रेमिट्यान्स भित्रिने प्रमुख देशको मुद्रा बिनिमयदर कति ?
नेपालमा रेमिट्यान्स भित्रिने प्रमुख राष्ट्रहरु दुबई, कतार, साउदी अरब र मलेसियाको मुद्रा बिनिमयदर सामान्य उतारचढाव भएको छ। ति मुद्रोको मूल्यमा प्रभाव पार्ने अमेरिकी डलरमा सामान्य घटबढ भएपछि रियाल, रिंगेट र दिरामको बिनिमयदर पनि सामान्य रहेको हो।
अमेरिकी डलरको आज खरिददर १ सय ६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ७ रुपैयाँ ४८ पैसा छ। शनिबार नेपाल राष्ट्र बैंकले दुबई दिरामको खरिददर २९ रुपैयाँ १० पैसा र बिक्रीदर २९ रुपैयाँ २६ पैसा तोकेको छ।
त्यस्तै साउदी अरब रियालको खरिददर २८ रुपैयाँ ५० पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा तोकिएको छ। मलेसियन रिंगेट एकको खरिददर २६ रुपैयाँ २० पैसा र बिक्रीदर २६ रुपैयाँ ३५ पैसा तोकिएको छ।
कतारी रियालको खरिददर २९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २९ रुपैयाँ ५२ पैसा तोकिएको छ। setopati