Monday, June 6, 2016

राष्ट्रपति भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला, नेपालले पहिलोपटक स्थान पायो

काठमाडौं, २५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डरी विश्वकै शक्तिशाली महिलाहरुको सूचीमा पर्नुभएको छ ।
अमेरिकी पत्रिका फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सन् २०१६ को विश्वका एक सय शक्तिशाली महिलाको सूचीमा नेपालबाट पहिलोपटक राष्ट्रपति भण्डारी पर्नु भएको हो ।nepal
राष्ट्रपति भण्डारी उक्त सूचीको ५२ औँ स्थानमा हुनुहुन्छ । फोर्ब्सले हरेक वर्ष विश्वका एक सय शक्तिशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ । जसमा नेपालले पहिलोपटक स्थान पाएको हो ।
सूचीमा विश्वका चर्चित महिलाहरु को–को ? (टप-१० सहित)
1) जर्मन चान्सलर एन्जेला मर्केल प्रथम स्थानमा ।
2) अमेरिकी राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टन दोस्रो स्थानमा ।
3) अमेरिकी उद्योगपति ज्यानेट एलेन तेस्रो स्थानमा ।
4) अमेरिकी महिला मेलिन्डा गेट्स चौथो स्थानमा ।
5) अमेरिकी महिला म्यारी बारा पाँचौ स्थानमा ।
6) फ्रान्सकी क्रिस्टिन लेगार्ड छैठौं स्थानमा ।
7) अमेरिकाकी शेरिल स्यान्डवर्ग सातौ स्थानमा ।
8) अमेरिकाकै सुसन ओज्सिकी आठौं स्थानमा ।
9) अमेरिकाकै मेग ह्वाइटम्यान नवौं स्थानमा ।
10) स्पेनकी आना प्याट्रिसिया बोटिन दशौं स्थानमा ।
दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुयन हेइय १२ औँ स्थानमा ।
प्रथम अमेरिकी महिला मिसेल ओबामा १३ औँ स्थानमा ।
भारतकी अरुन्धाती भट्टाचार्य २५ औँ स्थानमा ।
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी २६ औँ स्थानमा ।
बेलायती महारानी एलिजावेथ द्धितिय २९ औँ स्थानमा ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद ३६ औँ स्थानमा ।
विश्व स्वास्थ्य संगठनकी महानिर्देशक मार्केट चान ३८ औँ स्थानमा ।
भारतीय कांग्रेसकी सोनिया गान्धी शक्तिशाली महिलाको सय जनाभित्र नै परिनन् ।
dainiknepal

Continue Reading…

सङ्गीतज्ञ गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्येष्टि

काठमाडौँ, २५ जेठ । गए राति निधन हुनुभएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ ।
उहाँको शव आज बिहान १०ः५१ बजे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नेपाल प्रज्ञा–प्रतिष्ठान लगिने छ । त्यहाँ अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिने उहाँका माहिला छोरा राजुले जानकारी दिनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “बुबाको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने छ । अन्तिम संस्कार हिन्दू र बौद्ध दुवै विधिबाट हुनेछ ।ko
अहिले ग्रान्डी अस्पतालमा सङ्गीतज्ञ गुरुङलाई अन्तिम श्रद्धाञ्जलि दिन विभिन्न क्षेत्रका व्यक्ति आउने क्रम जारी छ । भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको निधन भएको हो । उहाँ गत हप्तादेखि स्थानीय ग्रान्डी अस्पतालमा उपचारत हुनुहुन्थ्यो । यसअघि उहाँको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।
विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा उहाँको जन्म भएको थियो । प्रवासमा जन्मेर नेपाल आई उहाँले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभयो । उहाँको पहिलो गीत ‘नौलाख तारा उदाए…’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो । विसं २०२४ मा नेपाल आउनुभएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गर्नुभएको थियो । उहाँ २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित हुनुभयो । ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उहाँले सङ्गीतबद्ध गर्नुभएको थियो । त्यस्तै ‘फर्केर हेदार्’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा समेत उहाँले सङ्गीत भर्नुभएको नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले बताउनुभयो ।
त्यसैगरी उहाँले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए…, ‘म अम्बर हुँ, तिमी धर्ती…’ लगायत करिब ५०० गीतमा सङ्गीत भर्नुभएको थियो । उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त हुनुहुन्थ्यो । जनजीवनमा उहाँलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो । सरकारले उहाँलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो ।
नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भर्नुभएको थियो भने छ÷सात सय गीत उहाँकै शब्द र स्वरमा रहेका छन् । रासस
dainiknepal

Continue Reading…

संविधान असफल बनाउन भारतीय जासुसहरू सक्रिय

२५ जेठ, काठमाडौं ।

आधिकारीक रुपमा नेपालको संविधानको स्वागत नगरेको दक्षिणी छिमेकी मुलुक भारतको सत्तासिन भारतीय जनता पार्टी र गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ)का अधिकारीहरू संविधान तुहाउन सक्रिय भएका छन् ।

चीनसँग बढ्दो निकटताबाट त्रसित भारतको प्रतिपक्षी दल कांग्रेस आई र भाजपाको नेपाल नीतिको समिकरण अहिले समान भएपछि भारतीय अधिकारीहरु तारम्तार काठमाडौंमा आई राजनीतिक दलका भिन्न नेताहरुबीच छलफल गरिरहेका छन् ।

भारतीय चासोलाई वेवास्था गर्दै संविधान जारी भएपछि रुष्ट भई नाकाबन्दिसम्म गरेको भारतले काठमाडौंमा केन्द्रिकृत दलभित्रको विभाजन र मतभेदविना गलाउन नसकिने ठानेपछि अहिले भारतीय लाइन एजेन्सीका अधिकारीहरु डेरा जमाएरै संविधान असफल बनाउने खेलमा लागेका छन् ।sakiyo

हिन्दु राज्य, राजसंस्था फर्काउनेसम्मको उद्देश्यका साथ काठमाडौंमा राजनीतिक चक्रव्यूह बनाउन थालिएको छ ।

त्यसका लागि जसरी पनि उनीहरु ओली सरकारलाई भिरमा पु¥याउने र भारतीय पक्षको प्रस्ताव स्वीकार्न ओलीलाई बाध्य पारिने बाध्य नभए सरकार गिराउने रणनीतिमा उनीहरू सक्रिय छन् ।

यसको नेतृत्व रअका पूर्व प्रमुख आलोक जोशीले गरिरहेका छन् । जोशीले सरकार गिराउनका लागि पहिलो तुरुपका रुपमा एमाले नेता माधवकुमार नेपालको प्रयोग गरेका थिए ।

पोखरामा नेपालसँग जोशीको गोप्य वार्ता भएपछि सरकारविरुद्ध एमालेमा नेपाल र खनालको कडा आलोचना आउन थालेको हो जसले स्थायी समिति वैठकमा पनि तनाव उत्पन्न गराएको थियो ।

जोशीलगायतका भारतीय लाइन एजेन्सीका अधिकारीहरुले नेपाललाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने प्रस्ताव गरेका थिए । नेपालले एमालेभित्र आफ्नो बहुमत रहेको र सरकार गिराउन सक्ने बताएपनि कांग्रेस र मधेसवादी दलहरुलाई सहमतिमा ल्याएर आफ्नो सरकारमा समर्थन गराउने ग्यारेन्टिको सर्त अघि सारेको उच्च स्रोतले जनायो ।

नेपालको तर्फबाट सरकार परिवर्तनका लागि सर्तका पोको बोकेर उनको भतिज बताउने समीर नेपाल र सरोज शर्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारसम्म निरन्तर पुगिरहेको स्रोतको दाबी छ ।

उनीहरुको धारणाका आधारमा भारतीय लाइन्स एजेन्सीका अधिकारीहरुले पनि यी नेतालाई बारम्बार भेट्ने गरेका छन् । ‘पहिलो प्राथमिकतामा ओली नेतृत्वको सरकार गिराउने प्रस्ताव, त्यसो हुन नसके ओलीलाई झुकाउने खेलका प्रस्तावहरू अघि सारिएका छन्’, स्रोतले भन्यो,‘यस पछाडीको कारण नेपालको संविधान असफल बनाएर अस्थिर राजनीतिक अवस्थामा पु¥याएर हिन्दू राज्य र राजसंस्था फर्काउनेसम्मको योजना बुनिएको छ ।’

नेपालमा कम्युनिष्ट र राष्ट्रवादी गठबन्धन नहटाएसम्म संविधान र सरकारमा भारतीय प्रभाव नदेखिने भएपछि भारतीय अधिकारीहरुको नेपालमा गोप्य प्रवेश र राजनीतिक चलखेल बाक्लिएको हो ।

नेपालका लागि पूर्वराजदूत राकेश सुद चार घन्टाका लागि काठमाडौं आएर सत्तामा रहेका सवै राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरी फर्किएका थिए । नेपाल जानकारका रुपमा बुझिने सुद नेपालमा रहँदा विवादस्पद राजदूत थिए जसले माओवादीविरुद्ध खुला चुनौति र अभिव्यक्ति दिँदै हिँडेका थिए ।

उनको यो अभियानमा भारतीय जनता पार्टीका तर्फबाट रामप्रसाद सिन्हा र अश्वीनिकुमार सक्सेनाले सहयोग गरिरहेका छन् ।

हायात रिजेन्सीमा डेरा जमाएरै बसेका यी दुइले जसरी पनि ओली सरकार गिराउने अभियानमा भाजपा र रअको समन्वय गराउने र राजनीतिक दलका नेताहरुसँग निरन्तर उछलकुदको काम गरिरहेका छन् ।

त्यसो त, लाइन एजेन्सीका अधिकारीहरुले सरकार गिराउने र संविधान असफल बनाउने खेलमा सघाउनका लागि शनिबारमात्रै स्थलमार्ग भएर तीनवटा भारतीय गाडीमा भाजपाका अन्य नेताहरु नेपाल प्रवेश गराइसकेका छन् । जनप्रहार साप्ताहिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

धादिङबाट बिदेसिएका २३ बेपत्ता

धादिङ, २५ जेठ । रोजगारीका लागि विभिन्न देशमा गएका धादिङका २३ युवा बेपत्ता भएका छन् ।
कामको खोजीमा बिदेसिएका युवा विदेश जानुअघि तोकिएको काम नपाएर, काम पाएपछि कम्पनीले सूचनाबाट वञ्चित गरेर र लुकीछिपी विदेश गएर बेपत्ता भएका हुन् । बाह्र मलेसियामा, चार कुवेतमा, दुई दुई साउदी अरब– कतार– सिरियामा तथा एक जना जर्जियामा बेपत्ता भएको सूचना तथा परामर्श केन्द्र धादिङले जनाएको छ ।haraya
सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन गरिरहेको चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज सिड्स धादिङ अन्तर्गत सूचना तथा परामर्श केन्द्रमा परेको निवेदनअनुसार उनीहरु विदेश गएर बेपत्ता भएका हुन् ।
धादिङको उत्तरी क्षेत्रका पाँच गाविसबाट बेपत्ता हुने क्रम बढ्दै गइरहेको छ । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, , कुम्पुर, त्रिपुरेश्वर, जोगीमारा, थाक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटार लगायत गाविस र नीलकण्ठ नगरपालिकाबाट विदेश गएर बेपत्ता भएको सामी परियोजना कार्यक्रम संयोजक गङ्गा सुवेदीले बताउनुभयो ।
परिवारका सदस्यले बेपत्ता भएका परिवारका सदस्यलाई उद्धार गर्नका लागि सूचना तथा परामर्श केन्द्रमा उजुरी दिने गरेको सुवेदीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय नजिकै वैदेशिक रोजगारीमा जानेका लागि स्विस सरकारको सहयोगमा सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ । रासस
dainiknepal

Continue Reading…

ओली र नेपालबीच केमा छ विवाद ?

काठमाडौं, २५ जेठ । एमालेले प्रदेश संगठन कमिटी गठनको गृहकार्य थालेको छ । तर, संयोजक र त्यसमा रहने सदस्यका विषयमा संस्थापन र नेता माधव नेपाल पक्षबीच विवाद भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको स्थायी समिति बैठकमा प्रदेश कमिटी छिटै गठन गर्ने गरी संयोजक र सदस्यहरूबारे छलफल भएको हो ।chha
‘व्यापक छलफलपछि मोटामोटी आधार तयार भएको छ,’ सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘पदाधिकारी वा स्थायी समिति सदस्यमध्येबाट संयोजक बनाउनुपर्ने दुवैखाले विचार आएकाले सबै पक्षको सुझाबका आधारमा टुंगोमा पुग्नेगरी गृहकार्य सुरु भएको छ ।’
संयोजक तोक्ने विषयमा विवाद भएपछि बैठकले तीन दिनभित्र नामसहितको प्रस्ताव तयार गर्न संगठन विभागलाई जिम्मा दिएको छ ।
‘संगठन विभागले तयार पारेको प्रस्तावमाथि सचिवालयमा छलफल हुन्छ,’ बैठकपछि सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘सचिवालयमा छलफलपछि स्थायी समितिमा प्रस्ताव प्रस्तुत हुनेछ ।’
यसअघि ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले संघीय ढाँचाअनुसार प्रदेश कमिटी बनाउने निर्णय गरेको थियो । स्वरूपका विषयमा गृहकार्य गर्ने जिम्मा भने स्थायी समितिलाई दिइएको थियो ।
यस्तो छ प्रदेश कमिटीको प्रस्ताव
प्रदेश संयोजक : पदाधिकारी/स्थायी समिति सदस्य , सदस्य : सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, सांसद, पूर्वजनप्रतिनिधि (जिविस सभापति, उपसभापति, नगर प्रमुख र उपप्रमुखहरू), पूर्व राष्ट्रिय परिषद् सदस्य, जनसंगठनका पदाधिकारी र पूर्वपदाधिकारी तथा आवश्यक अन्य अगुवा नेता (पूर्व जिल्ला अध्यक्ष र अञ्चल सचिव)
ओली र नेपालबीच केमा छ विवाद ?
संयोजकको विवाद : पदाधिकारीहरू परिभाषित जिम्मेवारीमा रहेकाले प्रदेश कमिटीको संयोजक त्यसबाहेकका स्थायी समिति सदस्यमध्येबाट बनाउनुपर्ने तर्क संस्थापन पक्षको छ । तर, नेता नेपाल पक्षको अडान पदाधिकारीमध्येबाटै संयोजक बनाइनुपर्नेछ । विकास क्षेत्रमा पनि उपाध्यक्षले नै संयोजन गरिरहेकाले पदाधिकारीबाटै बनाइनुपर्ने उसको तर्क छ ।
– पदाधिकारीबाहेक स्थायी समिति सदस्यबाट संयोजक बनाउँदा आफ्नो बाहुल्य हुने हिसाब संस्थापनको छ । उपाध्यक्ष संयोजक बनाउँदा नेपाल पक्षबाट युवराज ज्ञवाली, भीमबहादुर रावल र अष्टलक्ष्मी शाक्य संयोजक बन्नेछन् भने संस्थापनबाट वामदेव गौतम मात्रै हुनेछन् ।
त्यस्तै, उपमहासचिवबाट दुवै पक्षका एक–एक र सचिवमा तीन नेपाल र दुई संस्थापन पक्षका छन् ।
सदस्यमा पनि विवादै : प्रदेश कमिटीमा रहने सदस्यबारे पनि दुवै पक्षबीच विवाद भएको छ । दुवै पक्षले आफू बलियो हुनेगरी अडान राखेका छन् । संस्थापन पक्ष केन्द्रीय कमिटीमा यसअघि प्रस्ताव गरिएअनुसार जिल्लाका निवर्तमान अध्यक्ष र सचिवहरूलाई पनि कमिटीमा समेट्नुपर्ने पक्षमा छ । तर, नेपाल पक्षले अनिर्वाचितलाई राख्न नहुने अडान राखेको छ ।
dainiknepal

Continue Reading…

सिके राउतका दोस्रो तहका नेतालाई दश प्रश्न

कैलाश महतो, सह-संयोजक, स्वतन्त्र मधेस गठबन्धन
सीके राउतको स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक समेत रहेका कैलाश महतोले चितवनदेखि पश्चिमतिर आफ्ना गतिविधि चलाउँदै आएका छन् । तराईलाई नेपालबाट अलग देश बनाएर छुट्टै राष्ट्र बनाउने सपना बाँड्दै हिँडेका कैलाश सीके राउतका अत्यन्तै विश्वासिला र निकटका व्यक्ति हुन् । लुम्बिनीमा भएको विश्व सम्मेलनका क्रममा प्रदर्शनदेखि नवलपरासी, कपिलवस्तुलगायतका जिल्लामा आफ्ना गतिविधि चलाउँदै आएका छन् । हालै नवलवरासीमा पक्राउ परेर रिहा भएका कैलाशसँग दैनिकले नेपालले मेलबाट प्रश्न पठाइ लिएको अन्तर्वार्ता ।parsana
१. तपाईहरूको अभियानको चौतर्फी विरोध किन भएको हो ?
– हाम्रो अभियानको मधेसमा कहीं कतै विरोध भएको छैन । विरोध गर्नेहरु गैर मधेसी मात्रै हुन्, जुन स्वाभाविक पनि हो । तपाईं मधेसमा मधेसी जनताको कुरा सुन्नुस, भावना बुझ्नुस् र स्वतन्त्र मधेस गठबन्धनको अभियानप्रति आकर्षित हुने कारण सोध्नुस् । प्रष्ट भइहाल्नुहुनेछ ।
२. तपाईहरूको अभियान त संविधान विरुद्ध छ नि ?
– हामीले हामीलाई संविधानले दिएको परिधिभित्र रहेरै अभियान चलाएका छौं । आफ्नै बलबुत्ता र करकाप समेतमा नेपालीले बनाएको संविधानको इज्जत त नेपाल सरकार र उसका प्रहरी प्रशासनले गरेका छैनन् । तपाईं नेपालको संविधानको धारा १३८ हेर्नुस् । त्यसलाई हामीले सम्मान गरेका छौं ।
३. तपाईहरूलाई देश बिखण्डनकारी भनिन्छ किन हो ?
– हामीलाई बिखण्डनकारी भन्नु नै नेपाली राज्यको बचपना हो । नेपाली राज्यले दुई शताब्दीसम्म पनि देशप्रेमी र बिखण्डनकारीको परिभाषा जान्न नसक्नु दुखद् कुरा हो । हामीले स्वतन्त्र मात्र हुन खोजेको हो । कसैको देश तोड्ने फोड्ने हाम्रो नियत र हैसियतभन्दा बाहिरका कुरा हुन् । हामी नेपाली उपनिवेशबाट मुक्त मात्र हुन खोजेका हौं । औपनिवेशिक शासनबाट मुक्ति पाउनु भनेको राष्ट्र पुनर्निमाणको गौरवपूर्ण काम हो जसमा नेपालले हामीलाई झन् सहयोग गर्नुपर्ने हो ।
४. के तपाईहरू बिखण्डनकारी हो ?
– मैले भन्दिसकें कि हामी बिखण्डनकारी हैनौं । हामी लोकतन्त्र र स्वतन्त्रताप्रेमी हौं । हामी आजाद हुन चाहन्छौं जुन मधेसीको जन्मसिद्ध अधिकार हो ।
५. सीके राउतको अभियानमा आर्थिक व्यवस्था कसरी गर्नु हुन्छ ?
– ठीक त्यसरी नै जसरी तपाईं आफ्नो संस्था चलाउन मेहनत गर्नुहुन्छ । हामी मधेसी जनताको मुक्तिको लागि स्वतन्त्र मधेसको अभियान चलाई रहँदा आवश्यक आर्थिक व्यवस्था मधेसी जनताले नै सुरूदेखि गर्दै आइरहेका छन् । हामी उहाँहरूप्रति आभार प्रकट गर्न चाहन्छौं ।
६. तपाईहरूले अदालतमा दिने बयान किन फरक–फरक हुन्छ ? हामी बिखण्डनकारी होइनौँ भनेर किन बयान दिने गर्नु हुन्छ ? डराएर हो ?
– कदापि डराएर होइन । डराएको भए जेल समेतमा जान हाम्रा नेता कार्यकर्ताहरु किन तत्पर हुन्थे ? तपाईंले हाम्रो बयानलाई ध्यानपूर्वक सन्नोस्, पढ्नोस् र अध्ययन गर्नोस्, प्रष्ट भइहाल्नुहुन्छ । हामीले हाम्रो बयानमा सधैं एउटै कुरा भनेका छौं कि हामी बिखण्डनकारी होइनौं, हामी आजादकारी हौं । हामीले नेपाली उपनिवेशबाट मुक्त हुन मात्र खोजेका छौं । हामीले लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिलाई प्रयोग गर्दै जनमत संग्रहको बाटोलाई प्रयोग गर्न नेपाल सरकार समेतलाई अनुरोध गर्दछौं । तानाशाही राजतन्त्रको पिल्लर रहेको पंचायती व्यवस्था समेतले विसं २०३६ मा जनमत संग्रह गर्दा यो लोकतान्त्रिक गणतन्त्रको वकालत गर्ने सरकारले जनमत संग्रह गराउन किन हच्केको ? हामीले अरुको देश फोड्ने कुरा नभई आफ्नो मधेसलाई स्वतन्त्र गर्न मात्रै खोजेका छौं । जुन हाम्रो छैन, त्यसमा आधिकारिक हुने हाम्रो कुरै छैन ।
७. तपाईहरूको उदेश्य कहिलेसम्म पूरा हुन्छ ?
– हामीले मधेसमा ८ देखि १२ वर्षसम्म संजीवनीको रुपमा जनजागरण अभियान चलाउने योजना थियो । तर अकल्पनीय रुपमा अर्कै परिणाम देखियो । मधेसी जनतामा यति छिट्टै स्वतन्त्र मधेसको कुरा ठाउँ लेला भन्ने हाम्रो सोंचको ठीक विपरीत देखियो । मधेसी जनताको हाम्रो अभियानप्रति रहेको रुझान र आकर्षण यस्तै रही रहने हो भने धेरै समय कुर्नु पर्दैन ।
९. अमेरिका र पश्चिमा राष्ट्रहरूले तपाईहरूलाई उचालेको आरोप छ नि ? हो ?
– यस्ता आरोपहरुलाई हामीले खण्डन गर्न समय बर्बाद गर्न चाहदैनौं । यी र यस्ता अर्थहीन आरोपहरु हरेक परिवर्तनका बेला राज्यले लगाउने उसको राज्यकीय धर्म हो । राणाले पंचहरुमाथि, पंचहरुले प्रजातन्त्रपेमीहरुमाथि, प्रजातान्त्रिक कहलिनेहरुले गणतन्त्र चाहनेहरुमाथि, संघीयता चाहनेहरुमाथि यही उग्र राष्ट्रवादीहरुले नलगाएका इतिहास त हाम्रै अगाडि छन् नि ।
अर्को कुरा, हामीलाई अमेरिका र पश्चिमा राष्ट्रहरुले उचालेका छन् भने नेपाली राज्य के हेरेर बसेको छ ? राज्यसँग भएका यत्रा गुप्तचर निकाय, राज्य संयन्त्र, खर्बौंको लगानी र यत्रा प्रहरी, सेना र अन्य बडेमानका विद्वान् नेताहरुले किन अहिलेसम्म पर्दाफास गर्न सकेका छैनन् ? किन अमेरिका र पश्चिमा राष्ट्र र त्यसका कुटनीतिक निकायसँग स्पष्टिकरण मागिएको छैन ? तर हामी चाहन्छौं कि हाम्रो मुद्दामा उनीहरुको पनि ध्यान जाओस् । हामी र हाम्रो अभियान गलत छ भने हामीलाई सल्लाह देओस् र यदि हामी र हाम्रो माग सही र जायज छन् भने उनीहरुले पनि हामीलाई सहयोग गरुन् । हामी उहाँहरुले प्रयोगमा ल्याउने र उहाँहरुद्वारा प्रतिपादित विश्वले अवलम्बन गरेको अन्तर्राष्ट्रिय मानव अधिकार संरक्षणका नीतिगत सहयोगको प्रतिक्षामा छौं ।
१०. तपाईहरूले गाउँका सिधासादा युवालाई भड्काएर देश टुक्राउने अभियानमा किन लगाउनु भएको हो ?
– तपाईलाई एउटा कुरा म के बताइदिऊँ भने हाम्रो स्वतन्त्र मधेसको अभियानमा प्रत्यक्ष रुपमा लाग्नेहरु नेपालको शिक्षा प्रणालीले उत्पादन गरेकै डाक्टर, इंजिनियर, प्रोफेसर, शिक्षक, वकिल, समाजसेवी, बुद्धिजीवी, युवा र विद्यार्थी छन् । अब तपाईं आफैं भन्नुस कि नेपाल सरकारले के र कस्ता सत्य कुराहरु पढाए, सिकाए र भोगाए कि हिजोसम्म नेपाली बन्ने र बन्न चाहने उनीहरु आज खुल्लम खल्ला रुपमा आफूले पढेका पढाईमाथि नै अविश्वास र शंका गर्न थालेका छन् ? हाम्रो अभियानमा लाग्ने ती जनशक्तिहरू तपाईंको नजरमा अझै पनि गाउँले, देहाती, अनपढ र केही नजान्नेहरु कसरी भए ?
तिनै प्रोफेसर, डाक्टर, इंजिनियर, शिक्षक, बद्धिजिवी र समाजसेवी लगायतकाहरु हिजोसम्म आ–आफ्ना पेशा र कार्यहरुमा दक्ष, र कार्यकै दौरान नयाँ चेतना र सत्यको खोजी गर्ने ती व्यक्तित्वहरुले आफ्नो भावी सन्ततिलाई दासता र गलामीमुक्त हुन सिकाउने उनीहरु तपाईंको परिभाषामा कहिलेसम्म केही नजान्ने अनपढ र गँवार र देहाती युवाहरू कहलिने ?
dainiknepal

Continue Reading…

गोपालबहादुरको अर्को ठूलो बदमासी, पैसा खाएको खुलासा

काठमाडौं, २५ जेठ । नेपाल आयल निगमले नियमविपरीत नयाँ ग्यास उद्योग सञ्चालन अनुमति दिन थालेको छ ।
प्रबन्ध–निर्देशक गोपालबहादुर खड्काले सबै प्रक्रिया मिच्दै एकल निर्णयमा धमाधम नयाँ ग्यास उद्योगलाई स्वीकृति दिन थालेका हुन् । नयाँ पत्रिका दैनिकले समचार छापेको छ ।
निगम सञ्चालक समितिले धेरै ग्यास उद्योग रहेको भन्दै २७ फागुन ०६९ देखि नयाँ उद्योग खोल्न बन्देज लगाएको थियो । हाल देशभर ५३ ग्यास उद्योग सञ्चालनमा छन् ।bhakoo
तर, १४ माघ ०७१ मा निगम प्रबन्ध–निर्देशकमा नियुक्त भएका खड्काले सञ्चालक समिति र कर्मचारीलाई छलेर नयाँ उद्योगको स्वीकृति दिन थालेका छन् ।
प्रबन्ध–निर्देशक खड्काले धमाधम नयाँ ग्यास उद्योगलाई लाइसेन्स वितरण गर्न थालेपछि आपूर्ति मन्त्रालयले छानबिन अघि बढाएको छ । आर्थिक लेनदेनमा नयाँ ग्यास उद्योग दर्ता भएको आरोप लागेको छ ।
मन्त्रालयले जानकारी माग्दा खड्काले स्वीकृति दिएको स्विकारेका छन् । उनले मन्त्रालयलाई ५ फागुन ०७२ मा लेखेको पत्रमा आदित्य ग्यास उद्योग– झापा, पाथीभरा ग्यास उद्योग– मेची र पूर्वेली ग्यास उद्योग–मेचीलाई स्वीकृति दिएको बताएका छन् ।
अहिले धेरै ग्यास उद्योग भएर उपभोक्ताले सास्ती पाइरहेका वेला थपिँदा झन् मर्कामा पर्ने उपभोक्ताकर्मीहरू बताउँछन् ।
‘अहिले भएकै उद्योग धेरै छन् । यसैका कारण एउटा कम्पनीको सिलिन्डरमा ग्यास सकिएपछि साट्न उपभोक्तालाई सास्ती छ,’ उपभोक्ताकर्मी माधव तिमिल्सिना भन्छन्, ‘यस्तो अवस्थामा ग्यास उद्योगको संख्या थप्नु गलत छ ।’
उद्योग विभागमा आदित्य ग्यास उद्योग प्रालि दर्ता भएको छ । २ कात्तिक ०७२ मा विभागमा दर्ता भएको सो उद्योगको सञ्चालक राकेशकुमार साह हुन् । उनी पूर्वप्रधानन्यायाधीश रामकुमार साहका छोरा हुन् । राकेशकुमारले धनुषा जनकपुर–९ मा उद्योग राख्ने गरी विभागबाट सहमति लिएका छन् ।
वार्षिक १२ हजार टन क्षमताको सो उद्योगले प्रारम्भिक रूपमा ४२ जनालाई रोजगारी दिने उल्लेख छ । उद्योगले १५ करोड पुँजी देखाएको छ ।
निगमले १९ जेठमा सिद्धबाबा ग्यास उद्योग नवलपरासीको सिक्टहन गाविसमा स्थापनाका लागि पनि सहमति दिएको छ । निगमको सहमतिपत्र उद्योग विभागमा पुगेको छ ।
निगमले सहमति दिएकाले विभागले चाँडै उद्योग दर्ता प्रक्रिया अघि बढाउँदै छ । निगमबाट सैद्धान्तिक सहमति पाएपछि विभागले दर्ता गर्ने गर्छ । यसबाहेक झापामा उद्योग रहने गरी पूर्वेली ग्यास उद्योग र पाथीभरा ग्यास उद्योगले पनि निगमबाट सहमति पाइसकेका छन् ।
आयल निगमले आफूखुसी नयाँ ग्यास उद्योगको लाइसेन्स वितरण गर्न थालेपछि आपूर्ति मन्त्रालयले २९ माघमा जानकारी मागेको थियो । निगम प्रबन्ध–निर्देशक गोपालबहादुर खड्काले नयाँ लाइसेन्स दिएको स्वीकार गर्दै ५ फागुनमा मन्त्रालयमा पत्राचार गरेका छन् ।
पत्रमा भनिएको छ, ‘सञ्चालक समितिबाट अनुमोदन भएपछि स्वीकृति दिनेगरी हाललाई उद्योग निर्माण कार्य गर्न प्रारम्भिक स्वीकृति दिएको अनुरोध छ ।’ खड्काको जवाफ चित्तबुझ्दो नभएको भन्दै आपूर्तिसचिव श्रीधर सापकोटाले १८ चैतमा नयाँ ग्यास उद्योगलाई लाइसेन्स वितरणको फाइल मगाउने निर्णय गरेका थिए । निर्णयअनुसार २२ फागुनमा मन्त्रालयले निगमलाई पत्राचार गरेको थियो ।
तर, अहिलेसम्म खड्काले फाइल नपठाएको स्रोतले बतायो । निगमबाट स्वीकृति पाएपछि पूर्वाधार निर्माणमा उद्योगको ५ देखि १० करोडसम्म खर्च हुन्छ ।
यसरी उद्योगीले खर्च गरिसकेको देखाएर खड्काले सञ्चालक समितिलाई लाइसेन्स वितरण गर्न दबाब दिने उद्देश्यले प्रारम्भिक स्वीकृति दिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
‘अहिले निगमले प्रारम्भिक स्वीकृति दिएपछि उद्योगले ५–१० करोडमा पूर्वाधार तयार गर्छन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘उद्योगीले ठूलो खर्च गरिसकेपछि सञ्चालक समितिलाई लाइसेन्स स्वीकृति गर्न दबाब बढ्ने निगमको बुझाइ छ । तर, सञ्चालक समितिबाट अनुमोदन नभई उद्योग निर्माण नगर्न हामी आग्रह गर्छौँ ।’
पैसा खाएर नयाँ लाइसेन्स बाँडियो
– शिवप्रसाद घिमिरे, अध्यक्ष, एलपी ग्यास उद्योग संघ
धेरै उद्योगीले ०६९ मा नयाँ ग्यास उद्योग खोल्न खोज्दा अहिले धेरै भए भनेर खारेज गरियो । अहिले आयल निगमको सञ्चालक समितिलाई समेत थाहै नदिई नयाँ उद्योगको लाइसेन्स बाँड्न थालिएको छ । नयाँ उद्योगलाई लाइसेन्स दिन आवश्यक कुनै विधि, प्रक्रिया पूरा गरिएको छैन । चोरबाटोबाट पैसा खाएर नयाँ उद्योगलाई लाइसेन्स दिइएको छ । अहिले सञ्चालनमा रहेका उद्योग संख्या धेरै भयो भनेर घटाउनेतर्फ सबैको दबाब आइरहेको छ । यस्तोमा उद्योग थप्नुको औचित्य निगम प्रमुखले पुष्टि गर्नुपर्छ, नभए परिमाण राम्रो हुँदैन ।
dainiknepal

Continue Reading…

उपेन्द्र यादव रिले अनशनमा, महन्थ र राजेन्द्र अनुपस्थित

काठमाडौं २५, जेठ । संविधान पुनर्लेखनको माग राखेर आन्दोलन गर्दै आएको मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनले आजदेखि खुलामञ्चमा रिले अनशन सुरू गरेको छ ।
आज पहिलो दिनको अनशनको नेतृत्व संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा गठबन्धनका संयोजक उपेन्द्र यादवले गर्नु हुनेछ ।rajindar
आजको रिले अनशनमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने अनुपस्थित रहनु हुने भएको छ ।
आजदेखि सुरू भएको रिले अनशन असार मसान्तसम्म चल्नेछ । रिले अनशन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चल्नेछ ।
अनशनमा करीव ३० जनाको सहभागिता रहने रिले अनशन व्यवस्थापनको जिम्मेवारी पाउनु भएकी संघीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादवले जानकारी दिनुभयो ।
प्रत्येक दिन ३ बजेदेखि अनशन स्थलमा सन्देशमुलक सांस्कृतिक कार्यक्रम गरिनेछ । अन्त्यमा गठबन्धनका एक जना शीर्ष नेताको धन्यवाद मन्तव्यसँगै दिनभरिको कार्यक्रम समापन हुनेछ ।
(तस्बिर सौजन्य ओम गुरुङ)
dainiknepal

Continue Reading…

२०७४ माघपछि प्रधानमन्त्रीको कुर्सी छाड्छुः ओली

२०७३ जेष्ठ २४ सोमबार
फोटो :काठमाडौं विश्वविद्यालयमा पुगेका प्रभानमन्त्री ओली । तस्बिर: श्रीराम केसी
बनेपाः प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ माघ पछिमात्र सरकार परिवर्तन हुने बताएका छन् ।

सोमबार काठमाडौं विश्वविद्यालयको ७२ औँ सिनेट बैठकमा सहभागी हुन धुलिखेल आएका प्रधानमन्त्री ओलीले पत्रकारसँग कुरा गर्दै २०७४ माघपछि मात्रै कुर्सी छाड्ने बताएका हुन् ।oli

‘सरकार परिवर्तन हुन्छ, तर २०७४ माघपछि मात्र, अहिले सरकार परिवर्तनका लागि मिति पुगिसकेको छैन’ उनले भने, ‘सरकार परिवर्तन त हुन्छ तर चुनाव गराएर मात्रै ।’
प्रधामन्त्री ओलीले स्थानीय र आमचुनाव चुनाव नभई सरकार परिवर्तन नहुने दोहोर्याए । काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष २०७३÷७४ को वार्षिक कार्यक्रम तथा बजेटसमेत पारित गरेका थिए ।

बैठकमा सहभागी सह–कुलपति एवम् शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको विकासमा आफूले सक्दो सहयोग गर्ने बताए । उपकुलपति प्रा.डा रामकण्ठ माकजु र रजिष्ट्रार प्रा. डा भोला थापाले केयुको आर्थिक प्रतिवेदन र भावी नीति तथा कार्यक्रमबारे प्रकाश पारेका थिए ।

बैठकले विश्वविद्यालयको शिक्षाको गुणस्तर उकास्ने, ग्राम बनाउने लगायत नौवटा एजेण्डा पास गरेको छ ।

बैठकले आगामी आर्थिक बर्ष २०७३÷७४ को वार्षिक कार्यक्रम तथा तीन अर्ब ३२ करोड ४६ लाख ७४ हजार रुपैयाँको बजेट पारित गरेको उपकुलपति प्रा.डा माकजुले बताए ।
annapurnapost

Continue Reading…

एमाले–माओवादी कुरा मिल्यो, यस्तो रहेछ कुरा

‘सरकार परिवर्तनका विषयमा कसैसँग कुनै गोप्य वा भद्र सहमति भएको छैन । बाहिर आएका चर्चा र हल्ला आधारहिन छन् । यो सरकार आफ्नो निर्दिष्ट लक्ष्य पूरा गर्ने दिशामा प्रतिबद्व भएर अघि बढिरहेको छ,’ बालुवाटारमा शनिबार बसेको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीले यसो भन्दै गर्दा प्रचण्ड निवास लाजिम्पाटमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताको पनि बैठक चलिरहेको थियो ।amelea

उक्त बैठकमा माओवादी नेताहरुले भद्र सहमति भन्दै बाहिर आएका विषयबारे प्रचण्डसँग धारणा मागेका थिए । जवाफमा प्रचण्डले भने, ‘बहुमतिय सरकार बनाउने गरी सरकार हस्तान्तरणको कुरा भएको होइन, राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने भन्ने मोटामोटी समझदारी भएको हो ।’

प्रचण्डको यो भनाईलाई उद्वृत गर्दै शनिबार दिउँसो रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले थपे, ‘नेकपा एमाले र आफ्नो दलबीच कुनै गोप्य सहमति भएको छैन । राष्ट्रिय सहमति नबन्दासम्म यो सरकार परिवर्तन हुँदैन ।’ आजको दृष्टि साप्ताहिकमा खबर छ ।news24nepaltv

Continue Reading…

केपी ओलीको सरकार नै देशको आवश्यकता ।

संविधान सभाको घोषणा पाश्चात तरंगित नेपालको राजनीति हिजोआज सरकारको परिवर्तनलाई लिएर चर्को वहस भईरहेको छ । विपक्षी नेपाली कांग्रेसले विपक्षी पार्टीको धर्म नै सरकारको आलोचना र विस्थापित नै हो भनेर नारा र एजेण्डाविहीन आफ्नो कर्तुत पेश गरेको छ । विगतदेखि नै भारतको आर्शीवादमा रहेर सरकार संचालन गरिरहेको नेपालका राजनैतिक दल र नेताहरु केपी ओली सरकारको काम कर्तव्य र दुरदृष्टिको कारण संकटमा परिरहेको छ भन्ने कुराको भेउ सर्वसाधारण जनताले समेत पाएका छन ।copi

यहि परिवेशमा केहि दिन पहिला भएको सरकार परिवर्तनको भद्र सहमतिको रटानले मुलुक गर्मीरहेको छ । हिजो संविधान सभाको घोषणा पूर्व भएको भद्र सहमति नेकपा एमालेको नेतृत्वमा नेपाली कांग्रेस, एमाओवादी लगायतको दलको सहमतिमा सरकार वनाउने भद्र सहमति नेपाली कांग्रेसले तोडेको आरोप लगाएको नेपालका राजनैतिक दलहरु अहिले फेरि एमाओवादीसँग नौ वुँदेसँगै भएको

भद्र सहमति नेकपा एमालेका अध्यक्ष केपी ओलीले तोडेको आरोप माओवादी केन्द्र मात्र नभै नेकपा एमालेका वरिष्ट नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नै आफनो पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले कार्यन्वयन गरि माओवादीलाई सरकार सुम्पनुपर्ने भन्दै कुर्लिरहेको पाईन्छ । ओली त्यो भद्र सहमतिमा सहमति नभै नौ वुँदे सहमति भएको र त्यसलाई जसरी पनि कार्यन्वयन गर्न आफू तत्पर भएको जनाउदै आएका छन् ।
प्रधानमन्त्रीको कुर्सीमा वसेकै दिन २ वर्षभित्र तुईन विस्तापित गर्ने संकल्प वोकेका प्रधानमन्त्री ओलीको योजना कार्यन्वयनको चरणमा छ । धेरै ठाँउमा तुईन विस्तापित भईसकेको छ भने त्यो क्रम जारी छ । नेपाली राजनीतिमा स्पष्ट नेताको पगरी गुथेका ओली प्रधानमन्त्री भईसकेपछि आफ्नो जिम्मेवारी र कर्तव्य वहन गर्न ढृढ देखिन्छ । पार्टी अध्यक्ष हुने वेलामा आफनै समकक्षीबाट विरामीको संज्ञा पाएका ओली प्रधानमन्त्री वनिसकेपछि झन् चुस्त, फुर्तिलो र कर्मठ देखिन्छ । देशको जिम्मेवारी र कर्तव्यको त्यो पहाडलाई सामना गर्न उहँको ढृढ ईच्छाशक्ति नै वहाँको उपचार वनेको छ ।
प्रधानमन्त्री बनेदेखि नै घेरावन्दीमा रहेको प्रधानमन्त्री ओलीलाई नेकपा एमाले मात्र होइन, जनता, भारत, चीन लगायत अन्तर्राष्ट्रिय जगतले पनि नियालिरहेको छ । ओलीको अडान, देशप्रतिको माया, राष्ट्रियता, भारतिय विस्तारवादविरुद्ध लड्ने शैलीलाई आम नेपाली जनताले मन पराएको छ । सधै भारतनिर्भर वनेर सरकार चलाएको सन्दर्भमा भारतलाई नै चुनौती दिएर राष्ट्रलाई स्वतन्त्र, सार्वभौमसत्ता, र भौगोलिक अखण्डतामा वाध्न सकेको ओलीको सवैभन्दा महत्वपूर्ण पाटो हो । जसले गर्दा आम नेपाली जनताको शिर गर्विलो वनेको छ । प्रधानमन्त्रीको अडान, उहाँको दुरदुष्टि र गरे जे पनि सम्भव छ भन्ने भावनालाई साच्चै आमजनताले आत्मासात गरेको छ । मंगलग्रहमा वस्ती वस्न सम्भव भएको समयमा देशमा केहि काम गरौ भन्ने भावनाको विकास गर्नुलाई हल्का अभिव्यक्ति भएको भन्नु आफनो कमजोर वाहेक केहि हुन सक्दैन । आफू सरकारमा हुँदा देश र जनताको लागि केहि पनि नगर्नु, अनि सत्ता वाहिर रहँदा राष्ट्रियताको चर्को वकालत गर्नु र केवल विरोधका लागि विरोध गर्नु भनेको हतास मनस्थितिको उपज शिवाय केहि होइन । प्रष्ट भाषामा आफू प्रधानमन्त्री हुनैका लागि जन्मेको र प्रधानमन्त्री हुँदै मर्नका लागि नभएको चोटिलो जवाफ दिएका प्रधानमन्त्री ओली देशका निकासका लागि सत्ता तत्काल छाड्न तैयार भएको अभिव्यक्ति दिएर आफू पदलोलुपता नभएको प्रमाणित गरेका छन् । प्रधानमन्त्री भएदेखि नै लोकप्रिय भएका ओली हालै ल्याएको वजेटले झन् जनताको लोकप्रिय वनेका छन् । यो समयमा सम्पूर्ण जनताको माझमा ओली वस्न सफल भएका छन् । यो उनको उखान टुक्का र भाषणवाजीले मात्र नभै ओलीले जनताका लागि गरेको कामको कारणले सवैको प्रिय वनेका छन् । देशलाई नै निकास दिने, विकास गर्ने, राष्ट्रियताको रक्षा गर्ने, आफनो गाउँ आफै वनाउने सन्देश दिने ओली आफनो स्पष्ट दृष्टिकोण र त्यसको सफल कार्यन्वयको कारण नै लोकप्रिय वनेको कुरामा दुईमत पाउन सकिदैन । वृद्धवृद्धालाई गरेको सम्मान, देशमा औधोगिक करिडोर, ईन्धनको उत्खनन्, सौर्य उर्जामा जोड, विद्युतको आपूर्ति, आफ्नौ पानीजहाज, देशमा नै रोजगारीको सिर्जना, द्रुतगतिको रेलमार्ग, पूर्वपश्चिम जोड्ने हुलाकी राजमार्ग जस्ता महत्वकांक्षी योजना अघि सारेका ओली त्यसलाई कार्यन्वयन गर्न भरमग्दुर प्रयासरत देखिन्छ, । यद्यापि ओलीको योजनालाई हावादावी भन्नु वाहेक कसरी हावादारी रहेको छ भनेर वताउनु नसक्नु नेपाली कांग्रेस आफनो दृष्टिकोण दिनुभन्दा पनि ओलीको योजनालाई हावादारी भन्नमा व्यस्त रहेर आफ्नो लाचारी प्रकट गरेको पाईन्छ ।
नेपालको राजनैतिक दलहरु मिलेर घोषणा गरिएको संविधान सँगै विशेष गरि भारत चिढेको कुरामा कुनै शंका छैन । भारतले चर्को नाकावन्दी लगाईरहँदा पनि तत्कालीन समयमा सुशील कोइराला सरकारले भारतीय नाकावन्दी भन्न नसकेको सन्दर्भ, ओलीको चर्को अभिव्यक्तिले भारत झन् रुष्ट भएको थियो । कोइराला सरकारका मन्त्रीहरु चरम भारतीय नाकावन्दीले नेपाली जनताहरु आहत भईरहँदा, तत्कालीन मन्त्रीहरु विमलेन्द्र निधि, मिनेन्द्र रिजाल जस्ता भारतीय दलालहरु भारतीय नाकावन्दी नभई आफ्नै देशका कारणले भएको हो, भारतवाट त सहयोग भइरहेको छ भनेर निर्लज्जता प्रकट गरिरहँदा आम नेपाली जनताहरुले कसरी सोँचे होलान् भन्ने कुराको अनुमान लगाउन पनि सकिदैन । भारतको आर्शीवादमा नै प्रधानमन्त्री र मन्त्री वनिरहेको सन्दर्भमा नेपालको संविधानलाई जारी गर्न महत्वपूर्ण भूमिका खेलेका नेकपा एमालेका अध्यक्ष ओली, नयाँ संविधान जारी भएसँगै नयाँ संविधानको कार्यन्वयन स्वरुप भारतको विरोधका वावजुद नेपालको प्रधानमन्त्री वन्नु र त्यसपछि एकपछि अर्को गर्दे भारतको विस्तावाद, अधिनायकवादसँग जुझिरहनु भनेको कम चानचुने विषय होइन । ओलीको अडानका कारण भारत पनि झुकेर नाकावन्दी खोल्नु भनेको नेपालको जीत हो । जवसम्म भारतको नाकावन्दी खुल्दैन, तवसम्म भारत जादिन भनेर अडान लिएको ओलीे नाकावन्दी खुले पाश्चात मात्र भारतको भ्रमण गर्नु भनेको ओलीको मात्र नभै सम्पूर्ण नेपालीको जीत हो । त्यसमाथि पनि भारतको भ्रमणमा रहेर पनि भारतको भने अनुसारको शर्त, सम्झौतामा हस्ताक्षर नगरी स्वदेश फर्कनु भनेको भारतलाई अर्को ठूलो झट्का हो । आफनो देशलाई वन्धक राखेर गरिने सम्झौता राष्ट्रघात हो भन्ने वुझेका ओलीले भारतसँग संयुक्त विज्ञप्तिमा हस्ताक्षर नगरेर भारतलाई अर्को चुनौती दिए । जुन देश र जनताका लागि गर्वको विषय हो । भारत भ्रमण लगतै चीनको भ्रमण गरेर देशका लागि ईन्धन उत्खनन्, रेलमार्ग, पारवहन सम्झौता, पे्रट्रोलियम पदार्थको भण्डारण, लगायतका क्षेत्रमा मित्रराष्ट्र चीनसँग सम्झौता गरेर ओलीले भारतसँग सधै परनिर्भर रहनुपर्ने वाध्यताको अन्त्य गरेका छन् । जुन नेपालका लागि गौरवको विषय हो । चीन सँगको सम्झौता पाश्चात, नेपाल, सार्वभौमसत्ता, स्वतन्त्र राष्ट्र हो भन्ने कुराको तेजोवध गराएको छ । यो देशको उपलव्धी सँगै भारतको लागि अर्को ठूलो झट्का हो ।
देशले सपना देखेको सन्दर्भमा, सम्पूर्ण जनताले स्वाभिमानी नेपाली भएको गर्व गरेको वेलामा, राष्ट्र र अन्र्तराष्ट्रिय जगत समेत चकित परेको सन्दर्भमा आफनै पार्टी नेकपा एमालेका वरिष्ठ नेताहरुले नै ओली सरकारको विरुद्धमा भ्रम सिर्जना गर्नु भनेको आफनो भविश्व सिध्याउनु हो । संचारको यो युगमा अव नेपाली जनता कसैको पनि डर, धाक धम्कि र खोक्रो आश्वासनले, भ्रमले यथार्थता भन्दा वाहिर जान सक्दैन । आफु सत्ता र सरकारमा रहदाँ केहि पनि नगर्ने, अर्काले गरेको देख्न नसक्ने आरिशे प्रवृत्तिले आफनो करियर नै धुमिल वनाउदछ । नेपाल जनता हिजोको जस्तो कसैको कुरामा भर पर्ने नभई आफनो विश्लेशण आफै गर्न सक्ने भईसकेका छन् । यो वेलामा देश र जनताको लागि काम गर्नु पनि वेलामा आफनै सरकारको विरुद्धमा खनिदाँ वरिष्ट भनाउदाँ नेताहरुले भोली जाने वाटो पनि आजै तय गर्दा उपयुक्त हुन्छ कि ? नत्र भोली जाने वाटो नहुदाँ त्यो हतास मनस्थितीले जस्तो पनि परिमाण निम्ताउन सक्दछ ।
कांग्रेसको वहकाउमा परेर ओली सरकार ढाल्ने अवस्थामा पुगेको माओवादी यहि सरकारमा रहेर सच्चिने सुनौलो अवसर पनि हो यो । विगतको कमी कमजोरीलाई सुधारेर जनताको काम गर्ने यो अवसरलाई चुकाउने हो भने माओवादीको भोलिको हविगत के होला, प्रचण्डले गम्भिर भएर सोच्नु पर्दछ । देश र जनता नै हाँसेका सन्दर्भमा सरकार ढालेर केहि दिन र महिनाका लागि प्रधानमन्त्री वन्नु भनेको आफनो खुट्टामा आफै वन्चरो हान्नु हो । माओवादीले यो पनि वुझनु पर्दछ कि समयले सधै सवैलाई साथ दिनेछैन । विगतमा भएको कमि कमजोरीलाई सच्चाएर जनहितमा काम गर्नु नै अहिले देश र जनताका मात्र नभै स्वयं माओवादीका लागि पनि अवसर हो । काग्रेसको साथ लिएर प्रधानमन्त्री वन्दैमा देश र जनताका लागि काम गर्न सकिदैन भन्ने कुरा सोच्न अव माओवादीले ढिला गर्नु हुदैन । स्पष्ट दृष्टिकोण, दुरगामी सोच र नेपाली जनताले खोजेको ओली सरकारलाई साथ दिएर आफनो भूमिका प्रभावकारी वनाउनु नै माओवादी केन्द्रका लागि महत्वपूर्ण हुन आउछ । सरकार परिवर्तन गरेर देशमा परिवर्तन र विकास सम्भव हुने भए नेपाल धेरै पहिला नै विकाशोन्मुख देश वनिसक्थ्यो । आफनो यथार्थता वुझेर , आफनै योग्यता, क्षमतालाई हृदयंगम गरेर ओली सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिएर संविधानको कार्यन्वयन गरेर देशलाई निकास दिएमा नै जनताको मनमन्दिरमा वस्न सकिन्छ भन्ने कुरालाई अव सम्पुर्ण राजनैतिक दलले मनन गरेर देश निर्माणमा लाग्ने कि ?
dainiknepal

Continue Reading…

अमेरिकाको नजरमा नेपालमाथि, भण्डारी शक्तिशाली महिला

काठमाडौं, २५ जेठ । अमेरिकी समाचार संस्था फोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् ।amerikako
फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सुचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक हो ।
यो सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
उनी विगत १० वर्षदेखि शक्तिशाली महिलाको यो सूचीमा पहिलो स्थानमा रहँदै आएकी छिन् ।
दक्षिण एशियामा सबैभन्दा शक्तिशाली महिलाका रुपमा भारतका अरुन्धाती बट्टचार्य २५ औँ स्थानमा र यस क्षेत्रका दोस्रो शक्तिशाली महिलाकारुपमा बंगलादेशका प्रधानमन्त्री सैख हसिना वाजेद ३६ औँ स्थानमा परेकी छिन् ।
dainiknepal

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ २५ गते मङ्गलबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ । नातेदार र कुटुम्बले तपाईंको काममा सहयोग गर्नेछन् । मिष्ठान्न भोजन मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

आज मन उत्ताउलो बन्नेछ, निर्णयक्षमतामा कमी आउनसक्छ । साथीभाइ र परिवारका सदस्यहरूले समेत तपाईंको भावना बुझ्न सक्दैनन् । कल्पना र भावुकतामा मन रुमल्लिने छ । घरभित्रका झिनामसिना समस्या देखिन सक्छन् । पेसा, व्यवसाय वा व्यापारबाट पयाृप्त लाभ हुनेछैन । दिक्कलाग्दो यात्रा हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

यात्रामा झमेला आउनसक्छ, त्यसैले सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुहोला । स्वास्थ्य खराब हुनसक्छ, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । खर्च बढ्ने सम्भावना छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

पितृधनबाट फाइदा उठाउन सकिनेछ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । यात्राको समय छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुन सक्छ । मनोरञ्जनात्मक काममा समय व्यतीत हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । विभिन्न समस्याहरू झेल्ने समय छ । घरपरिवारभित्र सानातिना समस्या देखिनसक्छन् । मानसिक तनाव र चिडचिडेपना बढ्न सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । गरेका कामको प्रशंसा हुनेछ । ज्ञान र सिप बाँडेर जस लिने समय हो । मुखमा सरस्वती बसेको दिन छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । वैवाहिक जीवन र प्रणय तथा प्रेमसम्बन्धमा धमिलोपन आउन सक्छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडले बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

भोलिदेखि काठमाडौंमा संघीय गठबन्धनको रिले अनसन सुरु हुँदै

काठमाडौं, २४ जेठ । संविधान पुनर्लेखनको माग राखेर सिंहदरबार र बालुवाटार घेराऊ गर्दै राजधानी तताइसकेको संघीय गठबन्धनले भोलि मंगलबारदेखि काठमाडौंको शहीद मञ्चमा रिले अनसन सुरु गर्दैछ ।
जेठ २५ देखि सुरु हुने रिले अनसन अषाढ मसान्तसम्म चल्नेछ । रत्नपार्कको छेवैमा रहेको शहीद मञ्च (खुला मञ्च) मा दैनिक रुपमा झन्डै महिना दिन बढी चल्ने रिले अनसन प्रत्येक दिन बिहान ७ बजेदेखि सुरु भई साझ ७ बजे धन्यवाद मन्तव्यसहित समापन गरिनेछ । झन्डै ३० जनाको हाराहारीमा गठबन्धनका नेता कार्यकर्ताहरु दैनिक अनसन बस्ने सचिवालयले जनाएको छ ।
पहिलो दिन गठबन्धनका संयोजक उपेन्द्र यादवसहित घटक दलका शीर्ष नेताहरु शहीद मञ्चमा अनसन बस्ने संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । मंगलबारदेखि सुरु हुने अनसन स्थल व्यवस्थापनका लागि सबै तयारी पूरा भइसकेको श्रेष्ठले जानकारी दिए ।hunaa
अघिल्लो दिननै संयोजक यादवसहित गठबन्धनका शीर्ष नेताहरुले अनसन स्थलको अवलोकन गरेका छन् । प्रत्येक दिन ३ बजेदेखि अनसन स्थलमा सन्देशमूलक सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ । अन्त्यमा गठबन्धनका एक जना शीर्ष नेताको धन्यवाद मन्तव्यसँगै दिनभरीको कार्यक्रम समापन हुनेछ । अनसनको पहिलो दिन दिउँसो २ बजे गठबन्धनले कार्यक्रम स्थलमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।
संविधान पुनर्लेखनको माग गर्दै राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले यसअघि पहिलो चरणको कार्यक्रम अन्तर्गत सशक्त ढंगले सिंहदरबार र वालुवाटार घेराऊ गरिसकेको छ । दोस्रो चरणमा गठबन्धनले राजधानीको प्रभावशाली १० स्थानमा स्थानीय जनताको व्यापक सहभागितामा विरोध सभा सम्पन्न गरिसक्यो । र गठबन्धनको नेतृत्वमा संचालित संयुक्त राष्ट्रिय आन्दोलनको तेस्रो चरणमा रिले अनसन अघि सारिएको हो ।
मधेशी, आदिवासी जनजाति, खस, लिम्बूवान, मगरात, तमुवान, ताम्सालिङ, थारु, दलित, महिला, सीमान्तकृत, उत्पीडित लगायत राज्यद्वारा बहिष्करणमा पारिएका समुदायहरु सम्मिलित संघीय गठबन्धनले संविधान पुनर्लेखन गरी खोसिएको अधिकार संविधानमा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दै आएको छ । ‘उत्पीडित जनताको माग पूरा गराउन अन्तर्राष्ट्रिय स्तरमा अनसन जस्तो शान्तिपूर्ण कार्यक्रमलाई अत्यन्तै महत्वका साथ हेरिन्छ’– गठबन्धनका संयोजक उपेन्द्र यादवले भने, ‘त्यही भएर हामीले रिले अनसन रोजेका हौं ।’
देशभरका उत्पीडित जनता संयुक्त रुपमा महिनौंसम्म आन्दोलन गर्दा पनि सरकारले मागको उपेक्षा गरेकोले विश्व समुदायलाई सन्देश दिन र माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले रिले अनसन सुरु गरिएको यादवले बताए ।
dainiknepal

Continue Reading…

माओवादीले छोरा मार्यो, काँग्रेसले बुढा अब एमालेले मलाई मार्छ होला: गंगामाया

काठमाडौं, २४ जेठ । वीर अस्पताल । एक तलामाथि क्याबिन नं ७ । बेडमा भगवान् शिवको तस्बिर राखिएको छ । गणेशको सानो मूर्ति अनि सँगै आफ्ना दिवङ्गत श्रीमान् नन्दप्रसाद अधिकारीका बारेमा पत्रपत्रिकामा प्रकाशित समाचारका कटिङ । सेतो सट, घाँटीमा रुद्राक्षका दुई माला अनि हात र खुट्टामा वर्षाैदेखि नकाटिएका लामा लामा नङ । मुहारमा न्यायको आशा अनि बोलीमा न्याय नपाएसम्म अनशन नतोड्ने दृढता । बेडमा अडेस लगाएर विगत पाँच वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीको अहिलेको अवस्था हो यो ।gangla
विसं २०६१ आजकै दिन गङ्गामायाका १७ वर्षे छोरो कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको थियो । आफ्ना छोराको हत्या गर्नेविरुद्ध कारबाहीको माग गर्दै पाँच वर्षअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका अधिकारी दम्पतीले आफूहरुलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले त्यहीँ अनशन सुरु गरे ।
प्रहरी प्रशासनले अधिकारी दम्पतीलाई कमलपोखरी प्रहरी चौकीमा लगी ३९ दिन थुनेपछि उनीहरुले भोक हडताल सुरु गरेका थिए । भोक हडताल सुरु गरेपछि उनीहरुलाई जबर्जस्ती वीर अस्पतालको आकस्मिक कक्षमा राखेर अनशन तोडाउने प्रयत्न गरिए पनि त्यो सफल हुन सकेन । परिणाम २०७१ साल असोज ६ गते नन्दप्रसादको मृत्यु भयो ।

अनसन बस्दाबस्दै ज्यान गुमाएका नन्दप्रसाद
नन्दप्रसादको शव अहिले पनि टिचिङ अस्पतालमा नै रहेको छ । नन्दप्रसादको शवको दाहसंस्कार अहिले नगर्ने भन्दै उहाँले भन्नुभयो, “मेरा श्रीमान्को मृत्यु भएर के भो त उहाँको शवले मलाई अनशन गर्न साथ दिइरहेको छ ।” श्रीमान्को मृत्यु भए पनि गङ्गामायाले आफ्नो अनशन तोड्न चाहनुभएन । उहाँ अहिले पनि वीर अस्पतालमा अनशनरत हुनुहुन्छ न्यायको पर्खाइमा । “पानी खाएर जति दिन बाँच्न सक्छु, त्यति दिन बाँचौँला”– उहाँले भन्नुभयो, “न्यायका लागि अनशन गर्दागर्दै श्रीमान् बित्नुभयो अब म पनि यत्तिकै मर्न परे मरौँला तर न्याय नपाई अनशन तोड्दिन ।”
न्याय नपाई अनशन नतोड्ने सङ्कल्प लिएका गङ्गामायाले भन्नुभयो, “मलाई न्याय दिलाउन नसक्ने सरकारको इज्जत के रहला ? पाँच वर्षसम्म अन्नको दाना पनि मुखमा नहाली यसरी न्याय माग्ने त कमै होलान् । अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि कहाँ रहला अझै पनि न्याय दिँदैन भने ।” अनशन बसेदेखि मिडियासँग त्यति कुरा गर्न नरुचाउने गङ्गामायाले आज आफैँले पत्रकारसँग कुरा गर्छु भनेपछि मानवअधिकारकर्मीले त्यसको व्यवस्था मिलाएको मानवअधिकारकर्मी चरण प्रसाईंले बताउनुभयो । उहाँले सरकारको रवैयाको विरोध गर्दै भन्नुभयो, “माओवादीले छोरा मार्यो, काँग्रेसले बुढा अब एमालेले मलाई मार्छ होला ।”
कृष्णप्रसादको हत्याको मुद्दा हेरिरहेकामध्ये एक अधिवक्ता पुष्पराज पौडेलका अनुसार कृष्णप्रसाद हत्या आरोपमा १३ जनाविरूद्ध चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन एमाओवादी नेताको विरोध र धम्कीका कारण पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो । सो मुद्दा अझै अदालतमा अनिर्णित छ । आगामी असार १२ गते अदालतमा पेसी रहेको अधिवक्ता पौडेलले जानकारी दिनुभयो ।
सो मुद्दाको फैसला आउन बाँकी रहेकाले न्यायको पर्खाइमा पानीमात्र खाएर भए पनि अनशनमा बस्ने तर अनशन भने नतोड्ने गङ्गामायाले बताउनुभयो । विभिन्न अन्तर्राष्ट्रिय मानवाधिकार सम्बद्ध सङ्घसंस्थाले समेत गङ्गामायालाई न्याय दिलाई उहाँको मानवाधिकार रक्षा गर्न आग्रह गरेका थिए । रासस
dainiknepal

Continue Reading…

पहिरामा पुरिएका तीनको सकुशल उद्घार

मुगु, २४ जेठ । घर बनाउने क्रममा माथिबाट आएको पहिरामा पुरिएका तीन जना कामदारको आज सकुशल उद्घार गरिएको छ ।
सदरमुकाम गमगढीस्थित नयाँ रोडमा रोवा–६ ¥याङ्चेकाटी गाउँका वसन्त कुमाईंको आज मध्याह्न १२ बजे नयाँ घरको जग काट्दै गर्दा घर माथिबाट पहिरो आउँदा जग काटिरहेका तीन जना पुरिएका थिए । pahiromaतत्कालै घटनास्थलमा पुगेका स्थानीयवासी तथा नेपाल प्रहरीले माटो हटाएपछि उनीहरुको सकुशल उद्घार भएको हो । पुरिएका कार्कीवाडा–४ का २७ वर्षीय ललितजङ्ग रोकाया र सोही ठाउँका ३० वर्षीय मीमबहादुर सेजुवालको २० मिनेटमै उद्घार भए पनि १८ वर्षीय कालीबहादुर विकको खुट्टामा ढुङ्गाले च्याप्दा उनलाई उद्घार गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
एक घन्टा लगाएर विकको उद्घार गरिएको थियो । उनको खुट्टामा सामान्य चोट लागेको छ । तीनै जनालाई जिल्ला अस्पतालमा उपचार गरिएको छ । तीनै जनाको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ । रासस
dainiknepal

Continue Reading…

काठमाडौं उपत्यकामा फ्रान्सले केबलकार निर्माण गर्ने, प्रतिवेदन सरकारलाई बुझायो

काठमाडौं, २४ जेठ । काठमाडौं उपत्यकामा केबलकार चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा फ्रान्सले सहयोग गर्ने भएको छ ।
उसले विभिन्न रुटमा चल्नेगरी केवलकार निर्माण गरिदिने भएको हो । त्यसका लागि काठमाडौंस्थित फ्रान्सको दूतावासले आफै अध्ययन समेत गरेको छ ।sayag
काठमाडौं उपत्यकामा केवल कार निमार्णका लागि गरिएको फिजिभिलिटी अध्ययन प्रतिवेदन दूतावासले सोमबार सरकारलाई बुझाएको छ ।
काठमाडौंका लगनखेल–जमल, टंकेश्वर–गोगंबु, कलकी–रत्नपार्क र बौद्धनाथ–विष्णुमती रुटमा केवलकार निमार्णको फिजिभिलिटि अध्धयन प्रतिवेदन सरकारलाई बुझाएको दूतावासले जनाएको छ ।
फ्रेन्स राजदूत यभ्स कारमोनाले सो प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएका हुन् ।
यस्तो छ फ्रान्सले बुझाएको अध्ययन प्रतिवेदनः

Continue Reading…

भारतसँग भएको कर्णाली जलविद्युत परियोजना सम्झौता खारेज गर्न माग

भारतीय कम्पनीसँग सम्झौतामा हस्ताक्षरपछि हात मिलाउँदै दुई देशका अधिकारी । साथमा पछाडी तत्कालिन प्रधानमन्त्री सुशील कोइराला, भारतीय गृहमन्त्री राजनाथ सिंह ।
महेन्द्रनगर, २४ जेठ । भारतसंग भएको कर्णाली जलविद्युत परियोजना सम्झौता खारेज गर्न कर्णाली बचाउ सत्याग्र समूहले माग गरेको छ ।bajot
समूहले सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा एक ज्ञापन पत्र बुझाउदै सम्झौताले नेपाललाई भन्दा बढी फाईदा भारतलाई हुने भन्दै सम्झौता रद्ध गर्न माग गरेको हो । सन २०१४ सेप्टेम्बर १९ मा भारतीय जिएमआर कम्पनी र नेपाल सरकारबीच कर्णाली जलविद्युत परियोजना सम्झौता भएको थियो ।
ज्ञापन पत्रमा चार हजार १ सय ८० मेगावट सम्म विद्युत उत्पादन गर्न सकिने, २००८ मा जिएमआरलाई ३ सय मेगावट विद्युत उत्पादनका लागि अनुमति पत्र जारी गरेको अवस्थामा त्यसपछी विस २०६६ पुष ५ गते परियोजनाको क्षमता बढाएर ९सय मेघावट पुर्याए अनुरुप नेपालले जम्मा १२ प्रतिशतले मात्रै लोडसेडिङ्ग क्षमता घान्न नसक्ने जनाएको छ ।
भारतीय कम्पनीलाई निर्माण जिम्मा दिने क्रममा हस्ताक्षर गरिँदै
भारतीय कम्पनीलाई निर्माण जिम्मा दिने क्रममा हस्ताक्षर गरिँदै
यसैबीच कर्णाली बचाउ समुहले हालै नेपाल भारतको सिमा पिलर ७ भन्दा एक सय मिटर बनाएको नेपाल भारत स्वागतद्वारको समेत बिरोध गरेको छ । समूहका अगुवा युवा यज्ञराज पाण्डेले कुन नापी नक्साका आधारमा द्वार बोड राखियो ? भन्ने सरकारसंग प्रशन गरेको छन् । नेपालप्रतिको हेपाह प्रवृतिका उपज सीमा क्षेत्रमा बोड राखिएको उनको भनाई छ ।
स्थानीय प्रशासनले कसैलाई जानकारी नै नदिएर नेपाल भारतमा सीमा प्रवेश द्वारमा स्वयम आफै सहभागी भएको समूहको आपत्ति छ । सम्झौताहरु खारेज नभए कडा आन्दोलन थाल्ने चेतावनी दिएको छ ।
समूहले उक्त ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत सरकारलाई बुझाएको हो ।
dainiknepal

Continue Reading…

नेपालमा पैसाको खोलो बगाउँदै चीन, झण्डै एक हजार ठूला उद्योग खुल्ने

चीनले नवलपरासीमा खोलेको देशकै ठूलो सिमेन्ट उद्योग (फाइल तस्वीर) ।
– भीष्मराज ओझा
काठमाडौँ, २४ जेठ । मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र ९३० उद्योगले रु २५ अर्ब ४८ करोड ८० लाख भन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।
विश्व बजारमा लगानीमार्फत प्रवेश गर्दैआएको चीनको उक्त लगानीबाट मुलुकमा करिब ४५ हजार ८६९ रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ ।chin
नेपालमा विसं २०४६ देखि हालसम्म विश्वका कुल ८७ देशले जम्मा तीन हजार ५७८ उद्योग दर्ताका लागि स्वीकृति प्राप्त गरेका छन् भने त्यसमध्ये सबैभन्दा बढी चीनका उद्योग रहेका छन् ।
विदेशी उद्योगको जम्मा लगानी रु एक खर्ब ९२ अर्ब ९४ करोड ९० लाख रहेको छ भने उक्त लगानीबाट दुई लाख १४ हजार १२१ रोजगारी सिर्जना भएको अनुमान छ ।
विदेशी उद्योगलाई प्रोत्साहन गर्न दर्ता प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले विभागले निकट भविष्यमै विज्ञमार्फत निःशुल्क परामर्श सेवा दिन डेस्क स्थापना गर्ने विभागका निर्देशक रुद्रबहादुर मल्लले जानकारी दिनुभयो ।
यस बाहेक उद्योग दर्ताका लागि विभागले एकद्वार नीति बनाएर काम अघि बढाएपनि अन्य सरकारी निकायसँगको समन्वयको अभावमा त्यसमा भने सफलता प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । झन्डै एकवर्ष अघि उद्योग परिसरमा अध्यागमन र पर्यटन विभागलगायत आवश्यक सरकारी निकाय अन्तर्गतका एकाइ स्थापना गरिएपनि त्यसलाई निरन्तरता दिन नसकिएको विभागको भनाइ छ ।
चीनको मुख्य भूमिबाट उद्योग खोल्न स्वीकृत पाएका उपरोक्त ९३० उद्योगबाहेक चीन (हङकङ) बाट ३१ उद्योगले रु २५ अर्ब १८ करोड २० लाख भन्दा बढी लगानीका लागि स्वीकृत प्राप्त गरेका छन् ।
त्यस्तै चीन (ताइवान) बाट १५ उद्योगले करिब रु २७ करोड ४० लाख लगानी गर्न स्वीकृत प्राप्त गरेका छन् । हङकङ र ताइवानअन्तर्गतका समेत गरी जम्मा ४६ उद्योगले पाँच हजार २६१ रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ ।
विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले हाल अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने विभागका विदेशी लगानी शाखाका निर्देशक विपीन राजभण्डारीले बताउनुभयो । यसका लागि विभागले गत वैशाख २२ गते परीक्षण सेवा समेत सुरु गरिसकेको छ ।
अनलाइन सेवा सुरु गर्न विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले प्राविधिक सहयोग गर्नुका साथै विभागका जनशक्तिलाई प्रशिक्षित गर्दै आएको छ ।
नेपालमा दर्ताका लागि स्वीकृति प्राप्त गरेका विदेशी उद्योगमध्ये सबैभन्दा बढी एक हजार १८३ उद्योग सेवा क्षेत्रका छन् भने सबैभन्दा कम ४५ निर्माण क्षेत्रका रहेका छन् ।
त्यस्तै, कृषि र वनमा आधारित २२२, ऊर्जा क्षेत्रका ७४, उत्पादनमूलक ९७२, प्रशोधन क्षेत्रका ६५ र पर्यटन क्षेत्रका एक हजार १५ उद्योग रहेको निर्देशक राजभण्डारीले जानकारी दिनुभयो । दर्ता भएका विदेशी उद्योगमध्ये २६५ ठूला, ३७५ मझौला र दुई हजार ९३८ साना प्रकृतिका छन् ।
नेपालमा रु तीन करोडसम्म स्थिर पुँजी भएका साना उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुन्छन् । रु तीन करोड देखि १० करोड सम्म स्थिर पुँजी भएका मझौला र १० करोड भन्दा बढी स्थिर पुँजी भएका उद्योग उद्योग विभागमा दर्ता हुने कानुनी व्यवस्था छ । रासस
dainiknepal

Continue Reading…

ओलीलाई संविधान कार्यान्वयनमा कुनै चिन्ता छैन, झुटा आश्वासन दिएर हुँदैनः देउवा

भक्तपुर, २४ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।
सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको चौथो वार्षिक स्मृति सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले स्थानीय निकायको निर्वाचन अत्यावश्यक रहेको बताउनुभएको हो ।ho
सभापति देउवाले भन्नुभयो, “संविधान कार्यान्वयन सजिलो छैन । संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन हुनुपर्छ । संसदीय निर्वाचन र राष्ट्रिय सभाको निर्वाचन हुनुपर्छ, तब मात्र संविधानको सफल कार्यान्वयन हुन्छ ।”
“ओली सरकारलाई संविधान कार्यान्वयनमा कुनै चिन्ता छैन, झुटा आश्वासन दिएर मात्रै हुँदैन,” देउवाले भन्नुभयो ।
ठूलो दलको हैसियतले संविधान कार्यान्वयनको जिम्मेवारी नेपाली काँग्रेसको काँधका आएको बताउँदै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनमा सरकारले चासो दिएन । संविधान कार्यान्वयनको नेतृत्व लिन काँग्रेस तयार छ ।”
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम हास्यास्पद भएको टिप्पणी गर्दै बजेट आत्मघाती भएको बताउनुभयो ।
काँग्रेसका अर्का केन्द्रीय सदस्य डा प्रकाशशरण महतले भन्नुभयो, “कुरा मात्रै गर्ने काम नगर्ने सपना बाँडेर बस्ने लल्लु सरकार भएकाले अहिले देश विकास नभएको हो ।”
त्यस अवसरमा सांसद रामेश्वर ढुङ्गेल, काँग्रेस भक्तपुर सभापति दुर्लभ थापा लगायतले काँग्रेसले अब सरकारको नेतृत्वको भूमिका लिन अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मेधा मावि कक्षा १० की अनु नायबालाई रु १० हजार, मेधाकै कक्षा ८ का कृष्ण ध्वजूलाई रु नौ हजार, बागेश्वरी उमावि कक्षा ६ की सृजना ङाखुसी, देउजा गाउँ निमावि कक्षा ५ का रुपेश दुलाललाई जनही नगद रु पाँच हजारको छात्रवृत्ति पनिे उहाँले प्रदान गर्नुभएको थियो ।
प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘सहिद, प्रजातन्त्र र शिक्षा’ शीर्षकको वक्तृत्वकलामा प्रथम हुने नर्थ इस्ट इङ्लिस स्कुलकी नितिशा आचार्य, दोस्रो हुने मोर्डन उमाविकी सोनिसा राउत, तृतीय हुने विनायक शिक्षा निकेतनकी अशोक नेपाल र सान्त्वना पुरस्कार पाउने मनकामना इङलिस स्कुलकी अनुजा खड्कालाई क्रमशः रु सात हजार, पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कारत्र प्रदान गरिएको थियो । रासस
dainiknepal

Continue Reading…

श्रीमान विदेशमा हुँदा गाउँकै केटासँगको प्रेममा परेकी महिलाको ‘हत्या’, दुधे बालक टुहुरो

१) मृतक रामदुलारीको छोरा हजुरआमाको काखमा । २) प्रहरी कार्यालयमा धर्ना दिँदै स्थानीय ।
– मोहन विष्ट
महेन्द्रनगर, २४ जेठ । कञ्चनपुरमा एक महिलाको हत्या प्रेम सम्बन्धकै कारण भएको दाबी गरिएको छ । मृतकका परिवारले प्रेमीले नै हत्या गरेको दाबी गर्दै उनीसहित ६ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका १ चम्फापुरकी २३ बर्षीय रामदुलारी राना जेठ २२ गते शनिबार मृत अवस्थामा भेटिएकी थिइन् । मृत भेटिएको पाँच दिन अघिमात्रै उनी घरबाट वेपत्ता भएकी थिइन् ।
सोमबार रामदुलारीका ससुरा पदम रानाले हत्याको आरोपमा सोही ठाउँकै प्रकाश मल्लसहित उनका परिवारका ६ जनाविरुद्ध सदरमुकाम महेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । प्रहरीले उनको उजुरी दर्ता गरी थप अनुसन्धान थालेको छ ।hunda
उजुरी दर्ता हुनुअगावै प्रहरीले हत्यामा संलग्न भएको आशंकामा प्रकाश र उनका बुवा ईन्द्र बहादुरलाई पक्राउ गरिसकेको छ । कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी केदार खनालले पक्राउ गरेका व्यक्तिको नाम सार्वजनिक गर्न नमानेपनि प्रहरी स्रोतका अनुसार प्रकाश मल्ल र उनका बाबु ईन्द्र बहादुर मल्ललाई अनुसन्धानका लागि आइतबारै पक्राउ गरिएको थियो ।
रामदुलारी र प्रकाशबीच प्रेमसम्बन्ध, श्रीमान विदेशमा
मृतकका परिवारको बयानले रामदुलारी र प्रकाश मल्लबीच केही समययता प्रेम सम्बन्ध रहेको देखाउँछ । प्रकाशले रामदुलारीका श्रीमान बिदेश भएको मौकामा पहिले एकोहोरो प्रेम गरेको मृतककी सासु भिटु रानाले बताईन् । उनका अनुसार प्रकाशले रामदुलारीलाई ‘नानु म तिमिबिना बाँच्न सक्दैन्’ भन्ने जस्ता अनैतिक प्रेम सम्बन्धका म्यासेज पठाएको थिए । ‘मैले बुहारीको मोबाईलमा यस्ता म्यासेज देखेपछि त्यही दिनदेखि सीमकार्ड निकालिदिए,’ उनले भनिन्, ‘मेरो बुहारीले पनि प्रकाशलाई चोरी–चोरी फोन गर्थिन् ।’ प्रकाशलाई मैले मेरो घरमा नआउन र प्रकाशको घरमा गएर बुहारी र प्रकाशको सम्बन्ध बारे भनेको उनले सुनाइन् ।
प्रकाशकी सानीआमा र उनको परिवारले पनि पहाडी केटाले थारु महिलासंग लाग्न हुँदैन भन्दै सम्झाएका थिए ।
त्यसपछि प्रकाशले आफूसँग सरी भाउजु म आजदेखि तपाईको घरमा आउँदैन भनेको तर, पछि मेरो बुहारीसंग माया गर्छु र तिमीबिना बाँच्न सक्दैन भन्ने रुईलाबैला गरेको रानाले बताईन् । ‘फेरि जेठ १८ गते राति आएर भाउजु म तिम्रो बुहारीसंग बिहे गर्छु, बिहेमा कति खर्च लाग्यो ? भन्ने जस्ता कुरा प्रकाशले गर्यो,’ उनले भनिन् ‘त्यस दिनदेखि मेरो बुहारी हराईन् ।’ प्रकाशले बच्चा (मृतक महिलाको छोरो) नलग्ने भन्दै बिवाहबारे मृतक महिलाकी सासुसंग कुराकानी गरेका थिए ।
हराएकी बुहारी मृत भेटिएपछि प्रकाशका नाममा उजुरी, नाबालक छोरा टुहुरो बनाएर गइन्

खेतको झाडीमा मृतक रामदुलारीको शव ।
शनिबारमात्रै मृत अवस्थामा फेला परेपछि आफूहरुले उनीहरुको परिवारको नाममा किटानी जाहेरी दिएको सासु भिटु रानाले बताईन् । रामदुलारीको अढाई बर्षको एकमात्र छोरा छ । घर परिवारका अनुसार प्रेमको नाममा प्रकाशले रामदुलारीसँग पटक पटक यौन शोषण गर्दै आएका थिए । ‘यसरी श्रीमान विदेश भएको मौका अर्कासंग प्रेममा फसेपछि एकातिर आफ्नो ज्यान पनि गुमाउनु पर्यो र अर्कातिर आफ्नो दुदे बालक टुहुरो बनाइन्’ छिमेकी महिला विना विष्टले भनिन् ।
महिलाको बलात्कार गरेर यौनीमा लाठी घुसाइयोः महिला अधिकारकर्मी
महिला अधिकारकर्मीहरुले भने यो घटनामा रामदुलारीको निर्मम तरिकाबाट हत्या भएको दाबी गरेका छन् । उनीहरुले दोषीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने माग गरेका छन् ।
महिला तथा बृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा चन्दले प्रेम सम्बन्धका नाममा रामदुलारीको बलात्कार गरेर यौनीमा लाठी घुसाएको दाबी गरिन् । यस्तो तरिकाले हत्या हुनु निन्दनीय भएको भन्दै हत्यारालाई फाँसीमा झुण्ड्याउन माग गरिन् ।
साहसी महिला नेपालकी अध्यक्ष आनन्दी रानाले थारु महिला एक्लै भएको मौकामा यस्तो चरम अत्याचार गरेको बताउदै दोषीलाई कडा कारबाही गर्न माग गरिन् ।
हत्यारालाई कारवाही गर्न माग गर्दै सदरमुकाममा स्थानीयको प्रदर्शन

मृतक रामदुलारीको शव फेला परेपछि जम्मा भएका स्थानीय ।
रामदुलारीको हत्यारालाई कार्बाहीको माग राख्दै चम्फापुरका स्थानीयहरु उर्लिएर सदरमुकाम महेन्द्रनगर आएका थिए । सयौँको संख्यामा आएका स्थानीयहरुले दोसीलाई कार्बाही माग गरेका छन् । निर्मम तरिकाले हत्या गरेको भन्दै त्यस्ता हत्याराहरुलाई कडा कार्बाही गर्न माग गरिएको छ । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा धर्ना समेत दिएका छन् ।
खेतको झाडीमा भेटिएको थियो शव
जेठ २२ गते शनिबार रानाको शव चम्फापुर क्षेत्रको पूर्व पश्चिम राजमार्गसंगै जोडिएको करिब सय मिटर दक्षिण खेतमा रहेको नाला छेउमा मृत अवस्थामा सडेको अवस्थामा फेला परेको थियो ।
दोषीलाई कानुनी दायरामा ल्याएरै छाड्छौंः प्रहरी
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यो घटनाका दोषीलाई कुनैपनि हालतमा कानुनी दायरामा ल्याएर कार्बाही गर्ने राना परिवारसंग प्रतिबद्धता जाहेर गरेका छन् । घटनाबारे प्रहरीले अझै अनुसन्धान जारी राखेको छ ।
dainiknepal

Continue Reading…

सरकार परिवर्तनको बहस नगरौं : कमल थापा

विराटनगर, २४ जेठ । उपप्रधानमन्त्री कमल थापाले मुलुकको सङ्कट समाधान गरेर सरकार आर्थिक समृद्धि र संविधान कार्यान्वयनतर्फ केन्द्रित रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले राजनीतिक दलहरुलाई सरकारको अनावश्यक रुपमा विरोध नगरी संविधान कार्यान्वयन र मुलुकको विकासको कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस, एमाले र माओवादी पार्टीले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र राप्रपा नेपालले आलोचनात्मक समर्थन गरेको थियो । उहाँले भन्नुभयो– “संविधान कार्यान्वयनका लागि यतिखेर राप्रपा नेपाल अग्रसर रहेको र ती दलहरु पनि सो कार्यका लागि एकमत हुनुपर्छ ।”kal
नौ वर्षको अवधिमा आठवटा सरकार बनेको प्रसङ्ग उलेख गर्दै उहाँले सरकार बनेको छ महिना बित्दा नबित्दै सरकार परिवर्तन भयो भने जनतामा निराशा उत्पन्न हुने र अन्तर्राष्ट्रिय जगत्मा मुलुकको राजनीतिप्रति कस्तो सन्देश प्रवाह हुने विषयमा दलहरुलाई सोच्न सुझाव दिनुभयो ।
मुलुकमा ‘सहमति’ शब्दको व्यापक रुपमा अपव्याख्या भएकाले अहिले यो शब्द अश्लील लाग्न थालेको छ । भन्नुभयो – “प्रजातन्त्रमा बहुमतले सरकार बनाउने र अन्य दल प्रतिपक्षमा बस्ने गरिन्छ र साम्यवादमा प्रतिपक्षी हुँदैन ।”
संविधान निर्माणमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्दै उपप्रधानमन्त्री थापाले स्थानीय निकायको निर्वाचन मङ्सिरमा गराउन सरकार तयार रहेको र यस कार्यका लागि नेपाली काँग्रेसलाई पनि अग्रसर हुन आग्रह गर्नुभयो ।
राप्रपाका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले संविधानको धारा ३०३ को आधारमा पुरानै संरचनाअनुसार निर्वाचन गराउन सकिने स्पष्ट रुपमा व्यवस्था रहेको उल्लेख गर्नुभयो । रासस
dainiknepal

Continue Reading…

जिवितै रहेका अम्बर गुरुङलाई भारतीय दूतावासले दियो श्रद्धाञ्जली

काठमाडौं, २४ जेठ । स्वास्थ्यमा समस्या आएर केही दिनदेखि ग्रान्डी अस्पतालमा उपचार गराइरहेका वरिष्ठ संगीतकार अम्बर गुरुङलाई काठमाडौंस्थित लैनचौरमा रहेको भारतीय दूतावासले श्रद्धाञ्जली दिएको छ ।
राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्वास्थ्यस्थिति अहिले गम्भीर र स्थिर रहेको तर, मृत्यु भइनसकेको ग्राण्डी अस्पतालका निर्देशक डा चक्रराज पाण्डे स्पष्ट पारिसकेका छन् ।
अम्बर गुरुङको सोमबार विहानै निधन भएको समाचार आएपछि उनका परिवारले पनि समाचार झुटो र निराधार भएको भन्दै खण्डन गरिसकेका छन् । तर, त्यसपछि पनि भारतीय दूतावासले दिउँसो आफ्नो आधिकारिक ह्याण्डलबाट ट्वीटै गरेर जिवितै रहेका गुरुङलाई श्रद्धाञ्जली दिएको हो ।bhar
भोजन नली र रक्तचापलगायतका समस्यासँग जुधिरहेका गुरुङको केही दिनदेखि ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
भारतीय दूतावासले दिउँसो १ बजेर ४२ मिनेटमा गुरुङलाई श्रद्धाञ्जली दिएको थियो । उसले ट्वीटमा लेखेको थियो- ‘भारतीय दूतावास नेपालका संगीतकार अम्बर गुरुङको दुखद् निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गर्दछ ।’ जिवितै रहेका गुरुङलाई श्रद्धाञ्जली दिएपछि नेपाली ट्वीटर प्रयोगकर्ताले दूतावासको कडा आलोचना गर्दै तुरुन्त ट्वीट हटाउन (डिलिट गर्न) माग गरेका थिए ।
ट्वीटरबाटै कडा आलोचना भएपछि दूतावासले ट्वीट गरेको झण्डै २० मिनेटपछि दिउँसो २ बजेर २ मिनेटमा श्रद्धाञ्जली दिएको ट्वीट डिलिट गर्यो ।
ग्राण्डी अस्पतालकाका अनुसार संगीतकार गुरुङको अवस्था निकै नाजुक रहेको र औषधिका आधारमा उनको स्वास्थ्यस्थिति स्थिर राखिएको छ ।
‘स्वास्थ्य अवस्था निकै नाजुक भए पनि औषधिका आधारमा स्थिर रहेको छ । राम्रो हुन्छ र घर फर्किहाल्नुहुन्छ भन्ने अवस्था यकिन गर्न सक्ने अवस्था छैन । कृत्रिम श्वासप्रश्वास चलाइएको छ ।’ अस्पतालका डाक्टर चक्रराज पाण्डेले बताए ।
dainiknepal

Continue Reading…

राजेन्द्र महतोमाथि आरोप नै आरोप लगाउँदै यी नेत्रीले छाडिन सद्भावना पार्टी

जनकपुर, २४ जेठ । सद्भावना पार्टीले हालै केन्द्रीय सदस्यमा नियुक्त गरेको रंगीलादेवी साहले उक्त पद अस्वीकार गर्दै पार्टी समेत परित्याग गरेकी छन्।patii
राजेन्द्र महतोले आन्दोलन क्रममा मारिएका मधेशी जनताको परिवारको बुइ चढेर राजनीति गरिरहेको आरोप लगाउँदै उनले सद्भावना पार्टी भन्दा पनि निजी कम्पनी रहेको टिप्पणी गरेकी छन् । ‘मधेस अधिकारको संघर्षलाई राजेन्द्र महतो जस्तो कपटीहरुले आफ्नो दुनो सोझ्याउन लागेका छन्’ आइतबार साहले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सिधासोझा मधेशी जनताको हत्या गराएर पनि अधिकारको संघर्षलाई कदर गर्न नसक्नु दुर्भाग्य हो ।’
आन्दोलनको क्रममा विभिन्न मुद्दामा फसाइएका नेता, कार्यकर्तालाई न्याय दिलाउनुको साटो शवमाथि राजनीति गरी गलत प्रवृतिलाई बढाबा दिएको साहको आरोप छ । ‘यस्तै प्रवृतिलाई ठेगान लाउन पछिल्लो चुनावमा जनताले सद्भावना पार्टीको साइज ठीक ठाउँमा ल्याइदिएको हो’, विज्ञप्तिमा छ, ‘लोकतन्त्रको मुल्य, मान्यतालाई आत्मसात गरी जनताको जनादेशलाई सम्मान गर्न नसकेकै कारण यस्तो भएको हो ।’
संविधानसभा निर्वाचनपछि समानुपातिक कोटा चयनमा आफ्नो निचता सिद्ध गरिसकेको र आन्दोलनताका झुठा मुद्दामा फसाइएका युवालाई प्रताडित गरेको आरोप लगाउँदै उनले आफूलाई केन्द्रीय सदस्य बनाएर जनतामा भ्रम फैलाएको बताइन् । ‘म सद्भावना पार्टीको कुनै पदमा नरहेको जानकारी पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु’, विज्ञप्तिमा उल्लेख छ ।
dainiknepal

Continue Reading…

एक घण्टा लोडसेडिङ घट्यो, हेर्नुस् तालिका

२४ जेठ, काठमाडौं।

जारी लोडसेडिङ दैनिक एक घण्टा घट्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मंगलवारदेखि लागु हुने गरी लोडसेडिङको समय एक घन्टा घटाउने भएको हो । नयाँ तालिका अनुसार अब दैनिक नौ घन्टा लोडसेडिङ हुने छ।talika

नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः लोडसेडिङको समय घटाउँदै लगिएको प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिए । उनका अनुसार हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ ।

प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी विद्युतभार कटौती गर्ने जनाएको छ ।nepaliheadlines

Continue Reading…

सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान नहुने बताउनुभएको छ ।
उहाँले भन्नुभयो – “स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीत गाउनुभन्दा स्वदेशमै आत्मनिर्भर हुन र पौरखी बन्न म विदेशिन खोज्ने युवालाई आग्रह गर्दछु ।”pardan
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औं राष्ट्रिय महाधिवेशन तथा २०औं महिला उद्यमी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै धेरै रोजगारीको सिर्जना गर्न सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
सरकारको नीति तथा कार्यक्रम एवम् बजेट स्वदेशमा रोजगारी सिर्जना गर्न नै केन्द्रित रहेको, यसका लागि घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित उद्यमशीलता गर्न युवा वर्गलाई आकर्षित गर्न जोड दिइएको उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले केही वर्षअघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर थियो, विस्तारै परनिर्भरता बढ्दै गएको चर्चा गर्दै अहिले स्वदेशमा टाँक, सियो, धागोसमेत बन्दैन, परनिर्भता बढ्दै गइरहेको छ, यस्तो अवस्थालाई अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट मात्र सम्भव रहेको उल्लेख गर्नुभयो ।
“महिला सशक्तीकरणका गफ चुट्नुभन्दा कसरी आत्मनिर्भर बन्न सकिन्छ यसतर्फ लाग्नु अहिलेको आवश्यकता हो” – उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले रोजगारीको सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउने माध्यम घरेलु तथा साना उद्योग हुनसक्ने धारणा राख्नुभयो ।
सो अवसरमा प्रम ओलीले सांसदहरु छोवाङतेन्जिन तामाङ, डा भीष्मनाथ अधिकारी, चन्द्र महर्जन, नरबहादुर चन्द, पार्वत गुरुङ, विश्राम चौधरी र राजु खनाललाई घरेलु तथा साना उद्योग प्रवद्र्धनमा उल्लेखनीय योगदान दिएबापत सम्मान गर्नुभएको थियो ।
यसैगरी प्रम ओलीले महासङ्घका पूर्व अध्यक्षहरु ओम गुरुङ, रमेशकुमार श्रेष्ठ, वासुदेव गिरी, पद्मप्रसाद पौडेल, आङटेन्डी शेर्पा, लता प्याकुरेल तथा महिला उद्यमीहरु ईनु पौडेल, मनु केसी, अञ्जना ताम्राकारलाई पनि सम्मान गर्नुभएको थियो ।
दुईदिने सो सम्मेलनमा देशभरका घरेलु तथा साना उद्योगीको सहभागिता रहेको छ । सम्मेलनले अगामी तीन वर्षका लागि नयाँ नेतृत्वको चयनसमेत गर्नेछ ।
महासङ्घका अध्यक्ष सुरेश प्रधानले पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका घरेलु तथा साना उद्योग पुनःस्थापनामा ध्यान नदिएको, औद्योगिक नीति पारित भएको छ वर्ष बितिसक्दा पनि लागू हुन नसकेको र आव २०७३÷७४ को बजेट घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्न ठोस कार्यक्रम नआएको बताउनुभयो । रासस
dainiknepal

Continue Reading…

सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान नहुने बताउनुभएको छ ।
उहाँले भन्नुभयो – “स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीत गाउनुभन्दा स्वदेशमै आत्मनिर्भर हुन र पौरखी बन्न म विदेशिन खोज्ने युवालाई आग्रह गर्दछु ।”pardan
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औं राष्ट्रिय महाधिवेशन तथा २०औं महिला उद्यमी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै धेरै रोजगारीको सिर्जना गर्न सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
सरकारको नीति तथा कार्यक्रम एवम् बजेट स्वदेशमा रोजगारी सिर्जना गर्न नै केन्द्रित रहेको, यसका लागि घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित उद्यमशीलता गर्न युवा वर्गलाई आकर्षित गर्न जोड दिइएको उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले केही वर्षअघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर थियो, विस्तारै परनिर्भरता बढ्दै गएको चर्चा गर्दै अहिले स्वदेशमा टाँक, सियो, धागोसमेत बन्दैन, परनिर्भता बढ्दै गइरहेको छ, यस्तो अवस्थालाई अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट मात्र सम्भव रहेको उल्लेख गर्नुभयो ।
“महिला सशक्तीकरणका गफ चुट्नुभन्दा कसरी आत्मनिर्भर बन्न सकिन्छ यसतर्फ लाग्नु अहिलेको आवश्यकता हो” – उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले रोजगारीको सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउने माध्यम घरेलु तथा साना उद्योग हुनसक्ने धारणा राख्नुभयो ।
सो अवसरमा प्रम ओलीले सांसदहरु छोवाङतेन्जिन तामाङ, डा भीष्मनाथ अधिकारी, चन्द्र महर्जन, नरबहादुर चन्द, पार्वत गुरुङ, विश्राम चौधरी र राजु खनाललाई घरेलु तथा साना उद्योग प्रवद्र्धनमा उल्लेखनीय योगदान दिएबापत सम्मान गर्नुभएको थियो ।
यसैगरी प्रम ओलीले महासङ्घका पूर्व अध्यक्षहरु ओम गुरुङ, रमेशकुमार श्रेष्ठ, वासुदेव गिरी, पद्मप्रसाद पौडेल, आङटेन्डी शेर्पा, लता प्याकुरेल तथा महिला उद्यमीहरु ईनु पौडेल, मनु केसी, अञ्जना ताम्राकारलाई पनि सम्मान गर्नुभएको थियो ।
दुईदिने सो सम्मेलनमा देशभरका घरेलु तथा साना उद्योगीको सहभागिता रहेको छ । सम्मेलनले अगामी तीन वर्षका लागि नयाँ नेतृत्वको चयनसमेत गर्नेछ ।
महासङ्घका अध्यक्ष सुरेश प्रधानले पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका घरेलु तथा साना उद्योग पुनःस्थापनामा ध्यान नदिएको, औद्योगिक नीति पारित भएको छ वर्ष बितिसक्दा पनि लागू हुन नसकेको र आव २०७३÷७४ को बजेट घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्न ठोस कार्यक्रम नआएको बताउनुभयो । रासस
dainiknepal

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog