Thursday, June 9, 2016

सार्कका ८ वटै देश समृद्ध पार्न प्रधानमन्त्री ओलीले मूख्यसचिवहरुलाई दिए टिप्स

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का ८ वटै देशहरु समृद्ध बनाउन सार्क राष्ट्रका मूख्य सचिव (क्याबिनेट सेक्रेटरी) हरुलाई टिप्स दिएका छन् ।
सार्कका मुख्य सचिवस्तरीय दुईदिने बैठकको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सार्क क्षेत्रमा आर्थिक समृद्धि ल्याउनका लागि सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाउनु आवश्यक रहेकामा जोड दिए ।
उनले यस क्षेत्रबाट गरिबी, अशिक्षा, भोकमरी, पछौटेपन अन्त्यका लागि सामूहिक प्रयासको खाँचो औँल्याउँदै यसका लागि आर्थिक समृद्धि र सुशासनमा ध्यान दिनुपर्ने बताए ।diyo

सार्क स्थापनाको तीन दशक पूरा हुँदा यसले यस क्षेत्रको जनअपेक्षालाई अझ प्रभावकारी रुपमा सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने – ‘सार्कको क्षेत्रीय सहयोगलाई अझ बलियो बनाउँदैै यसको अभिवृद्धि गर्नु जरुरी छ ।’
प्रधानमन्त्री ओलीले सार्क विकास कोषमार्फत यस क्षेत्रलाई पूर्वाधार विकासका लागि यातायात र सञ्चारमा थप अन्तरसम्बन्ध (कनेक्टिभिटी) गर्न, रोजगारीका अवसर सिर्जना गर्न जोड दिए ।
संविधान विश्वकै उत्कृष्ठ
सार्वभौमसत्ता सम्पन्न, समावेशीताको उत्कृष्ट नमुना रहेको संविधानसभाले नेपाली जनताको चाहनामा नेपालको संविधान जारी रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले संविधानले गणतन्त्रलाई संस्थागत विकास त गरेकै छ, जनताको अधिकारलाई पनि सुनिश्चित गरेको बताए ।

उनले नेपालको संविधान विश्वको उत्कृष्ट संविधान रहेको दाबी गर्दै संविधानसभाका ९२ प्रतिशत सभासद्ले यसमा सहमति जनाउनुभएको छ भने । उनले संविधानले सबै विभेदलाई अन्त्य गर्ने विश्वाससमेत व्यक्त गरे ।
उनले भ्रष्टाचार नियन्त्रण गर्दै समावेशी विकास र आर्थिक समृद्धिबाट सुशासन ल्याउन सकिने विचार व्यक्त गरे ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog