बालुवा खानीमा पुरिएर नुवाकोटमा तीन जनाको मृत्यु
नुवाकोट, २७ जेठ । अवैध बालुवाको खानीमा मिनी ट्रकसहित पुरिएर नुवाकोटमा तीन जनाको मृत्यु भएको छ ।
विहीबार बिहान १० बजे खड्गभञ्ज्याङ गाविस–९ बुधसिङघाटस्थित एक बालुवा खानीको ढिस्को खसेर मिनी ट्रकका चालक दाङसिङ–४ का ३५ वर्षिय विकास तामाङ, सोही ठाउँका सहचालक प्रकाश तामाङ र खानीका कामदार घटनास्थल खड्गभञ्ज्याङ–९ कै २२ वर्षका शंकर राइको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तस्वीरः रामहरि गजुरेलबाट ।
dainiknepal