Thursday, June 9, 2016

कमाउन गएका प्रदीप कफिनमा घर फर्किए

२०७३ जेष्ठ २७ बिहीवार
इलामः पैसा कमाएर परिवारमा खुशी थप्न बैदेशिक रोजगारीमा गएका इलामको दानाबारी–३ गगटेका २६ वर्षीय प्रदीपकुमार राई ‘रुपेश’ को शव घरमा आइपुगेको छ ।

सम्पती कमाउने सपना बोकेर मलेसिया पुगेका प्रदीप कफिनमा पोको परेर घरमा आइपुगेपछि गाउँमा रुवाबासी भएको छ ।

गाउँमा रहँदा समाज सेवामा सकृय राई १३ महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनको गत जेठ २० गते मलेसियामा निधन भएको स्थानीयबासी विमल दहालले जानकारी दिए ।bhakoo
मलेसियाको चिली चिन्ताङ इपोपेरा इम कम्याक्ट कम्पनीमा काम गदै गरेका रुपेशको रक्तचाप कम भएपछि उपचारमा ढिलाई हुँदा ज्यान गएको मलेसियामै रहेका दानाबारी–३ शुक्रबारे बजारका सूर्य पाख्रिनले जानकारी दिए ।

राई २०७२ वैशाख २ गते बिर्तामोडको अञ्जली ओभरसिजमार्फत मलेसिया गएका थिए । उनले ‘जिन्दगी’ एल्बममा ‘यो चुली है भीरको…..’ गीतको म्युजिक भिडियोमा पनि अभिनय सकेका थिए ।

उनको शव दानाबारीमा ल्याई घरकै आँगनमा बुधबार कविर पन्थ साधु धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको काका सुकमानले बताए ।

राईका बुवा मोहनदाश राई, आमा नन्दकुमारी राई, बाजे लक्ष्मीदाश राई, श्रीमती सुनिता राई तथा दुई छोरीहरु कृषा र श्रेया रहेको परिवारले जनाएको छ ।
annapurnapost



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog