Friday, June 10, 2016

मोटरसाइकलबाट हुत्तिएर गुडिरहेको टिपर मुनि पर्दा…

कास्की, २८ जेठ । मोटर साइकल दुर्घटनामा पोखरामा एक युवकको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरा उपमहानगरपालिका–२७ हेम्जास्थित बुद्ध पेट्रोल पम्प नजिक शुक्रबार ध.१ प १९४७ नम्बरको मोटरसाइकलको अगाडिको टाएर पंचर भई ग.१ ख ४३५४ नम्बरको टिपर मुनि पर्दा मोटरसाइकल चालक पर्वत पकुवा–७ बस्ने २७ वर्षीय सन्तोष पौडेलको मृत्यु भएको हो ।12
टिपर मुनि पर्दा गम्भीर घाइते भएका पौडललाई उपचारका मणिपाल अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरे ।
दुर्घटनामामोटरसाइकल पछाडी सवार पर्वत खौला–५ बस्ने ५६ वर्षीय हरीप्रसाद सापकोटा समेत घाइते भएकोले उपचारको लागि सोही अस्पतालमा लगिएको छ ।
फरार टिपर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog