Friday, June 10, 2016

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

झापा, २८ जेठ । झापा जिल्लाको काँकडभिट्टा इलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषध सहित एक जनालाई जेठ २७ गते पक्राउ गरेको छ ।eses
पक्राउ पर्नेमा सोहि जिल्लाको मेचीनगर नगरपालिका ११ बस्ने ४२ वर्षिय कुमार श्रेष्ठ छन् ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले निज श्रेष्ठलाई पक्राउ गरेको हो ।
एपीएफ टोलीले त्यसवेला निज श्रेष्ठको साथमा लु्पिजेसिक ६० वटा, फेनारगन ६० वटा र डाइजापाम ६० वटा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog