Friday, May 27, 2016

सरकारी कर्मचारीको तलब पाँच सय !

१५ जेठ, कञ्चनपुर।

सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो ।

कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब थाप्दै आएका छन् । हालै इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगी अन्जना केसीले मासिक तलबबापत रु ५०० पाउने गरेका छन् ।

3434
जिल्ला जनस्वास्थ्य कार्यालयले मासिक रु आठ हजार नबढ्ने गरी घटाघटीमा आवेदन मागेको थियो । केसीले सबैभन्दा कम तलबमा काम गर्ने गरी निवेदन दिएपछि उनलाई रु पाँच सयमा काम गर्ने गरी कार्यालय सहयोगीमा नियुक्त गरिएको हो ।

जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख जनस्वास्थ्य अधिकृत हजारी चन्दले कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार सबैभन्दा कम तलब कबोल गर्ने केसीलाई कार्यालय सहयोगीमा नियुक्त गरिएको बताए । कार्यालय सहयोगीका लागि केन्द्रमा आठ जनाको आवेदन परेको थियो । उनीहरुमध्ये एक जनाले निःशुल्क काम गर्ने प्रस्ताव पेस गरेका थिए । जनस्वास्थ्य कार्यालयले त्यसलाई अस्वीकृत गरेको छ ।

न्यूनतम तलबमा काम गर्न कबोल गर्ने केसीले भविश्यमा तलब बढ्ने र स्थायित्व हुने आशामा कम तलबमा काम गर्ने इच्छा देखाएको बताए । राससnepaliheadlines

Continue Reading…

सरकारले ह्वातै बढायो कर्मचारीको तलब, कसको कति ? बजेटमा २५ प्रतिशत तलब वृद्धि भएको घोषणा गरिदै

काठमाडौ, १५ जेठ । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब एकैपटक २५ प्रतिशत बढाउने भएको छ ।
आज सार्वजनिक हुनलागेको बजेटमा २० प्रतिशत प्रत्यक्ष र पोशाक भत्ता, महंगी भत्ता, ग्रेडबाट ५ प्रतिशत गरी कर्मचारीको तलब २५ प्रतिशतले बढाउन लागिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
अर्थमन्त्रालयका अनुसार सबै कर्मचारीको समान २५ प्रतिशत तलब बढाइएको हो ।33
यसअघि सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवसहित मुख्य सचिवसमेत रहने सुझाव समितिले २५ प्रतिशतसम्म तलव बढाउन सिफारिस गरेको थियो ।
त्यस्तै, कर्मचारीको कम्तिमा १ लाखसम्मको स्वास्थ्य विमा एवं सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई उसकै नाममा गाडी उपलब्ध गराउने लगायतका १३ बुँदे प्रस्ताव बजेटमा समावेश गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
dainiknepal

Continue Reading…

गणतन्त्र दिवसमा युवा संघद्धारा पशुपति वृद्धाश्रममा फलफुल वितरण

काठमाडौं, १५ जेठ । युवा संघ नेपाल केन्द्रिय अन्तर जिल्ला कमिटीद्वारा गणतन्त्र दिवसको अवसरमा पशुपति वृद्धाश्रममा आज फलफुल बितरण गरिएको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङको प्रमुख आतिथ्यता एवं युवा संघ अध्यक्ष राजिब पहारीको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा २५० वृद्धवृद्धद्धालाई फलफुल बितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति किरण गुरुङले आज प्रस्तुत हुने बजेटमा वृद्धहरुको बिशेष सम्मान हुने बताउनुभयो ।32
युवाहरु उदाउदो घाम भएको बताउदै उहाँले अस्ताउदो सुर्यको रुपमा रहेका वृद्धालाई सम्मान गर्नु सकारात्मक कुरा भएको बताउनुभयो ।
अहिलेको युगमा युवाले रेल चलाउने ग्यास लाइन घर घरमा पुर्याउने कुरा सामान्य भएको बताउदै नेपाली युवाले चन्द्रमा मा यान पुर्‍याउनुपर्ने बताउनुभयो । कार्यक्रममा युवासंघ अध्यक्ष राजिब पहारी र अन्तर जिल्ला अध्यक्ष जय गुरुङले मन्तब्य राख्नु भएको थियो ।
dainiknepal

Continue Reading…

शुद्ध र प्रशोधित भनिएका अधिकांश जार र वोतलका पानी गुणस्तरहीन

शहरबजारका अधिकांश उपभोक्ताहरु शुद्ध र प्रशोधित हुने विश्वासमा जार र बोतलमा सिलबन्द गरिएको पानी प्रयोग गर्न रुचाउँछन् । तर शतप्रतिशत शुद्ध र प्रशोधित भन्दै जार र बोतलमा बिक्री भइरहेका अधिकांश पिउने पानी गुणस्तरहीन भेटिएका छन् भन्दा केहीलाई आश्चर्य लाग्न सक्छ । स्वच्छ र गुणस्तरीय प्रशोधित पानी उत्पादन तथा विक्री गर्न भन्दै सरकारी निकायबाट अनुमति पाएका उद्योगहरुले नै गुणस्तरहीन पानी बेच्दै आएको पाइएको छ 31

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका विभिन्न पानी उद्योगबाट नमूना संङकलन गरी गरेको परीक्षणमा कतिपय उद्योगले विक्री गर्ने मिनरल वाटर वा जारको पानी प्रदूषित भएको पाइएको जनाएको छ । खानेपानी, घ्यू, दही, दुध, दालमोठ, दुग्धजन्य मिठाई, तयारी चाउचाउलगायतको नमूना परीक्षण गरिएकोमा सबैभन्दा बढी खराबी मिनरल वाटर र जारको पानीमा देखिएको विभागको भनाई छ ।

नमुना परीक्षणमा उपत्यकाको पानीमा बढी मात्रामा पीएच अर्थात अम्लीय र क्षारीयको मात्रा अत्यधिक पाइएको थियो । प्रतिलिटर पानीमा ६ दशमलव ५ देखि ८ दशमलब ५ प्रतिशत पीएचको मात्रा हुनुपर्ने मापदण्डको व्यवस्था भए पनि त्यो भन्दा बढी पाइएको हो । त्यस्ता जारको स्वास्थ्यको दृष्टिले समेत उचित नभएको चिकित्सकहरु बताउँछन् ।

पानी जस्तो चिजमा पनि व्यापारीले आम नागरिकको स्वास्थ्यलाई बेवास्ता गर्नु लज्जास्पद मात्र होइन गम्भीर पनि हो । धेरै जसो सरुवा रोगहरुको माध्यम पानी हुने गरेको तथ्यलाई मध्यनजर राखी शुद्ध पानीको नाममा गुणस्तरहीन पानी उत्पादक र वितरकहरुलाई कानूनी दायरामा ल्याउँन सम्बन्धित निकायले ढिलाई गर्नुहुँदैन ।news24nepal

Continue Reading…

नागरिक र प्रहरीबीच समन्वय नहुँदा अपराधिक गतिविधि बढे

तुलसीपुर– दाङको पश्चिम गाबिस पबननगर र शान्तिनगरमा अपराधिक गतिबिध बढि हुने गरेको त्यहाँका स्थायिनले बताएका छन् । ईलाका प्रहरी कार्यलय तुलसीपुरले अपराध नियणत्रणका लागी शान्तिनगरमा आयोजना गरेको प्रहरी बस्ती भेटघाट कार्यक्रममा बोल्ने त्यहाँका स्थानियले काठ ओसार पसार , झै झगडा , जुवातास , धम्किका घटना बढि हुने गरेको बताएका हुन् । कार्यक्रममा बोल्ने बक्ताहरुले राजनितिक साँढगाँगले गर्दा बिभिन्न अपराधिक गतिबिध भएपनि प्रहरीले न्युनिकरण गर्न चुकेको बताए ।30 शान्तिनगर तथा पबननगरका घरहरुमा राखेका काठ सबै चोरी भएको र त्यसमा तस्किरमा युवाहरु संगै १५ बर्षिय किशोरहरुको पनि संलग्नता हुने गरेको त्यहाँ नागरीकले जनाएका छन् । त्यहाँ जाँड , रक्सी , गाँजा खाएर होहल्ला अपराधिक क्रियाकलाप हुने गरेको त्यहाँका नागरीकले बताए । त्यहाको सुरक्षालाई मध्यनजगर गरी प्रहरी चौकी थप्नु पर्ने त्यहाँका नागरीकले माग पनि गरेका छन् । पश्चिम दाङमा एउटा मात्रै प्रहरी चौकीले सुरक्षा दिन नसक्ने भन्दै पबननगरमा थप अर्को प्रहरी चौकीको आबश्यकता रहेको त्यहाँका स्थानियले बताए ।ratopati

Continue Reading…

रेमिट्यान्स भित्रिने प्रमुख देशको मुद्रा बिनिमयदर कति ?

नेपालमा रेमिट्यान्स भित्रिने प्रमुख राष्ट्रहरु दुबई, कतार, साउदी अरब र मलेसियाको मुद्रा बिनिमयदर सामान्य उतारचढाव भएको छ। ति मुद्रोको मूल्यमा प्रभाव पार्ने अमेरिकी डलरमा सामान्य घटबढ भएपछि रियाल, रिंगेट र दिरामको बिनिमयदर पनि सामान्य रहेको हो।

अमेरिकी डलरको आज खरिददर १ सय ६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ७ रुपैयाँ ४८ पैसा छ। शनिबार नेपाल राष्ट्र बैंकले दुबई दिरामको खरिददर २९ रुपैयाँ १० पैसा र बिक्रीदर २९ रुपैयाँ २६ पैसा तोकेको छ। 29

त्यस्तै साउदी अरब रियालको खरिददर २८ रुपैयाँ ५० पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा तोकिएको छ। मलेसियन रिंगेट एकको खरिददर २६ रुपैयाँ २० पैसा र बिक्रीदर २६ रुपैयाँ ३५ पैसा तोकिएको छ।

कतारी रियालको खरिददर २९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २९ रुपैयाँ ५२ पैसा तोकिएको छ। setopati

Continue Reading…

एमालेभित्र आउन खोजेको ‘इलेक्ट्रिक विस्फोटन’को युवा नेता राजीवले यसरी गरिदिए ‘डिस्फोज’

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले पार्टीभित्र गुटबन्दी सबैभन्दा ठूलो अपराध हो भन्नुभएको छ । तसर्थ कसैलेपनि गुटबन्दी हुने क्रियाकलाप गर्नुहुँदैन् । आफू अनुकुल भए ठिक अरुको भए बेठिक भन्ने मानसिकता कसैले पाल्नुहुँदैन् । नीति, नेतृत्व र निर्णय फेर्न पाइन्छ तर नटेर्न पाइँदैन् ।
इतिहास साँची छ नेकपा एमालेको लोकप्रियता सगरमाथाको चुचुरोमा पुगिरहेको बेलामा २०५४ सालमा पार्टीभित्रका विवादहरुलाई सहि ढंगबाट व्यवस्थापन गर्न नसक्दा पार्टी विभाजन भयो । त्यो विभाजनले नेपालीजनताको आशा भरोसालाई निराशामा बदल्ने काम गर्यो । यदि त्यो बेला एमाले विभाजन नभएको भए आज मुलुक विकास र समृद्धिको उचाईमा पुगिसक्थ्यो । यो खालको परिस्थितीबाट गुज्रिन पर्थेन् ।
हिजो पार्टी विभाजनको बेलामा नेकपा एमालेले मालेलाई र मालेले एमालेलाई (एक अर्कालाई) यति धेरै आरोप प्रत्यारोप लगाउने काम भयो कि जून कुराको समयक्रममा कुनै अर्थ रहेन् ।28
अहिले पनि नेकपा एमालेको नेतृत्वमा यो सरकारले राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डताको पक्ष र वैदशिक हस्तक्षेपविरुद्धमा जूनखालको अडान लियो र समृद्ध नेपाल निर्माण गर्नको निम्ति जून योजना र दृष्टिकोण ल्याएको छ जसले विकास र समृद्ध नेपाल निर्माण गर्नको लागि सम्पूर्ण नेपाली जनतालाई यो दिशामा अगाडि बढाउन सफलभएको छ । यो बेलामा आरोप प्रत्यारोप एकले अर्काेलाई लगाउनु फगत पिशाबको न्यानो लिन खोज्नु मात्रै हो ।
२१ औं शताब्दीका कार्यकर्ता तथा जनता धेरै सजक र सचेत छन् । सबै नेताहरुको प्रतिबिम्बित क्रियाकलाप नजिकबाट नियालिरहेका छन् । को खर काट्ने र को खर डढाउने राम्रोसँग छुट्याउन सक्दछन् । तसर्थ यस्ता क्रियाकलाप नगर्न युवा संघ नेपालका तर्फबाट सबैलाई अनुरोेध गर्दछु ।
भाई फुटे गवार लुटे भन्ने कुरा २०५४ सालको विभाजनले स्पष्ट पारेको छ । अझ देशी विदेशी प्रतिक्रियावादी शक्ति र तिनका पृष्ठपोषण नेपालका कतिपय राजनीतिक पार्टीहरुले न्वारानको बल लगाउँदा पनि एमालेलाई कमजोर बनाउने नसकिरहेको यो परिस्थितीमा आफै भित्रको अर्थहिन विवादले एमालेलाई कमजोर बनायो भने भोली नेपाली जनता र नेपाल राष्ट्रले हामीलाई माफ गर्नेछैन् ।
एउटा भनाई छ– सत्रुहरुसँग लड्न म आफै काफी छु तर, मेरा मित्रहरुसँग मलाई बचाइदेउ भन्ने अवस्था एमालेको आन्तरिक पार्टी पंक्तिमा नआओस । जुन गोरुको सिंग छैन् उसको नाम तिखे भनेजस्तै गुटबन्दी गर्दिन गर्दिन भन्दै गुटगत काम, क्रियाकलाप र गतिविधिमा रम्ने र गुटगत गतिविधि र कामलाई पार्टीको काम ठान्ने काम पनि कुनै नेता कार्यकर्ताले नगरौं ।
ध्वस्त गर्न जति सजिलो छ निर्माण गर्न त्यो भन्दा हजारौं गुणा कठिन छ । विवाद गर्न र आरोप प्रत्यारोप गर्न जति सजिलो छ सबैलाई मिलाएर र लिएर हिड्न त्यो भन्दा धेरै कठिन काम छ । जसले कठिन काम गर्न सक्छ त्यो नै इतिहासमा असल राज नेताको रुपमा युगौं युगसम्म जनताको मन मष्तिस्कमा रहिरहन्छ ।
भावनामा नवहकिऔं । वर्तमान समस्यालाई जुधेर नयाँ नेपाल निर्माणमा सबै एमालेका नेता कार्यकर्ता जुटौं । आजको समयको प्रमुख आवश्यकता एमालेभित्रको खदिलो भावनात्मक एकता ।
dainiknepal

Continue Reading…

पासाङलामु राजमार्ग अवरुद्ध, केरुङबाट सामान लिएर आएका मालवाहक कन्टेनर र बस रोकिए

१५ जेठ, धुन्चे (रसुवा)।

आज बिहानको वर्षाका कारण पासाङलामु राजमार्ग अन्तर्गत रसुवाको मूलखर्क क्षेत्रमा सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत रोकिएका छन् ।27

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार वर्षाका कारण सडकमा पहिरो खसेकाले सडक अवरोध भएको र अवरोध हटाउने कार्य सुरु भइसकेकाले दुई÷तीन घन्टामा सडक खुल्ने अनुमान गरिएको छ ।

केरुङबाट सामान लिएर आएका ३०÷३५ वटा मालवाहक कन्टेनर र नियमित यात्रुवाहक बस रोकिएका छन् । रोकिएका सबै सवारीसाधन आज साँझसम्म सबै आआफ्नो गन्तव्यमा पुग्ने प्रहरीले जनाएको छ । राससnepaliheadlines

Continue Reading…

दुर्घटनामा २९ को मृत्युु

पोखरा- कास्कीमा दश महिनाको अवधिमा भएका ५० वटा दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक कार्यालयले दिएको जानकारीअनुसार गएको साउन १ देखि २०७३ को वैशाख २१ गतेसम्म भएका दुर्घटनामा २२ पुरुष, चार महिला र तीन बालकको मृत्यु भएको छ ।26

सो अवधिमा ३४ जना गम्भीर र २० जना साधारण घाइते भएका थिए । यस्तै सो अवधिमा ७७ वटा सवारीसाधन दुर्घटनामा परेको ट्राफिक कार्यालयका प्रमुख विश्व अधिकारीले जानकारी दिए ।रासस

ratopati

Continue Reading…

ट्रेड युनियन अधिकारप्रति काँग्रेस सकारात्मक: महामन्त्री डा कोइराला

१५ जेठ, काठमाडौँ।

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ट्रेड युनियन अधिकारप्रति काँग्रेस सकारात्मक रहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन काठमाडौँ जिल्ला परिषद्ले शुक्रबार यहाँ आयोजना गरेको तेस्रो जिल्ला परिषद् एवम् सम्मान कार्यक्रममा बोल्दै डा कोइरालाले काँग्रेसले ट्रेड युनियनको अधिकारलाई सधैँ सम्मान गरेको बताए । उनले भने, “म र काँग्रेसले सधैँ श्रमिकको सम्मान गर्दछ ।”

डा कोइरालाले अहिलेको संविधानले श्रमिकको हक अधिकारलाई सुनिश्चित गरेको स्पष्ट पारे ।25

नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष खिलानाथ दाहालले ट्रेड युनियनको क्षेत्रमा अरु राजनीति दलले भन्दा काँग्रेसले धेरै काम गरेको भन्दै आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे ।

नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ जिल्लाका अध्यक्ष गणेश भट्टराईले मजदुरका धेरै पीडा भएकाले उनिहरुको समस्या समाधान गर्न काँग्रेस प्रतिबद्ध भएर लाग्न आग्रह गरे ।

ट्रेड युनियन नेपाल आयाल नियमका अध्यक्ष प्रदीपमान बसी, नेपाल ट्रेड युनियन नुवाकोटका अध्यक्ष शिव देवकोटा, नेपाल सार्वजनिक संस्था कर्मचारी सङ्घका अध्यक्ष जनार्जन भट्टराईलगायतले नेपाल ट्रेड युनियनको स्थापनामा गिरीजाप्रसाद कोइरालाले खेलेको योगदानको चर्चा गर्दै पार्टीले ट्रेड युनियनलाई विशेष रुपमा हेर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल यातायात मजदुर सङ्घ, नेपाल कृषि श्रमिक सङ्घ, नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक सङ्घ, कान्तिपुर पब्लिकेसन प्रालि कर्मचारी सङ्घ प्रतिष्ठान, नेपाल भन्सार तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल इम्बोइडरी ह्यान्डीक्राप्ट तथा सिलाइबुनाइ श्रमिक सङ्घ, नेपाल नाई सङ्घ, नेपाल कारखाना श्रमिक सङ्घलाई सम्मान गरिएको थियो । राससnepaliheadlines

Continue Reading…

दाेस्राे विश्वयुद्ध पहिलाे पटक अमेरिकी राष्ट्रपति हिराेसिमामा

टोकियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिरोसिमालाई आफूले कहिल्यै नबिर्सिने बताएका छन् ।
दोस्रो विश्वयुद्धमा अमेरिकाले परमाणु बम खसालेको जापानको हिरोसिमा पुगेर परमाणु बम पीडितको स्मरणमा बनाइएको पिस मेमोरियल पार्कमा पुष्पगुच्छा अर्पण गर्दै ओबामाले आफूले ६ अगस्ट १९४५ लाई कहिल्यै पनि नभुल्ने बताएका हुन् ।
जापानको हिरोसिमामा अमेरिकाले दोस्रो विश्वयुद्धका क्रममा खसालेको परमाणु बमबाट करिब १ लाख ४० हजार मानिसको ज्यान भएको थियो । दोस्रो विश्वयुद्धपछि जापानको हिरोसिमा भ्रमण गर्ने ओबामा पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बनेका छन् ।24
यसअघि पूर्व राष्ट्रपति जिम्मी कार्टरले पनि हिरोसिमाको भ्रमण गरेका थिए । तर उनी हिरोसिमा भ्रमण गर्दा राष्ट्रपति पदमा बहाल थिएनन् ।
हिरोसिमा पुगेका ओबामाले हमलाका लागि कुनै प्रकारको पश्चाताप वा माफी भने मागेनन् । हमलामा बाँचेका एक व्यक्तिकी छोरीले भनिन्, ‘मानिसहरु यो पीडालाई पुस्तापुस्तादेखि झेलिरहेका छन् ।’
अमेरिकाले दोस्रो विश्वयुद्धका क्रममा ६ अगस्ट १९४५ र ९ अगस्ट १९४५ मा लगातार जापानको हिरोसिमा र नागासाकीमा क्रमशः लिटिल ब्वाई र फ्याटमेन नामका परमाणु बम खसालेको थियो ।
नागासाकीमा गराएको परमाणु बम विस्फोटमा करिब ७० हजारको मृत्यु भएको थियो । ओबामाले आफ्नो जापान भ्रमणका क्रममा कुनै समयका कट्टर विरोधी राष्ट्र अहिले मजबुत साझेदार भएको प्रमाण भएको बताए ।
ओबामा ‘जी–७’ को सम्मेलनमा भाग लिनेक्रममा जापान पुगेका हुन् । यसअघि अघिल्लो महिना अमेरिकी विदेशमन्त्री जोन केरीले पनि जापानको हिरोसिमा भ्रमण गरेका थिए ।
nepalsandesh

Continue Reading…

टर्कीमा अति कम विकसित मुलुकका गैससहरुको बैठक सुरू

लन्डन । संसारकै अति कमविकसित ४८ वटा मुलुकहरुमा कृयाशील गैरसरकारी संस्थाहरुको अन्तर्राष्ट्रिय बैठक टर्कीको अन्तल्यामा बिहीबारदेखि शुरु भएको छ ।
काठमाडौंमा मुख्यालय रहेको एलडिसी वाचले आयोजना गरेको उक्त बैठकमा दर्जनौं गैर सरकारी संस्थाका सैयौं प्रतिनिधिले भाग लिइरहेका छन् । बैठकमा नेपाल, बंगलादेश, बेनिन, क्याम्बोडिया, किरिबाटी, सेनेगल, टोगो लगायत दक्षिणी तथा पूर्वी अफ्रिका एवं दक्षिण एसियाली नागरिक सन्जालका प्रतिनिधिहरुको सहभागिता छ ।
संसारभरि झण्डै एक अरब मानिसहरु अतिकमविकसित मुलुकहरुमा बसोबास गर्छन्, तीमध्ये झण्डै आधि गरीबीको रेखामुनि छन् ।
बिहीबार उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यले अति कम विकसित मुलुकका समस्या सम्वोधन नगरी विश्वव्यापी दीगो विकास लक्ष्य पुरा नहुने धारणा राखे ।
एलडिसी वाचका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधानले अति कम विकसित मुलुकहरुमा गरीबी, असुरक्षा र सिमान्तकृत समस्या ज्यंूका त्यंू रहेको उल्लेख गर्दै हिंसा, अस्थिरता र द्वन्द्वले यी मुलुकहरुलाई गांजेको बताए । प्रधानले शान्ति, प्रगति र समृद्धिको विश्व चाहने हो भने अति कम विकसित मुलुकहरु विकास साझेदारीको केन्द्रमा रहनुपर्ने बताए ।23
उद्घाटन सत्रमा टर्कीका विदेश मामिला उपमन्त्री अली नासी कोरुले कुरा भन्दा काम गरेर देखाउने मुख्य चुनौती रहेको बताउँदै अति कम विकसित मुलुकहरुले दिगो विकास लक्ष्य प्राप्त गरेपनि नगरेपनि यी देश केन्द्रमा रहिरहने बताए ।
अति कम विकसित मुलुकहरुको अध्यक्षता गरिरहेका संयुक्त राष्ट्रसंघका लागि े बंगलादेशका स्थायी प्रतिनिधि मसुद बीन मोमेनले नागरिक समाजको भूमिका र महत्व राजनीतिक घोषणामा प्रतिबिम्बित गर्न आफूहरु सक्रिय रुपमा लाग्ने बताए । त्यसपछि सहभागीहरु व्यापार, जलवायु परिवर्तन र प्राकृतिक प्रकोप आदि विषयमा केन्द्रित तीन सत्रमा छलफलमा व्यस्त रहेका थिए ।
१४ देखि १६ ज्येष्ठ (मे २७ देखि २९ तारिख) मा टर्कीकै अन्तल्या शहरमा हुन गइरहेको मध्यावधि मुल्यांकन शिखर बैठक अघि प्रकाशित एक प्रेस वक्तव्यमा एलडिसी वाचले प्राकृतिक प्रकोप, आर्थिक संकट एवं इबोला जस्ता महामारीबाट अल्पविकसित मुलुकका करोडौं जनता प्रभावित भइरहेको र उनीहरुलाई तत्काल भरपर्दो सहयोग पुर्याउने दायित्वबाट अन्तर्राष्ट्रिय समुदाय पन्छन नमिल्नेमा जोड दिएको छ ।
dainiknepal

Continue Reading…

महेन्द्रनगरको संगम होटलको हत्याले पुरै सुदुरपश्चिम हल्लायो

रातको करिब साढे १० बजेको थियो । महेन्द्रनगरको संगम होटलमा गेस्टहरु सुतिरहेका थिए । कामदारहरु पनि आफ्ना काम समेर मदिरा पिई रमाइलो गरिरहेका थिए । त्यही बीचमा होटलको पछाडी भागबाट कसैले ढोका ढकढक गर्यो । कोही गेस्ट ढिला आइपुगे भनेर होटेलका कामदार भीम रोकायले ढोका खोले ।

गेस्ट नभई उनकै साथी तारा सिंह बोहरा आएका थिए । बोहोरा मदिरामा मात्तिएर आएका थिए । रोकाय र उनका साथीहरु पनि मदिरा खाएर बसेकाले सबैले सँगै बसेर मदिरा पिए ।तर, रातको समयमा बोहोरा ओटलमा आउनुको उद्देश्य मदिरा पिउनु थिएन । उनी रगत नै पिउने किसिमको रिस बोकेर होटलमा पुगेका थिए ।22

उनको मोबाइलको मेमोरी कार्ड रोकायसँग थियो । मेमोरी कार्डभित्र उनका प्रेमीकाको फोटोहरु थिए । तर, पटक–पटक माग्दा उनले त्यो मेमोरी कार्ड पाएका थिएनन् ।केही समय मदिरा पिएपछि बोहोराले सोही कार्डको प्रसंग निकाले, तर रोकायले हराइसकेको बताए । ‘तैंले मेरो केटीलाई किन फोन गर्छस्’ भन्दै झगडा गर्न खोजे । सोही विषयलाई लिएर चर्काचर्की भयो । रोकायसँगै होटलका कामदार कृष्ण विष्ट, चन्द्रदेव जोशी पनि थिए ।

जोशीले रोकायकै पक्ष लिएर कुरा गरिरहेका थिए । मदिरामा मात्तिएका बोहोरा आवेगमा आएर सुरुमा जोशीमाथि हँसियाले आक्रमण गरे । जोशी किचनमा थिए । हँसियाले अन्धाधुन्ध हानेर जोशीलाई किचनकै लडाएका थिए ।

त्यसपछि उनले हँसिया खोज्न आएको देखेपछि रोकायलाई पनि त्यसरी नै आक्रमण गरे । रोकाय पनि ढलेपछि विष्टलाई हँसियाले प्रहार गरेका थिए । तीनै जनालाई उनीहरु सुत्ने कोठामा घिसारेर ल्याई एकैठाउँमा राखी उनी भागेका थिए ।

‘सबैजना मरे भन्ने उसले सोचेको रहेछ,’ एसपी अधिकारी भन्छन्, ‘जोशी भने घाइते मात्र भएका थिए ।’ घाइते जोशी घिस्रिँदै २०७ नम्बर कोठासम्म पुगेर ढोका ढकढकाए । कोठाभित्र डडेल्धुराका तीर्थ बहादुर तिम्सेली थिए । उनले जोशीलाई रगताम्य देखेपछि डराउँदै तत्काल होटेलधनीलाई फोन गरे ।

होटेलधनीले राति १२ बजे प्रहरीलाई खबर गरेका थिए । भोलीपल्ट बिहानै होटभित्र दुई मजदूरको बीभत्स हत्याको खबर महेन्द्रनगर मात्र होइन, सिंगो सुदूरपश्चिममै फैलियो । हत्याको शैली निकै बीभत्स भएकाले त्यसरी सनसनी भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।news24nepal

Continue Reading…

आठौँ गणतन्त्र दिवस मनाइँदै

काठमाडौं, १५ जेठ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको आठ वर्ष पुगेको अवसरमा आज मुलुकभरि गणतन्त्र दिवस मनाइँदै छ । आज संविधानपछिको पहिलो गणतन्त्र दिवस पनि हो ।
जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।15
दुई सय ३८ वर्ष लामो शाहवंशीय राजपरम्पराको अन्त्यको घोषणा भएको यस दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाइने गरिन्छ ।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गर्नुभएको छ ।
गणतन्त्र घोषणा भइसकेपछि देशमा धेरै ठूला राजनीतिक उपलव्धी भएपनि चुनौती उत्तिकै रहेको राजनीति शास्त्रीहरुले बताएका छन् ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेललगायतले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिएका छन् ।
dainiknepal

Continue Reading…

गठबन्धनको अन्तिम कार्यक्रम बसन्तपुरमा, भोटाहिटी र सुन्धाराबाट जुलुस निकाल्ने

काठमाडौं, १५ जेठ । राजधानी केन्द्रित आन्दोलनको अन्तिम दिन आज मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनले काठमाडौंको बसन्तपुरमा भव्य विरोध सभा गर्दैछ ।
दिउँसो दुई बजे गठबन्धनले विरोध सभा गर्न लागेको संघीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले जानकारी दिनुभयो । ‘राजधानी केन्द्रित आन्दोलन अन्तर्गत आज अन्तिम कार्यक्रम हुँदैछ’, शेर्पाले भन्नुभयो, ‘बसन्तपुर डबलीमा भव्य विरोध सभा गर्छौं ।’14
विरोधसभा हुनु अगाडि संघीय गठबन्धनले भोटाहिटी र सुन्धाराबाट विरोध -याली निकाल्नेछ । विरोध -याली बसन्तपुर पुगेपछि संघीय गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने शेर्पाले जानकारी दिनुभयो ।
संघीय गठबन्धनले भोलि जेठ १६ गते वीरग ञ्ज र जेठ १७ गते पोखरामा विरोध सभा गर्दैछ ।
जेठ १८ गतेदेखि अर्को चरणका कार्यक्रम तय गरिने संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाले बताउनुभयो ।
dainiknepal

Continue Reading…

मनिषाको प्रारम्भिक पोस्टमार्टमको रिपोर्ट:(ह्याङगिङ) झुण्डिएको देखिन्छ

राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगरको बहिनी मनिषाको घाँटीमा परेको दबाबका कारण मृत्यु भएको पोस्टमार्टमको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।bahiniko

त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम विभागका चिकित्सकले मनिषाको घाँटीमा ठूलो दबाब परेर मृत्यु भएको र त्यो झुण्डिएको (ह्याङगिङ) सँग मेल खाएको बताएका छन् ।‘अहिलेसम्म उहाँको शवको परीक्षण गर्दा घाँटीमा ठूलो दबाब परेको कारण मृत्यु भएको पत्ता लागेको छ ।

जुन ह्याङगिङसँग मेल खान्छ ।’ फोरेन्सिक विभागका प्रमुख हरिहर वस्तीले भने, ‘मृत्युको अन्य विस्तृत जानकारी पाउन अझैं केही दिन कुर्नुपर्ने हुन्छ । सम्पूर्ण ल्याब परीक्षणबाट मात्रै सबै जानकारी पाउन सकिएला ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । news24nepal

Continue Reading…

पत्नी शैलीद्वारा राजेन्द्र महतोका गोप्य कुरा सार्वजनिक

काठमाडौं, १५ जेठ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पटक–पटक सांसद र मन्त्री भए । पछिल्लो संविधानसभा चुनावमा गृहजिल्ला सर्लाहीबाट उम्मेदवार बनेका उनी पराजित भए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तर, पत्नी शैली महतोलाई समानुपातिकतर्फबाट सभासद् बनाएपछि उनको आलोचना भयो । मिडिया फ्रेन्ड्ली नेता महतो आक्रामक अभिव्यक्तिका कारण वेला–वेलामा विवादमा पनि पर्छन् ।
१. तपाईंहरूको बिहे कहिले भएको हो ?
२०३७ साल असार १० गते भएको हो ।
२. प्रेम विवाह कि मागी विवाह ?
मागी विवाह हो ।12
३. तपाईंको माइती कुन ठाउँ हो ?
सर्लाहीकै पारि भारतको सीतामणि हो माइती ।
४. एक–अर्कालाई हेरेर बिहे गर्नुभयो कि अभिभावकले नै टुंगो लगाइदिनुभयो ?
मेरा ससुरा र बुबाले कुरा गर्नुभयो । उहाँहरूले नै बिहेको टुंगो लगाउनुभयो ।
५. तपाईंलाई सोध्नु नै भएन ?
आमाले ‘यस्तो केटा छ, बिहे गरिदिन लागेका छौँ,’ भन्नुभयो । मेरो उमेर नै बुझ्ने खालको भएको थिएन, १४ वर्षकी मात्रै थिएँ । मैले पनि ‘हुन्छ’ भनिदिएँ ।
६. बिहेअघि एक–अर्कालाई हेर्न पनि पाउनुभएन ?
एकैपटक बिहेमा एक–अर्कालाई देखेका हौँ । उहाँ सर्लाहीबाट जन्ती लिएर सीतामणि आउनुभयो । चार सय त जन्ती थिए । हाम्रोमा फेरि बिहे चार दिन हुन्थ्यो ।
७. दुईजनाबीच पहिलो बोलचालमा के कुरा भयो, अहिले सम्झिनुहुन्छ ?
चौथो दिन मलाई (दुलही) लिएर जन्ती घर फर्किंदै थियो, गाडीमा मलाई उल्टी (भमिट) भयो । त्यतिखेर उहाँले मेरो एकदमै ख्याल गर्नुभयो । ‘कस्तो छ अहिले’ भनेर सोध्नुभयो । सायद, हामीबीच भएको पहिलो बोलचाल त्यही हो ।
८. दाइजोमा कति सम्पत्ति ल्याउनुभयो ?
८–१० तोला सुनका गहना थिए । मेरो घरबाट उहाँलाई अलिकति नगद पनि दिनुभएजस्तो लाग्छ ।
९. बुहारी बनेर नेपाल भित्रिनुभयो, घरपरिवार र छिमेकीहरूले ‘नयाँ बुहारी’ हेरेर कस्तो प्रतिक्रिया जनाए ?
नयाँ दुलही आउँदा ‘कस्ती रहिछे’ भनेर गाउँभरिका महिलाहरू हेर्न आइहाल्छन् नि । उनीहरूमध्ये केहीले मेरा ससुरासँग ‘दाइजो बढी ल्यायो, केटी राम्रो ल्याएन’ भनेको सुनेँ (हाँसो) । चार–पाँच दिन घर बसेर म ६ महिना माइतीमै बसेँ ।
१०. त्यसबीचमा दुईजनाको भेटघाट हुन्थ्यो कि हुँदैनथ्यो ?
भएन । एकपल्ट सीतामणिमा भेट्ने कुरा भएको थियो तर, उहाँ आउन पाउनुभएन । टेलिफोनमा कुरा हुन्थ्यो, उहाँले चिठी, कार्डहरू पठाउनुहुन्थ्यो ।
११. चिठीहरूमा सायरी कत्तिको लेख्नुहुन्थ्यो ?
लेखेको हुन्थ्यो नि । तर, अहिले ठ्याक्कै याद छैन । कहिलेकाहीँ मेरा साथीहरूको हातमा पथ्र्यो, उनीहरूले जिस्क्याउँथे ।
१२. बिहान कति बजे उठ्नुहुन्छ ?
हरेक दिन पाँच बजे उठ्नुहुन्छ, यो उहाँको रुटिन नै हो ।
१३. चिया–कफी के रुचाउनुहुन्छ ?
बिहान खाली पेट केही पनि खानुहुन्न । ब्रेकफास्ट गरेपछि मात्रै चिनी नराखेको दूधचिया खानुहुन्छ ।
१४. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
गर्नुहुन्छ नि । बिहान आधा घन्टा घरको छतमा कुद्नुहुन्छ । पहिला त बाहिर नै जानुहुन्थ्यो, अचेल छतमै कुद्नुहुन्छ ।
१५. योगा पनि गर्नुहुन्छ ?
गर्नुहुन्छ । छतमा कुदिसकेपछि कोठामा आएर रामदेवको योगा गर्नुहुन्छ । करिब आधा घन्टा अनुलोमविलोम, कपालभाँतीलगायतका आशन गर्नुहुन्छ ।
१६. कहिलेदेखि गर्न थाल्नुभएको ?
पहिलेदेखि नै हो । काठमाडौंमा हुँदा कहिल्यै छुटाउनुहुन्न । जिल्लामा भएका वेला भने बिहानैदेखि कार्यकर्ता भेटघाटमा व्यस्त बन्नुहुन्छ ।
१७. साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ ?
साँझमा त गर्नुहुन्न ।
१८. राति कतिखेर सुत्नुहुन्छ ?
९–१० बजेसम्म सुतिसक्नुहुन्छ ।
१९. सुत्नुअघि केही खाने बानी छ ?
छैन ।
२०. बिहानको खाजामा के लिनुहुन्छ ?
कहिले केही, कहिले केही लिनुहुन्छ । प्राय: ओट, स्याउ, उसिनेको अन्डा, ब्रेड, कन्फ्लेक्स लिनुहुन्छ ।
२१. खानामा के मन पराउनुहुन्छ ?
उसिनेको चामलको भात, दाल, तरकारी, भुजिया, दही खानुहुन्छ ।
२२. माछामासु नि ?
माछा एकदमै मन पराउनुहुन्छ । तर, खानामा नभइहुन्न भन्ने हुँदैन । मटन उहाँले रुचाउनुहुन्न । चिकनमा पनि खासै रुचि देखाउनुहुन्न ।
२३. दिउँसो खाजा के खानुहुन्छ ?
बाहिर हुनुभयो भने त्यही चिया, बिस्कुट खानुहुन्छ । नत्र प्राय: खाजा खाने वेला घरमै आउनुहुन्छ । चामलको रोटी, मकैको रोटी, भुटेको चिउरा, उसिनेको मकै आदि खान्छौँ ।
२४. रातिको खानामा के रुचाउनुहुन्छ ?
रातिमा रोटी, तरकारी, दूध खानुहुन्छ ।
dainiknepal

Continue Reading…

आज नवौँ गणतन्त्र दिवस, सैनिक मञ्च टुँडिखेल विषेश कार्यक्रम हुदै

नारायण न्यौपाने काठमाडौ । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेका उपलक्ष्यमा स्वदेश तथा विदेशमा आज गणतन्त्र दिवस मनाइँदै छ ।
जनआन्दोलन २०६२\६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।11
दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ ।
राष्ट्रपति गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सरिक हुनुहुने छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा बिहान आयोजना हुने उक्त समारोहमा उपराष्ट्रपति र प्रधानमन्त्री पनि सहभागिता रहने छ ।
राष्ट्रपतिले नवाै गणतन्त्र दिवसको उपलक्ष्यमा आज नै राष्ट्रपति भवन शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गरिने भएको छ ।
nepalsandesh

Continue Reading…

फेरि मिले ओली–नेपाल !

काठमाडौं, १५ जेठ । ‘राजनीतिमा स्थयी शत्रु र मित्र हुँदैन । ‘ यो उक्ति ओली नेपालको लामो सम्बन्धमा शतप्रतिशत लागू भएको छ ।
२०५४ सालपछि उतार चढावपूर्ण सम्बन्धमा जेलिएका यी दुई नेता नवौँ महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धामा होमिए । ५५ मतान्तरमा ओलीले अध्यक्षमा बाजी मारे । ओलीको नेर्तत्वपछि यी दुईबीच धेरैपटक सार्वजनिक रुपमा मात्रै हाइन, वैठक र टेलिफोनमा समेत भनाभन भएको छ ।
दुवैले सयौंपटक कटु आलोचना पनि गरेका छन् ।10 संसदीय समितिका सभापति चयन, सुकुम्वासी आयोगको अध्यक्ष चयन, २६ सभासद्को मनोनयन, मन्त्री नियुक्ति देखि पार्टी सञ्चालनका विषयमा दुईबीच चर्को मतभेद छ ।
तर, ओलीले नवौं महाधिवेशनपछि नेपाललाई वरीयतामा सम्मन दिनेदेखि पोलिटव्यूरो गठन कार्यविभाजनलगायतका आन्तरिक विषयमा मात्रै हौइन संविधान निर्माणदेखि सरकार गठनसम्मका राष्ट्रिय मुद्दामा मिलेर सकारात्मक सन्देश पनि प्रवाह गरेका छन् ।
अफ्टेरो पर्दा बेलाबखतमा दुवै नेता निवासमै पुग्छन् । यति मात्र होइन, सँगै बसेर वर्थ डे समेत मनाउँछन् । दुई नेताको सम्बन्ध घाम–पानीजस्तो छ ।
dainiknepal

Continue Reading…

मनिषाको प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा यस्तो देखियो

शनिबार, १५ जेठ
काठमाडौ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगरको बहिनी मनिषाको घाँटीमा परेको दबाबका कारण मृत्यु भएको पोस्टमार्टमको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम विभागका चिकित्सकले मनिषाको घाँटीमा ठूलो दबाब परेर मृत्यु भएको र त्यो झुण्डिएको (ह्याङगिङ) सँग मेल खाएको बताएका छन् ।9
‘अहिलेसम्म उहाँको शवको परीक्षण गर्दा घाँटीमा ठूलो दबाब परेको कारण मृत्यु भएको पत्ता लागेको छ । जुन ह्याङगिङसँग मेल खान्छ ।’
फोरेन्सिक विभागका प्रमुख हरिहर वस्तीले भने, ‘मृत्युको अन्य विस्तृत जानकारी पाउन अझैं केही दिन कुर्नुपर्ने हुन्छ । सम्पूर्ण ल्याब परीक्षणबाट मात्रै सबै जानकारी पाउन सकिएला ।’ आजको अन्नपूर्णमा समाचार छ।
nepalsandesh

Continue Reading…

नियमावली विवाद मिलेन

सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसको अडानका कारण संसद्को कार्यसञ्चालन नियमावली निर्माणमा ढिलाइ भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।

२५ असोजबाट नियमावली बनाउने प्रयास थाले पनि संसदीय सुनुवाइ विशेष समितिको विवादले समय लम्बिएको हो । मिति गठन र कार्यविधिमा दलहरूबीच विवाद छ । 8नियमावलीको विवाद मिलाउन सभामुख ओनसरी घर्तीले शुक्रबार प्रमुख दलको बैठक राखेकी थिइन् ।
बैठकमा सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले आ–आफ्नो अडान नछाडेपछि सहमति हुन सकेन ।

एउटै विवादमा सकियो नौ महिना संसदीय सुनुवाइ समितिको विवादको छलफलमा दलहरूले झन्डै नौ महिना गुजारेका छन् । २५ असोज ०७२ को व्यवस्थापिका–संसद्ले नियमावली बनाउन कांग्रेस सांसद राधेश्याम अधिकारीको नेतृत्वमा नियमावली समिति गठन गरेको थियो।news24nepal

Continue Reading…

ठगीका यस्ता तरिका पनि छन्

काठमाडौं, १५ जेठ । इन्धन बोक्ने ट्यांकरमा कति तेल अटाउँछ भनेर गरिने मापन (क्यालिब्रेसन)बाटै ठगी धन्दा सुरु हुन्छ ।
सरकारका तर्फबाट आयल निगम प्रतिनिधि र ढुवानी व्यवसायीका तर्फबाट ट्यांकरचालकको उपस्थितिमा भारत सरकारबाट इजाजत प्राप्त निजी कम्पनीले ट्यांकरको क्यालिब्रेसन गर्ने गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अहिले डिप रडका आधारमा ट्यांकरमा कति तेल अटाउँछ भनेर क्यालिब्रेसन हुन्छ । जस्तो–एउटा च्याम्बरमा १३४ सेन्टिमिटरबराबर उचाइमा ४ हजार लिटर तेल हुन्छ ।tagi
तर, मिलेमतोमा १३० सेन्टिमिटर उचाइमै ४ हजार लिटर तेल हुने प्रमाणपत्र तयार गरिन्छ । एक सेन्टिमिटरमा औसतमा १० लिटर तेल हुने भएकाले चार सेन्टिमिटर कम उचाइ तोकिँदा ४० लिटर तेल गायब गर्न सकिन्छ ।
आइओसीको डिपोले झिक्छ
ट्यांकरको गलत क्यालिब्रेसनबारे भारतीय आयल कर्पोरेसन (आइओसी)को प्रत्येक डिपोमा कार्यरत कर्मचारीलाई थाहा छ । क्यालिब्रेसनबाट बढी भएको तेल नेपाली पक्षले आयल निगमको डिपो नपुग्दै बाटोमै चोरी गर्ने विषयमा उनीहरू जानकार छन् ।
त्यसैले डिपोका कर्मचारीले तेल भर्ने क्रममा चालक वा निगम कर्मचारीले नदेख्ने गरी थोरै परिमाण झिकिदिने गरेको एक ढुवानी व्यवसायीले बताए ।
चालकले पनि बीचबाटोमा तेल झिक्ने भएकाले आइओसीबाट कम तेल आउँदा कुनै प्रतिकार गर्दैनन् । ‘सबै ट्यांकरमा त होइन, तर तेल भर्ने क्रममा चालक वा निगमका कर्मचारीले निरीक्षण नगरेको मौका पारेर आइओसीको डिपोले केही ट्यांकरमा कम तेल हालिदिन्छन्,’ स्रोत भन्छ, ‘यो भनेको ठगी गरेको परिमाणबाट डिपोको कर्मचारीले भाग खोज्नु हो । तर, उनीहरूले अत्यन्तै कम परिमाण झिक्ने गरेका छन् । यसमा आइओसी उच्च व्यवस्थापनको खासै संलग्नता देखिँदैन ।’
ठगीका यस्ता तरिका पनि छन्
– निगमले तापक्रम, सञ्चालन र प्राविधिक शीर्षकमा निश्चित नोक्सानीको लक्ष्य राखेको छ । तर, लक्षित दर बढी राखेर धेरै तेल नोक्सानी देखाउने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएका छन् । निगमले एक डिग्री तापक्रम फरक पर्दा एक हजार लिटरमा एक लिटर ६ मिलिलिटर पेट्रोल तापक्रम नोक्सानी हुने लक्ष्य तोकेको छ । तर, ९२० मिलिलिटरसम्म मात्रै तापक्रम नोक्सानी हुने प्राविधिकहरू बताउछन् । –
– निगमले चालकलाई तेल चोर्न सजिलो बनाउने गरी लक्षित दरमा १% बढीसम्म नोक्सानी छुट दिइरहेको छ । त्यस्तै, पेट्रोलमा ०.८०% र डिजेल–मट्टीतेलमा ०.५५% डिलरलाई प्राविधिक नोक्सानी दिइरहेको छ । निगमका अधिकांश डिपोमा आएका ट्यांकरबाट तेल नखन्याई सीधै पम्पमा पठाइन्छ । ट्यांकर सीधै पम्पमा पठाएपछि डिपोका कर्मचारीले सञ्चालन नोक्सानी कटाएर लाभ उठाउने गरेका छन् ।
dainiknepal

Continue Reading…

पैसासँगै चोरले श्रीमती भगाएपछि

शनिबार, १५ जेठ
काठमाडौ । गत चैत ७ मा ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट चार लाख ४६ हजार चोरी भयो ।
महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो ।सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो । तर चोर फेला परेनन् ।
घटनाको दुई सातापछि मनी ट्राभल्सका संचालक अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगे ।
यसपटक उनले छोरासहित श्रीमती वेपत्ता भएको सुनाए ।चोरीको घटनाले चनाबमा रहेका मनी ट्रान्सफरका सञ्चालक छोरी र श्रीमती बेपत्ता भएपछि थप तनाबमा थिए।paisa
प्रहरीले त्यसको पनि उजुरी दर्ता ग¥यो । र अनुसन्धान अघि बढायो। दिनहरु बित्दै थगयो न चोर फेला प¥यो । छोरी छोरी र श्रीमती नै पत्ताा लाग्यो ।
तर जेठ २ मा मन्त्री ट्रान्सफरका संचालकले छोरीलाई गौशालामा देखे ।पशुपति मन्दिर दर्शन गर्न जादाँ छोरी जुस किनिरहेकी थिईन ।
हत्तपत्त छोरीलाई सोधे, तिमीहरु कहाँ थियोैं, मम्मी खोइ ? छोरीले ममी र आफू नजिकै घरमा केही अंकलहरुसँग बस्दै आएकी बताइन् ।
छोरीलाई अघि लगाएर उनी घरभित्र पसे ।
श्रीमती त्यहीँ थिईन । उनी झन चकित भए ।जतिवेला उनको कार्यालय चोरी गर्नेहरु पनि त्यही थिए तत्कानै प्रहरी बोलाएर चारेर र श्रीमती पक्राय गराए । आजको नयाँ पत्रिकामा समाचार छ।
nepalsandesh

Continue Reading…

गणतन्त्र दिवसकै दिन आयो पूर्वराजा ज्ञानेन्द्रको कडा टिप्पणी

काठमाडौं, १५ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले आमुल परिवर्तको नारामा खडा गरिएको नेपालभित्रको परिवर्तित सन्दर्भ अहिले आममूल्यांकनको विषय बनेको बताएका छन् ।raja
उनले संविधान बनेर राष्ट्र हार्न नहुने बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘मलाई संविधानको होइन, राष्ट्रको विकट अवस्थाको चिन्ता छ’, उनले भनेका छन्, ‘जुनसुकै हैतियतमा पनि जन्मभूमिलाई कर्मभूमि ठान्छु ।’
‘समय, परिस्थिति, नियति र घटना विधिले मान्छेको जीवनचक्रमा पनि आरोह अवरोह आउँछन’, उनले भनेका छन् ।
dainiknepal

Continue Reading…

अाजकाे राशिफल / ०७३ ज्येष्ठ १५ गते शनिबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । बन्धुबान्धव र सन्ततिपक्षबाट सहयोग प्राप्त हुनेछ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

ठूलाबडाको साथसहयोग पाइनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पाइने छ । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

आजको दिन तपाईंले भाग्यबलमा कमी भएको अनुभूति गर्नुहुनेछ । बन्दव्यापारमा उतारचढाव आउने छ, एकाएक घाटा ब्यहोर्नु पर्ने अवस्थासमेत सिर्जना हुनसक्छ । तर साँझपख निराशा र तनावको अन्त्य हुनसक्छ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

पारिवारिक जीवनमा सामान्य किचलो र विवाद हुने सम्भावना छ । दिनभरि तनावले मन रुमल्लिने समय छ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ । घरायसी समस्याका कारण बेलुकाको बास घरबाहिर हुने सम्भावना समेत छ । रामरमाइलो गर्न मन हौसिने योग छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

अपराह्नसम्म दिक्क र झर्को लाग्दो समय छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा ध्यान केन्द्रित हुनेछैन । गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुने योग छ । बेलुकीपख मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

आज दिउँसोका तुलनामा साँझको समय निकै राम्रो देखिन्छ । बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ र तर बेलुका प्रतिस्पर्धीका क्रियाकलाप देखेर मन खिन्न हुनसक्छ, परिस्थिति आफ्नो पक्षमा ल्याउन आँफू चुप लागेर बस्नु उचित हुनेछ । बेलुका सन्तानपक्षबाट खुसीको खबर सुन्न पाइने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

घरपरिवारभित्र स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छन् । सम्पत्तिको विवाद छ भने त्यसका बारेमा छलफल हुनसक्छ । छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ । वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । यात्राको सम्भावना छ । साँझपख दार्शनिक वा बौद्धिक क्षेत्रमा राम्रो छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

आज रोकिएका पुराना कामहरू बनाउने प्रयास हुनसक्छ, तर नयाँ कामधन्दा सुरु गर्दा उस्तो फाइदा हुने सम्भावना छैन । अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । सङ्घर्षका साथ कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने र नेतृत्व ग्रहण गर्ने योग छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

तपाईंको काममा आज कसैले सहयोग गर्ने सम्भावना छैन । मित्रवर्ग र बन्धुवान्धवले आआफ्ना बाध्यता तेर्साउन सक्छन् । नियमित भोजनको समेत अनुकूलता हुँदैन । पछाडि बसेर तपाईंका कुरा काट्नेहरूले खिसीट्यौरी गर्न छाड्दैनन् । कुनै वस्तु खरिद गर्दा महँगोमा पर्न सक्नुहुन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

दिउँसोसम्म विभिन्न समस्याले मन खिन्न हुनेछ । त्यसपछि शरीरमा उत्साह देखिन सक्छ, राम्रो प्रतिफल प्राप्त गर्न सकिंदैन । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ, व्यक्तिगत खर्च बढ्ने छ । प्रतिस्पर्धी र शत्रुले उकास्न सक्छन् । परपाहुनाको स्वागत सत्कार गर्नुपर्छ । बन्दव्यापार फाइदा छैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर बेलुकाबाट चिन्तनमूलक कार्य र दार्शनिक गतिविधिमा सक्रियता बढ्ने छ । पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, बरु आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । खर्च गर्न मन हौसिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

पोखरामा आमाछोरीको हत्या, विमल पक्राउ

पोखरा, १४ जेठ । पोखरा १४ चाउथे रातो डाँडा स्थित एक घरमा आमा छोरीको हत्या भएको छ ।
हत्याको आरोपमा श्रीमान् विमल पुनलाई प्रहरीले पक्राउ गरेको छ । ३१ वर्षीय पुनले आफ्नै श्रीमती नरमाया र आठ वर्षकी छोरीको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।parr
हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शुक्रबार अपरान्ह ४ बजे तिर रडले प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप जानकारी आउन बाकी छ ।
dainiknepal

Continue Reading…

प्रधानमन्त्री ओलीलाई कुर्सी होइन, बेड चाहिएको छ – संघीय गठबन्धन

काठमाडौं, १४ जेठ । संघीय गठबन्धनले आज शुक्रबार भक्तपुरको मध्यपुर थिमीमा विशाल विरोध सभा प्रदर्शन गरेको छ ।
संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा शंखधर साख्वा चोकमा निकाली र्याली सरकार विरुद्व नाराबाजी एवं प्रदर्शन गर्दै मध्यपुर ठिमी पुगेर विरोध सभामा परिणत भएको थियो ।
विरोध सभालाई गठबन्धनका प्रभावशाली शीर्ष नेताहरुले सम्बोधन गरे । संविधान पुनर्लेखनका लागि १४ दिनेदेखि राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले हिजो बिहिबार कलंकीमा विरोध सभा गरेको थियो । थिमीको विरोध सभामा पनि अन्य स्थान झैं स्थानीय व्यापक उपस्थिति रह्यो ।bhako
जारी आन्दोलनलाई सार्थक निष्कर्षमा पुर्याउन अन्तिम युद्धका लागि काठमाडौंका रैथाने नेवार समुदाय उठ्न थालेको गठबन्धनको दाबी छ । स्थानीय नेवारको सहभागिता बिना काठमाडौंको शासकलाई झुकाउन नसकिने भन्दै गठबन्धनले आन्दोलनमा नेवारको सहभागिता दिनप्रतिदिन बढ्दै गएको दाबी गरेको हो ।
थिमीको विरोध सभालाई सम्बोधन गर्दै गठबन्धनका नेता राजेन्द्र श्रेष्ठले राज्यको विभेदकारी चरित्र विरुद्ध नेवार समुदाय उठ्न थालेको दाबी गरे । ‘इतिहास साक्षी छ, यहाँका रैथाने नेवारको सहभागिता बिना काठमाडौंको सत्ता र व्यवस्था कहिल्यै फेरिएन,’- श्रेष्ठले भने, ‘मधेश, लिम्बूवान, मगरात, खसान, खम्बूवान सबै उठिसके, अब अन्तिम युद्धका लागि नेवार समुदाय उठ्दैछ ।’
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष समेत रहेका गठबन्धन नेता श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई सिंहदरबारको कुर्सी भन्दा घरको बेडमा विश्राम चाहिएको सुझाव दिएका छन् । ‘एक घन्टा काम गर्दा चार घन्टा विश्राम गर्ने प्रधानमन्त्रीले कुर्सीको मोह त्यागेर घरमा विश्राम गर्न गए हुन्छ’- श्रेष्ठले सुझाए ।
त्यस्तै, गठबन्धनका अर्को नेता अर्जुन थापाले घरेलु समस्या र विदेशी कूटनीतिको व्यवस्थापन दुवैमा प्रधानमन्त्री ओली विफल भएको टिप्पणी गरेका छन् । थिमीको विरोध सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालको विदेश विभाग प्रमुख समेत रहेका नेता थापाले भने,– ‘देशमा मात्र होइन, विदेशमा समेत नेपालको इज्जत र प्रतिष्ठालाई ओलीले बिगारिसके । अहिलेसम्मकै सरकारको यो कूटनीतिक विफलता हो ।’ अधिकार प्राप्तिका लागि सारा देश सडकमा आन्दोलन गरिरहँदा पनि कानमा तेल हालेर सुत्ने प्रधानमन्त्री ओलीलाई एक क्षण पनि सत्तामा बस्ने नैतिक आधार नरहेको नेता थापाले टिप्पणी गरे ।
थिमीको विरोध सभामा बोल्ने गठबन्धनका नेताहरुले २६ सुत्रिय माग सम्बोधन नहुँदासम्म आन्दोलन नरोकिने सडकबाटै चेतावनी दिएका छन् । राजधानी केन्द्रीत दोस्रो चरणको आन्दोलन अन्तर्गत गठबन्धनले भोलि शनिबार काठमाडौंको बसन्तपुरमा विरोध गर्नेछ । सबै जातजाति, वर्ग, समुदाय सम्मिलित विविधता युक्त गणतन्त्र नेपालको प्रष्ट तस्वीर बोकेको गठबन्धनले संघीयता, पहिचान र संविधान पुनर्लेखनको सवालमा कलंकी तताउन सफल भयो ।
सिंहदरबार र वालुवाटार घेराऊ सफल पारेर राजधानी तताइरहेको गठबन्धनमा मधेशी, आदिवासी जनजाति, खस, थारु, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, नेवाः, शेर्पा लगायतका आबद्ध छन् ।
dainiknepal

Continue Reading…

चिनियाँ उच्च टोली काठमाडौंमा, नेपालसँग अर्काे समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, १४ जेठ । नेपालका लागि रेल पठाएलगत्तै एक उच्चस्तरीय चिनियाँ टोली काठमाडौं आइपुगेको छ ।
उक्त टोलीका चिनियाँ लगानीकर्तालाई नेपालको जलविद्युत्, पर्यटन, कृषिजन्य उत्पादन, निर्माण, जडीबुटी क्षेत्रमा लगानी गर्न आग्रह गरिएको छ ।rell
चीनको गान्सु प्रान्तको उद्योग तथा सूचना प्रविधि आयोगका उपनिर्देशक चाङ फुकुइको नेतृत्वमा नेपाल भ्रमणमा आएको १३ सदस्यीय व्यापारिक टोलीको सम्मानमा चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीच लगानी बृद्धि, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि आग्रह गर्नुभयो ।
उहाँले गान्सु प्रान्तमा नेपाली उत्पादन प्रवद्र्धनका लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।
सो अवसरमा उपनिर्देशक फुकुइले गान्सुको लान्जाउबाट सिगात्सेसम्म रेल आइपुगेको हुँदा यसबाट दुई देशबीचको व्यापार तथा सम्बन्ध अझ विस्तार हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल लगानी बोर्डका तर्फबाट नेपालमा लगानीका सम्भावनाबारे प्रस्तुति दिइएको थियो ।
साथै सङ्घ तथा सिसिपी. आइटी. गान्सु प्रान्तबीच सम्बन्ध विस्तारका लागि समझदारी पत्रमासमेत हस्ताक्षर भएको छ । रासस
dainiknepal

Continue Reading…

मनिषाको अन्त्येष्टिमा बिमलले आफूलाई सम्हाल्न सकेनन्

जेठ १४
काठमाडौं– बुधबार राति नवलपरासीस्थित आफ्नै घरमा घाँटीमा निलडामसहित मृत अवस्थामा फेला परेकी राष्ट्रिय फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको आज साँझ पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

विहीबार उनको शवलाई काठमाडौं ल्याइएको थियो । शुक्रबार शिक्षण अस्पतालमा शव पोस्टमार्टमपछि मनिषाको आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।saken

बेल्जियममा उपचार गराउन गएका बिमल बहिनीको मृत्युको खबर सुनेपछि आजै नेपाल आएका थिए । बहिनीको अन्तिम बिदाईमा बिमल आफूलाई सम्हान नसकेपछि आमासँगै रोएका थिए ।

मनिषालाई अन्तिम श्रद्धाञ्जली दिन फुटबलरहरु र आफन्तजनहरु पशुपति आर्यघाटमा पुगेका थिए ।

मनिषाको मृत्युको घटना रहस्यमय भएकाले प्रहरीले उनको प्रेमी आशिष चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिरहेको छ ।

