Thursday, June 9, 2016

उपराष्ट्रपति पुन आज चीन जाँदै, टोलीमा पत्नीसहित ११ जना

काठमाडौं, २८ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन आजदेखि चीनको भ्रमण गर्दै हुनुहुन्छ ।
उपराष्ट्रपतिले आफ्नो भ्रमण दुई देशको सम्बन्धलाई थप नयाँ उचाइमा पु-याउनमा केन्द्रित हुने बताउनुभएको छ ।
उहाँले आफूले चौथो चीन–दक्षिण एसिया मेला, २४ औँ चीन–कुन्मिङ आयात निर्यात व्यापार मेला र सोही दिन चीन दक्षिण एसिया व्यवसायी मञ्चलाई सम्बोधन गर्ने बताइएको छ ।bhana
उपराष्ट्रपति चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बिहान ११ बजे चीन प्रस्थान गर्दै हुनुहुन्छ ।
भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक घर्ती, उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना छन् ।
यसैगरी भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल सुरेन्द्र थापा र शाखा अधिकृत जनक सिंह, प्रधानमन्त्री कार्यालयका उपसचिव अञ्जानकुमार मिश्र, उपराष्ट्रपति कार्यालयका खरिदार सृष्टि शाक्य र भाषा अनुवादक डा. हरिशचन्द्र शाह हुनुहुन्छ ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो । उपराष्ट्रपति चीनको साताव्यापी भ्रमण सकेर आगामी असार २ गते स्वदेश फर्कनुहुनेछ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog