्रपति भण्डारीकी छोरीबीचको प्रेम सम्बन्ध विवाहमा परिणत हुने भएको छ ।nata

भण्डारी र यादवको कीर्तिमान
विद्या भण्डारीका लागि ११ कात्तिक २०७२ को दिन निकै भाग्यमानी रह्यो । त्यस दिन उनी संसद्बाट प्रथम महिला राष्ट्रपतिको रूपमा निर्वाचित भइन् । अर्थात् महत्त्वपूर्ण उपलब्धि थियो महिला आन्दोलनका लागि र नयाँ कीर्तिमान पनि । भण्डारीले १८ कात्तिकका दिन प्रधानन्यायाधीशमार्फत राष्ट्रपति पदको पद तथा गोपनियताको शपथग्रहण गरिन् । शीतलनिवासमा भव्य समारोहबीच आयोजित शपथग्रहणमा उपस्थित थिए राष्ट्रपति डा.रामवरण यादव । उनी सोही दिन साँझ ५ बजे ललितपुर निवासमा सरे ।
नेपालको इतिहासमा पहिलो राष्ट्रपतिको रेकर्ड बनाएका डा.यादव ८ साउन २०६५ मा निर्वाचित भएका थिए । राजनीतिक संक्रमणको जटिल परिस्थितिमा राष्ट्रपति भएका थिए उनी । संविधान जारी गर्नुपर्ने बाध्यात्मक अवस्थामा राष्ट्रपतिमा निर्वाचित उनले संविधान जारी गरेर राष्ट्रपति विद्या भण्डारीलाई कार्यान्वयनको जिम्मा हस्तान्तरण गरे । यो भेट दुवैका लागि महत्त्वपूर्ण दिन थियो ।

भण्डारीभन्दा यादव सिनियर
प्रथम राष्ट्रपति डा.यादव र वर्तमान राष्ट्रपति भण्डारीबीच पहिलो भेट कहिले भयो भन्ने कसैलाई याद छैन । संयोगले २०५० सालपछि राजनीतिमा आइन् भण्डारी । तर, पूर्वराष्ट्रपति डा.यादव २०३७ सालअगाडि नै राजनीतिमा आइसकेका थिए । उमेरले पनि यादव निकै पाका हुन् राष्ट्रपति भण्डारीभन्दा । यादव २००३ साल र भण्डारी २०१८ सालमा जन्मिएकी हुन् । त्यसैले राजनीति सक्रियता पनि निकै पछि भएको हो भण्डारीको । सोही कारण उनीहरूबीच चिनापर्ची पनि निकै ढिला भयो । र, त्यस्तो घनिष्ट सम्बन्ध पनि यी दुईमा रहेन ।
कांग्रेस राजनीतिमा रहेका यादव भारतमा एमबिबिएस अध्ययन गर्दा बिपी कोइरला, गणेशमान सिंहको प्रभावबाट राजनीतिमा प्रवेश गरेका हुन् । तर, भण्डारी भने पति मदन भण्डारीको निधनपछि एमाले राजनीतिमा सक्रिय भएकी हुन् । अर्थात् संयोगले नेता भएकी हुन् भन्न सकिन्छ भण्डारीलाई । राजनीतिक सक्रियतामा निर्णायक भूमिकामा नरहेका दुवैजना विरासतको राजनीतिबाट आएका हुन् भन्दा फरक पर्दैन । कोइराला परिवारको विरासतबाट आएका हुन् यादव । बिपी कोइरालाको निजी चिकित्सकको रूपमा समेत रहेका यादव २०३७ सालपछि सक्रिय राजनीतिमै आए । ३ जेठ २०५० मा मदन भण्डारीको निधन भयो । उनको निधनपछि रिक्त काठमाडौं–१ को उपनिर्वाचनमा विद्या उम्मेदवार बनिन् र निर्वाचित हुन सफल भइन् । सो निर्वाचनमा उनले कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन् । ०५१ सालको मध्यावधि निर्वाचनमा सोही निर्वाचन क्षेत्रमा जितेपछि भने विद्याको व्यक्तित्व उचाइमा जान थालेको हो ।

उपनिर्वाचनमा चुनाव जितेपछि भण्डारी एकाएक चर्चामा
भण्डारी बल्लतल्ल राजनीतिमा स्थापित हुन लाग्दा पूर्वराष्ट्रपति डा.यादव भने स्वास्थ्यराज्यमन्त्री भइसकेका थिए । उनी २०४८ देखि २०५० सम्म नेपाली कांग्रेसको सरकारमा स्वास्थ्य राज्यमन्त्री थिए । २०५६ को संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवारको रूपमा प्रतिनिधिसभाका लागि निर्वाचित भएका थिए ।
भण्डारी २०५० सालमा सांसदमा निर्वाचित हुँदा विद्या प्रभावशाली नेतृका रूपमा देखा परेकी थिइनन्, उनले पति मदन भण्डारीको निधनपछि सहानुभूति पाएको विश्लेषण गरिएको थियो । तर, २०५४ सालमा भण्डारी वातावरण तथा जनसंख्यामन्त्री भइन् । त्यसले उनको राजनीतिक यात्रामा गतिलै फड्को मार्‍यो । ट्ेरड युनियन, महिला संघबाट उनको राजनीतिक प्रभाव पार्टीतिर विस्तार भयो । अखिल नेपाल महिला संघको संस्थापक अध्यक्ष भण्डारी नै भइन् । २०६६ सालमा रक्षामन्त्री भएपछि उनले नेपाली राजनीतिमा नयाँ रेकर्ड कायम गरिन् महिला प्रथम रक्षामन्त्री भएर ।

पहिलो चिनापर्ची
हुन त दुईबीच पहिलो चिनाजानी कहाँ कहिले भयो भन्ने यकिन छैन । भण्डारीको निकट रहेर लामो समय काम गरेका एमाले नेताहरूका अनुसार २०५० सालपछि मात्रै उनको डा.यादवसँग भेट भएको हो । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार २०५० सालको उपनिर्वाचनमा निर्वाचित भएपछि डा.यादवसँग चिनजान भएको हो । ‘त्यतिवेला डा.यादव स्वास्थ्यराज्यमन्त्री भएकाले स्वास्थ्यसम्बन्धी माग लिएर डेलिगेसनमा जाँदा भेट भएको हो,’ स्वकीय सचिव अधिकारीले नयाँ पत्रिकासँग भने ।
एमाले महासचिव मदन भण्डारीको ३ जेठ २०५० सालमा दासढुंगामा निधन भएपछि नेपाली राजनीतिमा ठूलै हंगामा भयो । अझ एमालेले भण्डारीको हत्या भएको र त्यसमा कांग्रेसको हात रहेको आरोप लगाएको थियो । त्यतिवेला भण्डारीको श्रद्धाञ्जलीमा डा.यादव विद्या भण्डारीलाई भेट्न गए कि गएनन् भन्ने सम्झना राष्ट्रपति भण्डारीलाई छैन । एमाले नेताहरूका अनुसार त्यतिवेला भण्डारीले यादवलाई चिनेकी पनि थिइनन् । राज्यमन्त्री भइसकेकाले डा.यादवको छवि राष्ट्रियस्तरको बनेको वेला नामसम्म सुनेकी थिइन् भण्डारीले । ‘त्यतिवेला डा.यादव भेट्न आएकोबारे राष्ट्रपति भण्डारीलाई कुनै सम्झना
छैन,’ अधिकारीले त्यतिवेलाको सन्दर्भबारे सम्झिए ।

मन्त्री हुँदा केही भेटघाट
२०५६ सालपछि यादव पुन: स्वास्थ्यमन्त्री भए । त्यसभन्दा दुई वर्षअघि मन्त्री भएकी थिइन् विद्या । त्यसले गर्दा उनीहरूबीच स्टाटस भने समान बनेको थियो । यहीवेला हो यी दुईबीच अलिक बढी चिनापर्ची भएको । तर, एकअर्काबीच आत्मीय सम्बन्ध भने थिएन । राष्ट्रपति भण्डारी रक्षामन्त्री हँुदा सल्लाहकार रहेका सुवास देवकोटाको सम्झनामा पनि २०६३ सालभन्दा अघि डा.यादव र भण्डारीको आत्मीय सम्बन्ध हुने गरी चिनजान कहिल्यै भएन । हुन पनि त्यो वेला एमाले र कांग्रेसबीच राम्रो सम्बन्ध कहिल्यै बनेन । ‘पार्टीगत सम्बन्ध नै गतिलो र आत्मीय नभएको वेला भण्डारी र यादवको सम्बन्ध राम्रो हुने कुरा पनि थिएन,’ देवकोटाले नयाँ पत्रिकासँग भने । १८ असोज २०५८ पछि तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिन सुरु गरेपछि राजनीतिक दलहरू आन्दोलनमा निस्किए । त्यसवेला यादव कांग्रेसको सहमहामन्त्री भइसकेका थिए । पार्टीमा निर्णायक भूमिका निर्वाह गर्न नसके पनि तराई र कोइराला परिवारको विरासतसँग जोडिएर पार्टीमा प्रभाव पार्ने हैसियतमा भने थिए । जतिवेला भण्डारी एमालेका प्रभावशाली नेतृका रूपमा देखा परकी थिइनन् ।

आन्दोलनमा सँगसँगै
१८ असोज २०५९ मा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरे । र, संसद् विघटन भयो । त्यहीवेला राजाले स्वच्छ छविको नेतृत्वको आह्वान गर्दै प्रधानमन्त्रीको खोजी सुरु गरे । त्यसपछि कांग्रेस, एमालेलगायतका दल प्रतिगमनविरुद्ध आन्दोलनमा लागे । त्यतिवेला कांग्रेस, एमाले, नेमकिपा, सद्भावना, जनमोर्चालगायत सात दल सहभागी थिए । त्यसकारण दुवै नेता पार्टीको निर्देशनअनुसार आन्दोलनमा सहभागी थिए । तर, सात दलको नेतृत्वमा राजाको कदमविरुद्धको आन्दोलनको रणनीति बनाउने वा सामूहिक छलफल गर्न शीर्ष तहका नेतामा दुवै पर्दैनथे । यादव सहमहामन्त्री थिए भने विद्या केन्द्रीय सदस्य । तर, पनि आन्दोलनको रणनीति बनाउने क्रममा सभापति गिरिजाप्रसाद कोइराला हावी हुन्थे । पार्टीको छलफलमा भने डा.यादवको उपस्थिति हुन्थ्यो । त्यसैले पनि यी दुई नेताबीच भेटघाट र छलफल हुने सन्दर्भ मिल्दैनथ्यो । उनीहरूको भेटघाट भनेकै मन्त्री भएका वेला जिल्लाका काम लिएर सांसदको हैसियतमा मन्त्रालयमा डेलिगेसनमा जाँदा मात्रै थियो । भण्डारी र यादवनिकट नेताहरूका अनुसार दुवै नेतावीच खास उल्लेख्य सम्बन्ध र भेटमा भएको छलफल वा अन्य कुनै अविष्मरणीय घटना छैन ।

गुटले अवसर पाएका नेताहरू
पूर्वराष्ट्रपति डा.यादव २०४७ सालअघि भएका प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रूपमा लागिपरिरहे । आन्दोलनका क्रममा उनले नौ महिनासम्म जेलमा बिताए । तर, विद्या भण्डारीले जेल जीवनको अनुभव लिएकी छैनन् । २०४७ सालमा बहुदलीय प्रजातन्त्र घोषणापछि भएको प्रतिनिधिसभाको चुनावमा यादव धनुषा जिल्लाको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । त्यतिवेला गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईबीच तिक्ततापूर्ण सम्बन्ध थियो । यादव भने सधैँ कोइराला परिवारको पक्षमा उभिन्थे । २०४८ सालपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका वेला यादव स्वास्थ्यराज्यमन्त्री भएका हुन् । उनले २०५६ देखि २०५८ सालसम्म नेपालका स्वास्थ्यमन्त्रीको कार्यभार सम्हाले । यादवले कांग्रेसमा धेरै जिम्मेवारीपूर्ण पदहरू निर्वाह गरिसकेका छन् । उनी १५ वर्ष केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा साथै संसदीय बोर्ड सदस्य र पार्टीको अनुशासन समिति सदस्य थिए । यो अवसर डा. यादवले आफ्नो क्षमताको अलावा कोइराला परिवारको विश्वासपात्रको हैसियतले प्राप्त गरेका थिए ।
राष्ट्रपति भण्डारी पनि यस्तो अवसर पाउने कोटिमै पर्छिन् । राजनीति सुरु गर्दादेखि नै उनी पार्टीभित्र केपी ओली लाइनमा देखिएकी थिइन् । मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ विचार निर्माणमा सहयोगी रहेको भन्दै केपी ओली भण्डारीको उत्तराधिकारीको रूपमा आफूलाई व्याख्या गर्थे । त्यसैले पनि भण्डारीले ओलीनिकटमा रहेर काम गरेकी हुन् । निरन्तर ओली पक्षमा लागेकै कारण भण्डारीले २०५४ सालमा जनसंख्यामन्त्री हुँदै २०६७ मा रक्षामन्त्री बन्न सफल भइन् भने २०७२ सालमा राष्ट्रपतिमा निर्वाचित भइन् । त्यसबाहेक पार्टीभित्र निरन्तर महिला संघको अध्यक्ष भइरहिन् भने पार्टीको उपाध्यक्ष पनि बनिन् । उनी ओलीको उत्तराधिकारीका रूपमा पार्टी अध्यक्षको लाइनमा पनि थिइन् । तर, एमालेको भागमा राष्ट्रपति पद परेपछि भण्डारी राष्ट्रपति बन्न सफल भएकी हुन् । अर्थात् पूर्वराष्ट्रपति यादव र वर्तमान राष्ट्रपति भण्डारीबीच एउटा समानता भनेको गुटमा लागेर अवसर पाउनु हो ।

२०६६ मा पहिलो महत्त्वपूर्ण भेट
सेनापति प्रकरणका कारण २०६६ वैशाख २० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिए । प्रधानमन्त्रीले कारबाही गरेका प्रधानसेनापति रुक्मांगद कटवाललाई जोगाउन त्यतिवेला १८ दल लागेका थिए । ती दलले कटवाललाई जोगाइदिन आग्रह गर्दै २२ वैशाखमा राष्ट्रपति डा.यादवलाई भेट गरेका थिए । १८ दलको नेतृत्व भने एमाले नेतृ विद्या भण्डारीले गरेकी थिइन् । पूर्वराष्ट्रपति यादव र वर्तमान राष्ट्रपति भण्डारीबीचको पहिलो र महत्त्वपूर्ण भेट थियो त्यो ।

कटवाल प्रकरणपछि भण्डारी–यादव सम्बन्ध प्रगाढ
२०६६ सालमा प्रधानमन्त्रीमा माधव नेपाल निर्वाचित भएपछि विद्या रक्षामन्त्री भइन् । त्यतिवेला नेपालको राजनीति निकै चर्चामा थियो कटवाल प्रकरणले । तत्कालीन प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएपछि तात्तिएको राजनीतिक माहोलबाटै रक्षामन्त्री भन्ने अवसर आएको थियो विद्यालाई । त्यतिवेला राष्ट्रपति थिए यादव । प्रधानमन्त्री प्रचण्डले बर्खास्त गरेका प्रधानसेनापति कटवाललाई राष्ट्रपति डा.यादवले थमौती गरेपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिए । अनि एमाले नेता माधव नेपाल प्रधानमन्त्री र विद्या रक्षामन्त्री भए । त्यतिवेला निरन्तर राष्ट्रपति यादव र रक्षामन्त्री भण्डारीबीच भेटघाट हुन्थ्यो ।
हुन त लाइन एजेन्सीको हिसाबले रक्षामन्त्री र राष्ट्रपतिको सन्दर्भ मिल्दैनथ्यो । प्रधानमन्त्रीय प्रणालीमा रक्षामन्त्रीले प्रधानमन्त्रीमार्फत जानुपर्ने हुन्छ । तर, विभिन्न सन्दर्भमा राष्ट्रपति यादव र रक्षामन्त्री भण्डारीबीच भेटघाट भइरहने गरेको त्यतिवेला भण्डारीको सल्लाहकार रहेका सुवास देवकोटाको भनाइ छ । ‘रक्षामन्त्रीले राष्ट्रपतिलाई भेट्ने प्रावधान त होइन, तर पनि सामान्य हिसाबले भेटघाट गर्न सबैले सक्छन्, त्यसैअनुसार भेटघाट हुने गरेको थियो,’ देवकोटाले भने । सेनाको मामिलाका अलावा राजनीतिक सन्दर्भमा पनि भेटघाटमा छलफल हुन्थ्यो दुई नेताबीच । त्यसवेला सेनाको सन्दर्भमा चर्चामा रहेकाले पनि भेटघाट निकै बाक्लो थियो । धेरैचोटि यादव र भण्डारीबीच भेटघाट र छलफल भएको सन्दर्भ सम्झिन्छन् देवकोटा । तर, के विषयमा छलफल हुन्थ्यो भन्ने थाहा नभएको देवकोटा बताउँछन् । त्यतिवेला चाडबाडको सन्दर्भमा पूर्वराष्ट्रपति डा.यादवले भण्डारीलाई शीतलनिवासमै बोलाउने गर्थे ।

पछिल्लो भेट वैशाखमा
राष्ट्रपति भण्डारी र पूर्वराष्ट्रपति डा.यादवबीच पछिल्लो भेट गत वैशाखमा भएको हो । पूर्वराष्ट्रपति यादवसँग अनुभव साटासाट तथा राजनीतिक परिस्थितिबारे छलफल गर्न भण्डारीले भेटघाट गरेकी हुन् । राष्ट्रपतिमा निर्वाचित भएको सात महिनापछि पहिलोपटक पूर्वराष्ट्रपतिसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गरेकी हुन् । भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एकपटक भेटघाट भएको पूर्वराष्ट्रपति डा.यादवले बताए । ‘केही समयपहिला राष्ट्रपति भण्डारीसँग भेटघाट भएको थियो, त्यसबाहेक पछिल्लो समय भेट भएको छैन,’ डा.यादवले नयाँ पत्रिकासँग भने ।

पारिवारिक नाता जोडिँदै
प्रथम राष्ट्रपति डा.यादव र दोस्रो राष्ट्रपति भण्डारीबीच राजनीतिक मात्र होइन, अब पारिवारिक नाता पनि जोडिँदै छ । डा.यादव र भण्डारीबीच २०७३ सालमै पारिवारिक नाता जोडिन लागेको हो । राष्ट्रपति भण्डारीकी कान्छी छोरी र डा.यादवकी भतिजीको छोराबीच विवाह हुन लागेको हो । तर, बिहेको मिति भने पक्का भइसकेको छैन । पूर्वराष्ट्रपति यादवकी छोरी किरण यादवका छोरा इन्जिनियर अभिषेक यादव र भण्डारीकी कान्छी छोरी डा. निशाकुसुमबीच लामो समयदेखि प्रेम सम्बन्ध छ । किरण कांग्रेसकी सांसद हुन् । अभिषेक यादव अहिले लन्डनमा अध्ययनरत छन् । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार दुईबीच लामो समयदेखिको प्रेम सम्बन्ध गत वर्ष मात्रै परिवारले थाहा पाएको हो । त्यसैकारण सकेसम्म यसै वर्ष विवाह गर्ने सोचमा परिवार रहेको यादवनिकट परिवारले जानकारी दिएको हो । अभिषेक यादव र निशाकुसुमबीच विवाह भएमा डा.यादव राष्ट्रपति भण्डारीको नाताले सम्धी पर्छन् ।
– नयाँ पत्रिका दैनिकnews24nepaltv

Continue Reading…

अब नेपाल प्रहरी यस्तो बन्दैछ

काठमाडौं, २९ जेठ । नेपाल प्रहरीमा ६० बर्से उमेर हदसहित केन्द्रमा महानिर्देशक र प्रदेशमा महानिरीक्षक रहने गरी संघीय संरचनाअनुसार प्रहरी संगठनको पुनर्संरचनाको गृहकार्य सुरु भएको छ ।
केन्द्र र प्रदेशको प्रहरी संरचना, सञ्चालन, सुपरीवेक्षण र समन्वयबारे सरकार र संसद्को राज्य व्यववस्थाले गृहकार्य थालेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।aba
सरकारले पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा बनाएको कार्यदलले प्रहरीमा ६० बर्से उमेरको हदसहित प्रहरी पुनर्संरचनाबारे संसद्को राज्यव्यवस्था समितिमा प्रतिवेदन बुझाएको छ । हाल ५८ बर्से उमेर हदको व्यवस्था छ ।
कार्यदलले केन्द्रमा महानिर्देशक (हालको प्रहरी महानिरीक्षकको सट्टा) रहने र उसको कार्यकाल तीन वर्षको हुने प्रस्ताव गरेको छ ।
यस्तै प्रहरी नायबमहानिर्देशक, प्रहरी सहायक महानिर्देशक, वरिष्ठ उपरीक्षकसहित केन्द्रमा १२ तह हुने प्रस्ताव कार्यदलले गरेको छ ।
तत्काललाई नेपाल प्रहरीको महानिरीक्षकलाई नै महानिर्देशक पदमा रूपान्तरण गरी प्रहरीको केन्द्रीय संरचना बनाउन सकिने प्रस्ताव कार्यदलको छ ।
‘नेपाल प्रहरी प्रमुखका रूपमा प्रहरी महानिर्देशक पद प्रस्तावित गरिएकाले प्रथमपटकका लागि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक भए सोही पदबाट प्रहरी महानिर्देशक पदमा रूपान्तरण हुने, सो पद नभए प्रहरी अतिरिक्त महानिरीक्षक पदबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्ने क्षमता, नेतृत्व बहन गर्नसक्ने कुशल उम्मेदवारलाई सरकारबाट पदोन्नति गरी प्रहरी महानिर्देशक पदमा नियुक्त गरिने’ कार्यदलको प्रतिवेदनमा छ।
राना संयोजकत्वको कार्यदलमा एआईजीपी सुरेन्द्रबहादुर शाह, गृह मन्त्रालयका सहसचिवद्वय कृष्णबहादुर राउत र चक्रबहादुर बूढा तथा विज्ञका रूपमा सुधीरकुमार शाह सदस्य छन् ।
प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन रहने व्यवस्था संविधानले गरेकाले प्रदेशको शान्तिसुरक्षा, अपराध नियन्त्रण तथा रोकथाम, अपराध अनुसन्धान गर्न प्रहरी प्रदेश मुख्यालय गठन गर्ने र त्यसको प्रमुख महानिरीक्षक (विशिष्ट श्रेणी) हुने प्रस्ताव कार्यदलको छ ।
प्रदेश महानिरीक्षकमा पहिलोपटक नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजीपी) बनाउन कार्यदलको सुझाव छ। प्रदेशमा पनि १२ तहको प्रहरी संरचनाको प्रस्ताव छ ।
नेपाल प्रहरीको रूपान्तरणका लागि केन्द्रमा बस्ने वा प्रदेशमा जाने भन्ने कुरा पहिलोपटक रोज्न दिने र त्यसरी रोज्दा ज्येष्ठता, नागरिकतामा रहेको घर, ठेगाना, कुनै प्रदेशको भाषा, संस्कृति र रहनसहनलाई आधार बनाउनुपर्ने समितिको प्रस्ताव छ ।
संविधानले नगर प्रहरीको पनि व्यवस्था गरेकाले स्थानीय कार्यपालिकाले त्यस्तो प्रहरी संगठन बनाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि संसद्को राज्य व्यवस्था समितिले यस विषयमा छलफल गरी निष्कर्षमा पुग्ने तयारी गरेको छ । ‘सरकारको प्रतिवेदन अध्ययन गरी समिति निष्कर्षमा पुग्छ’, राज्य व्यवस्था समितिका सदस्य रहेका कांग्रेस नेता आनन्द ढुंगानाले भने, ‘नेपाल प्रहरीको पुनर्संरचना गर्नु पनि महत्वपूर्ण काम हो । समितिले अब यस विषयमा गहन छलफल गर्छ ।’
मुलुकभरको शान्तिसुरक्षा र अपराध व्यवस्थापन स्थितिको प्रतिवेदन लिई विश्लेषण गर्ने, त्यसअनुसार काम गर्न प्रहरी मुख्यालयलाई निर्देशन दिने, मुलुकभरको सुरक्षा नीति बनाउने र त्यसका लागि रायसुझाव प्रदेश प्रहरीबाट लिने काम नेपाल प्रहरीले गर्ने कार्यदलको सुझाव छ ।
यस्तै प्रदेश प्रहरीले आफ्नो प्रदेशभित्रका आपराधिक घटनाहरू तथा शान्तिसुरक्षाको स्थिति प्रतिवेदन केन्द्रमा पठाउने, केन्द्रीय प्रहरीको निर्देशन कार्यान्वयन गरी जानकारी गराउने, अन्तरप्रदेश सुरक्षा समन्वयका लागि आवश्यक सहयोग गर्नेलगायत काम गर्ने कार्यक्षेत्र पनि कार्यदलले तोकिदिएको छ ।
dainiknepal

Continue Reading…

सूचना-प्रविधिमा भारतीय एकाधिकारको अन्त्य, चीनको इन्टरनेट ३० प्रतिशत सस्तो

काठमाडौं, २९ जेठ । दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ ।
गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो । ‘रसुवागढी नाकाबाट हामी चीनसँग अप्टिकल फाइबरमा जोडियौं,’ नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘त्यसको सफल परीक्षण पनि भइसक्यो, अब चाँडै व्यावसायिक प्रयोग सुरु हुन्छ ।’ayo
रसुवागढी नाका हुँदै फाइबरमार्फत नेपाल टेलिकम र सरकारी स्वामित्वको चिनियाँ कम्पनी ‘चाइना टेलिकम्युनिकेसन कर्पोरेसन’ एकआपसमा जोडिएका हुन् । दुवै मुलुकका प्राविधिक टोलीले गत साता फाइबर परीक्षण गरिसकेको छ । परीक्षण क्रममा रसुवागढी नाकाबाट काठमाडौं र बेइजिङ दुवैतर्फ ब्यान्डविथ आदानप्रदान गर्दा सफल भएको थियो ।
पहिरोको जोखिमका कारण रसुवागढीमा जडान गरिएका उपकरण रसुवाको टिम्मुरेमा सार्नुपर्ने भएकाले यसको व्यावसायिक प्रयोगका लागि भने केही समय लाग्ने अधिकारीले बताए । ‘रसुवागढीका अरू सरकारी कार्यालय पनि टिम्मुरेमा सारिएका छन्, त्यहाँ पहिरोको जोखिम छ,’ उनले भने, ‘हामीले पनि पहिरोको जोखिम हेरेर टिम्मुरेमा उपकरण सार्नुपर्ने भयो ।’
3सरकारले यसअघि दक्षिण एसियाली सूचना मार्ग (सासेक) अन्तर्गत तातोपानी नाका हुँदै चीनसँग अप्टिकल फाइबर जोड्ने योजना अघि बढाएको थियो । त्यसका लागि तातोपानी नाका नजिकै अप्टिकल फाइबर पुगिसकेको भए पनि चीनसँग जोडिएको थिएन । ‘गत वर्षको भूकम्पपछि दुवैतर्फ पहिरोले अप्टिकल फाइबर विस्तारलाई अवरोध गर्‍यो,’ अधिकारीले भने, ‘त्यसले गर्दा तातोपानीको योजना यता सारिएको हो ।’ चीनसँग अप्टिकल फाइबर जोड्न टेलिकमले धादिङको गल्छीबाट त्रिशूली हुँदै रसुवागढीसम्मै करिब ९० किलोमिटर फाइबर बिछ्याएको हो ।
फाइबर सन्जालमा जोडिएपछि नेपालले अब चिनियाँ कम्पनीसँग ब्यान्डविथ खरिद गर्न सक्नेछ । यसअघि भारतीय र अन्य मुलुकका कम्पनीसँग खरिद गरिँदै आएको थियो । हाल नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायसँग जोडिएको छ । नेपाल टेलिकम २०५४ सालमा पहिलोपटक भारतसँग अप्टिकल फाइबरमार्फत जोडिएको थियो ।
नेपाली दूरसञ्चार सेवा भारतीय सन्जाल हँुदै सिंगापुर र हङकङमा रहेका हबमा जोडिने गरेकामा अब चिनियाँ बाटोबाट पनि यी हबमा जोडिन सक्नेछन् । त्यसका लागि नेपाली सेवाप्रदायकले रसुवागढी–केरुङ–तिब्बत हुँदै हङकङ पुग्ने अप्टिकल फाइबर प्रयोग गर्नुपर्छ ।
चीनसँग अप्टिकल फाइबरमार्फत जोडिँदा नेपालले सस्तोमा ब्यान्डविथ पाउनुका साथै भारतसँगको परनिर्भरता कम हुने सूचना प्रविधि विज्ञहरूले बताए । ‘भारतसम्म आइपुग्ने फाइबर नेटवर्क समुद्री मार्ग हुँदै आएका छन्, समुद्रमा फाइबर बिछ्याउन बढी खर्च लाग्छ,’ सूचना प्रविधि विज्ञ मनोहर भट्टराईले भने, ‘चीनको अप्टिकल फाइबर भने जमिनमार्गबाट आएकाले ब्यान्डविथ सस्तो पर्न सक्छ ।’ ब्यान्डविथ सस्तो परे इन्टरनेटको गति बढाउन सहज हुने उनले बताए । सासेकका लागि भएका विभिन्न अध्ययनले अप्टिकल फाइबरका माध्यमबाट नेपाल विश्व सन्जालमा जोडिँदा टेलिफोन र इन्टरनेटको शुल्क कम्तीमा ३० प्रतिशत घट्ने देखाएका छन् ।
कान्तिपुर दैनिकमा समाचार छ ।
dainiknepal

Continue Reading…

नेपाल विदेशीको इसारामा कहिल्यै चल्दैन : प्रधानमन्त्री ओली

२८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अरु कसैले अराउ खटाउ गर्ने देश नभएको बताउनुभएको छ ।
आज नेकपा (एमाले) दमकको १०औँ नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको बताउँदै विदेशीको इसारामा कहिल्यै नचल्ने उल्लेख गर्नु भयो ।
यो गर नगर भनेर बाह्य हस्तक्षेप गर्न छिमेकीले मिल्दैन भन्नुहुँदै उहाँले नेपाल आफैँ सार्वभौम रुपमा सम्पन्न भएकाले त्यस्तो अर्ती उपदेश अस्वीकार्य भएको बताउनुभयो ।bhaaa
आफू प्रधानमन्त्रीमा निर्वाचित हुँदा नाकाबन्दी र मधेसवादी दलले घेरेर मुलुकलाई सङ्कटमा पुर्याउने काम गरेको भए पनि राष्ट्रिय स्वाधीनता रक्षा गर्न आफू एक्लै भएर सक्दो सामना गरेको उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, “नेपालले छिमेकी मुलुकसँगै अन्तर्राष्ट्रिय जगतसँग सधैँ बलियो सम्बन्ध राख्छ ।”
एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकार संविधान कार्यान्वयन गरेर स्थानीय निकायसहितका जनप्रतिनिधि कायम गर्न प्रतिबद्ध भएर लागेको छ भन्नुभयो ।
अधिवेशन उद्घाटन कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमाले आसन्न निर्वाचन पछि सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने धारणा राख्नु भयो ।
अधिवेशनले दमक नगर कमिटीको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । रासस
dainiknepal

Continue Reading…

नयाँ शक्तिको पार्टी घोषणा : डिजिटल मञ्च, चार ठाउँबाट जुलुस

जेठ २९
काठमाडौं – नयाँ शक्ति नेपालले जेठ ३० गते गर्ने पार्टी घोषणा सभा पनि नयाँ तरिकाको हुने नयाँ पत्रिका दैनिकमा खबर छ । यस्ता छन् पार्टी घोषणा कार्यक्रमको तयारी:
स्वेच्छिक अपिल : घोषणासभामा सहभागी हुन आउन नयाँ शक्ति नेपालले सदस्यलाई अपिल गरेको छ ।

चारठाउँबाट जुलुस : पार्टी घोषणको दिन राजधानीका चार ठाउँबाट जुलुस गरिनेछ ।julus

ट्राफिक व्यवस्थापन आफै : काठमाडौंका ठाउँबाट निस्कने र्यालीको व्यवस्थापन नयाँ शक्तिका आफ्नै स्वयंसेवकले गर्ने भएका छन् ।

डिजिटल मञ्च : मञ्च डिजिटल प्रविधियुक्त हुने भएको छ । मञ्चमा नयाँ शक्तिका संयोजक र आमन्त्रित अतिथि मात्रै बस्ने व्यवस्था मिलाइनेछ । बाहिर निर्माण गरिएको मञ्च शनिबार साँझ रंगशालमा लगेर फिट गरिनेछ ।

खर्च : मञ्च व्यवस्थापन – २१–२७ लाख, प्रचारप्रसार– १० लाख, दस्तावेज छाप्न – ३ लाख, बन्दसत्रमा खान – ८ लाख, बेलुकीको खान–बस्न – ७ देखि १० लाख

प्रतिनिधिको खानपिन : प्रज्ञा भवनमा ३१ र ३२ जेठमा हुने बन्दसत्रमा बिहान चिया नास्ता र दिउँसो बिरयानीसहितको प्याकेट लञ्च ।

बसोबास : स्वेच्छिक खर्च, बस्न गोंगबु नयाँ बसर्पा क्षेत्रमा व्यवस्थापन मिलाइएको छ ।ratopati

Continue Reading…

एमालेमा ओलीका ४ सम्भावित उत्तराधिकारी

नवौं महाधिवेशन सकिएको दुई वर्ष नबित्दै एमालेमा अध्इक्ष केपी ओलीको उत्तराधिकारीको चर्चा हुन थालेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ओलीले गत वैशाख ३ गते बसेको केन्द्रीय समितिको बैठकमा १० औं महाधिवेशनमा अध्यक्षको दाबी नगर्ने घोषणा गरेका थिए । मदन भण्डारी फाउन्डेनसले गरेको भेलामा संस्थापन पक्षले ओलीको उत्तराधिकारीको बहस नै चलाएको थियो ।amale

भण्डारी बाहिरिन्
नवौं महाधिवेशनपछि ओलीको उत्तराधिकारीको रुपमा सबैभन्दा बलियो दाबेदारी मानिएकी उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति बनेसँगै यो रेसबाट बाहिरिएकी छिन् । जसबाट अन्य नेतालाई उत्तराधिकारी बन्ने बाटो खोलिदिएको छ ।

यस्ता छन् सम्भावित उत्तराधिकारीहरु

१. ईश्वर पोखरेल महासचिव
विशेषताः दुई पटक महासचिव, सांगठनीक रुपमा कुशल र चतुर नेता

२. सुवास नेम्वाङ, दलका उपनेता

विशेषताः पार्टीमा संयोजनकारी, मृदुभाषी र कूटनीतिक नेता

३. शंकर पोखरेल, स्थायी समिति सदस्य

विशेषताः वैचारिक नेता । ओलीलाई साथ दिएका विश्वाशिला नेता

४. प्रदीप ज्ञवाली
विशेषताः पार्टीमा लोकप्रिय र ओलीका विश्वासिला नेता

५. सबैको साझा बन्ने रणनीतिमा रावल

यता पार्टी उपाध्यक्ष भीम रावल भने ओली र वरिष्ठ नेता माधवकुमार नेपालको साझा उत्तराधिकारीको रुपमा अघि बढ्न प्रयासरत छन् ।news24nepaltv

Continue Reading…

बाबुरामले कहाँबाट ल्याउँदै छन् दुई करोड ?

काठमाडौं, २९ जेठ । नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने भएको छ ।
नयाँ शक्तिले घोषणासभामा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार गर्नका लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।layo
निर्वाचन आयोगमा पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढाएको नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले एमाओबादीबाट अलग भएर आठ महिनापछि पार्टी घोषणा गर्न लागेका हुन् ।
पार्टी स्थापना सभालाई व्यवस्थित गर्नका लागि देवेन्द्र पौडेलको संयोजकत्वमा सभा व्यवस्थापना समिति र १४ वटा उपसमितिमार्फत गठन गरेर तयारी अन्तिम चरणमा पुगाएको छ ।
पार्टी घोषणा सभामा सहभागी हुनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि विभिन्न २६ देशका प्रतिनिधिहरुलाई निमन्त्रणा पठाएको छ ।
एक संस्थापक ससदस्यहरुबाट १ सय ५ रुपैयाँको दरले १ करोड ५ लाख, अन्तरिम केन्द्रीय परिषदमा रहेका ४ सय ४९ बाट २२ लाख ४५ हजार, सचिवालय सदस्यमा रहेका ५१ जनाबाट ५ लाख १० हजार पार्टीभित्रबाटै संकलन हुने नयाँ शक्ति नेपालका सचिवालय सदस्य गंगा श्रेष्ठले बताए ।
उनले १५ सय प्रतिनिधिबाट प्रवेश शुल्क १ हजार र सहयोग रसिदबाट पनि आर्थिक संकलन गर्ने तयारी गरेको बताए ।
dainiknepal

Continue Reading…

सासू–ससुरालाई आमाबाबु बनाई नागरिकता! किर्ते गर्ने गाविससचिव पक्राउ

सासू–ससुरालाई आमाबाबु बनाएर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने गाविससचिवलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले किर्ते गरी नागरिकता बनाइदिएको आरोपमा तत्कालीन डायनिया गाविसकी सचिव किरणदेवी देबलाई पक्राउ गरेको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ।nagrita

तत्कालीन मोरङ डायनिया गाविसकी सचिव देवलाई किर्ते गरी भारतीयलाई नागरिकता दिलाएको आरोपमा रंगेली प्रहरीले पक्राउ गरेको हो। गाविससचिव देवले डायनिया गाििवसमा रहँदा १९ बैशाख २०७० मा भारत बिहार राज्यको अररिया जिल्ला सुसहरा ग्रामपञ्चायत बस्ने हैरानु पासवानलाई किर्ते नागरिकता दिलाएकी थिइन्।

डायनिया-५ मा बसोबास गर्दै आएका सासू ससुरा सुखानी पासवान र सोनाई पासवानलाई उनले हैरानुका आमाबाबु भनी सिफारिस गरेकी थिइन्। भारतीय ज्वाइँ हैरानुको बाबु बनेर ससुरा सोनाइँले सनाखत गरेका थिए। हैरानुलाई नेपाली नागरिक बनाउन सातजना स्थानीयले सर्जमिन कागजातमा सहीछाप गरेका थिए।news24nepaltv

Continue Reading…

नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने

नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने भएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

नयाँ शक्तिले घोषणासभामा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार गर्नका लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको हो।निर्वाचन आयोगमा पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढाएको नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले एमाओबादीबाट अलग भएर आठ महिनापछि पार्टी घोषणा गर्न लागेका हुन्।

naya

पार्टी स्थापना सभालाई व्यवस्थित गर्नका लागि देवेन्द्र पौडेलको संयोजकत्वमा सभा व्यवस्थापना समिति र १४ वटा उपसमितिमार्फत गठन गरेर तयारी अन्तिम चरणमा पुर्याएको छ।पार्टी घोषणा सभामा सहभागी हुनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि विभिन्न २६ देशका प्रतिनिधिहरुलाई निमन्त्रणा पठाएको छ।

एक संस्थापक ससदस्यहरुबाट १ सय ५ रुपैयाँको दरले १ करोड ५ लाख, अन्तरिम केन्द्रीय परिषदमा रहेका ४ सय ४९ बाट २२ लाख ४५ हजार, सचिवालय सदस्यमा रहेका ५१ जनाबाट ५ लाख १० हजार पार्टीभित्रबाटै संकलन हुने नयाँ शक्ति नेपालका सचिवालय सदस्य गंगा श्रेष्ठले बताए। उनले १५ सय प्रतिनिधिबाट प्रवेश शुल्क १ हजार र सहयोग रसिदबाट पनि आर्थिक संकलन गर्ने तयारी गरेको बताए।news24nepaltv

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ २९ गते शनिबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाह र परामर्श प्राप्त हुनाले रोकिएको काम बन्ने समय छ । मन बढ्ने योग छ र सामाजिक मर्यादामा प्रतिष्ठा प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

महत्वपूर्ण कार्य सम्पन्न हुने समय छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

प्रतिकूल समय चल्दैछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्राबाट फाइदा छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

भूमि, वाहन र पैत्रिक सम्पत्तिको कारोबार गर्दा ढिलो गरी लाभ मिल्ने सम्भावना छ । बन्दव्यापारमा समय नदिनाले हानि हुनसक्छ, सचेत हुनुहोला । मातापिता र अभिभावकवर्गका समस्यामा रुमल्लिने दिन छ । प्रतिष्ठा गुम्ने काममा आकर्षण बढ्ने सम्भावना छ । शत्रुको चलखेल बढ्नसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बेकारको विवादमा फँस्न सकिन्छ, बोलीमा अङ्कुश लगाएकै बेस हुनेछ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

उत्तर कोरियाले फेरि अर्काे क्षेप्यास्त्र परीक्षण गर्ने

सोल, २८ जेठ । दक्षिण कोरियाले फेरि अर्काे क्षेप्यास्त्र परीक्षण गर्नसक्ने अनुमान दक्षिण कोरियाली सञ्चारमाध्यमले गरेका छन् ।
ती सञ्चारले उत्तर कोरियाले पछिल्लो समयमा फेरि पनि अर्काे यस्तै परीक्षण गर्नसक्ने सूचनाहरु प्राप्त भइरहेको जनाएका शुक्रबार जनाएका छन् ।chhinnn
दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले पनि केही हप्ताअघि यस्तो आशङ्का व्यक्त गर्नुभएको थियो । उहाँले उत्तर कोरियाली सरकारले पछिल्लो समयमा दिने गरेको आणविक परीक्षणको धम्कीबाट त्यस्तो अवस्था देखिएको बताउनुभएको थियो ।
उत्तरले आणविक शक्तिको धम्की दिने गरेको भन्दै उहाँले भन्नुभएको थियो– यस्तो धम्कीले हामी कुनै पनि हालतमा डराउँदैनौँ, हामीलाई यस्ता आणविक परीक्षणका विगतका धम्कीहरुले पनि केही गर्न सकेको छैन ।
आणविक परीक्षणको शृंखला नै चलाएको उत्तर कोरियाले पछिल्लो समयमा दक्षिण कोरियालाई चीसो पस्ने गरेको छ । उत्तरको आणविक परीक्षणका कारण यी दुई छिमेकी एक आपसमा पछिल्लो समयमा विवादमा पर्ने गरेका छन् ।
अहिले पनि उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरिरहेको सूचना आफूले पाएको दक्षिणका सञ्चारमाध्यमहरुले जानकारी दिएका हुन् ।
दक्षिण कोरियाले उत्तर कोरियासँग अघि बढाउन लागेको शान्तिको प्रयासलाई उत्तरले असफल तुल्याइदिएको पनि दक्षिण कोरियाली राष्ट्रपतिले बताउनुभएको थियो ।
उहाँले उत्तरले हालैमात्र आफ्नो पार्टीको सातौँ राष्ट्रिय कंग्रेसका अवसरमा आफूलाई एक आणविक राष्ट्रका रुपमा परिचित नै गराएको दाबी पनि गर्नुभयो ।
शान्तिवार्ता एवम् दुई देशबीचको समझ्दारीको एजेण्डालाई उत्तरले कहिल्यै पनि प्राथमिकतामा नराखेकोले पछिल्लो समयमा यसको सम्भावना पनि हराएको उहाँले बताउनुभयो ।
उत्तर कोरियाले यसैवर्षमात्र बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षणहरु गर्दै आएको छ । यस्ता परीक्षणहरुले उत्तर कोरियाका विरुद्धमा विश्वव्यापी रुपमा विरोध पनि हुने गरेको छ । रासस/एपी
dainiknepal

Continue Reading…

संविधानको पुनःलेखन गर्नुपर्ने उपेन्द्रको माग, अधिकार कटौती गरेको आरोप

काठमाडौँ, २८ जेठ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानले विभेदमा परेका वर्ग तथा समुदायका साथै मधेसी, आदिवासी जनजातिलाई सामाजिक न्याय दिन नसकेको बताउनुभएको छ ।
पार्टी निकट नेपाल बौद्धिक पेसाकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले राज्यको पुनःसंरचना गर्दा पहिचान र सामथ्र्यका आधारमा गर्नुपर्नेमा त्यसो हुन नसकेको र अहिलेको संविधानले अन्तरिम संविधानमा जनतालाई उपलब्ध गराइएका अधिकार कटौती गरेको आरोप लगाउनुभयो ।arop
अध्यक्ष यादवले मुलुकमा स्वायत्त शासन र पहिचान स्थापित नभए सङ्घीयताले गति लिन नसक्ने बताउँदै स्थानीय निकायको निर्वाचन प्रदेश सभाले गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले समानुपातिक प्रणाली भएका कारण अहिले संसद्मा पिछडिएका वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत समुदाय, महिलालगायतको प्रतिनिधित्व भएको बताउँदै नयाँ संविधानमा समावेशिता घटाइएकामा चिन्ता व्यक्त गर्नुभयो ।
अध्यक्ष यादवले नेपालमा विगतमा वेस्ट मिनिस्टर मोडेल प्रयोग गरिएकामा असफल भएको विचार व्यक्त गर्दै संविधान जारी भएपछि दुई वर्षसम्म सरकारको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने तथा संसद् भङ्ग गर्न नसक्ने जस्ता नियमले लोकतन्त्रको उपहास गरेकाले संविधानको पुनःलेखन गर्नुपर्नेमा जोड दिनुभयो । रासस
dainiknepal

Continue Reading…

नेपालको रक्सी पसलमा भेटिए हतियारसहित ६ भारतीय

जेष्ठ २८ | रंजन भण्डारी
महोत्तरी – जिल्लाको पोखरभिण्डा गाविसको संग्राम पुरस्थित रक्सी भट्टीबाट सात जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरीलाई बुझाएको छ ।

सुराकीको आधारमा चेक जाच गर्नेक्रममा मेड इन इन्डिया लेखेको पिस्टल एक थान, सो मा प्रयोग हुने गोली तीन थान र म्यागजिन एक थान रहेको प्रहरीले जनाएको छ ।paslma

पक्राउ परेकाहरूमा गौशालाका अमन कुमार साह तथा भारत विहारस्थित सिरसियाका दिनेश कुमार महतो, रामवली कुमार, रंजित कुमारसुडी महुवाका हिरा कुमार महतो, राज कुमार राम तथा भारतकै लहुवाका अजित कुमार महतो गरि एक नेपाली र ६ भारतीय रहेका छन् ।

बिहारमा मदिरा प्रतिबन्धित भएपछि भारतीयहरु सीमा क्षेत्रमा रहेका नेपालको मदिरा पसलमा आउने गरेका छन् । यसमा प्रहरीले निगरानी बढाएको छ ।ratopati

Continue Reading…

जबरजस्ती क्रिश्चियन बनाउने शिक्षकसहित सात जना पक्राउ

दोलखा, २८ जेठ । विद्यालयमा गएर जबर्जस्ती विद्यार्थीलाई क्रिश्चियन धर्म पढाउन लगाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दोलखाको दुई निजी विद्यालयका करिब ८०० भन्दा बढी विद्यार्थीलाई राष्ट्रियगानभन्दा अघि क्रिश्चियन गीत घोकाउने र क्रिश्चियन किताब पढ्न लगाउने दुई प्रधानाध्यापकसहित अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले आज पत्रकार सम्मेलन गरी पाँच जना क्रिश्चियन धर्मका प्रचारक र चरिकोटमा रहेको मोर्डन नेपालका २७ वर्षीय प्रधानाध्यापक विमल शाही र माउन्ट भ्याली एकेडेमीका ५० वर्षीय प्रधानाध्यापक प्रकाश प्रधानलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।parkau
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार काठमाडौँ महानगरपालिका–१८ का ४४ वर्षीया बनिता डङ्गोल, गोरखा जिल्ला मिरकोट गाविस–५ का २५ वर्षीय फिलिप तामाङ ,दोलखा मिर्गे–४ का ३० वर्षीय किरण दाहाल, मकवानपुर राई गाउँ गाविस–३ का ३७ वर्षीय बालकृष्ण राईलाई बिहीबार विद्यालय हाताबाट नै पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुबाट बाइबल पुस्तक उल्लेख्य मात्रामा, ल्यापटप, बाइबललाई छोप्न दिएको कपडालगायत बरामद गरेको छ । साथै उनीहरुले प्रचारमा प्रयोग गरेको बा३च ३७९३ को टोयटा गाडी समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेले बिद्यालयमा जबर्जस्ती बाइबलका किताब दिने, धर्म परिवर्तन गर्न लगाउने र क्रिश्चियन नभए शिक्षकलाई जागिर समेत नदिने भन्ने प्रहरीमा स्थानीय अभिभावकले गुनासो गरेपछि प्रहरीले बिहीबार छापा मारेको थियो ।
उनीहरुलाई मुलुकी ऐन अदालतको महल १९ अन्तर्गत कारबाही गरिने बताइएको छ । प्रहरीका अनुसार जबर्जस्ती धर्म परिवर्तन गर्नु सामाजिक अपराध भएकाले कारबाही गरिएको हो । रासस
तस्वीरः सुवास योञ्जनबाट ।
dainiknepal

Continue Reading…

अन्ततः ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रचण्ड तयार, सुर्खेतबाट गरे घोषणा

, २८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकार गिराउनतर्फ नलागी सबै दल राष्ट्रिय सहमति बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।
प्रदेश नं ६ को पार्टी एकता भेलाका लागि आज सुर्खेत आउनुभएका अध्यक्ष प्रचण्डले वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा सहमतिका लागि आफ्नो दल हदैसम्म लचिलो भएको जानकारी दिँदै मुलुकको अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमति नै भएको स्पष्ट गर्नुभयो ।garea
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बने आफूलाई मान्य हुने बताउनुभयो । ‘सहमति हुन्छ भने ओलीजीलाई मान्न तयार छौं । उहाँकै नेतृत्वमा राष्ट्रिय सरकार बन्छ भनेपनि आपत्ति छैन्’ उहाँले भन्नुभयो-‘संविधान कार्यान्वयन लगायत मुलुकमा देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको विकल्प छैन् ।’
उहाँले संविधान कार्यान्वयन, मधेस तथा थारुको समस्या समाधान, पुनःनिर्माण र विकास गर्न प्रमुख दलबीच राष्ट्रिय सहमतिको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
अबको केही दिनभित्र मधेस समस्या समाधान हुने जिकिर गर्दै उहाँले मधेसवादी दलका नेताहरू पनि अब सहमतिको अवस्थामा आएकाले मधेस समस्या समाधान गर्न धेरै समय नलाग्ने बताउनुभयो ।
उहाँले एमाले र माओवादीबीच कुनै भद्र सहमति नभएको स्पष्ट पार्दै प्रमुख दल मिलेरै संविधान कार्यान्वयन, स्थानीय निर्वाचन र मधेस समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
dainiknepal

Continue Reading…

नेपाल विदेशीको इसारामा कहिल्यै चल्दैन: प्रधानमन्त्री ओली

२८ जेठ, दमक।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अरु कसैले अराउ खटाउ गर्ने देश नभएको बताएका छन् ।

आज नेकपा (एमाले) दमकको १०औँ नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको बताउँदै विदेशीको इसारामा कहिल्यै नचल्ने उल्लेख गरे ।

wliy

यो गर नगर भनेर बाह्य हस्तक्षेप गर्न छिमेकीले मिल्दैन भन्दै उनले नेपाल आफैँ सार्वभौम रुपमा सम्पन्न भएकाले त्यस्तो अर्ती उपदेश अस्वीकार्य भएको बताए ।
आफू प्रधानमन्त्रीमा निर्वाचित हुँदा नाकाबन्दी र मधेसवादी दलले घेरेर मुलुकलाई सङ्कटमा पु¥याउने काम गरेको भए पनि राष्ट्रिय स्वाधीनता रक्षा गर्न आफू एक्लै भएर सक्दो सामना गरेको उनको जिकिर थियो । उनले भने, “नेपालले छिमेकी मुलुकसँगै अन्तर्राष्ट्रिय जगतसँग सधैँ बलियो सम्बन्ध राख्छ ।”

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकार संविधान कार्यान्वयन गरेर स्थानीय निकायसहितका जनप्रतिनिधि कायम गर्न प्रतिबद्ध भएर लागेको छ भने ।
अधिवेशन उद्घाटन कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमाले आसन्न निर्वाचन पछि सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने धारणा राखे ।

अधिवेशनले दमक नगर कमिटीको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । राससnepaliheadlines

Continue Reading…

काठमाडौँ स्तम्भ निर्माण ढिला नगर्न चेतावनी

२८ जेठ
काठमाडौँ – पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ स्तम्भ निर्माणको काम ढिला नगरी तत्काल सुरु गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।

झन्डै दुई महिनाअघि नै निर्माणको काम सुरु गर्ने जनाई पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुला मञ्चमा सारिसकिएको छ । अहिलेसम्ममा स्तम्भ निर्माणका लागि जग राख्ने काम सकिसक्नुपर्ने भए पनि हालसम्म कुनै काम नभएकाले अब केही दिनमा पनि काम सुरु नगरे हाल निर्माणको लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाउने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।bhaaa

स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटुवालले भने निर्माण सामग्रीको अभावले गर्दा ढिला भएको बताए । “टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण सुरु गर्न ढिला भएको हो” भेटुवालले भने। उनका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्छ ।

हाल पुरानो बसपार्कमा जस्ताले बार्ने काम मात्र भएको छ । भारतबाट आवश्यक सामग्री केही दिनमा आइपुग्ने र सामग्री आएसँगै निर्माणले गति लिने बताइएको छ ।

भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधात्मक र १२ तलाको बनाउने तयारी छ । नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकसँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ ।

कामपासँग गरिएको सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् । काम सुरु भएको पाँच वर्षभित्र स्तम्भ बनाइसक्नुपर्ने छ ।

स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ ।। भवनको सबैभन्दा तल्लो तलामा बस पार्किङ स्थल रहने छ । त्यस्तै त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित चलचित्र कक्ष, पौडी पोखरी, खाजाघर, बैंक तथा कामपाको वडा कार्यालय समेत रहनेछ । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । राससratopati

Continue Reading…

छाला, कपाल चम्काउने देखि शरीरको अनावश्यक तौल घटाउन घिउकुमारीको प्रयोग गर्ने तरिका

हाम्रो घरबारीमा पाइने घिउकुमारी (एलो भेरा)एउटा काँढे बिरुवा मात्र नभएर यसको प्रयोग सौन्दर्य प्रसाधन देखि स्वास्थयबर्धक जुुस तथा डायट सम्मको काम गर्छ भनेको सुन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । तर यो सत्य हो । घिउकुमारीको महत्व र आवश्यकता बुझेरै धनी देशका बाठा ब्यापारीहरु काँचो घिउ कुमारीको डाँठबाट सौन्दर्य प्रसाधन उत्पादन गरेर अर्बौ डलर कमाइ रहेका छन् । आज सोही घिउ कुमारीबाट हुने फाइदका बारेमा डिसीनेपाल तपाईहरुलाई जानकारी गराउँदै छ ।tarika

१. सुख्खा छालाका लागि घिउकुमारी

घिउकुमारीको पात, एक चिम्टी बेसारको धुलो, एक चम्चा मह, एक चम्चा दुध र तीन९चार थोपा रोज वाटरलाई एउटा कचौरमा मिसाउनुहोस् । अव यो मीश्रणलाई पेस्ट बनाउनुहोस् र सुख्खा छालामाथि यो लेप दल्नुहोस् । करिब बीस मीनेट सम्म सुक्न दिनुहोस् अनि पखाल्नुहोस् । अव तपाईले आफ्नो छाला नरम, आकर्षक पाउनुहुनेछ ।

२. घिउकुमारी स्क्रब

आधा कप घिउकुमारीको रस (जेल) मा एक कप चिनी र कागतीको रस दुई चम्चा मिसाउनुहोस् । चिनीले मरेको छालालाई झार्ने काम गर्छ भने घिउकुमारीले छाला सफागर्ने काम गर्छ । र कागतीले छालामा भएको दाग तथा खटिरालाई मेटाउने काम गर्छ । मीश्रणलाई घोल्नुहोस् र आफ्नो मुहार तथा छालामा प्रयोग गर्नुहोस् । आधा घण्टा पछि लेप प्रयोग गरिएको छाला तथा मुहार चिसो पानीले पखाल्नुहोस् । अव तपाईको छालामा नयाँ चमक पाउनुहुनेछ ।

३. डण्डिफोरका कारण अनुहारमा देखिने दागबाट छुटकारा पाउन घिउकुमारी

घिउकुमारीको रस (जेल), गहुँको पीठो, मह आवश्यकता अनुसार एउटा कचौरामा मिसाउनुहोस् । घिउकुमारीमा जिवाणुसँग लड्न सक्ने गुण लुकेको हुन्छ भने महमा छालालाई मुलायम पार्ने गुण हुन्छ । यो मीश्रणको प्रयोग गर्नाले छाला नरम र सफा हुन्छ ।

४.संबेदनशील छालाका लागि घिउकुमारी

घिउकुमारीको रस तथा जेल, काँक्रोको रस, दहीको पेस्ट तयार पार्नुहोस् । अव पेस्टलाई आफ्नो छालामा दल्नुहोस् र करिव २० मीनेट सम्म सुक्न दिनुहोस् । अव चिसो पानीले लेप दलेको भागलाई पखाल्नुहोस् । अव तपाईको छालामा तपाईले नयाँपना पाउनुहुनेछ ।

५. कपाल झर्ने रोगमा घिउकुमारी

घिउकुमारीमा प्रोटियोलाइटीक इन्जाइम नाम गरेको गुण पाइन्छ जसले कपालको जरालाई मजबुत बनाउने काम गर्छ । यसको प्रयोगले तपाईको कपाल नरम तथा चम्किलो बनाउँछ । यसले कपाल लामो पार्न मद्धत पुर्याउनुका साथै कपालको जरा चिलाउने समस्यालाई चट्टै पार्छ । कपाललाई आकर्षक र बलियो बनाउनका लागि चाहिने सम्पूर्ण गुण घिउकुमारीमा पाइन्छ ।

प्रयोग गर्ने बिधि

हप्तामा एक पटक वा पन्द्र दिनमा एक पटकका हिसाबले यसको प्रयोग गर्नाले कपालमा चमक बढ्नुका साथै कपाल झर्ने समस्या हराएर जान्छ । कपालमा यसको लेप लाउनुहोस् र सक्दो लामो समय सम्म नपखाल्नुहास् । यसो गर्नाले तपाईको कपाल बलियो, नरम तथा आकर्षक भएको पाउनुहुनेछ ।

६. घिउकुमारीको प्रयोग शरीरको तौल घटाउन

छालामा भएका खराबी समाप्त गर्न घिउकुमारीको प्रयोग गरे जस्तै यसको प्रयोग स्वास्थ्यलाई तन्द्रुस्त बनाइराख्न पनि अति लाभदायक साबित भएको छ । घिउकुमारीको सेवनले शरीरको अनावश्यक तौल आपसेआप घटेर जान्छ र शरीरमा फुर्ती आउँछ ।

घिउकुमारीको प्रयोग स्वास्थ्य बर्धक उत्पादहरुमा गर्ने गरिन्छ । यसको प्रयोग डायट फुड तथा जुसको रुपमा पनि गरिन्छ । यसमा विषादीलाई नाशगर्न सक्ने शक्ति अत्यधिक मात्रामा लुकेको हुन्छ । यसमा प्रोटिनको मात्रा लुकेको हुनाले यसको सेवन गर्नाले मशलहरु बलियो हुन्छ ।

घिउकुमारीको जुस पिउने तरिका

हुनत घिउकुमारीको जुस तीतो हुनसक्कछ तर यसलाई तपाईंले फलफुलको रसमा मिलाएर पिउन सक्नुहुन्छ । यसमा मह मिसाएर पनि सेवन गर्नसक्नुहुन्छ । कागतीको रस मिलाएर पिए पनि हुन्छ ।

Continue Reading…

यसरी सफल हुँदैछ कमल थापालाई प्रधानमन्त्री बनाउने योजना, यस्तो छ भित्री चलखेल

शुक्रबार, २८ जेठ

काठमाडौ । उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा भारत भ्रमणमा छन् । थापाको शुक्रबारदेखि सुरू उक्त भ्रमण पाँचौ पटकको हाे । आठ महिनाभित्रै उनी पाँच पटक दिल्ली पुग्ने नेता हुन् । थापा यसअघि नाकाबन्दीको समयमा दुईपटक, प्रधानमन्त्री ओलीसँग एक पटक, रविशंकरले बोलाउँदा एक पटक गरि चार पटक दिल्ली पुगिसकेका छन् । उनको यो भ्रमणलाई राजनीतिक रुपमा निकै अर्थपूर्ण तवरले हेरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अकस्मात रद्द भएपछि पहिलोपटक दुवै देशबीच उच्चस्तरमा राजनितिक भेटघाट हुन लागेको हो ।yasri
थापा खासगरी बजेट प्रस्तुत भएसँगै सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग असन्तुष्ट छन् । बजेट पूर्ण रुपमा कम्युनिज्ममा आधारित भएर ल्याईएकोमा उनको तीव्र असहमत छ । उनी आफ्नो असन्तोषलाई राजनीतिक शक्ति आर्जनको लागि उपयोग गर्ने दाउमा छन्–त्यो पनि आफैं प्रधानमन्त्रीको उम्मेद्धवार बनेर । हुन त उनको यो चाहना त्यति अस्वभाविक पनि होईन् । यद्धपी शक्ति सन्तुलनको राजनीतिमा र संसदीय अभ्यासमा निकै अनुभवी नेता थापाले उक्त चाहना पूरा गर्न दिल्लीलाई नै प्रमुख ठानेर त्यसै अनुरुपको अभ्यास गर्न खोज्नुमा भने यसले नेपाली राजनीतिमा केही तरंग पैदा गर्छ भन्दा अतिशयोक्ति नहोला ।

अध्यक्ष थापा केपी ओली नेतृत्वको सरकार जसरी पनि गिराउनुपर्छ भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको राजनीतिक निहित उद्देश्यलाई क्यास गर्दै वर्तमान गठबन्धनको सरकारको विरुद्धमा अर्को डेमोक्र्याट एलायन्स बनाएर त्यसको नेतृत्व आँपैm गर्ने दाउमा रहेको स्रोतको दाबी छ । उनी अब बन्ने नयाँ गठबन्धनमा संविधानलाई लिएर असन्तुष्ट आन्दोलनरत मधेशी मोर्चालाई समेत साथमै लिएर अघि बढ्ने सोचमा छन् ।
हुन त सतहमा उनको भ्रमण दुई देशबीचको सम्बन्ध सुधार तथा असमझदारी हटाउने विषयमा केन्द्रित हुने भनिएको छ । साउथ एसियन विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन दिल्ली जानु त थापाको लागि औपचारिक भ्रमण मात्रै हो, तर उनको भित्री मक्सद भने माथि चर्चा गरेभैंm नै हो ।
बाहिर बाहिर ओली नेतृत्वको सरकारको खुलेरै बचाउ गर्ने अनि भित्र–भित्र आफ्नो स्वार्थलाई केन्द्रमा राखेर ताना बुन्दै गरेका अध्यक्ष थापाको भ्रमणलाई राजनीतिक भविष्यवाणी गर्नेहरुले समेत निकै महत्वपूर्ण रुपमा लिएका छन् ।
भारतकै शीर्ष नेतासँगको उनको सम्बन्धको कुरा गर्ने हो भने पनि आजको दिनमा भारतीय प्रभावशाली नेताहरु जस्तो उनको समकक्षी सुष्मा स्वराज देखि लिएर भारतीय जनता पार्टीका बरिष्ठ नेताहरु लगायत हिन्दुवादीहरुसँग उनको अत्यन्तै घनिष्ठ सम्बन्ध रहेको छ । खासगरी भारतीय राजनीतिमा समेत प्रभाव पार्न सक्ने विदेशमन्त्री सुष्मा स्वराजसँग त उनको झनै राम्रो सम्बन्ध छ ।
त्यस्तै गृहमन्त्री राजनाथ सिंहसँग पनि उनको निकै प्रगाढ सम्बन्ध छ । उनी भारत जानु अघि नै यी दुई मन्त्रीसँग उनको भेटघाट तय भैसकेको छ । यद्धपी थापा भने आफूलाई यसपटक यही लेभलको भेटवार्तामा सिमिति नराख्ने पक्षमा छन् । उनी जसरी पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न चाहन्छन् ।

मोदीसँग यसपटक उनले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग माँग्ने बुझिएको छ । थापा आफूलाई प्रधानमन्त्री बन्ने खुल्ला बाटो राखेर मोदीसँग गम्भिर छलफलमा बस्न चाहेको स्रोतको दाबी छ । थापाले ओली नेतृत्वको असन्तुष्ट दल नेपाली काँग्रेसका केही प्रभावशाली नेताहरुसँगको पछिल्लो भेटवार्तामा पनि काँग्रेसले आफूलाई प्रधानमन्त्रीमा नाम सिफारिश गरे त्यसको नेतृत्व लिन तयार रहेको संकेत गरिसकेका छन् । खासगरी उनले केपी ओलीको विरोध गर्ने नेताहरुलाई आफूलाई सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।
हुन त थापा सार्क मन्त्रिपरिषदको हैसियतले दीक्षान्त समारोहमा भाग लिन दिल्ली जान लागेपनि यो भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिँदै नेपाल र भारत दुवै देशले उनको भ्रमणलाई उच्च प्राथमिकता दिएका छन् । स्रोतका अनुसार थापाको उक्त भ्रमण राष्ट्रपति भण्डारीको भ्रमण रद्द र मधेस समस्या समाधान लगायतका विषयमा उत्पन्न पछिल्ला भ्रम चिर्न केन्द्रित रहने पनि बुझिएको छ ।
यस्तो छ उनको भारतमा रहँदाको कार्यातालिकाः
थापाले दिल्ली पुगेकै दिन शुक्रबार ३ बजे इन्डियन प्रेस क्लबमा भारतका ठूला सञ्चार माध्यममा वरिष्ठ पत्रकारहरूमाझ अन्तरक्रिया गरेका छन्गर ।
शुक्रबार ४ बजे भारतको पुरानो थिंकट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने कार्यक्रममा सहभागी भए । जहाँ भारतका उच्च कूटनीतिज्ञ तथा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग थापाको साक्षात्कार भयाे ।
क–कसलाई भेट्दैछन ?
शनिबार दीक्षान्त समारोहमा भाग लिएलगत्तै थापाको महत्वपूर्ण भेटघाटको कार्यक्रम तय भएको छ । दीक्षान्त समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसमेत सहभागी हुनेछिन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको आश्वासन पाए पनि समय यकिन भइनसकेको स्रोतले जनाएको छ । विभिन्न देशको भ्रमण सकेर मोदी बिहीबार स्वदेश फर्कने र त्यसपछि मात्र भेटको समय यकिन हुने अधिकारीहरूको भनाइ छ । त्यसैगरी सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र कंग्रेस आई अध्यक्ष सोनिया गान्धीसँग पनि भेटघाटको पहल भइरहेको जानकारी अधिकारीहरूले दिएका छन् । रिपोटर्स नेपालबाट ।
nepalsandesh

Continue Reading…

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

झापा, २८ जेठ । झापा जिल्लाको काँकडभिट्टा इलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषध सहित एक जनालाई जेठ २७ गते पक्राउ गरेको छ ।eses
पक्राउ पर्नेमा सोहि जिल्लाको मेचीनगर नगरपालिका ११ बस्ने ४२ वर्षिय कुमार श्रेष्ठ छन् ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले निज श्रेष्ठलाई पक्राउ गरेको हो ।
एपीएफ टोलीले त्यसवेला निज श्रेष्ठको साथमा लु्पिजेसिक ६० वटा, फेनारगन ६० वटा र डाइजापाम ६० वटा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।
dainiknepal

Continue Reading…

दू्रतगतिमा मुलुकको विकास गर्ने प्रधानमन्त्रीको दाबी

उर्लाबारी (मोरङ), २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र मुलुकको द्रूतगतिमा विकास हुने बताउनुभएको छ ।
मोरङको मधुमल्ला र झापाको दमक जोड्ने मावा खोलाको पुलको आज शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीलेआफ्नो गाउँ आफँै बनाउँ भन्ने अभियानका साथ गाउँगाउँ र टोलटोलमा विकासका बजेट आउने बताउनुभयो । जनतालाई विकास हुन्छ भन्ने प्रत्याभूति दिलाउने गरी काम गर्ने योजनाका साथ आफू लागिपरेको ओलीको भनाइ थियो ।garnea
उक्त पुल निर्माण भएपछि मोरङको मधुमल्ला, टाँडी, इलामको सक्फाराका जनता प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । रु ३० करोड २२ लाख ९१ हजार ७५० उक्त पुन निर्माण गर्न लागिएको हो । विसं २०७६ साउनसम्म उक्त पुल निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । रासस
dainiknepal

Continue Reading…

कांग्रेस सभापति देउवालाई अर्काे झड्का, सर्वोच्च अदालतले दियो चेतावनी

काठमाडौँ, २८ जेठ । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई भ्रामक एवं लोकतान्त्रिक मूल्य प्रतिकूल नबोल्न चेतावनी दिएको छ ।
कांग्रेस सभापति देउवाले जेठ २५ गते पार्टी निकट वकिलहरुसँग सर्वोच्च अदालतविरुद्ध बोल्नुभएको थियो । देउवाको अभिव्यक्ति बाहिर आएपछि अदालत उहाँप्रति रुष्ट बनेको हो । अदालतले शुक्रबार विज्ञप्ति नै जारी गरेर देउवालाई सचेत गराएको छ ।kagres
सर्वोच्च अदालतमा ११ न्यायाधीशको सिफारिस विरुद्ध परेको रिटमाथि सुनुवाइ नभएको भन्दै देउवाले अदालतविरुद्ध अभिव्यक्ति दिनुभएको थियो ।
देउवाको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै शुक्रबार विज्ञप्ति नै जारी सर्वोच्चले मुद्दा-निवेदन पेशी नचढेको विषयलाई लिएर राजनीतिक दलको नेतृत्व तहमा रहनुभएका केही जिम्मेवार व्यक्तिबाट भ्रामक, अवास्तविक तथा स्वतन्त्र न्यायपालिकाको मान्यता प्रतिकूलका अभिव्यक्ति प्रचारप्रसार नगर्न अपिल समेत गरेको छ ।
सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलद्धारा जारी प्रेस विज्ञप्तिमा राजनीतिक दलको नेतृत्वमा रहेका केही जम्मेवार व्यक्तिबाट दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको र न्यायपालिकालाई प्रतिकूल असर पार्ने अभिव्यक्ति प्रचारप्रसार नगर्न सञ्चार माध्यमलाई पनि अपिल गरिएको छ ।
नेपालको संविधानले परिकल्पना गरेअनुसार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका निर्माण गर्न, न्यायिक व्यवस्थापनमा प्रभावकारिता कामय गरी कानुनी राज्यको अवधारणालाई साकार तुल्याउने रचनात्मक तथा सिर्जनात्मक सहयोग गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।
“लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्ने अहिलेको महत्वपूर्ण घडीमा स्थापित न्यायिक मूल्य मान्यता प्रतिकूलका अभिव्यक्तिहरु सार्वजनिक हुनु ” – विज्ञप्तिमा भनिएको छ ।
मुद्दाको सुनुवाइ विवादको तथ्य र प्रकृतिअनुसार प्राथमिकताका आधारमा निर्धारण गरिने कुरा न्यायपालिकाको नितान्त व्यवस्थापन विषय भएको र सेवाग्राहीको अधिकतम सुविधालाई दृष्टिगत गरी न्यायिक व्यवस्थापनलाई सरल, छिटो छरितो र पारदर्शी बनाउनेतर्फ न्यायपालिका निरन्तर क्रियाशील रहेको उल्लेख छ ।
नेपालको संविधानले सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था गरेको भए पनि अहिले नौजना न्यायाधीश मात्र कार्यरत रहेको अवस्था छ । न्यायाधीशको कमीका कारण पनि मुद्दा, निवेदनको छिनोफानो तत्काल हुन सकेको छैन । सर्वोच्चमा अहिले पनि २२ हजार मुद्दा विचाराधीन अवस्थामा रहेका छन ।
विज्ञप्तिमा रिक्त न्यायाधीश पदपूर्तिका लागि न्याय परिषद्बाट तीन महिनाभन्दा अघि सिफारिस गरिएको भए पनि त्यसले पूर्णता पाउन सकेको छैन भने यस अवस्थामा विवादको सुनुवाइ आवश्यकता र प्राथमिकताका आधारमा गर्नुबाहेकको विकल्प देखिँदैन भनिएको छ ।
राज्यको प्रमुख तीन अङ्गमध्ये एक अङ्गका रुपमा रहेको न्यायपालिकालाई सवल र सक्षम बनाउने सबैको कर्तव्य भएको र न्यायपालिकालाई कमजोर बनाउने काम कसैले पनि नगर्ने अपिल सर्वोच्चले गरेको छ ।
सर्वोच्चले आजै अर्को एक विज्ञप्ति जारी गरी ‘प्रधानन्यायाधीश र दीक्षित पत्नीबीच हाडनाता’ ‘कनकमणिको मुद्दा फैसला विवादमा तानियो, कनक पत्नी शान्ता र सुशीला नातेदार रहेको खुलासा’लगायतका समाचारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रासस
dainiknepal

