सेनाको हेडक्वार्टर पुगे रक्षामन्त्री रावल, जस्तोसुकै चुनौतीको सामना गर्न निर्देशन
काठमाडौं, १४ जेठ । उपप्रधान तथा रक्षामन्त्री भीम रावल शुक्रबार नेपाली सेनाको हेडक्वार्टर जंगी अड्डा पुगेका छन् ।
त्यहाँ आयोजित कार्यक्रममा उनले भविष्यमा आईपर्नसक्ने जस्तोसुकै चुनौतीको सामना गर्न नेपाली सेना सक्षम हुनुपर्ने भन्दै तयार रहन निर्देशन दिए ।
नेपाली सेनाको लागि आवश्यक स्रोत साधनहरु उपलब्ध गराई गुणात्मक रुपमा विकास गर्दै लैजानुपर्ने विषयमा जोड दिँदै मन्त्री रावलले भविष्यमा आईपर्नसक्ने जस्तोसुकै चुनौतीको सामना गर्न समेत नेपाली सेना सक्षम हुनुपर्ने बताए ।
साथै उनले नेपाली सेनाले गरेका कार्यहरुको उच्च मूल्यांकन गर्दै नेपाली सेना आफ्नो जिम्मेवारी तथा भूमिका निर्वाह गर्न सक्षम रहेको विश्वास समेत व्यक्त गरे ।
त्यसअवसरमा नेपाली सेनाले रक्षामन्त्री रावललाई जंगी अड्डामा समसामयिक बिषयमा जानकारी गराएको थियो ।
कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली सेनाका विभिन्न निकायहरुद्वारा समसामयिक बिषयमा प्रस्तुतीकरण समेत गरेको थिए ।
उक्त कार्यक्रममा रक्षा सचिव श्री महेश प्रसाद दाहाल लगायत रक्षा मन्त्रालयका पदाधिकारी तथा नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिती रहेको थियो ।
dainiknepal