भारतमा सडक दुर्घटना कमी गर्ने प्रयास असफल, प्रत्येक घण्टा १७ जनाको मृत्यु
२८ जेठ, एजेन्सी।
भारतको यातायात मन्त्रालयले भारतले सडक दुर्घटना न्यूनीकरण गर्ने विभिन्न मापदण्डहरु अपनाए पनि दुर्घटना कमीका लागि अपेक्षित सुधार ल्याउन नसकिएको बिहीबार जनाएको छ ।
यातायातमन्त्री नितीन गडकरीले सडक दुर्घटना कमी गर्न भारतीय सडक संरचनामा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै भने, भारतीय नागरिकले सडक दुर्घटनाका कारण उच्च दरमा मृत्युवरण गर्नुपरेको स्वीकार गरे ।
सन् २०१५ मा भएका पाँच लाख एक हजार ४२३ दुर्घटनाबाट एक लाख ४६ हजार १३३ मानिसले ज्यान गुमाएका मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो सन् २०१४ को तुलनामा पाँच प्रतिशतले वृद्धि हो ।
दुर्घटनाका कारण सन् २०१५ मा करिब पाँच लाख मानिस घाइते भएका थिए ।
प्रत्येक १० सडक दुर्घटनामध्ये आठ दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताइएको छ र यी दुर्घटनामध्ये ६२ प्रतिशतभन्दा बढी अनियन्त्रित गतिका कारण हुने गरेको अध्ययनले देखाएको छ ।
भारतमा आतङ्कवादी हमला वा प्राकृतिक प्रकोपबाट भन्दा बढी मानिस सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरे पनि यस सम्बन्धमा खासै उल्लेख गरिने नगरेको मन्त्री गडकरीले बताए ।
सरकारको पछिल्लो दुई वर्षको प्रयास सडक दुर्घटना नियन्त्रणमा व्यापक भएको भए पनि यसपूर्व खासै ध्यान नदिने गरिएको गडकरीको भनाई छ ।
सरकारले देशको राजमार्ग सञ्जाललाई ९६ हजार किलोमिटरबाट दुई लाख किलोमिटर पु¥याइ बढ्दो ट्राफिकका कारण सडक दुर्घटनामा हुने गरेका घटनालाई कमी गर्ने सरकारको योजना भएको उनले दाबी गरे ।nepaliheadlines