Thursday, June 9, 2016

महादेवाका ४० घर विपन्नलाई सोलार प्रदान

मोरङ, २८ जेठ । मोरङको दक्षिणी गाविस महादेवाका विपन्न समुदायलाई सोलार बत्ती वितरण गरिएको छ ।
जिविस मोरङ, गिरिजाप्रसाद कोइराला फाउन्डेसन र उपभोक्ता समितिको संयुक्त सहयोगमा महादेवा गाविसका गरिब, दलित तथा विपन्न वर्गलाई सोलार वितरण गरिएको हो ।ghar
महादेवामा बिहीबार आयोजित कार्यक्रममा नेपाली काँग्रेस नेत्री एवम् जिपी फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले रु तीन लाख ७६ हजार मूल्य बराबरको सोलार ४० घरपरिवारलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नेत्री कोइरालाले काँग्रेसले जहिले पनि गरिब र विपन्नको आर्थिक उन्नतिका लागि काम गरेको बताउनुभयो । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog