गणतन्त्र दिवसमा युवा संघद्धारा पशुपति वृद्धाश्रममा फलफुल वितरण
काठमाडौं, १५ जेठ । युवा संघ नेपाल केन्द्रिय अन्तर जिल्ला कमिटीद्वारा गणतन्त्र दिवसको अवसरमा पशुपति वृद्धाश्रममा आज फलफुल बितरण गरिएको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङको प्रमुख आतिथ्यता एवं युवा संघ अध्यक्ष राजिब पहारीको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा २५० वृद्धवृद्धद्धालाई फलफुल बितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति किरण गुरुङले आज प्रस्तुत हुने बजेटमा वृद्धहरुको बिशेष सम्मान हुने बताउनुभयो ।
युवाहरु उदाउदो घाम भएको बताउदै उहाँले अस्ताउदो सुर्यको रुपमा रहेका वृद्धालाई सम्मान गर्नु सकारात्मक कुरा भएको बताउनुभयो ।
अहिलेको युगमा युवाले रेल चलाउने ग्यास लाइन घर घरमा पुर्याउने कुरा सामान्य भएको बताउदै नेपाली युवाले चन्द्रमा मा यान पुर्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा युवासंघ अध्यक्ष राजिब पहारी र अन्तर जिल्ला अध्यक्ष जय गुरुङले मन्तब्य राख्नु भएको थियो ।
dainiknepal