Thursday, June 9, 2016

मधेसप्रति अमेरिकाको चासो

२८ जेठ, काठमाडौं ।

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसकेन्द्रीत दलको माग वार्तामार्फत समाधान गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने अमेरिकाले जनाएको छ ।

अमेरिकाले संवादमार्फत नै सबै समस्या समाधान हुने विश्वाससमेत व्यक्त गरेको छ। नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री केपी शर्मा ओलीलाई भेटी सरकारको प्रयासमा साथ दिने आशय व्यक्त गरेका हुन् ।parti

‘संविधानप्रति असन्तुष्टि राखेका मधेसी दलको माग वार्तामार्फत समाधान गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने अमेरिकी मुख्य उपसहायक विदेशमन्त्रीले बताए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटबार्ताबारे जानकारी दिँदै प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले भने,‘संवादमार्फत सबै समस्या समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।’ आजको नागरिक दैनिकमा खबर छ ।
nepaliheadlines



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog