Friday, May 27, 2016

३०० यात्रु बोकेको विमानको इन्जिनमा एक्कासी आगो लागेपछि…

टोकियो, १४ जेठ । जापानबाट कोरियाका लागि उड्ने तयारी गरिरहेको एक विमानको इन्जिनमा आगो लागेपछि त्यसमा रहेका चालक दलका सदस्य र सबै जना यात्रुको उद्वार गरिएको छ ।
जापानको हानेदा विमानस्थलमा सो विमानबाट १७ जना उड्डयन सदस्यसहित ३०० जनाको उद्वार गरिएको हो ।
हानेदा विमानस्थलबाट कोरियाका लागि उड्ने तयरी गरिरहेको सो विमानको एउटा इन्जिनमा आगो लागेको थियो । त्यसपछि उक्त विमानबाट यात्रुको तत्कालै उद्वार गरी बाहिर निकालिएको थियो ।piln
बोइङ ७७७ विमानको एउटा इन्जिनमा आगो लागेका कारण त्यसमा रहेका यात्रुको उद्वार गरी बाहिर निकालिएका दृश्यहरु जापानी टेलिभिजनहरुले देखाएका थिए ।
सो विमान दक्षिण कोरियाको जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने तयारीमा थियो । कोरियन एयरका प्रवक्ताले भनेका छन्– विमानको इन्जिन नम्बर १ मा आगो लागेको देखिएपछि आकस्मिक सेवामार्फत उद्वार गरिएको छ ।
जापानको यातायात मन्त्रालयले पनि शुक्रबारै एक विज्ञप्तिमार्फत उड्ने तयारीमा रहेको विमानमा आगो देखिएको जनाएको छ ।
विमानले सबै तयारी सकेर उड्ने तरखर गरिरहँदा अकस्मात आगोको मुस्लो देखिएको र त्यसपछि लगत्तै आपतकालीन सेवामार्फत विमानबाट यात्रुलाई बाहिर झिक्ने काम भएको समाचारमा जनाइएको छ ।
उद्वारका सकुशल रुपमा भएको र यसबाट कुनैपनि यात्रु घाइते नभएको जापानी टेलिभिजन एनएचकेले जनाएको छ । रासस/एएफपी
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog