Friday, May 27, 2016

विमल घर्तीमगर शिक्षण अस्पतालमा, बहिनी मनिषाको शव देखेपछि…

काठमाडौं, १४ जेठ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर बहिनी मनिषा घर्तीको शव हेर्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।
खुट्टाको उपचार गर्न बेल्जियम पुगेका विमल बहिनीको मृत्युको खबरपछि आज विहान काठमाडौं आइपुगेका थिए । उनी विमानस्थलबाट सिधै शिक्षण अस्पताल पुगेको प्रत्यदर्शीले बताएका छन् ।pugea

प्रत्यक्षदर्शीका अनुसार बहिनी मनिषाको शव देखेपछि विमलले आफूलाई सम्हाल्न सकिरहेका छैनन् । सँगै उनकी आमा रोइरहेकी देखिएकी छिन् ।
मनिषाको शवको पोस्टमार्टम आज दिउँसो गर्ने टिचिङका डाक्टरहरुले जनाएका छन् । १७ वर्षीया मनिषा बुधबार राति नवलपरासी स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog