Thursday, June 9, 2016

पूर्वराजा शाहविरुद्ध उजुरी दर्ता, मरिसकेका व्यक्तिलाई पनि मुद्दा

काठमाडौं, २८ जेठ । रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।raja
पीडित १५ परिवारले बिहीवार आयोगमा उजुरी दिँदै स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी न्याय दिलाइदिन माग गरेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।
सम्बन्धित जिल्लाबाट वा अन्य कुनै माध्यमबाट भएपनि आयोगमा उजुरी गर्न सकिने व्यवस्था भएपनि पीडितहरु स्वयं आयोगको कार्यालय बबरमहलमा उपस्थित भएर घटनाको छानबिन र दोेषीलाई कारबाहीको माग गरेका हुन् ।
पीडितहरुले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री सूर्यवहादुर थापाका अलावा कमल थापा, अनन्तराज शर्मा पाण्डे, प्यारजंग थापा, श्यामभक्त थापा ।
चूडामणि बस्याल, रामप्रसाद श्रेष्ठ र राममणि पोखरेललगायत विरुद्ध जाहेरी दिएका हुन् ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog