दुर्घटनामा २९ को मृत्युु
पोखरा- कास्कीमा दश महिनाको अवधिमा भएका ५० वटा दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक कार्यालयले दिएको जानकारीअनुसार गएको साउन १ देखि २०७३ को वैशाख २१ गतेसम्म भएका दुर्घटनामा २२ पुरुष, चार महिला र तीन बालकको मृत्यु भएको छ ।
सो अवधिमा ३४ जना गम्भीर र २० जना साधारण घाइते भएका थिए । यस्तै सो अवधिमा ७७ वटा सवारीसाधन दुर्घटनामा परेको ट्राफिक कार्यालयका प्रमुख विश्व अधिकारीले जानकारी दिए ।रासस
ratopati