Thursday, June 9, 2016

अमेरिकामा मोदीलाई झड्काः नेपालविरुद्ध संयुक्त वक्तव्य निकाल्न ओबामाले मानेनन्

काठमाडौं, २७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्विट्जरल्याण्ड हुँदै अमेरिका पुगेपछि नेपाली राजनीतिज्ञ तथा कूटनीतिज्ञहरुको एउटै मुख्य चासो थियो- मोदीले बेलायत, ब्रसेल्समा जस्तै नेपालबारे अमेरिकासँग मिलेर मिलेर टिप्पणी गर्ने हुन् कि ?
तर, यसपटक त्यस्तो हुन पाएन ।
मोदी भ्रमणलाई नियाल्दै आएका नेपाली सबैलाई दुई मुलुकबीच जारी ५० बुँदे संयुक्त वक्तव्य पढेपछि ढुक्क अनुभूति भएको छ ।Capture
औपचारिक भ्रमणका क्रममा वासिङटन रहेका मोदीले अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको वार्तापछि जारी गरेको वक्तव्यमा नेपालको कुनै सन्दर्भ मात्र होइन, ‘शब्द’ नै परेन ।
यसबाट नेपाली राजनीतिज्ञ तथा कूटनीतिज्ञहरुले सहजता अनुभव गरेका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीले सहजता अनुभव गरेका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीले कूटनीतिक लविङ तीव्र पारिएको र नेपालको मनसाय अमेरिकाले बुझिदिएकामा खुसी व्यक्त गरे ।
भारतले पछिल्लो समय नेपालको संविधान अपूर्ण भन्दै आफ्नो कूटनीतिक लविङ तीव्र पारेको छ ।
उक्त कार्यले नेपाल र भारतको सम्बन्धमा चिसोपना आएको थियो ।
अमेरिका भ्रमणमा पनि भारतले त्यही प्रकारको सहकार्य गर्न सक्ने आशंका सबैमा थियो । भारतले त्यस्तो प्रयास गरेको कूटनीतिक स्रोतले बतायो । तर, अमेरिकाले छिमेकीलाई साथमा लिएर आतंकवाद नियन्त्रण र विकास कार्य अघि बढाउनुपर्नेमा जोड दियो ।
कुनै पनि मुलुकको आन्तरिक मामिलामा तेश्रो पक्ष सहकार्यमा अमेरिका नरहेको सन्देश यसअघि नै दिएकाले संयुक्त वक्तव्यमा नेपाल शब्द नपरेको वासिङटनस्थित नेपाली नियोगका अधिकारीहरुको दाबी छ । कान्तिपुर दैनिकमा समाचार छन् ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog