Friday, May 27, 2016

माओवादी एकताले जनतामा उभार पैदा भएको छ – दाहाल

१४ जेठ, काठमाडौँ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक र जनताको अपेक्षा पूरा गर्नका लागि क्रान्तिकारी माओवादीबीचमा एकता भएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ र क्रान्तिकारी पत्रकार महासङ्घले आज माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी एकताले जनताको पक्षमा उभार पैदा गरेको बताए । नेता दाहालले अबको केही दिनभित्रै गाउँ गाउँमा पुगेर जनतालाई एकीकृत गर्ने र पार्टीमा सङ्गठित गरिने उल्लेख गरे ।3

नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापाले जनताको आवश्यकता, चाहना र राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने लक्ष्यका साथ पार्टी एकीकरण भएको बताए। उनले भने “सङ्कटको समयमा क्रान्तिकारी विचारको रक्षा र राष्ट्रिय आवश्यकताका लागि सानातिना विवाद बोकेर छुट्टै बस्नुको अर्थ हुन्न भनेर हामीले पार्टी एकीकरण गरेका हौँ, आगामी दिनमा थप एकता प्रक्रिया अगाडि बढ्छ ।”

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसाल, क्रान्तिकारी पत्रकार सङ्घका संस्थापक खिलबहादुर भण्डारी, ओम शर्मालगायतले वर्तमान सन्दर्भमा क्रान्तिकारी पत्रकारको भूमिका प्रभावकारी एवम् गतिशील हुनुपर्ने बताए । राससnepaliheadlines



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog