Thursday, June 9, 2016

‘चीनको डरले अमेरिका बन्यो भारतको कठपुतली’

काठमाडौं, २७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरै अमेरिकाको भ्रमण गरेका छन् । उनले बुधबार मात्रै अमेरिकी कंग्रेस (संसद)लाई पनि सम्बोधन गरेका थिए ।
कुनै बेला गुजरातमा मुस्लिमहरु हत्याको नाइके भन्दै प्रतिबन्ध लगाउने अमेरिकाले यसपटक मोदीको भव्य स्वागत गरेपछि पाकिस्तानीहरु शंसकित बनेका छन् । र चीनले पनि यो दृश्यलाई नजिकबाट नियालिरहेको छ ।
मोदीको यो भ्रमणका क्रममा अमेरिकाले भारतलाई न्युक्लियर सप्लायर्स ग्रुप (एनएसजी)मा भारतलाई सदस्य बनाउने बचन पनि दिएको छ । भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बराक ओबामाबीचको भेटवार्तामा भारतलाई एनएसजी सदस्य बनाउने समझदारी भएको थियो ।chinko
जसको चीन र पाकिस्तानले पहिलेदेखि नै विरोध गरिरहेका छन् । यसलाई पाकिस्तानी सञ्चारमाध्यमले अमेरिका चीनसँग डराएर भारतको कठपुतली बनेको टिप्पणी गरेका छन् ।
पाकिस्तानका अधिकांश सञ्चारमाध्यमले चीनसँग डराएर अमेरिकाले एसियामा आफूलाई सुरक्षित पार्न न्युक्लियर सप्लायर्स ग्रुप (एनएसजी)मा भारतलाई मात्र सदस्य बनाउन तयार भएको विश्लेषण गरेका छन् ।
पाकिस्तानको ‘डन’ पत्रिकाले त यसलाई अमेरिकाको ‘असमान व्यवहार’ भनेका छन् । ‘एनएसजीमा दाबी गरिरहेको पाकिस्तानलाई उपेक्षा गरेर भारतलाई काखी च्याप्नु अमेरिकाको असमान व्यवहार हो । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले तुरुन्त जवाफी कदम उठाउनुपर्छ’ समाचारमा भनिएको छ । चीनले पाकिस्तानलाई सदस्य बनाउन लबिङ गरिरहेका बेला अमेरिका भारतको पक्षमा उत्रिएको हो ।
अर्काे पत्रिका ‘द न्यूज’ले सम्पादकीय लेख्दै भनेको छ– एक व्यक्ति जो गुजरातमा मुसलमानहरुको हत्यामा भुमिका निभाए । त्यही कारण अमेरिका प्रवेशमा रोक लगाइयो । आज अमेरिकाका राष्ट्रपति, अमेरिकी कंग्रेसका अधिकांश पदाधिकारी उनको साथमा छन् । यसको कारण अमेरिका चीनका अगाडि एउटा नयाँ शक्ति उभ्याउन चाहन्छ । भारतसँगको सम्बन्धका लागि अमेरिकी पाखण्डी पनि जिम्मेवार छ ।’
ट्विटरमा पाकिस्तानी पत्रकार मोइद पीरजादा लेख्छन्– चीनको डरका कारण अमेरिका भारतीय रणनीतिको कठपुतली बनिसक्यो । वाशिंगटन ब्युझ (उठ) ।’
नरेन्द्र मोदी आफ्नो विदेश भ्रमणका क्रममा अफगानिस्तान, कतार, स्विट्जरल्याण्ड, अमेरिकापछि मेक्सिको गएर विहीबार स्वदेश फर्केका छन् ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog