Thursday, June 9, 2016

दीपकराज गिरी र दिपा यस्तो घोषणा गरेर कहाँ जाँदैछन्

शुक्रबार, २८ जेठ
काठमाडौं । दीपकराज गिरीले पछिल्लो पटक एउटा घोषणा गरे, ‘अब पाँच वर्ष टेलिभिजनको पर्दामा नदेखिने ।’
त्यसो त ठूलो पर्दाका लागि एकपछि अर्को सुपरहिट चलचित्र निर्माण गरेर नाफा बटुलिरहेका बखत पारिश्रमिकका लागि पनि झुलाउने सानो पर्दातर्फ मोह भंग हुनु स्वभाविक पनि हो ।depaa
यसैले पनि उनले चर्चित हास्यशृंखला ‘तीतो सत्य’ बन्द गरे । बन्द गरिनुअघि तीतो सत्यका पछिल्लो एपिसोडहरुमा दीपक छायाँमै बसे । चलचित्रमा भने उनी नायककै रुपमा देखा परिएका छन् ।
दीपक अहिले सहकर्मी दीपाश्री निरौलालाई निर्देशनको बागडोर दिएर चलचित्र छक्का पन्जा बनाइरहेका छन् । दीपाश्री पनि यतिबेला टेलिभिजनबाट टाढै छन् ।
छोटो सयमको लागि यी दुई टेलिभिजनबाट टाढिनु राम्रै होला तर लामो समयसम्म सानोपर्दामा नदेखिँदा उनीहरुलाई नै हानी हुने पो हो कि ? जे भएपनि दीपक र दीपालाई चिनाएको सानो पर्दाले नै हो । कान्तिपुर साप्ताहिकबाट



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog