ओली सरकारलाई संसदको रुलिङ- प्राकृतिक प्रकोपबारे जानकारी गराऊ
काठमाडौं, १४ जेठ । संसदले मुलुकमा बाढी, पहिरो र दैविक प्रकोपबाट भएको जनधनको क्षतिका विषयमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ ।
संसदको आजको बैठकमा आगलागी, बाढी, पहिरो र प्राकृतिक प्रकोपबाट भएको नोक्सानीका विषयमा सांसदहरूले कुरा उठाएपछि सभामुख ओनसरी घर्तीले सरकारलाई रुलिङ गर्नुभएको हो ।
उहाँले संसदको अर्को बैठकमा प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षति, उद्धार र क्षतिपूर्तिका विषयमा भएका जानकारी दिन निर्देशन दिनुभएको छ ।
बाढी, पहिरो र आगलागीबाट मुलुकका विभिन्न स्थानमा दर्जन बढी सर्वसाधारणले ज्यान गुमाउनुका साथै करोडौँको नोक्सानी भएको भन्दै सांसदहरूले सदनमा कुरा उठाएका थिए ।
dainiknepal