विप्लव माओवादीका संगठन विभाग प्रमुख पक्राउ
२०७३ जेष्ठ २७ बिहीवार
पाँचथरः बन्द सफल पार्न हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको सङ्गठन विभाग प्रमुखसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला सङ्गठन विभाग प्रमुख पेम्बा शेर्पा र दुई नम्बर क्षेत्रका सेक्रेटरी गजेन्द्र काफ्ले रहेका छन् ।
माओवादी जिल्ला सेक्रेटरी सौगातका अनुसार पुरानो पञ्चमीका शेर्पा र इलामको फाकफोकका काफ्लेलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
उनीहरुलाई सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
यता माओवादीका जिल्ला सेक्रेटरी सौगातले भने शान्तिपूर्ण बन्दको पूर्वसन्ध्यामा आफ्ना नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।
यसैबीच विप्लव माओवादीकै बन्दका कारण मेची राजमार्गमा बिहानैदेखि सवारी आवागमन ठप्प छ । पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै बिहीबार बन्द आह्वान गरिएको हो । रासस
annapurnapost