Continue Reading…

देश विकास गर्न प्रधानमन्त्री बनेको हुँ, बोलेर मात्र हैन काम नै गरेर देखाउँछुः ओली

दमक, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समग्र विकास गर्न आफू प्रधानमन्त्री बनेको बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयनसँगै मुलुक विकसित गर्ने काममा आफूले नयाँ विचार ल्याएको दावी गर्नुभयो ।
दमक–१ स्थित रतुवा खोलादेखि इलामको चुलाचुली जोडिने रतुवा पुलको आज बिहान शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफूले बोलेर मात्र हैन, काम नै गरेर देखाउने दृढता व्यक्त गर्नुभयो ।bhanaaa
विकासका नौलो योजनाको खाका सुनाउँदा अनेकौ आलोचना सहनुपरेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “आज जनताले बुझ्न थाले, प्रम ओली साँच्चै विकासका अगुवा हुनुहुदोरहेछ भनेर ।”
मुलुकको विकास निर्माण सबैको साझा एजेन्डा भएको बताउँदै प्रधानमन्त्री ओलीले यसका लागि सबै दल तथा समाजका हरेक क्षेत्र, वर्ग र पेसाकर्मी एकजुट हुनुपर्ने बताउनुभयो ।
प्रम ओलीले प्राकृतिक स्रोत, साधनका अनेकौं सम्पदाको उच्चतम सदुपयोग गर्न नसकिएको बताउँदै सम्पदाको विकासमा सरकार पूर्ण प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो ।
प्रम ओलीले हाम्रो देशको चुनौती राष्ट्रनिर्माणको मात्र भएको चर्चा गर्नुहुँदै यसका लागि पनि दलबीच आपसी एकता र सहकार्य बन्नुपर्छ भन्नुभयो ।
उहाँले झापाको विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यसवर्ष मात्र झापाका विभिन्न नदी तथा खोला नियन्त्रण गर्न रु ७४ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्बाङ, पूर्वाञ्चल सडक डिभिजन कार्यालयका प्रमुख शिवहरि सापकोटा, सडक विभाग पुल योजना शाखाका प्रमुख अर्जुन अर्याल, चुलाचुली गाविसका पूर्व अध्यक्ष ओमनारायण खनाल लगायतले रतुवा खोलामा बनिने पुलको महत्वका बारे चर्चा गर्नुभयो ।
आगामी तीन वर्ष भित्रमा पूरा गर्ने लक्ष्य लिइएको सो पुलको काम एलिट कन्स्ट्रक्सन कम्पन्नीले लिएको छ । २०० मिटर लामो सो पुलको निर्माण गर्न रु १५ करोड ६८ लाख २१ हजार २५० लाग्नेछ । रासस
dainiknepal

Continue Reading…

एक करोडको लागतमा राजधानीमा बुद्धको विशाल मूर्ति स्थापना

भक्तपुर, २८ जेठ । भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटको शान्तिडाँडामा बुद्धको विशाल मूर्ति स्थापना गरिएकोे छ ।
यहाँको ८० रोपनी क्षेत्रफलमा स्थानीय बासिन्दाको पहलमा २०७० सालबाट सुरु भएको बुद्ध मूर्ति स्थापनालगायतका संरचना निर्माण कार्य सम्पन्न भएको छ bhau
विभिन्न स्वदेशी तथा विदेशी दाता, स्थानीय बासिन्दा, नगरकोट नगरपालिका, जिल्ला विकास समिति, सांसद विकास कोषलगायतको सहयोगबाट बुद्धको विशाल मूर्तिसँगै अन्य संरचना निर्माण भएको हो ।
करिब रु एक करोडको लागतमा वरिपरि ढुङ्गाको पर्खाल लगाएर बीचमा बुद्धको मूर्ति स्थापना गरी अन्य संरचनाहरु निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।
शान्तिडाँडामा जान सडकबाट खुट्किला निर्माण गर्नुका साथै वातावरण एवम् भ्यू प्वाइन्टको दृष्टिकोषले आकर्षक बनाइएको, सुविधासम्पन्न पर्यटकीय शौचालय, दुईवटा ढुङ्गेधारा, बनाइएको छ भने वनभोज स्थल र अन्य संरचनाहरु धमाधम निर्माण भइरहेका छन् ।
यहाँका सार्वजनिक जग्गाको व्यापक अतिक्रमण भएपछि यसको संरक्षण गर्ने र पर्यटकीय आकर्षकको क्षेत्र बनाउने उद्देश्यले स्थानीय बासिन्दा जुटेर संरचना निर्माण थालिएको अध्यक्ष लामाले बताउनुभयो ।
यस क्षेत्रलाई बौद्धमार्गीहरुको ध्यान केन्द्रका रुपमा विकास गर्ने, सोध केन्द्र बनाउने र नगरकोटको तल्लो क्षेत्रलाई पनि आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ मूर्ति स्थापना गरिएको उहाँको भनाइ थियो ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष एवम् मूर्ति स्थापना उपभोक्ता समितिका सदस्य दीपक लामिछानेले नगरकोटको पर्यटकीय विकासलाई अझै विस्तृत बनाउने योजनाअनुसार बुद्ध मूर्ति स्थापना गरेको बताउनुभयो । उहाँले यसबाट आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गराउने दाबी गर्नुभयो ।
सांसद कोषको समेत सहयोग रहेको यस क्षेत्रका बारेमा भक्तपुरका सांसद प्रेम सुवालले अत्यन्तै राम्रो कार्य भएको भन्दै सार्वजनिक जग्गा, जलवायु र वातावरण संरक्षणमा यसले टेवा पु¥याउने बताउनुभयो ।
अर्का सांसद अनुराधा थापामगरले नेपालको संस्कृतिलाई जीवन्त राख्न, बुद्ध नेपालमै जन्मेको हो भन्ने विदेशी पर्यटकलाई जानकारी दिन र बौद्ध दर्शनसम्बन्धी अध्ययन केन्द्रका रुपमा यसलाई विकास गर्नुपर्ने औँल्याउनुभयो ।
अर्का सांसद रामेश्वर ढुङ्गेलले यहाँ भूक्षय नियन्त्रण गर्न र विश्वकै नमुना इ˗लाइब्रेरीका रुपमा समेत यसलाई विकास गरेर लैजानुपर्नेमा जोड दिनुभयो ।
जिल्ला विकास समिति, भक्तपुरका स्थानीय विकास अधिकारी ध्रुव कोइरालाले जिल्लामै नमुना र आकर्षकका रुपमा बौद्ध मूर्ति स्थापना भएको चर्चा गर्दै सबै नगरपालिकामा यस प्रकारको संरचना निर्माण गर्न सके सबै नगरपालिकालाई पर्यटकीय गन्तव्यको क्षेत्र बनाउन सकिने बताउनुभयो । रासस
dainiknepal

Continue Reading…

काँग्रेस पनि सरकारमा गयो भने जनताको हालत के होला: सभापति देउवा

काठमाडौँ, २८ जेठ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनप्रति गम्भीर नभएको बताउनुभएको छ ।
संविधान कार्यान्वयन नहोस् भनेर मुलुकमा ठूलो षडयन्त्र हुन सक्नेतर्फ सचेत रहन आग्रह गर्दै सभापति देउवाले त्यसमा वर्तमान सरकार सजग हुन नसकेको आरोप लगाउनुभयो । संविधान कार्यान्वयनका लागि विसं २०७४ मङ्सिरसम्म स्थानीय, प्रादेशिक र सङ्घीय तीन तहका निर्वाचन हुनु अपरिहार्य रहेको र त्यसका लागि धेरै काम गर्नुपर्ने सुझाव दिँदै सभापति देउवाले भन्नुभयो – “यसमा सरकारले कुनै तयारी गरेको छैन ।”debaa
नेपाल नागरिक समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि सरकार बाहिर बसेर पनि सहमतिको वातावरण बनाउन सहयोग गर्न सकिने बताउनुभयो ।
नागरिकलाई देशको मालिक बनाउन सुशासन, आत्मविश्वास, स्वाभिमान र सम्मान आवश्यक पर्ने बताउँदै सभापति देउवाले भन्नुभयो, “शासनमा रहेका व्यक्ति सधैँ राम्रो शासन चलाउँछन् र जनताप्रति इमान्दार हुन्छन् भन्ने छैन ।” उहाँले सरकारलाई निगरानी, नियन्त्रण र सन्तुलन गर्न विपक्षीको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
सरकारका मनपरी क्रियाकलापका विरुद्ध विपक्षीको भूमिका कमजोर भयो भनेर आफूकहाँ गुनासो आइरहेको जानकारी गराउँदै उहाँले प्रश्न गर्नुभयो – “यस्तो अवस्थामा काँग्रेस पनि सरकारमा गयो भने सामान्य जनताको हालत के होला ।”
आफू सहमतिको सरकारका पक्षमा रहेको स्पष्ट पार्दै सभापति देउवाले सबै मिलेर बाँडीचुडी खानलाई भने सहमतिको सरकार हुन नहुने धारणा राख्नुभयो ।
केही समयअघि भएको सरकार परिवर्तनका बारेमा उहाँले विपक्षी पार्टी भनेको वैकल्पिक सरकार पनि हो भन्नुभयो । सत्ता गठबन्धनमा रहेको पार्टीले सरकारमा बस्दैनौँ, सरकार हटाउन चाहन्छाँै भनेपछि आफ्नो पार्टीले नयाँ सरकारका लागि कदम चालेको स्पष्ट पार्नुभयो ।
मधेसको समस्या समाधानका लागि आफू र आफ्नो पार्टीले पहल गरिरहेको जानकारी गराउँदै उहाँले मधेसी दलहरुले पनि शतप्रतिशत माग पूरा गराउने अडान र मधेसी दललाई केही पनि दिनुहुन्न भन्ने मानसिकता त्यागेर वार्तामा बसे समाधान हुने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधानको कार्यान्वयनका लागि ठूला राजनीतिक शक्तिबीच सहमतिको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले नागरिक बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने भन्दै समुन्नत समाज निर्माणका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले संविधान कार्यान्वयनले मात्र मुलुकको राजनीतिक सङ्क्रमणकालको अन्त्य हुने धारणा राख्दै यसमा नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो ।
काँग्रेसका नेता विमलेन्द्र निधिले नेपाली जनता रैतिबाट जनता बनेको र जनताबाट नागरिक बन्ने क्रममा रहेको बताउँदै संविधान कार्यान्वयन सर्वोपरि महत्वको विषय भएको बताउनुभयो ।
कार्यक्रममा काननुविद् निलाम्बर आचार्य, समाजका अध्यक्ष खेमराज रेग्मी, उपाध्यक्षद्वय प्रा अयुदा श्रेष्ठ र रिसव घिमिरे, समाजको काठमाडौँ शाखाका अध्यक्ष दीपक थापाले सरकार र समाजका विकृतिका विरुद्ध नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नागरिक अधिकारका लागि विशेष योगदन पु¥याएबापत विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको थियो भने नागरिक आवाजको सुशासन विशेषाङ्क विमोचन गरिएको थियो । रासस
dainiknepal

Continue Reading…

ब्वाईफ्रेण्डलाई किस गर्दा युवतीको ज्यानै गयो

एजेन्सी । कहिलेकाँही यस्तो पनि हुदो रहेछ । जहाँ एक युवतीले आफ्ना ब्वाईफ्रेण्डलाई किस गर्दा उनको मृत्यु भयो ।
यो खबर पत्याउनै गाह्रो छ । तर, यो क्यानडामा भएको यथार्थ घटना हो । क्यानडाको मन्ट्रियालकी २० वर्षीय युवतीलाई नट्स (मुम्फली) देखि एलर्जी थियो । र उनका ब्वाईफ्रेण्डले पीनट (मुम्फली) बटर वाला सैण्डबीच (पाउरोटी) खाएका थिए ।
मिरियम डुक्रे लेमए नामकी यी युवती अक्टुबर २०१२ मा एक पार्टीमा गएकी थिइन् । त्यही यो दुःखद घटना भएको थियो ।
मिरियमकी आमा मिशेलिन डुक्रेले क्यानडियन पत्रिका ‘जनरल डि क्यूबेक’सँग कुराकानी गर्दै कुनै वस्तुको एलर्जीका बारेमा नजान्दा कति खतरनाक हुन्छ भन्ने कुरा यो घटनाले सिकाइएको बताइन् । उनले ब्वाईफ्रेण्डसँग आफ्नी छोरीको नयाँ नयाँ सम्बन्ध भएकाले उसले आफ्नो एलर्जीको बारेमा बताउन नसकेको मिशेलिनले स्वीकारिन् । ‘मेरी छोरीको अवस्था सामान्य थियो तर, आफ्नो प्रेमीलाई समस्या नबताउँदा दुःखद घटना हुन पुग्यो’ उनले भनिन् ।
यसरी भयो घटनाःjann

त्यसदिन पार्टी सकिएपछि मिरियम आफ्ना ब्वाईफ्रेण्डको घर गइन् । त्यहाँ ब्वाईफ्रेण्डले बेड (खाट)मा जानुभन्दा पहिला पीनट वटर सैण्डबीच खाएर दाँत माझे । त्यसपछि किस गरे । ब्वाईफ्रेण्डले किस गरेको केही मिनटमै उनको अवस्था विग्रियो । उनलाई सांस लिन समेत अप्ठेरो भयो । कोारेनर्स रिपोर्ट १९१४ अनुसार मिरियमको एस्मा इनहेलर (औषधि)ले पनि कुनै काम गरेन् । मिरियमले त्यहीबेला ब्वाइफ्रेण्डलाई सोधिन तिमीले पीनट्स (मुम्फली) खाएका थियौं । त्यो बेला मिरियमसँग ईपिपेन पनि थिएन् जो एनेफाइलेक्सिसको इमरजेन्सी टिट्रमेन्टको काम गर्छ । त्यसपछि मिलियमको हालत झनै विग्रिन थाल्यो । ब्वाईफ्रेण्डले बोलाएको ८ मिनेटमा एम्बुलेन्स आइपुग्यो । अस्पतालमा पुगाएपछि डाक्टरहरुले उनको ज्यान बचाउने कोसिस गरे तर उनले सेरेब्रल एनोक्सियाका कारण अस्पतालमै अन्तिम सास लिइन् । मिरियमको मस्तिष्कमा अक्सिजनको सप्लाई बन्द भइसकेको थियो ।
dainiknepal

Continue Reading…

लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस्

मृत्यु संस्कार जीवनका १६ संस्कार मध्ये अन्तिम संस्कार हो ।

हिन्दु धर्म शास्त्रहरुमा दाह संस्कारपछि आत्म अन्य शरीरमा प्रवेश गर्ने उल्लेख छ । अन्तिम संस्कारको समयमा दागबत्ति दिँद मन्त्रोच्चारण समेत गर्ने गरिन्छ । शरीर अग्निमा भष्म भएपछि यसका आधारभूत पञ्च तत्वमा विलिन हुने विश्वास गरिन्छ ।

गरुण पुराणमा मृत्यु पछि पनि आत्माको परिवारका सदस्यहरुसँग मोह भैरहने र त्यस्ता ब्यक्तिलाई दुःख दिने समेत बताइएको छ । शव दाह गर्ने समयमा मृतक ब्यक्तिको आत्मलाई अव परिवारसँग तिम्रो सम्बन्ध छैन भन्ने सन्देश समेत दिने चलन छ ।

huna
शव जलाएपछि फर्केर हेर्नु हुँदैन

शव दाह गरिसकेपछि कुनै पनि परिवारको सदस्य वा मलामीले शव जलाएको स्थाततर्फ हेर्‍यो भने जसले हेर्छ उसलाई नै आत्म भड्किने समेत गरुण पुराणमा उल्लेख छ ।

त्यसकारण कुनै पनि ब्यक्तिले लाश जलाइ सकेपछि मसानघाट तिर फर्केर नहेर्नु नै बुद्धीमानी हुन्छ ।

शरीर जलाइ सकेपछि आत्म भड्किने र कुनै पनि ब्यक्तिले पछि फर्केर हेरेमा उसलाई नै दुःख दिने भएका कारण मलामीले फर्केर नहेर्ने चलन रहेको छ । मलामीमा बच्चा समेत भएमा त्यस्ता बच्चालाई सबै भन्दा अघि लगाएर फर्किनु समेत उत्तम
भनेर शास्त्रमा उल्लेख छ ।nepaliheadlines

Continue Reading…

ईश्वर पोखरेल भन्छन्- सरकार गोजीको रुमाल हो र प्रचण्डलाई दिन ?

काठमाडौं, २८ जेठ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता हस्तान्तरणबारे एमाले र माओवादीबीच कुनै भद्र सहमति नभएको स्पष्ट पारेका छन् ।13
शुक्रबार पत्रकारहरुसँगको छलफलमा महासचिव पोखरेलले सरकारलाई थप व्यवस्थित बनाउन माओवादीसँग एमालेको ९ बुँदे सहमति भएको भन्दै सरकार परिवर्तनबारे कुनै सहमति नभएको बताए ।
उनले भने- ‘राष्ट्रिय सहमतिको सरकार बनाउन एमाले तयार छ तर, अहिलेको गठबन्धन सरकार भत्काएर अर्को सरकार बनाउने प्रयास हो भने हामीलाई स्वीकार्य हुँदैन् ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनबारे लगातार बहस गरिरहेका बेला महासचिव पोखरेलले सरकार बनाउने र गिराउने खेल गोजीको रुमालजस्तो नभएको बताए । उनले भने, ‘सरकार गोजीको रुमाल होइन, आज एउटाले राख्ने, भोली अर्कोलाई दिने ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका विकासका योजनाहरु पूरा गर्न उहाँकै नेतृत्वमा राष्ट्रिय सरकार बन्न आवश्यक रहेको उनको भनाई थियो ।
dainiknepal

Continue Reading…

राजधानीमा ठगी गर्दै हिड्ने ‘अमेरिकी दूतावासका कर्मचारी’ पक्राउ

काठमाडौं, २८ जेठ । आफूलाई अमेरिकी राजदूतावासको कर्मचारीका रुपमा चिनाएर राजधानीमा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।parkauu
आफू अमेरिकी दूतावासको कर्मचारी भएकाले भूकम्प पीडित कोटामा प्रतिव्यक्ति चार लाख रुपैयाँ दिए अमेरिका पठाइदिने र भिसा लगाउन तत्काल प्रोसेसका लागि रकम चाहिन्छ भन्दै ठगी गर्ने ललितपुरको ठेचोका सिद्धार्थ कार्कीलाई महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार काठमाडौंको मुलपानीबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।
कार्कीले रुपन्देहीका प्रकाश कार्कीसहित ६ जना विद्यार्थीलाई भूकम्प पीडित कोटामा अमेरिका पठाइदिने भन्दै कुल २ लाख ७८ हजार रुपैयाँ लिएर फरार भएका थिए ।
‘भूकम्प पीडित कोटामा प्रतिव्यक्ति ४ लाख भन्दा बढी खर्च नलाग्ने, आफू दुतावासको कर्मचारी भएकाले अमेरिका जाने भिसा लगाउन तत्काल प्रोसेसका लागि रकम चाहिन्छ भनि प्रलोभनमा पारी प्रकाश कार्कीबाट ७६ हजार ५सय, मदन पोखरेलबाट १ लाख ५० हजार गरी ६ जनाबाट जम्मा २ लाख ७८ हजार रुपैयाँ लिएर फरार रहेको पाइयो’ अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने- ‘ठगिएका विद्यार्थीहरुले हामीलाई इन्फर्म गरेपछि ठगी गर्दै हिड्ने कार्कीलाई समात्यौं ।’
कार्कीलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
dainiknepal

Continue Reading…

सुनको भाउ बढ्यो

यो साता सुनको मूल्यमा प्रतितोला १६ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ५४ हजार ३ सय रुपैयाँ रहेको सुन शुक्रवार ५५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
chha
गत आइतबार एकै दिन १ हजार रुपैयाँले महँगिएर प्रतितोला ५५ हजार ३ सय रुपैयाँ पुगेको थियो । सुन त्यसयता थप ६ सय रुपैयाँले महँगिएको हो । पछिल्लो समयमा सुनमा आएको उत्तारचढावका कारण डलरमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी गत शुक्रबार प्रतितोला ७ सय ४५ रहेकोमा यो साता ४० रुपैयाँले महँगिदै ७ सय ८५ पुगेको छ ।
news24nepaltv

Continue Reading…

कारको ठक्करबाट दुई प्रहरीको ज्यान गयो

२०७३ जेष्ठ २८ शुक्रबार

बाराः बाराको गढिमाईमा कारको ठक्करबाट दुई प्रहरी जवानको ज्यान गएको छ ।

वीरगञ्जबाट पूर्वतर्फ जाँदै गरेको ना२प ९६५७ नम्बरको मोटरसाइकललाई पूर्वबाट आइरहेको को१च ८७६६ नम्बरको कारले पूर्व–पश्चिम राजमार्ग अन्तरगत गढिमाई नगरपालिकास्थित पिलुवा चोकमा ठक्कर दिँदा दुई प्रहरीको मृत्यु भएको हो ।
gayo
ज्यान गुमाउनेहरुमा सिन्धुलीतर्फ हिँडेका महोत्तरीको बनौली–८ निवासी २८ वर्षीय प्रज पवनकिशोर मिश्र र दोलखाको बोचा–८ निवासी ३३ वर्षीय प्रज कुमार तामाङ रहेका छन् ।

कारले ठक्कर दिएपछि उनीहरुको दुबैको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
दुर्घटनामा कार चालक सप्तरी निवासी डाक्टर विवेक सिंह पनि घाइते भएका छन् । उनलाई स्थानीय अस्पतालमा भर्ना गरेर उपचार भइरहेको प्रनि खड्काले बताए ।
annapurnapost

Continue Reading…

मर्निङवाक गएका हिन्दू पुजारीको घाँटी रेटेर हत्या

२०७३ जेष्ठ २८ शुक्रबार

बंगलादेशमा एक हप्तामा दुई हिन्दू पुजारीको हत्या
ढाकाः बङ्गलादेशमा एक हप्तामा दुई हिन्दू पुजारीको हत्या भएको छ । पछिल्लो समयमा यहाँ रहेका अल्पसङ्ख्यक हिन्दू धर्मावलम्बीको हत्याको शृंखलामा व्यापक मात्रामा बृद्धि भएको हो ।

शुक्रबारमात्र पनि एकजना हिन्दू धर्मका पुजारीको हत्या भएको छ । शुक्रबार बङ्गलादेशमा हिन्दू धर्मका मठ मन्दिरमा पाठपूजाको कामगर्ने पुजारीको हत्या भएको हो ।bhannn

अज्ञात व्यक्तिको एक समूहले ६२ वर्षीय पुजारी नित्यरन्जन पाण्डेको शुक्रबार बिहान हत्या गरेका हुन् । उत्तरपश्चिमी बङ्गलादेशको पबना जिल्लामा आफ्नै घर नजिकै उनको हत्या गरिएको हो ।

पुजारी मधुमेहका रोगी समेत भएको समाचारमा उल्लेख छ । मधुमेह पीडित पुजारी हरेक बिहान घर वरिपरिको क्षेत्रमा हिँड्ने गर्थे ।

शुक्रबार पनि एका बिहानैको हिँडाइका लागि निस्किएका उनको हत्या भएको प्रहरीले बताएको छ । बिहानको हिडाइमा रहेका उनलाई आक्रमणकारीले धारिलो हतियारले घाँटी छिनाएर हत्या गरेका थिए ।

अहिलेसम्म पनि उनको हत्याको जिम्मेवारी कसैले पनि लिएको छैन । तर यस हत्यामा मुस्लिम अतिवादीको हात रहेको प्रहरीलको अनुमान छ ।

बङ्गलादेशमा क्रिश्चियन र हिन्दू धर्मका अल्पसङ्ख्यक नागरिकको हत्याको शृंखला पछिल्लो समयमा बढ्दो मात्रामा रहेको छ । उक्त हत्याहरुमा मुस्लिम अतिवादी सङ्गठनका विद्रोहीको सम्लग्नता रहेको पनि प्रहरीले जनाएको छ ।

मङ्गलबार मात्र पनि अर्का एकजना हिन्दू पुजारी यसैगरी मारिएका थिए । पश्चिमी बङ्गलादेशमा गएको मङ्गलबार मात्र हिन्दू धर्मका पुजारी मारिएको खबरमा जनाइएको थियो ।

अज्ञात आक्रमणकारीले ७० वर्षका ती हिन्दू पुजारीको हत्या गरेका हुन् । बङ्गलादेशमा अल्पसङ्ख्यक धार्मिक व्यक्तिको हत्या गर्ने क्रममा उनी पनि शिकार बन्नु परेको प्रहरीले जानकारी दिएको छ ।

हत्या भएका पुजारी आनन्द गोपाल गंगुली थिए । उनलाई आफ्नो घर बङ्गलादेशको जेनिदाह जिल्लाको नोलदांगामा हत्या गरी नजिकैको खेतमा फालिएको बताइएको छ ।

यसरी मारिनेमा यसअघि पनि बङ्गलादेशमा बसोबास गरिरहेका विभिन्न धर्मका व्यक्ति परेका थिए । पछिल्लो समयमा यहाँ मुस्लिम अतिवादीहरुले यसरी फरक धर्मका व्यक्तिको हत्या गर्ने गरेका छन् ।

यता प्रहरीले पनि यसरी अल्पसङ्ख्यक धार्मिक व्यक्तिमाथि गर्ने गरेका हत्यामा सम्लग्नहरुको खोजी र उनीहरुमाथि कडा कारबाहीलाई जारी नै राखेको छ ।

प्रहरीले गत वर्ष मात्र बङ्गलादेशमा रहेको एक क्रिश्चियन चर्चमा हमला गर्ने एकजना मुस्लिम अतिवादी व्यक्ति प्रहरीको कारबाहीका क्रममा मारिएको बताएको थियो ।

आफ्नो भूमिगत नाम कावसर राखेको उक्त व्यक्ति बुधबार बिहान अकस्मात भेटिएको र उनले प्रहरीमाथि गोली प्रहार गरेको जनाइएको थियो । त्यसको विरुद्ध प्रहरीले गरेको जवाफी फायरका क्रममा उसको ज्यान गएको हो ।

बङ्गलादेशमा हालैका दिनहरुमा आक्रमण गरी अल्पसङ्ख्यक हिन्दू एवम् मुस्लिम धर्माबलम्बीहरुको ज्यान लिने गरिएको छ । पछिल्लो समयमा यस्ता अतिवादीहरुको निशाना यहाँका हिन्दू धर्मावलम्बी परेका छन् ।

प्रहरीले यसरी हत्यामा सम्लग्न हुनेमा जैमेतुल मुजाहिद्दिन बङ्गलादेश नामक समूहमाथि आशङ्का गर्ने गरेको छ । त्यस संगठनका सदस्यहरु यस्ता काममा सहभागी भएको पाइएको प्रहरीले पत्ता लगाएको छ । एजेन्सी
annapurnapost

Continue Reading…

मृगौला सम्बन्धी रोगका १० सङ्केत, जसलाई कहिल्यै बेवास्ता गर्नुहुँदैन

हाम्रो शरीरमा भएका दुई मृगौलाको काम भनेको शरीरमा भएका हानिकारक विषालु पदार्थहरूलाई छानेर पिसाबको मार्फत बाहिर फाल्नु हो। तर यदि मृगौलामा कुनै पनि समस्या आउन थाल्यो भने यसले राम्ररी आफ्नो काम गर्न सक्दैन, जसको कारण मृगौलाको पत्थरी हुने, मूत्रथैलीको क्यान्सर हुने जस्ता घातक समस्याहरू आउन सक्छन्।

migo

गलत खानेबानी र कुनै-कुनै औषधीको असरले मृगौलामा समस्या आउन सक्छ। फेरि मृगौलाको समस्या भएको सुरुवातमा चिन्न मुश्किल पर्दछ, त्यसैले नै यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ।

त्यसैले आजको स्वास्थ्य अङ्कमा हामी तपाईँहरूलाई मृगौलासम्बन्धी समस्याका १० सङ्केतहरूको बारेमा जानकारी दिन गैरहेका छौँः

१. छिन-छिनमै पिसाब लागिराख्नु, रातीको समयमा यो समस्या बढि हुँदै जानु

२. पिसाब गर्दा अत्याधिक पीडा हुनु र पीडाको कारण पिसाब गर्न नपाउनुU

३. पिसाबमा रगत वा फिँज देखा पर्नु

४. मृगौला खराब हुँदै गएमा शरीरमा जम्मा भएका पानी र नुन बाहिर निस्कन पाउँदैन जसको कारण शरीरका अङ्गहरू फुल्न थाल्दछन्।

५. मृगौलामा समस्या आउन गएमा रगतमा पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन, जसको कारण अनिन्द्रा, कमजोरी र थकान जस्ता समस्या आउन थाल्दछ।

६. शरीरबाट हानिकारक तत्वहरू बाहिर निस्कन नपाएपछि छालामा समेत विभिन्न किसिमका समस्याहरू देखा पर्न सक्छन्।

७. मृगौलामा समस्या आएमा रगतमा यूरियाको मात्रा बढ्न गई स्वासप्रश्वासमा बाधा पुग्छ र दुर्गन्धित सास आउन थाल्दछ।

८. मृगौलाले हानिकारक तत्वहरू छान्न नसकेपछि रगतमा नुनको मात्रा बढ्न थाल्छ र रक्तचाप पनि बढ्दै जान्छ।

९. रिँगटा लाग्नु, वान्ता होला जस्तो हुनु र टाउको चड्किनु

१०. मृगौलाको समस्या हुँदा शरीरको माथि देखि तलसम्मका सबै हाडजोर्नीहरू दुख्न थाल्दछन्। यो मृगौला पत्थरीको लक्षण हो।

Continue Reading…

कमल थापा भारत प्रस्थान, भारतीय राजदूतले विदाई गरे

काठमाडौँ, २८ जेठ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
भारतमा रहँदा परराष्ट्र मन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।kamal

नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रासससँग गर्दै उहाँले भन्नुभयो – “दुई दिने भारत बसाइमा भारतको नेतृत्व तह र पदाधिकारीहरुसँग दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्ने विषयमा विचारको आदानप्रदान हुनेछ ।”
उपप्रधानमन्त्री थापा आगामी आइतबार स्वदेश फर्कनुहुनेछ । उहाँको बिदाइका लागि परराष्ट्र मन्त्रालयका उच्च अधिकृत तथा नेपालका लागि भारतीय राजदूत रणजीत राय विमानस्थल पुग्नुभएको थियो । रासस
dainiknepal

Continue Reading…

वास्तु शास्त्रः घरमा गरिने यी ९ गल्तीले सँधै आर्थिक अभाव हुन्छ

वास्तु शास्त्रले घरमा अमन चयन र सुख शान्तिका लागि सकारात्मक उर्जालाई मुख्य कुरा मान्छ । वास्तु विधी नमिलेका कारण हामीले दैनिक जीवनमा विभिन्न समस्या भोग्नु पर्ने वास्तु शास्त्रको भनाइ छ ।

घर बनाउँदा जान्नै पर्ने ९ वास्तु सुचक

वास्तुदोष केवल घरमा मात्र नभएर घरका चारैतिर फैलिएका चिजका कारण पनि हुन सक्छ । घर भित्रका सामान मिलाएर राख्दैमा पनि वास्तु दोषबाट बँच्न सकिँदैन ।hunchaवास्तु शास्त्रः घरमा गरिने यी ९ गल्तीले सँधै आर्थिक अभाव हुन्छ

वास्तु शास्त्र भन्छ- घरमा यी ८ चिज कहिल्यै नराख्नुस्

यदि घर बाहिर नकारात्मक उर्जा जम्मा हुने चिजहरु छन् भने घरमा सँधै धनको अभाव र विमारी हुने वास्तु शास्त्रको दावी छ ।

यी ९ गल्तीका कारण घरमा धनको समस्या हुन्छः

१- वास्तुको शास्त्रका अनुसार घरको अगाडी रुख वा खम्बा छ भने घरमा कुनै न कुनै तनाव आइ रहन्छ । यस्तो हुँदा खासगरी घरका बच्चाहरुलाई नकारात्मक असर हुन्छ । घर अगाडी खम्बाले घरमा सँधै नकारात्मक उर्जा पैदा गर्छ र आर्थिक अभाव पनि हुने गर्छ ।
मुख्य गेटको सामनेमा कुनै खाडल वा कुवा छ भने परिवारका सदस्यहरुलाई मानसिक रोग र तनाव हुने वास्तु शास्त्रको भनाइ छ । यस्तो घरमा सँधै धनको अभाव हुने गर्छ ।

३- मुख्य द्वारको अगाडी फोहोर जम्मा गरिने गरेको भए त्यसले घरका सदस्यहरुमा उदासी उत्पन्न हुने र सँधै आर्थिक तनावबाट गुज्रिनु पर्ने वास्तु शास्त्रको भनाइ छ ।

घरमा ऐना राख्दा कहिल्यै नभुल्नुस् यी १० कुरा

४- वास्तु शास्त्रका अनुसार मुख्य द्वारको सामुन्ने फोहोर पानी जम्मा हुने ठाउँ छ भने त्यसले पैदा गर्ने नकारात्मक उर्जाले घरमा सँधै धनको अभाव पैदा गर्छ ।

५- मेन गेट अगाडी मन्दिर वा पुजा स्थल हुँदा पनि नकारात्मक उर्जा पैदा हुन्छ । वास्तु शास्त्रका अनुसार यस्तो घरमा पनि आर्थिक अभाव हुन्छ ।

६- वास्तु शास्त्र अनुसार घरको गेटमा ढोका भित्रबाट मात्र खुल्ने हुनु शुभ मानिन्छ । बाहिर पट्टी खुल्ने ढोका भएको गेट अशुभ मानिन्छ । यस्तो घरमा धनको सधै अधाव हुन्छ ।

७- घरको बाहिर पट्टीबाट आउने नकारात्मक उर्जा रोक्नका लागि मेन गेटमा स्वस्तिक वा ॐ जस्ता चिन्ह राख्नु राम्रो मानिन्छ । यस्ता चिन्ह नभए नकारात्मक उर्जा घरमा प्रवेश गर्न सक्छ ।

८- सुकेको वा काँढाधारी रुख घरको अगाडि हुनु अशुभ मानिन्छ । यस्ता रुखले घरमा नकारात्मक उर्जा पैदा गर्छ र आर्थिक अभाव गराउँछ ।

९- मेन गेटको अगाडी फोहोर फाल्ने भाँडो राख्नु अशुभ मानिन्छ । यसले पैदा गर्ने नकारात्मक उर्जाले घरमा घरझगडा हुन सक्छ । आर्थिक अभाव पनि हुन्छ ।nepaliheadlines

Continue Reading…

सुजाताले दिइन खुमबहादुरलाई काउन्टर, सभापति देउवा दबाबमा

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसमा १३ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएको झण्डै तीन महिना वित्न लाग्यो तर, अहिलेसम्म नयाँ कार्यसमितिले पूर्णता पाउन सकेको छैन् ।
सभापतिमा निर्वाचित भएको तीन महिनासम्ममा शेरबहादुर देउवाले खाली रहेका पदमा मनोनयन गर्न सकिरहेका छैनन् । कारण हो पद थोरै छन् आकांक्षी धेरै ।din
देउवाले छान्ने भनेको मूख्य पद उपसभापति हो । जसमा खुमबहादुर खड्का प्रवल दाबेदार हुन् भने विमलेन्द्र निधीले पनि इच्छा राखेका छन् । तर, देउवा निधी आफ्नै मान्छे भएकाले उनलाई फकाएर खुमबहादुरलाई नै उपसभापति बनाउने तयारीमा रहेको बताइन्छ ।
देउवाले त्यस्तो तयारी गरिरहेको खबर आइरहेका बेला पूर्व सभापति गिरिजाप्रसाद कोइराला पुत्री तथा केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको उपसभापति पदमा दाबी गरेकी छिन् ।
कांग्रेस नेतृ सुजाताले महिलालाई संविधानले दिएको अधिकार प्राप्त गर्न पार्टीभित्रै संघर्ष गर्नुपर्ने अवस्था आएको बताउँदै सोही कारण आफ्नो पार्टी उपसभापतिमा दाबी रहेको बताइन् ।
शुक्रबार विहान पत्रकार ऋषि धमलासँग वाणि बहसमा कुरा गर्दै सुजाताले आफूले उपसभापति पद नछाड्ने बताइन् । ‘महिलाले अधिकार पाउनुपर्छ । कांग्रेसमा योग्य र सिनियर महिला म नै हो, त्यसकारण मैले उपसभापति पद पाउनुपर्छ,’ उनले भनिन् ।
सभापति देउवाले उपसभापति पद त खुमबहादुर खड्कालाई दिने तयारी गरेको भनिन्छ नी भन्ने प्रश्नमा सुजाताले पार्टीलाई असर नपर्ने गरी पदाधिकारी मनोनयन हुनुपर्ने बताइन् । उनले खुमबहादुरलाई काउन्टर दिँदै भनिन– ‘पार्टीमा कुन व्यक्तिलाई के बनाउँदा जनतामा पार्टीको के असर जान्छ त्यो सभापतिले बुझ्नुपर्छ । हामीले मास बेस पोलिटिक्स गरिरहेका छौं । त्यसमा जनताको भावनालाई बुझ्नुपर्छ ।’
खुमबहादुर ‘भ्रष्टाचारी’ भएको र त्यसको म्यासेज जनतामा नराम्रो जानेतर्फ संकेत गर्दै सुजाताले पार्टीले महिला अधिकार सुनिश्चित गर्न पनि उपसभापति पद महिलालाई दिनुपर्ने स्पष्ट पारिन् ।
भर्खरै जारी भएको संविधानले महिलालाई धेरै अधिकार दिएको बताउँदै पार्टीमा त्यसलाई प्राप्त गर्न आफैं अग्रसर भएको उनले सुनाइन् ।
संविधानले सबै स्थानमा ४० प्रतिशत महिला समावेशीता प्रत्याभूति गरेको उनको भनाइ छ । ‘सबै संगठनमा सभापति पुरुष भएमा उपसभापति महिला हुनुपर्ने अनिवार्य गरिएको छ,’ उनले भनिन् ।
उक्त प्रावधान लागू गर्न कांग्रेसले उदाहरण बन्ने बेला आएको उनले औंल्याइन् । संविधान कार्यान्वयनको कुरा गर्दा राजनीतिक दलहरूले पार्टी संरचनामा पनि त्यसलाई लागू गर्नुपर्नेमा जोड दिइन् ।
सुजाताको दाबीलाई रामचन्द्र पौडेल समूहले समर्थन गर्दै सभापति देउावमाथि दबाब दिइरहेको बताइन्छ । या त सुजातालाई उपसभापति बनाउनुपर्ने नभए विधान संशोधन गरेर महिला उपसभापतिको व्यवस्था गर्नुपर्ने प्रस्ताव पौडेल समूहको छ । तर, यसमा संस्थापन पक्षले असहमति जनाउँदै आएको छ ।
dainiknepal

Continue Reading…

अब साँच्चै मुलुकको मुहार फेर्न सबैले हिम्मत राख्नुपर्छ: प्रधानमन्त्री ओली

दमक, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने विचार व्यक्त गर्नुभएको छ । उहाँले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी भएकोमा जोड दिनुभयो ।
आज बिहान दमक–६ स्थित दापगा गाछीमा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकास, समृद्धितर्फ देशलाई रुपान्तरण गर्न सबै जुट्न सके परिवर्तन सम्भव हुने बताउनुभयो । मुलुकको विकासमा वर्तमान सरकारले उल्लेखनीय कामको सुरुवात गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब साँच्चै मुलुकको मुहार फेर्न सबैले हिम्मत राख्नुपर्छ ।”0wli
मुलुकको विकासका योजना सार्वजनिक गर्दा विपक्षीहरुले हावादारी भनेर आलोचना गरेकोमा आफू अचम्मित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । आफ्नो निर्वाचन क्षेत्रका आधा दर्जन बढी कार्यक्रममा सहभागी हुन दमक आउनुभएका प्रम ओलीले दमकलाई विकासको नमुना सहर बनाउने अठोट लिएको समेत भनाइ राख्नुभयो ।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भ्यूटावरको शिलान्यास लगत्तै प्रधानमन्त्रीले मोरङको मधुमल्ला जोड्ने दमक–५ स्थित मावा खोलामा बनिने पुलको समेत शिलान्यास गर्नुभएको थियो ।
नेपाल सरकारको करिब रु एक अर्बको लगानीमा बन्न लागेको उक्त भ्यू टावर ७२ फिट अग्लो र चारतले हुने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताउनुभयो । दमकको आन्तरिक पर्यटन प्रवद्र्धनमा पूर्वकै व्यवस्थित बन्न लागेको सो भ्यूटावर करिब पाँच बिघा क्षेत्रफलमा रहेको छ । भ्युटावर बनाउन स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्यका जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए । रास
dainiknepal

Continue Reading…

मोटरसाइकलबाट हुत्तिएर गुडिरहेको टिपर मुनि पर्दा…

कास्की, २८ जेठ । मोटर साइकल दुर्घटनामा पोखरामा एक युवकको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरा उपमहानगरपालिका–२७ हेम्जास्थित बुद्ध पेट्रोल पम्प नजिक शुक्रबार ध.१ प १९४७ नम्बरको मोटरसाइकलको अगाडिको टाएर पंचर भई ग.१ ख ४३५४ नम्बरको टिपर मुनि पर्दा मोटरसाइकल चालक पर्वत पकुवा–७ बस्ने २७ वर्षीय सन्तोष पौडेलको मृत्यु भएको हो ।12
टिपर मुनि पर्दा गम्भीर घाइते भएका पौडललाई उपचारका मणिपाल अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरे ।
दुर्घटनामामोटरसाइकल पछाडी सवार पर्वत खौला–५ बस्ने ५६ वर्षीय हरीप्रसाद सापकोटा समेत घाइते भएकोले उपचारको लागि सोही अस्पतालमा लगिएको छ ।
फरार टिपर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
dainiknepal

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog