भारतमा नेपाली चेलीले देखाए आफ्नो साहस!
काठमाडौं, २७ जेठ । भारतको बेंगलौरमा अध्ययन गर्न गएका दुई नेपाली युवतीले भारतीय युवकलाई लखेटेर प्रहरीको जिम्मा लगाएका छन् ।
भारतमा दिनदिनै महिलाको बलात्कार र हत्याका घटना बढिरहेका बेला नेपाली युवतीले आफ्नो साहस देखाउँदै आफूलाई जिस्क्याउने एक विहारीलाई लखेट्दा लखेट्दै समातेर प्रहरीलाई बुझाएका हुन् ।
दुबै युवती डीम्ड युनिवर्सिटीबाट म्यानेजमेन्ट विषयमा अध्ययन गरिरहेका छन् । र बीटीएममा भाडाको घरमा बस्दै आएकी छन् । आइतबार विहान दुबै विहान चाँडै उठे । किनकि ५ बजे उनीहरुको नेपालको फ्लाइट थियो । जब दुबैमध्ये एक युवती कपडा फेरिरहेकी थिइन् त्यो बेला उनको नजर ढोकामा पर्यो जहाँ एक युवक उनलाई हेरिरहेका थिए । त्यसपछि उनी चिच्याइन र आफ्नी रुममेटका साथ युवकलाई समात्न दौडिए । गल्लीमा विहानै अध्यारो थियो तर, युवकको पिछा गर्दा गर्दै दुबै करिब आधा किलोमिटर टाढा पुगे त्यहाँ ती युवक बस्थे ।
दुबैले युवकको रुमको गेटमा उनलाई घेरा हालेर पुलिस कन्ट्रोल रुममा फोन गरे । फोनपछि तुरन्तै विहारका ती युवकलाई प्रहरीले गिरफ्तार गर्यो । पक्राउ परेका युवक विहारको नालन्दाका २५ वर्षीय जितेन्द्र कुमार रहेका छन् ।
उनीमाथि महिला हिंसा मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको भारतीय पत्रिका नवभारत टाइम्सले जनाएको छ ।
dainiknepal