Thursday, June 9, 2016

जनतालाई दुःख दिने गाविस सचिवहरूलाई आकर्षक सुविधा

काठमाडौं, २८ जेठ । सरकारले स्थानीय सेवा प्रवाह र कार्यसम्पादनका आधारमा गाविस सचिवलाई तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता दिने तयारी गरेको छ ।subida
सदरमुकाम बस्दै आएका गाविस सचिवहरुलाई गाउँमै बसेर काम गर्न निर्देशन दिएको सरकारले वार्षिक कार्यसम्पादनका आधारमा गाविस सचिवहरुलाई प्रोत्साहन भत्ता दिन लागेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाविसबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन तथा गाविस सचिवको पेसालाई आकर्षित बनाउन आगामी आर्थिक वर्ष २०७३/७४ देखि प्रोत्साहन भत्ता दिने तयारी भइरहेको जनाएको छ ।
हाल देशभर ३ हजार १ सय ५७ गाविस सचिव छन् भने ७ सय १९ गाविस सचिवबिहीन छन् ।
सचिवबिहीन भएको गाविसको काम हालसम्म छिमेकी गाविसका सचिवले गर्दै आएका छन् ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog