दक्षिण कोरियाले भन्यो- लुम्बिनीलाई विश्व शान्ति शहर बनाउन सहयोग गर्छौं
२८ जेठ, सोल ।
कोरियाको अन्तर्राष्ट्रिय सहायता निकाय कोयकाले नेपालको भुकम्प पछिको पुर्ननिर्माण र पुर्वाधार विकासमा थप सहयोग गर्न तयार रहेको जनाएको छ ।
साउदीमा फिल्म हल, उत्तर कोरियामा निलो जिन्स, विश्वका अनौठा ७ प्रतिबन्ध
चार दिने कोरियाा भ्रमणमा रहेका नेपालका पर्यटन सचिव सहितको टोलीसँगको भेटमा कोयकाका उप–प्रमूख सुङ्गो छोइले भुकम्पपछिको पुर्ननिर्माण र पुर्वाधार विकासमा थप सहयोग गर्ने जानकारी दिएका हुन् । पर्यटन सचिब शंकरदास बैरागीले हिजो कोयका कार्यलयमा पुगेर कोयका उप–प्रमूख छोइसँग भेटघाट गरेका थिए । भेटमा सचिव बैरागी नेतृत्वको नेपाली अधिकारी र कोयकाका अधिकारीबीच द्धिपक्षिय सम्बन्ध र कोयकाले गर्ने आर्थिक सहयोगको विषयमा छलफल भएको नेपाली दुतावासले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।
सो छलफलमा कोयकाका उप–प्रमूख छोइले संस्थाको भावि परियोजना र भुकम्पपछिको पुर्ननिर्माण तथा पुर्वाधार विकासमा सहयोगका बारेमा जानकारी दिएका थिए । छोइसँगको भेटमा सचिब बैरागीले कोयकाले नेपालको सामाजिक र आर्थिक क्षेत्रको विकासमा पु¥याउदै आएको सहयोगको प्रशंसा गर्दै भावि दिनमा पनि थप सहयोग गर्न आग्रह गरेका छन् । त्यस्तै उनले भुकम्प प्रभावितका लागि आवश्यक आवास निर्माण, स्वास्थ्य पुर्वाधारका सार्थ प्राविधिक जनशक्ति पठाएर सहयोग गर्न आग्रह गरेका छन् । प्रतिउत्तरमा कोयकाका उप–प्रमूखले नेपालको आर्थिक विकासमा सक्दो सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गरे ।
यसैगरी कोयका र नेपालका अधिकारीबीच व्यापार, उद्योग, जलवायू परिवर्तन, जल व्यावश्थापन, लुम्बिनीलाई विश्व शान्ति शहरको रुपमा विकास गर्ने लुम्बिनी गुरुयोजनामा सहयोग र त्यसको सम्भाव्यताका विषयमा छलफल भएको दुतावासले जनाएको छ ।
एमालेभित्र अर्को तयारी ! माधवले लिए ‘बोल्ड’ निर्णय
त्यसैगरी सचिब बैरागी नेतृत्वको टोलीले हिजैबाट राजधानी सोलमा शुरु भएको एक्तीसौ कोरिया वल्र्ड ट्राभल मेलामा राखिएको नेपाली स्टलको अवलोकन गरेका थिए । नेपाल पर्यटन बोर्ड र नेपाली दुतावासले संयुक्त रुपमा स्टल राखेका छन् । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य अनुरुप मेलामा नेपाली स्टल राखिएको हो ।
nepaliheadlines