उनलाई विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिएको थियो ।

ratopati

Continue Reading…

टर्की पुगेर उपप्रम थापाले भने- संविधानपछि नेपाल विकासको युगमा प्रवेश

काठमाडौँ, १४ जेठ । उपप्रधानमन्त्री कमल थापाले दिगो विकासको कार्यसूची २०३० सँग मेल खानेगरी २०११–२०२० दशकका लागि कम विकसित राष्ट्रहरुको इस्तानबुल कार्ययोजनाको उच्चस्तरीय मध्यकालीन पुनरवलोकनको प्रभावकारी, पूर्ण र समयमै कार्यान्वयनमा जोड दिनुभएको छ ।kal
टर्कीको अन्तल्यामा आज भएको सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री थापाले यसका लागि राष्ट्रिय प्रयासहरु अन्तर्राष्ट्रिय सहयोगसँग परिपूरक हुनुपर्ने बताउनुभयो । उहाँले सो कार्ययोजनाको कार्यान्वयनका लागि नेपालले सबै प्रयास गरिरहेको र प्रगतिको सही मार्गमा गइरहेको बताउँदै नेपालमा गत वर्ष गएको भूकम्पले आठ अर्ब बढी क्षति भएकाले पुनःनिर्माणका लागि धेरै स्रोतसाधन, समय र बलियो साझेदारी आवश्यक भएको बताउनुभयो ।
नेपालले पुनःनिर्माणलाई गम्भीरतापूवर्क लिएको बताउँदै बलियो र दिगो अन्तर्राष्ट्रिय सहयोगबाट झनै राम्रो निर्माण हुनेमा विश्वस्त भएको बताउनुभयो ।
गत वर्षको भूकम्पपछि जारी भएको अधिकारयुक्त, प्रगतिशील र समावेशी संविधानपछि नेपाल राष्ट्रिय विकासको नयाँ आशा र विश्वासको युगमा प्रवेश गरेको उहाँले उल्लेख गर्नुभयो । “शान्ति प्रक्रियाको तार्किक निष्कर्ष र लामो राजनीतिक सङ्क्रमणपछि हाम्रो राष्ट्रिय कार्यभार विकास नै हुन पुगेको छ”–उहाँले भन्नुभयो । रासस
dainiknepal

Continue Reading…

श्रीमती र छोरीको हत्या गर्ने पक्राउ

पोखरा: श्रीमती र छोरीलाई रडले हानेर हत्या गर्ने पोखरा—१४ चाउथे निवासी ३१ वर्षे विमल पुनलाई कास्की प्रहरीले पक्रेको छ। शुक्रबार अपराह्न ४ बजे उनले घरमा बसिरहेकी श्रीमती २६ वर्षीया नरमाया र ६ वर्षीया पूर्णिमाको रडले हानेर हत्या गरेको छिमेकीलाई उद्धृत गर्दै कास्की प्रहरी प्रवक्ता डिएसपी गजुसिद्धि वज्राचार्यले बताए । parkauरडको प्रहारबाट चिच्याएको आवाज सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । अरु काम विशेषले चाउथेतिरै पुगेको प्रहरीले तत्कालै विमललाई पक्रन सफल भएको थियो । प्रहरी स्रोतका अनुसार विमल मादक पदार्थको कुलतमा फसेका थिए । मादक पदार्थको नसाकै कारण उनले श्रीमती र छोरीको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । ‘तर, हामी अनुसन्धान गर्दैछौं,’ डिएसपी वज्राचार्यले भने । हत्याको प्रकृति हेर्दा हत्या अत्यन्तै क्रुर प्रकृतिको देखिएको घटनास्थल पुगेका एक प्रहरीले जानकारी दिए । ‘रडले हानेर टाउको छियाछिया बनाएको थियो,’ उनले भने, ‘सामान्य मानिसले कल्पनै गर्न नसकिने खालको अवस्था थियो ।’ annapurnapost

Continue Reading…

जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्न चीनलाई आग्रह

काठमाडौँ, चिनियाँ लगानीकर्तालाई नेपालको जलविद्युत्, पर्यटन, कृषिजन्य उत्पादन, निर्माण, जडीबुटी क्षेत्रमा लगानी गर्न आग्रह गरिएको छ ।

चीनको गान्सु प्रान्तको उद्योग तथा सूचना प्रविधि आयोगका उपनिर्देशक चाङ फुकुइको नेतृत्वमा नेपाल भ्रमणमा आएको १३ सदस्यीय व्यापारिक टोलीको सम्मानमा चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीच लगानी बृद्धि, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि आग्रह गर्नुभयो ।

jal

उहाँले गान्सु प्रान्तमा नेपाली उत्पादन प्रवद्र्धनका लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।

सो अवसरमा उपनिर्देशक फुकुइले गान्सुको लान्जाउबाट सिगात्सेसम्म रेल आइपुगेको हुँदा यसबाट दुई देशबीचको व्यापार तथा सम्बन्ध अझ विस्तार हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल लगानी बोर्डका तर्फबाट नेपालमा लगानीका सम्भावनाबारे प्रस्तुति दिइएको थियो ।

साथै सङ्घ तथा सिसिपी.आइटी. गान्सु प्रान्तबीच सम्बन्ध विस्तारका लागि समझदारी पत्रमासमेत हस्ताक्षर भएको छ । राससnews24nepaltv

Continue Reading…

जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्न चीनलाई आग्रह

शुक्रबार, १४ जेठ
काठमाडौँ । चिनियाँ लगानीकर्तालाई नेपालको जलविद्युत्, पर्यटन, कृषिजन्य उत्पादन, निर्माण, जडीबुटी क्षेत्रमा लगानी गर्न आग्रह गरिएको छ ।
चीनको गान्सु प्रान्तको उद्योग तथा सूचना प्रविधि आयोगका उपनिर्देशक चाङ फुकुइको नेतृत्वमा नेपाल भ्रमणमा आएको १३ सदस्यीय व्यापारिक टोलीको सम्मानमा चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीच लगानी बृद्धि, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि आग्रह गर्नुभयो ।7
उहाँले गान्सु प्रान्तमा नेपाली उत्पादन प्रवद्र्धनका लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।
सो अवसरमा उपनिर्देशक फुकुइले गान्सुको लान्जाउबाट सिगात्सेसम्म रेल आइपुगेको हुँदा यसबाट दुई देशबीचको व्यापार तथा सम्बन्ध अझ विस्तार हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल लगानी बोर्डका तर्फबाट नेपालमा लगानीका सम्भावनाबारे प्रस्तुति दिइएको थियो ।
साथै सङ्घ तथा सिसिपी.आइटी. गान्सु प्रान्तबीच सम्बन्ध विस्तारका लागि समझदारी पत्रमासमेत हस्ताक्षर भएको छ । रासस
nepalsandesh

Continue Reading…

अन्ततः पक्राउ परे हत्याका मूख्य नाइके

काठमाडौं, १४ जेठ । हत्यामा संलग्न अभियुक्त नुवाकोट साल्मे-५ बस्ने २८ वर्षीय कामी लामा तामाङलाई महानगरीय अपराध महाशाखाले बिहिबार पक्राउ गरेको छ ।
काठमाडौं तार्केश्वर नगरपालिका–९ पृथ्वीटोलस्थित कमेरे खोला किनारमा गोरखा छेपेटार घर बताउने करीव ४८ वर्षीय श्यामबहादुर मगरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा गत बैशाख १० गते शव फेला परेको घटनाको अनुसन्धानको क्रममा निज कामीसमेत हत्यामा संलग्न भएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।6
अभियुक्त कामी बैशाख ७ गते नुवाकोटबाट काठमाडौं आई विषमान भन्ने सेतेरोङ तामाङको कोठामा बसेको, ८ गते मृतकसँगै काम गरेको, ९ गते बेलुका कामी, विषमान, कृष्णबहादुर वि.क, विषमानको सालो पछुवा तामाङ र मृतक ५ जना बसेर मदिरा सेवन गरेपछि विषमान र मृतकबीचमा काम गरेको ज्यालाको विषयमा विवाद भएको खुल्न आएको छ ।
मृतकले ज्याला लिई बाहिर निस्केपछि अन्य ४ जनाले हत्या गर्ने उद्देश्यले मृतकको पिछा गर्दै उक्त कमेरे खोलाको डिलमा पुगेपछि कुटपिट गरी खोला किनारमा लडाई खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।
घटना पश्चात् उनीहरु चारैजना फरार रहेकोमा कृष्ण विकलाई बैशाख २९ गते पक्राउ गरिएको थियो ।
पक्राउ परेका कामीलाई आवश्यक कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको छ । साथै अन्य अभियुक्तहरुको खोजी कार्य जारी रहेको महाशाखाले जनाएको छ ।
dainiknepal

Continue Reading…

उद्योगी केडिया अपहरणमा पर्दा तमलोपाले पनि निकाल्यो विज्ञप्ति

काठमाडौं, १४ जेठ । बाराको महागढीमाई नगरपालिका क्षेत्रवाट उद्योगपती सुरेश केडियाको अपहरणको घटनाप्रति तराई मधेस लोकतान्त्रिक पार्टीले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार अपराह्न एक विज्ञप्ति जारी नगरपालिका भित्रैवाट ससाँझै यस्तो दुःखद घटनाहुनु चिन्ताको विषय भनेका छन् ।5 ‘देशको प्रतिष्ठित उद्योगपती नगरपालिका भित्र सुरक्षित रहन न सक्नु यो सरकारको कमजोर शान्ति सुरक्षा र निरिहताको प्रतिक हो,’ विज्ञप्तिमा भनिएको छ ।
तमलोपाले अपहरणमा उद्योगी केडियालाई अविलम्ब मुक्त गराउनका लागि प्रभावकारी कदम चाल्न सरकारसंग जोडदार माग गरेको छ ।
केडियाको विहीबार राति ड्राइभरलाई गोली हानेर कारबाटै अपहरण भएको थियो ।
dainiknepal

Continue Reading…

सेनाको हेडक्वार्टर पुगे रक्षामन्त्री रावल, जस्तोसुकै चुनौतीको सामना गर्न निर्देशन

काठमाडौं, १४ जेठ । उपप्रधान तथा रक्षामन्त्री भीम रावल शुक्रबार नेपाली सेनाको हेडक्वार्टर जंगी अड्डा पुगेका छन् ।
त्यहाँ आयोजित कार्यक्रममा उनले भविष्यमा आईपर्नसक्ने जस्तोसुकै चुनौतीको सामना गर्न नेपाली सेना सक्षम हुनुपर्ने भन्दै तयार रहन निर्देशन दिए ।
नेपाली सेनाको लागि आवश्यक स्रोत साधनहरु उपलब्ध गराई गुणात्मक रुपमा विकास गर्दै लैजानुपर्ने विषयमा जोड दिँदै मन्त्री रावलले भविष्यमा आईपर्नसक्ने जस्तोसुकै चुनौतीको सामना गर्न समेत नेपाली सेना सक्षम हुनुपर्ने बताए ।4
साथै उनले नेपाली सेनाले गरेका कार्यहरुको उच्च मूल्यांकन गर्दै नेपाली सेना आफ्नो जिम्मेवारी तथा भूमिका निर्वाह गर्न सक्षम रहेको विश्वास समेत व्यक्त गरे ।
त्यसअवसरमा नेपाली सेनाले रक्षामन्त्री रावललाई जंगी अड्डामा समसामयिक बिषयमा जानकारी गराएको थियो ।
कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली सेनाका विभिन्न निकायहरुद्वारा समसामयिक बिषयमा प्रस्तुतीकरण समेत गरेको थिए ।
उक्त कार्यक्रममा रक्षा सचिव श्री महेश प्रसाद दाहाल लगायत रक्षा मन्त्रालयका पदाधिकारी तथा नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिती रहेको थियो ।
dainiknepal

Continue Reading…

माओवादी एकताले जनतामा उभार पैदा भएको छ – दाहाल

१४ जेठ, काठमाडौँ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक र जनताको अपेक्षा पूरा गर्नका लागि क्रान्तिकारी माओवादीबीचमा एकता भएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ र क्रान्तिकारी पत्रकार महासङ्घले आज माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी एकताले जनताको पक्षमा उभार पैदा गरेको बताए । नेता दाहालले अबको केही दिनभित्रै गाउँ गाउँमा पुगेर जनतालाई एकीकृत गर्ने र पार्टीमा सङ्गठित गरिने उल्लेख गरे ।3

नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापाले जनताको आवश्यकता, चाहना र राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने लक्ष्यका साथ पार्टी एकीकरण भएको बताए। उनले भने “सङ्कटको समयमा क्रान्तिकारी विचारको रक्षा र राष्ट्रिय आवश्यकताका लागि सानातिना विवाद बोकेर छुट्टै बस्नुको अर्थ हुन्न भनेर हामीले पार्टी एकीकरण गरेका हौँ, आगामी दिनमा थप एकता प्रक्रिया अगाडि बढ्छ ।”

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसाल, क्रान्तिकारी पत्रकार सङ्घका संस्थापक खिलबहादुर भण्डारी, ओम शर्मालगायतले वर्तमान सन्दर्भमा क्रान्तिकारी पत्रकारको भूमिका प्रभावकारी एवम् गतिशील हुनुपर्ने बताए । राससnepaliheadlines

Continue Reading…

यी हिरोइन जसले फिल्म खेल्न निर्देशकसँग रात विताए!

एजेन्सी । अधिकांश फ्यानलाई फिल्म जगतको दुनियाँ बाहिरबाट निकै रंगीन देखिने गर्छ । जबकि सत्य त के भने पर्दाको पछाडी कथाको मात्र कालो हुन्छ ।
एक दुई मात्र होइन् यस्ता कालो कर्तुतका लामो फेहरिस्त छ जहाँ कसैको सपना साकार पार्न जस्तोसुकै क्रियाकलाप समेत गर्न बाध्य पारिन्छ ।
प्रसंग यो हो कि कैयौ हिरोइनले आफ्नो अनुभवमा फिल्ममा रोल पाउन निर्माता तथा निर्देशकबाटै रात बिताउने प्रस्ताव आएको र कतिले त रातै विताएर स्टार बनेको स्वीकारेका छन् ।
जसले रात विताउने सम्झौता गरेर रात विताए उनीहरुको भाग्य चम्कियो र जसले अस्वीकार गरे उनीहरुको हातबाट फिल्म नै फुत्कियो ।
यसरी रात विताउन प्रस्ताव आएका र रातै विताएका हिरोइनहरु यसप्रकार छन्:2
विपाशा वसुःभर्खरै विहे बन्धनमा बाधिएकी अभिनेत्री हुन् विपाशा बसु । ४० वर्ष उमेर कटिसक्दा उनी बुढीकन्या नै थिइन् ।
उनलाई चर्चित फिल्ममेकर साजिद खानले फिल्म ‘हमशकल्स’को शुटिङका क्रममा सेक्सको प्रस्ताव राखेका थिए ।
साजिदको यो प्रस्तावबाट रिसाएर विपाशाले प्रहरीमा उजुरी समेत दिएकी थिइन् ।
पछि साजिदले करोडौं रुपैया दिएपछि विपाशाले मुद्दा फिर्ता लिएकी थिइन् ।
उसो त विपाशाले सुरुसुरुमा धेरै निर्देशकसँग रात विताएको खबर बेला बेला आउने गरेकै हुन्छ ।
कंगना रनवत
कंगनाले त एक अन्तर्वार्तामा खुलेयाम आफ्नो यौन शोषण भएको बताइसकेकी छिन् । उनले आफैले फिल्म इण्डस्ट्रीमा प्रवेश गर्दा सुरुसुरुका दिनमा आफ्नो यौन शोषण भएको उल्लेख गरेकी थिइन् । यो मामिलामा उनी कैयौपटक मुछिएकी समेत छिन् । उनले दिलवाने नामका निर्देशकसँग आफूले रात विताउने सम्झौता गरेको खुलासा गरेकी थिइन् ।
ममता कुलकर्णी
अभिनेत्री ममता कुलकर्णी बलिउडका थुप्रै फिल्मकी हिरोइन हुन् । ममताले पनि खुलासा गरेकी थिइन् कि निर्देशक राजकुमार सन्तोषीले उनलाई सेक्सको बदलामा फिल्म खेलाउने प्रस्ताव राखेका थिए ।
वीना मलिक
पाकिस्तानी अभिनेत्री वीना मलिकलाई पनि निर्देशक हेमन्त मधुकरसँग मध्यरातिसम्म अंगालोमा फेला पारिएको थियो । पछि मात्रै थाहा भयो वीना फिल्म पाउने चक्करमा यो सबै गरिरहेकी थिइन् ।
पायल रोहतगी
अभिनेत्री पायल रोहतगी पनि निर्देशकको शिकार भएकी थिइन् । फिल्म ‘शंघाई’को कास्टिंगको क्रममा निर्देशक दिबाकर बैनर्जीले शरीरका कपडा उतार्न लगाएका थिए । तर, पायनले नमानेपछि उनलाई फिल्मबाट निकालियो ।
प्रीति जैन

सन २००४ मा अभिनेत्री प्रीति जैनले निर्देशक मधुर भण्डारकरमाथि बलात्कारको गम्भीर आरोप लगाएकी थिइन् । तर, पछि प्रीति जैनलाई मधुर भंडारकरको सुपारी (मार्न खोजेको) दिएको आरोपमा गिरफ्तार गरियो ।
dainiknepal

Continue Reading…

विमलकी बहिनी मनिषाको अन्त्येष्टि, आर्यघाटमा विमलले आफूलाई सम्हाल्न सकेनन्

काठमाडौं, १४ जेठ । राष्ट्रिय फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको अन्त्येष्टि गरिएको छ ।
मनिषा बुधबार राति नवलपरासीस्थित आफ्नै घरमा मृत फेला परेकी थिइन् । विहीबार उनको शवलाई काठमाडौं ल्याइएको थियो ।
शुक्रबार शिक्षण अस्पतालमा शव पोस्टमार्टमपछि उनको आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।bahiniko
आर्यघाट शवसँगै पुगेका विमल बहिनीको अन्तिम विदाईमा धरधरी रोएका थिए । उनकी आमाले पनि आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् ।
बहिनीको मृत्युको खबर सुन्दा विमल बेल्जियममा थिए । अन्तिमपटक बहिनीको मुख उनी आज विहान काठमाडौं आएका थिए ।

फोटोः कृष्ण पौड्यालबाट ।
dainiknepal

Continue Reading…

संसदीय टोली टिचिङमा, दवाब र प्रभावमा नपर्न डाक्टरलाई सचेत गरायो

फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षण भैरहँदा शिक्षण अस्पताल महाराजगञ्जमा जानकारी लिई फर्कँदै सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति र सदस्यहरु ।
काठमाडौं, १४ जेठ । सांसदहरुको एक टोलीले राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषाको शव पोष्टमार्टममा संलग्न चिकित्सकहरुलाई तथ्यपूर्ण रिपोर्ट सार्बजनिक गर्न आग्रह गरेको छ ।toley
संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका सांसदहरु शुक्रबार अपरान्ह मनिषाको शव राखिएको शिक्षण अस्पताल महाराजगञ्ज पुगेर हत्या वा आत्महत्या सम्बन्धमा कसैको दवाबमा नपरी तथ्य वाहिर ल्याउन चिकित्सकको टोलीसँग आग्रह गरेका हुन् ।

पोष्टमार्टममा संलग्न हुने चिकित्सकहरुले आफूहरुले कसैको दवाब र प्रभावमा परेर गलत रिपोर्ट नबनाउने बताए । उनीहरुले स्थानीय प्रहरीबाट मुचुल्का मगाइ समिति नै गठन घटनास्थलको बारेमा बुझी मृत्युबारे वास्तविकता बाहिर ल्याउनेमा विश्वस्त हुन संसदीय समितिसमक्ष आग्रह गरेका थिए ।
चिकित्सकहरुका अनुसार पोष्टमार्टम रिपोर्ट आउन अझै दुई दिन लाग्ने छ ।
संसदीय समितिको टोलीले बिमल र उनकी आमालाई भेटेर सान्त्वना समेत दिएको छ । मनिषा बुधबार राति मृत फेला परेकी थिइन् ।
dainiknepal

Continue Reading…

ओली सरकारलाई संसदको रुलिङ- प्राकृतिक प्रकोपबारे जानकारी गराऊ

काठमाडौं, १४ जेठ । संसदले मुलुकमा बाढी, पहिरो र दैविक प्रकोपबाट भएको जनधनको क्षतिका विषयमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ ।owli
संसदको आजको बैठकमा आगलागी, बाढी, पहिरो र प्राकृतिक प्रकोपबाट भएको नोक्सानीका विषयमा सांसदहरूले कुरा उठाएपछि सभामुख ओनसरी घर्तीले सरकारलाई रुलिङ गर्नुभएको हो ।
उहाँले संसदको अर्को बैठकमा प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षति, उद्धार र क्षतिपूर्तिका विषयमा भएका जानकारी दिन निर्देशन दिनुभएको छ ।
बाढी, पहिरो र आगलागीबाट मुलुकका विभिन्न स्थानमा दर्जन बढी सर्वसाधारणले ज्यान गुमाउनुका साथै करोडौँको नोक्सानी भएको भन्दै सांसदहरूले सदनमा कुरा उठाएका थिए ।
dainiknepal

Continue Reading…

लगातार तीन घण्टा मदिरा पिएपछि मनिषाको घर पुगेका थिए प्रेमी आशिष चौधरी

जेठ १४ |

साथीहरुसँग सोधपुछ गर्दै प्रहरी
काठमाडौं– राष्ट्रिय फुटवल टिमका स्ट्राईकर विमल घर्तिमगरकी एकमात्र बहिनी मनिषा घर्तिमगर बुधवार दिउँसो ‘आँप खान’ भन्दै घरबाहिर निस्केकी थिईन् । आफ्नो प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीलाई जानकारी दिएर केटी साथीसँग निस्केकी मनिषा बेलुका ढिला फर्किइन् ।theyo
आशिषले ‘किन ढिला फर्केको’ भन्दै पटक–पटक फोन गरेर हैरान पारेपछि मनिषा ‘मलाई किन यस्तो गर्छौ’ भन्दै रिसाएकी थिईन् ।
बिहीबार विहान घरभित्र मृत अवस्थामा मनिषाको शव फेला परेसँगै प्रहरीले फक्राउ गरेका आशिष चौधरीले दिएको बयान अनुसार मनिषा आशिषलाई सोधेरै ‘आँप खाने र घुम्ने’ भन्दै बजार निस्केकी थिईन् ।

‘घुमेर फर्कन किन ढिला गरेको’ भनेर आशिषले हैरान पारेसँगै शुरु भएको विवादले ‘हत्या अथवा आत्महत्या’ सम्मको अवस्था सिर्जना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मनिषाले घर फर्कन ढिला गरेपछि आशिष करिब पाँच बजेतिर घरबाट एक किलोमिटर टाढा रहेको भुताहा भन्ने ठाउँको एक होटलमा छिरेका थिए ।
राजमार्गमै रहेको सो होटलमा पसेपछि उनले आफ्ना अरु दुई जना साथी बोलाएर करिब तीन घण्टा मदिरा सेवन गरेको कुरा प्रहरीसँगको बयानमा स्वीकार गरेका छन् ।
शुरुमा ब्लु रिवाईन्ड नामक रक्सि पिएका आशिषले अन्तमा एउटा वियर पिएका थिए । आशिषसँगै मदिरा सेवन गर्ने एक युवालाई बोलाएर सोधपुछ थालिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएपी अर्जुन रानभाटले जानकारी दिए ।
मदिरा सेवनपछि मोटरसाईकलमा केही समय हाइवेमा हुँईकिएका आशिष करिब ८ बजेतिर मनिषाको घरमा पुगेका थिए । घरमा कोही नभएको बारे आशिष जानकार थिए ।
‘मनिषाले बोलाएरै घरमा गएको देखिन्छ’ अनुसन्धानमा संलग्न इन्स्पेक्टर प्रकाश सापकोटा भन्छन्, ‘साँझ मनिषालाई फोनमा सम्पर्क नभएपछि उनकी साथीलाई आशिषले फोन गरेर ‘आज जे पनि हुनसक्छ’ भन्दै धम्क्याएको देखिन्छ ।’

पछि मनिषाको फोन लागेपछि रक्सिको नशालो चुर भएका आशिष मनिषाको घरमा पुगे । त्यहाँ उनिहरुबिच फेशवुकको पासवर्ड चेन्ज गरेको, बजार घुमेर ढिला आएको, फोन स्वीच अफ गरेको लगायतका विषयलाई लिएर निकैबेर झगडा र थप्पड हानाहान भएको प्रहरी अुनसन्धाबाट खुलेको बताईएको छ ।
राति ११ बजेतिर मनिषा झुण्डिएको अवस्थामा आफुले देखेपछि डरले हिँडेको बयान दिएका आशिषले उनको सल घर नजिकैको कल्भर्टमा लगेर फालेका थिए । मनिषा र आशिषको घरको बीचमा रहेको कल्भर्टमा सल फेला परेको इन्स्पेक्टर सापकोटले जानकारी दिए । उनका अनुसार आशिष साँढे ११ बजे आफ्नो घरमा पुगेको देखिन्छ ।
‘हत्या कि आत्महत्या’ भन्नेबारे यकिन नभएको उल्लेख गर्दै सापकोटाले भने, ‘पोष्टमार्टमको रिपोर्ट हेरेपछि मात्रै थाहा हुन्छ ।’
मनिषाको शव काठमाडौंको टिचिङ हस्पिटलमा पोष्टमार्टम गरिएको छ । प्रहरी पोष्टमार्टमको रिपोर्ट पर्खिरहेको छ ।
ratopati

Continue Reading…

मनिषा हत्याको अनुसन्धान नवलपरासी र काठमाडौंबाट एकसाथ सुरु

नवलपरासी, १४ जेठ । राष्ट्रिय फुटवलर खेलाडी विमल घर्तीमगरको १७ वर्षीय बहिनी मनिषा घर्तीमगरको रहस्यमय तरिकाले भएको हत्याको अनुसन्धान सुरु गरिएको छ ।
मनिषाको शव घरमा बिहीबार एक्कासि छेदविच्छेद अवस्थामा फेला परेपछि मनिषाको हत्या भएको आशङ्कामा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।suru
प्रहरीले मनिषाको हत्या भएको हुनसक्ने र सो हत्यामा संलग्न रहेको आशङ्कामा मनिषासँग प्रेमसम्बन्ध रहेका नवलपरासी तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी आशिष लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
यता मनिषाको शवलाई शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार आज शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान गर्न थप सजिलो हुनेछ ।
नवलपरासीको बर्दघाट–८ पञ्चनगर घरमा एक्लै रहेकी मनिषा बिहीबार बिहान घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । मनिषाको रहस्यमय तरिकाले हत्या भएपछि आफन्त र स्थानीयवासी शोकमा डुबेका छन् ।
मनिषा स्थानीय बर्दघाटस्थित न्युलाइफ उच्चमावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । मनिषाको हत्याको पूर्ण कारण खुल्नसकेको छैन । प्रहरीका अनुसार घटनास्थलको अव्यवस्था हेर्दा मनिषाको हत्या भएको अनुसक्ने प्रहरीलको अनुमान छ ।
विमल घर्तीमगर खेलको सिलसिलामा बेल्जियम रहेकाले र आमा काम विशेषले बुटवल गएको अवस्थामा मनिषा घरमा एक्लै रहेकी थिइन् । मनिषा एक्लै भएको मौका छोपेर हत्या गरिएको अनुमान गरिएको छ ।
आमा बिहीबार बिहान घर फर्किदा घरको ढोका खुल्लै रहेको र कोठामा हेर्दा छोरी मृत अवस्थामा देखेपछि स्थानीय बासिन्दा र प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर आएको थियो । मनिषाका दाजु विमल बेल्जियमबाट शुक्रबार आइपुगेका छन् । रासस
dainiknepal

Continue Reading…

मनिषाको हत्यामा ठूलो गिरोह संलग्न भएको दाबी, संसदमै भयो हंगामा

काठमाडौं, १४ जेठ । राष्ट्रिय फुटबलर विमल घर्तीकी बहिनी मनीषा घर्तीको शंकास्पद मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरूले १७ वर्षीया मनीषाको मृत्यु शंकास्पद रहेको बताए । सांसदहरूले भनेका छन्, ‘मनीषा घर्तीको मृत्यु शंकास्पद छ । घटनाको प्रकृति हेर्दा हत्या भएको जस्तो छ । प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाएर अपराधीलाई हदैसम्मको कारबाही गर्नुपर्छ । हत्यामा ठूलो अपराधिक समूह संलग्न भएको जस्तो देखिन्छ ।’
सांसद विक्रम खनालले मनीषा र प्रेमी आशिष भनिने रुद्रनारायण चौधरी मात्रै घटनामा संलग्न हो कि होइन भनेर सुक्ष्म रुपले छानविन गरिनुपर्ने माग गर्नुभयो । ‘मनीषा घर्तीको मृत्यु अत्यन्तै शंकास्पद छ’, उहाँले भन्नुभयो, ‘मनीषको मृत्यु प्रकरणमा ठूलो अपराधिक समूहको संलग्नता रहेको हुन सक्छ ।’manisa
अर्की सांसद दिलशोभा पुनले मनीषको हत्यामा आशिष भनिने रुद्रनारायण चौधरीले नै हत्यामा संलग्न रहेको हुन सक्ने प्रहरीले आफूलाई जानकारी गराएको बताउनुभयो । ‘मनीषाको मृत्यु पश्चात परिवार अत्यन्तै पीडामा छ’, उहाँले भन्नुभयो, ‘मनीषाको शवको प्रकृति हेर्दा शरीरका विभिन्न भाग खोल्सिएको छ । कोठाभित्र रगत लागेको छ । घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।’
सांसद दुलारी हरिजनले पनि मनीषाका हत्यारालाई पक्राउ गरी सर्वस्वसहित आजीवन कारबाहीको माग गर्नुभयो । ‘आमा उपचारका लागि बुटवल गएको र दाई विमल घर्ती उपचारका लागि बेल्जियम गएका बेला मनीषाको हत्या भएको छ’, सांसद दुलारीले भन्नुभयो, ‘हत्यामा प्रेमी आशिष भनिन रुद्रनारायण चौधरी पक्राउ परेका छन् । प्रहरीले सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्नुपर्छ ।’
मनिषाको हत्या घटनाबारे बोल्दा संसदमा सांसदहरुले हो मा हो भनेर हंगामा गरेका थिए ।
बुधबार राति नवलपरासीको बर्दघाट नगरपालिका– ८ भुताहास्थित आफ्नै घरभित्र मनीषा घर्ती झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
उनको हत्या भएको हुन सक्नेभन्दै प्रहरीले मनीषाका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको जनाइ सकेको छ । मनीषाको शवलाई शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टका लागि ल्याइ सकिएको छ ।
dainiknepal

Continue Reading…

मनिषा हत्याको अनुसन्धान सुरु

नवलपरासी, राष्ट्रिय फुटवलर खेलाडी विमल घर्तीमगरको १७ वर्षीय बहिनी मनिषा घर्तीमगरको रहस्यमय तरिकाले भएको हत्याको अनुसन्धान सुरु गरिएको छ ।
मनिषाको शव घरमा बिहीबार एक्कासि छेदविच्छेद अवस्थामा फेला परेपछि मनिषाको हत्या भएको आशङ्कामा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।chha

प्रहरीले मनिषाको हत्या भएको हुनसक्ने र सो हत्यामा संलग्न रहेको आशङ्कामा मनिषासँग प्रेमसम्बन्ध रहेका नवलपरासी तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी आशिष लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

यता मनिषाको शवलाई शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार आज शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान गर्न थप सजिलो हुनेछ ।

नवलपरासीको बर्दघाट–८ पञ्चनगर घरमा एक्लै रहेकी मनिषा बिहीबार बिहान घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । मनिषाको रहस्यमय तरिकाले हत्या भएपछि आफन्त र स्थानीयवासी शोकमा डुबेका छन् ।
मनिषा स्थानीय बर्दघाटस्थित न्युलाइफ उच्चमावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । मनिषाको हत्याको पूर्ण कारण खुल्नसकेको छैन । प्रहरीका अनुसार घटनास्थलको अव्यवस्था हेर्दा मनिषाको हत्या भएको अनुसक्ने प्रहरीलको अनुमान छ ।
विमल घर्तीमगर खेलको सिलसिलामा बेल्जियम रहेकाले र आमा काम विशेषले बुटवल गएको अवस्थामा मनिषा घरमा एक्लै रहेकी थिइन् । मनिषा एक्लै भएको मौका छोपेर हत्या गरिएको अनुमान गरिएको छ ।

आमा बिहीबार बिहान घर फर्किदा घरको ढोका खुल्लै रहेको र कोठामा हेर्दा छोरी मृत अवस्थामा देखेपछि स्थानीय बासिन्दा र प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर आएको थियो । मनिषाका दाजु विमल बेल्जियमबाट शुक्रबार आइपुगेका छन् । रास
news24nepaltv

Continue Reading…

विमलकी बहिनीको मृत्युपछि पारसले मुख खोले, भन्छन्- हामी छाड्दैनौं…

काठमाडौं, १४ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको मृत्यु प्रकरणबारे आफ्नो धारणा राखेका छन् ।lea
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनाप्रति दुःख व्यक्त गर्दै आफू यो खबरले स्तब्ध भएको उल्लेख गरेका छन् ।
उनले यस दुःखद घडीमा विमल एक्लो नभएको बताउँदै आफू लगायत सम्पूर्ण खेल जगत उनको पक्षमा रहेको र साथ नछाड्ने उल्लेख गरेका छन् ।
‘विमल घर्ती मगरको बहिनीको दुखद निदनको खबरले म धेरै दुखी भए । विमल यो दुखद घडिको सामना गर्दै छिट्टै बाहिर निस्किने छन् । सम्पुर्ण खेल समुदाय तिम्रो साथमा छ ।’
बिमलकी बहिनी मनिषा बुधबार राति आफ्नै घरमा मृत फेला परेकी थिइन् । उनको शवलाई काठमाडौं ल्याएर पोस्टमार्टम गरिदैछ ।
dainiknepal

Continue Reading…

आन्तरिक सुरक्षा नीति ल्याउने तयारीमा छौँ – गृहमन्त्री बस्नेत

काठमाडौँ, १४ जेठ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आन्तरिक सुरक्षा नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ ।
पूर्व प्रहरी परिषद् नेपालले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन’ विषय कार्यशालामा गृहमन्त्री बस्नेतले नीति बनाउने मात्रै नभई त्यसको प्रभावकारी कार्यान्वयन गर्नु आजको आवश्यकता भएको टिप्पणी गर्नुभयो ।
उहाँले तत्कालीन अवस्थामा देशको सामाजिक, राजनीतिक, आर्थिक अवस्थाको प्रतिबिम्ब सुरक्षा नीति निर्माणमा पनि पर्ने गरेको बताउनुभयो ।antim
राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गर्नुपूर्व आजको नेपालको अवस्थाबारे सबैमा समान धारणा आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।
पूर्व प्रहरी परिषद्का उपाध्यक्ष पूर्व वरिष्ठ प्रहरी उपरीक्षक डा चूडाबहादुर श्रेष्ठले राष्ट्रिय सुरक्षा नीति र ऐन कार्यान्वयनमा आउन लागेको अवस्थामा यसबारे आमरुपमा बृहत् छलफल आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सांसदहरु, पूर्व प्रहरी अधिकृत, जवान र सुरक्षासँग सरोकार राख्ने निकायका पदाधिकारहरुको सहभागिता रहेको छ ।
कार्यशालामा सुरक्षासँग सम्बद्ध विभिन्न विषयमा कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो । रासस
dainiknepal

Continue Reading…

भुवन केसी एसएसपी सर्वेन्द्र खनालको ‘शरण’मा

काठमाडौं । नायक तथा निर्देशक भुवक केसी सहयोग माग्दै प्रहरी कार्यालय पुगेका छन् ।
उनी बिहीबार अपरान्ह वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सर्वेन्द्र खनाल प्रमुख रहेको महानगरीय प्रहरी अपराध महाशाखा पुगेका छन् ।bhuban
जहाँ उनले आफ्नो फिल्म ‘ड्रिम्स’को पाइरेसी भएको भन्दै दोषी पत्ता लगाइ पाउँ भन्दै निवदेन दिएका छन् ।
एसएसपी सर्वेन्द्र खनाललाई नै भेटेर जत्तिसक्दो चाँडो फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
dainiknepal

Continue Reading…

यसरी चिर निन्द्रामा छिन् मनिषा, दाजु विमल र आमाको रुवाबासी (हेर्नुस्

काठमाडौं, १४ जेठ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर बहिनी मनिषा घर्तीको शव हेर्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।
खुट्टाको उपचार गर्न बेल्जियम पुगेका विमल बहिनीको मृत्युको खबरपछि आज विहान काठमाडौं आइपुगेका थिए । उनी विमानस्थलबाट सिधै शिक्षण अस्पताल पुगे ।thenn
सानै बुवा गुमाएका विमल आफ्नी एक मात्र बहिनीको वियोगमा मर्माहत र भावुक देखिए । र बहिनीको शव देख्दा आफूलाई सम्हाल्न नसकेर आँसु नै खसाले । सँगै रहेकी उनकी आमा धरधरी रोइरहेकी छिन् ।
उनकी बहिनी मनिषा चिर निन्द्रामा छिन् । हस्पिटलको शव बोक्ने वेडमा उनी कहिल्यै नब्युझिने गरी निन्द्रामा छिन् ।
उनको पोस्टमार्टम आज दिउँसो गर्ने टिचिङ हस्पिटलका डाक्टरहरुको तयारी छ । १७ वर्षीया मनिषा बुधबार राति नवलपरासी स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।
dainiknepal

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog