Thursday, June 9, 2016

नक्कली खेलाडी बनाएर विदेश पठाउने तेक्वान्दो महासंघका उपाध्यक्ष पक्राउ

ठूलो रकम उठाएर नक्कली खेलाडी बनाएर विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागी बनाउन पठाउने अन्तर्राष्ट्रिय तेक्वान्दो फेडरेसन नेपालका उपाध्यक्ष ४४ वर्षीय चेतनराज गिरी पक्राउ परेका छन् ।

गिरीलाई बिहिबार अपराध महाशाखाबाट खटेको टोलीले बिहिबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । गिरी नेपाल तेक्वान्दो महासंघ ईन्टरनेशनलको उपाध्यक्ष तथा रग्वी संघको महासचिव रहेका छन् ।

parkau
गिरीले म्याग्दी घर हुने बर्ष ५३ को टेक प्रसाद लामगाडे र दिपक सुनारलाई ईन्टरनेशनल तेक्वान्दो फेडरेशनका नक्कली कार्ड बनाई कोरीया पठाईदिने भनि क्रमश १ लाख र २ लाख ६० हजार लिएको उजुरी परेको थियो ।यसअघि झापा घर हुने राजेन्द्र दवाडीलाई समेत आइटिएफ को नक्कली कार्ड बनाई तेक्वान्दोको खेलाडी बनाई ७ लाख ५० हजार लिई लण्डन पठाएकोमा नक्कली कागजात भन्ने थाहा पाए पश्चात लण्डन एयरपोर्टबाट फिर्ता भएको उजुरी पनि महाशाखामा परेको थियो ।

न्युजिल्याण्ड, ईंग्ल्याण्ड, चिन र क्यानडमा भएको तेक्वान्दो विश्वकपमा समेतमा रेफ्रीको रुपमा भुमिका निर्वाह गरेका गिरीलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।news24nepaltv



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog