Friday, May 27, 2016

आठौँ गणतन्त्र दिवस मनाइँदै

काठमाडौं, १५ जेठ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको आठ वर्ष पुगेको अवसरमा आज मुलुकभरि गणतन्त्र दिवस मनाइँदै छ । आज संविधानपछिको पहिलो गणतन्त्र दिवस पनि हो ।
जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।15
दुई सय ३८ वर्ष लामो शाहवंशीय राजपरम्पराको अन्त्यको घोषणा भएको यस दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाइने गरिन्छ ।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गर्नुभएको छ ।
गणतन्त्र घोषणा भइसकेपछि देशमा धेरै ठूला राजनीतिक उपलव्धी भएपनि चुनौती उत्तिकै रहेको राजनीति शास्त्रीहरुले बताएका छन् ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेललगायतले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिएका छन् ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog